Author: महेन्द्रनगर पोष्ट

काठमाडौं – नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक बस्दैछ। पार्टी केन्द्रीय कार्यालय,आलोकनगरमा आज बिहान ११ बजे बैठक सुरु हुने पार्टीका महासचिव वेदुराम भुसालले जानकारी दिए। बैठकमा केही दिनअघि सम्पन्न केन्द्रीय परिषद् बैठकले गरेका निर्णयहरू अगाडि बढाउने सन्दर्भमा छलफल हुने उनको भनाइ छ। पार्टीको यही असार १३ र १४ गते बसेको केन्द्रीय परिषद्को पहिलो बैठकले सत्ता गठबन्धनलाई कायम राखेर आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा जाने निर्णय गरेको छ। यस्तै, गठबन्धन हुन नसकेको अवस्थामा प्रतिनिधि सभा र प्रदेश सभाका सबै निर्वाचन क्षेत्रमा आफ्ना उम्मेदवार उठाउने गरी तयारी गर्ने पनि निर्णय गरेको छ। पार्टी गठन भएपछि पहिलोपटक बसेको बैठकले विभिन्न १७ वटा…

Read More

काठमाडौँ- सोमबारबाट सुरु भएको नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दैछ। बैठकमा आज पदाधिकारीले जवाफ दिने कार्यसूची छ। बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्‍ने कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। बैठकमा केन्द्रीय सदस्यहरूले नेतृत्वमाथि प्रश्न उठाएका छन्। सभापति शेरबहादुर देउवा विधानअनुसार नचलेको, महामन्त्रीहरू व्यक्तिवादी तवरले चलेको आरोप लागेको छ। देउवाले महामन्त्रीहरूलाई ‘स्पेस’ नदिएको आरोप पनि लागेको छ। सरकारको आलोचना भएपछि बैठकमा कांग्रेसको तर्फबाट सरकारमा सहभागी मन्त्रीहरूले आफूले गरेका कामका बारेमा जवाफ दिने कार्यक्रम राखिएको हो। सरकारको काम कारबाहीका बारेमा केन्द्रीय सदस्यहरुले प्रश्‍न उठाएपछि मन्त्रीहरूले जवाफ दिने कार्यक्रम राखिएको प्रवक्ता प्रकाशशरण महतले बताए। महतका अनुसार जारी बैठक आज समापन…

Read More

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न १३ वटा विधेयक प्रमाणीकरण गरेकी छन् । संघीय संसद्को दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणको लागि पेश हुन आएका विभिन्न १३ विधेयक नेपालको संविधानको धारा ११३ को उपधारा (२ं) बमोजिम आज राष्ट्रपति भण्डारीले प्रमाणीकरण गरेकी हुन् । यस्ता छन् राष्ट्रपतिद्वारा प्रमाणीकरण विधेयक :१. लोकसेवा आयोग सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक२. आर्थिक वर्ष २०७९/०८० को सेवा र कार्यको लागि सङ्घीय सञ्चित कोषबाट केही रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक३. ऋण तथा जमानत ऐन, २०२५ लाई संशोधन गर्न बनेको विधेयक४. राष्ट्र ऋण उठाउने अधिकारको व्यवस्था गर्न बनेको विधेयक५. नेपाल…

Read More

काठमाडौं – देशभर पछिल्लो २४ घण्टामा थप २२९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। सो अवधिमा तीन हजार ७१८ जनाको नमुना परीक्षण गरिएको थियो। एक हजार ६४४ जनाले पीसीआर र दुई हजार ६८ जनाको एन्टिजिन विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। सो अवधिमा ४८ जना संक्रमणमुक्त भएका छन् । यससँगै संक्रमणमुक्त हुनेको संख्या नौ लाख ६७ हजार ९०६ पुगेको छ । संक्रमणमुक्त हुने दर ९८ दशमलव सात प्रतिशत रहेको मन्त्रालयले जनाएको छ। पछिल्लो २४ घण्टामा ८७ हजार ९७२ जनाले कोभिडविरुद्धको खोप लगाएका छन् । हाल सक्रिय संक्रमितको संख्या एक हजार २८४ रहेको छ । अहिलेसम्म कोरोनाबाट…

Read More

काठमाडौं – प्रतिनिधिसभाको उपसभामुखमा कांग्रेस संसदीय दलकी सचेतक पुष्पा भुसाल निर्वाचित भएकी छन् । प्रतिनिधिसभाको दोस्रो बैठकले माओवादी केन्द्रका प्रमुख सचेतक देवप्रसाद गुरुङले उपसभामुखमा भुसाललाई निर्वाचित गरियोस् भन्ने प्रस्तावलाई बहुमतले पारित गरेको हो । सभामुख अग्निप्रसाद सापकोटाले २४२ जना सांसद उपस्थित रहेको र भुसालको पक्षमा १४८ मत परेको जानकारी दिए । उनको विपक्षमा ९३ मत परेको थियो भने एक मत तटस्थमा खसेको सभामुख सापकोटाले जानकारी दिए । प्रमुख प्रतिपक्षी दल एमालेले विद्या भट्टराईलाई उम्मेदवार बनाएको थियो । भुसालको पक्षमा कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी, राष्ट्रिय जनमोर्चाको समर्थन थियो । उनी भुसालसँग पराजित भएकी हुन् ।…

