Author: महेन्द्रनगर पोष्ट

काठमाडौं – प्रतिनिधिसभाको आजको बैठकबाट ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव बहुमतले स्वीकृत भएको छ । बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले सो प्रस्ताव प्रस्तुत गरेका थिए । प्रतिनिधिसभाको अर्को बैठक आजै अपराह्न ३ बजे बस्ने गरी स्थगित भएको छ । प्रतिनिधिसभाको दोस्रो बैठकमा उपसभामुखको निर्वाचन हुने कार्यसूची छ ।

Read More

काठमाडौं – विभाजित जनता समाजवादी पार्टीको संस्थापन पक्षले सत्तारुढ पाँच दलीय गठबन्धनलाई आगामी संघीय र प्रदेश चुनावसम्म निरन्तरता दिने निर्णय गरेको छ । वीरगञ्जमा सम्पन्न पार्टीको केन्द्रीय कार्यकारिणी र केन्द्रीय समिति बैठकले सो निर्णय गरेको हो । बैठकका निर्णय सार्वजनिक गर्दै अध्यक्ष उपेन्द्र यादले लोकतन्त्रको रक्षा गर्दै मुलुकलाई राजनीतिक स्थिरतातर्फ अगाडि बढाउन गठबन्धनको निरन्तरता आवश्यक रहेको बताए । विगतमा तत्कालीन प्रधानमन्त्री केपी ओलीले दुई–दुईपटक संसद विघटन गरेपछि प्रतिगमनलाई परास्त गर्न बनेको गठबन्धन आफ्नो उद्देश्यमा सफल भएको उनको विश्लेषण थियो । स्थानीय चुनावमा केही तीता अनुभव भए पनि मुलुकका लागि गठबन्धन अझै आवश्यक रहेको यादवले बताए । ‘आगामी निर्वाचनमा तालमेल गरेरै जाने…

Read More

काठमाडौं – सुनसरीको धरान उपमहानगरका प्रमुख हर्क साम्पाङ र राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेबीच भेट भएको छ । उनीहरुबीच उपमहानगर प्रमुखको कार्यालयमा शुक्रबार बिहान भेट भएको हो। साम्पाङ र लामिछानेबीच भेट भएको स्वतन्त्र पार्टीका नेता दीपक बोहराले पुष्टि गरेका छन्। उनले दुवै नेताको तस्बिर सामाजिक सञ्जालमा राखेका छन्।‘तपाईंलाई भेटेरै शुभकामना दिन आएको। खासमा मलाई श्रमदानमा पनि सहभागी हुने मन थियो, तर सकिएछ। जनताको एकदम अपेक्षा छ तपाईँसित, राम्रो गर्नुहोला। सहकार्य जारी रहनेछ,’ लामिछानेलाई उद्धृत गर्दै बोहराले लेखेका छन्। लामिछाने चुनाव चिह्न घण्टी बोकेर अहिले पार्टी निर्माण अभियानमा छन्।झापाको काकडभिट्टाबाट थालेको अभियान लिएर रवि धरान पुगेका हुन्। उनले धरानस्थित सिद्धि…

Read More

काठमाडौं – शुक्रबार सुन-चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ९३ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिनको तुलनामा यो मूल्य आठ सय रुपैयाँ कम हो। बिहीबार सुन प्रतितोला ९४ हजार छ सय रुपैयाँमा कारोबार भइरहेको छ। त्यसैगरी, शुक्रबार चाँदी प्रतितोला ३५ रुपैयाँले घटेर ११ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन चाँदी प्रतितोला ११ सय ८० रुपैयाँमा कारोबार भएको थियो।आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १७ सय ९ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

Read More

काठमाडौं – सत्तारुढ गठबन्धनको बैठक बसिरहेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा ‘संक्रमणकालीन न्यायसम्बन्धी विधेयक’बारे छलफल भइरहेको एक नेताले जानकारी दिए । गठबन्धनमा सहमति जुटेलगत्तै आजै मन्त्रिपरिषद् बैठक बस्ने र विधेयक पारित गर्ने तयारी गरिएको छ । सरकारले दिउँसो १ बजे बस्ने संसद बैठकमा संक्रमणकालीन न्यायसँग जोडिएको कानुन संशोधनको विधेयक पेस गर्ने तयारी गरेको छ ।

Read More

काठमाडौं – भारतले नेपालको बाढी तथा प्राकृतिक प्रकोप प्रभावितका लागि राहत सामग्री सहयोग गरेको छ । भारतले तीन हजार टेन्ट र १० रबरबोट सहयोग गरेको आज सिंहदरबारमा आयोजित एक समारोहमा जानकारी गराइयो । भारतीय जनता र भारत सरकारबाट बाढी तथा प्राकृतिक प्रकोप प्रभावित परिवारका लागि राहत सामग्री गृहमन्त्री बालकृष्ण खाणलाई नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले हस्तान्तरण गर्नुभएको हो । हस्तान्तरण समारोहमा गृहमन्त्री खाणले राहत सामग्री सहयोगका लागि भारतीय जनता र भारत सरकारप्रति आभार व्यक्त गर्नुभयो । नेपाल र भारतबीच सरकार–सरकारमात्रै नभएर जनता–जनताबीच सम्बन्ध रहेको उल्लेख गर्दै गृहमन्त्री खाणले उक्त सम्बन्धलाई अझै प्रगाढ बनाउन नेपाल सदैव तयार रहेको बताउनुभयो…

Read More

काठमाडौं – नेपाल विद्युत् प्राधिकरणले डेढ महिनाको अवधिमा दुई अर्ब १५ करोड रूपैयाँको बिजुली भारत निर्यात गरेको छ। प्राधिकरणले भारतीय ऊर्जा एक्सचेञ्ज (आइएक्स) मार्केटमा प्रतिस्पर्धी दरमा सो रकम बराबरको बिजुली बिक्री गरेको हो। प्राधिकरणले गत जेठ १९ गतेदेखि भारत बिजुली निर्यात गर्न सुरुवात गरेको थियो। नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता सुरेशबहादुर क्षेत्रीले प्राधिकरणले दैनिक ७ हजार मेगावाट आवर बिजुली भारत निर्यात गर्दै आइरहेको बताए। ‘प्राधिकरणले जेठ १९ यता दुई अर्ब १५ करोड रूपैयाँ बराबरको बिजुली भारत निर्यात गर्दै आइरहेको छ,’ उनले भने-‘प्राधिकरणले अहिले औषतमा भारु ४ देखि ६ रूपैयाँप्रति युनिट बिजुली निर्यात गर्दै आइरहेको छ।’ प्राधिकरणले गत जेठ १९ गतेदेखि ३९…

Read More

काठमाडौं – सर्वोच्च अदालतमा विचाराधीन नेपाल प्रहरीको आइजिपी बढुवाविरुद्धको मुद्दाको सुनुवाइ आज (शुक्रबार) हुँदै छ । कामु प्रधानन्यायाधीश दीपककुमार कार्की र कुमार चुडालको संयुक्त इजलासमा सुनुवाइ भइरहेको उक्त मुद्दाको पेसी पटक पटक हेर्दाहेर्दैमा राखेर सारिँदै आइएको छ । आज रिट निवेदक तर्फबाट जवाफी बहस सकिएपश्चात् सर्वोच्चले फैसलाको प्रक्रिया थाल्नेछ । विश्वराज पोखरेलले आफूभन्दा १७ महिना जुनियर एआईजीलाई आइजिपी बनाएको भन्दै गत वैशाख १९ गते सर्वोच्च अदालतमा रिट दर्ता गरेका थिए । एआईजी बढुवा सिफारिसविरुद्ध परेको रिटमा पोखरेलको रिटलाई लगाऊ राखेपछि जेठ ३० गतेबाट अन्तिम सुनुवाइ सुरु भएको थियो ।

Read More

काठमाडौं – प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज निर्वाचन हुँदैछ । उपसभामुखका लागि दुईजनाको उम्मेदवारी परेको छ। सत्तारूढ गठबन्धनका तर्फबाट नेपाली कांग्रेसकी पुष्पा भुसाल र प्रमुख प्रतिपक्षी नेकपा एमालेले विद्या भट्टराईलाई अघि सारेको छ। भुसालको प्रस्तावकमा नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक देवप्रसाद गुरुङ र समर्थकमा लक्ष्मीकुमारी चौधरी छन् भने भट्टराईको प्रस्तावकमा एमाले संसदीय दलकी सचेतक शान्ता चौधरी र समर्थकमा सांसद कृष्णभक्त पोखरेल छन्। अब भुसाल र भट्टराईबीच प्रतिस्पर्धा हुने भएको छ। सभामुख र उपसभामुख एउटै पार्टीको हुन नपाइने संवैधानिक व्यवस्था छ। आज दिउँसो ३ बजे प्रतिनिधिसभामा उपसभामुखको लागि मतदानको कार्यतालिका सार्वजनिक भइसकेको छ। हिजो बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म मनोनयनको…

Read More

काठमाडौं – पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक पंकज श्रेष्ठको निधन भएको छ । काठमाडौंको नर्भिक अस्पतालमा उपचारको क्रममा उनको निधन भएको पारिवारिक स्रोतले पुष्टि गरेको छ । डिएसपी हुँदादेखि नै उनको मृगौलाको समस्या थियो । शुक्रवार दिउँसो २ बजे पशुपति आर्यघाटमा उनको अन्त्येष्टि गरिँदै छ ।

Read More