Read More

काठमाडौं – प्रतिनिधिसभा बैठकको प्रत्यक्ष रिर्पोटिङ पत्रकारलाई निषेध गरिएको छ । प्रतिनिधिसभाको शुक्रबार बसेको बैठकमा उपसभामुखको निर्वाचन हुँदै गर्दा मर्यादापालकहरूले बाल्कोनी (ग्यालरी)मा गएर प्रत्यक्ष रिर्पोरिटङ गर्न रोक लगाएका छन् । ‘माथिको आदेश’ भन्दै पत्रकारलाई बाल्कोनी जानमा रोक लगाएका हुन् । प्रतिनिधिसभामा उपसभामुख चयनको प्रक्रिया चलिरहेको छ । उपसभामुखका लागि नेपाली कांग्रेसकी पुष्पा भुसाल र नेकपा एमालेकी विद्या भट्टराई प्रतिस्प्रर्धामा छन् ।

Read More

काठमाडौं – सर्वोच्च अदालतले नेपाल प्रहरीको आइजिपी बढुवाविरुद्ध परेको रिट खारेज गरिदिएको छ । धिरजप्रताप सिंहलाई आइजिपी बनाउने सरकारको निर्णय बदर गर्न माग गर्दै सर्वोच्च पुगेका एआइजी विश्वराज पोखरेलको रिट निवेदन खारेज भएको छ। ६८ दिनदेखि सर्वोच्चमा विचाराधीन रहेको रिटलाई शुक्रबार कामु प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीश कुमार चुँडालको संयुक्त इजलासले खारेज गरेको हो। पोखरेलले सिंहलाई वरियता मिचेर आइजिपी बनाएकाले बदर गरी आफूलाई नियुक्त गर्न माग गरेका थिए। गत वैशाख १९ गते सिंहलाई सरकारले आइजिपी बनाएको थियो। सिंह भन्दा पोखरेल डेढ वर्ष वरिष्ठ आइजिपी हुन्। सकारले वरियता मिचेर सिंहलाई अवसर दिएको थियो।

Read More

काठमाडौं – प्रतिनिधिसभाको शुक्रबारको दोस्रो बैठक सुरु भएको छ ।  उक्त बैठक सभामुख चयन प्रक्रियामा प्रवेश गरेको छ । गठबन्धनका तर्फबाट उपसभामुख उम्मेदवार पुष्पा भुसाल गौतमको नाम प्रस्ताव गरिएको छ । माओवादी केन्द्रका प्रमुख सचेतक देवप्रसाद गुरुङले पुष्पाको नाम प्रस्ताव गरेका हुन् । एमालेबाट विद्या भट्टराई उपसभामुखको उम्मेदवार बनेकी छन् । भट्टराईलाई निर्वाचित गरियोस् भन्ने प्रस्ताव शान्ता चौधरीले राखिरहेकी छन् । शुक्रबार बसेको पहिलो बैठकले नेपाल नागरिकता (पहिले संशोधन) विधेयक २०७९ माथि विचार गरियोस् भन्ने प्रस्तावलाई बहुमतले स्वीकृत गरेको थियो । यसपछि फेरि शुक्रबार नै बसेको दोस्रो बैठक जारी छ ।

Read More

काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) नयाँ दिल्ली प्रस्थान गरेका छन्।नेपाल एयरलाइन्सको विमानमार्फत् प्रचण्ड दिल्ली प्रस्थान गरेका हुन्। प्रचण्डसँगै स्वकीय सचिव रमेश मल्ल र छोरी गंगा दाहाल नयाँ दिल्ली प्रस्थान गरेका छन् । भारतको नयाँ दिल्ली उड‍्नु अघि त्रिभुवन विमानस्थलमा आयोजित पत्रकार सम्मेलन बोल्दै अध्यक्ष प्रचण्डले आफ्नो भ्रमण दुई देशको सम्बन्ध सुदृढ गर्नमा केन्द्रित हुने बताएका थिए। उनले भारत भ्रमण सद्‍भावना भ्रमण भएको भन्दै चिनियाँ कम्युनिस्ट नेताहरुको हालैको नेपाल भ्रमण सँग नजोड्न आग्रह गरे। भारतको सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) अध्यक्ष जेपी नड्डाको निमन्त्रणामा तीन दिने भ्रमणका लागि (प्रचण्ड) भारत गएका हुन्। प्रचण्डको सचिवालयका अनुसार अध्यक्ष प्रचण्डलाई…

Read More

काठमाडौं – सरकारले राष्ट्रिय अनुसन्धान विभागको एआईजी सरहको एक मात्र अतिरिक्त अनुसन्धान निर्देशक पदमा कुलदीप थापालाई बढुवा गर्ने निर्णय गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शुक्रवार बसेको मन्त्रिपरिषद्को बैठकले यही साउन पहिलो साता अनिवार्य अवकाशमा जान लागेका थापालाई फुली थप्ने निर्णय गरेको एक मन्त्रीले बताए । वैशाख ९ मा विभागका अतिरिक्त अनुसन्धान निर्देशक यादव रेग्मी अवकाशमा गएसँगै रिक्त छ पदका लागि २०७४ भदौ १४ मा डिआइजी भएका ४ अधिकृतहरू हुत राज थापा, कुल दीप थापा, हरिहर पौडेल र होम जोशी प्रतिस्पर्धामा रहेका थिए भने दोस्रो लाईनमा त्यसपछि बढुवा भएका ४ जना टेकेन्द्र कार्की, प्रकाश पाण्डे, सुमन वैद्य र मधु…

Read More