Author: महेन्द्रनगर पोष्ट

काठमाडौं — प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहको निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको भन्दै आगामी दिनमा प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचन पनि समयमा नै सम्पन्न गर्ने प्रतिबद्धता जनाएका छन् । ६४ औं संसद दिवसको अवसरमा पूर्वसांसद मञ्चले बिहीबार संघीय संसद भवनमा आयोजना गरेको कार्यक्रममा उनले लोकतान्त्रिक प्रणालीमा अध्यावधिक निर्वाचन गर्न सरकार प्रतिबद्ध रहेको बताएका थिए । प्रधानमन्त्री देउवाले भने, ‘हामी लोकतान्त्रिक अभ्यासमा छौं । आवधिक निर्वाचन समयमा गरिनेछ । प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन शान्तिपूर्ण तरिकाले समयमै गर्न सरकार प्रतिवद्ध रहेको छ ।’ मुलुकलाई विकास र स्थायित्वतिर लाने दायित्व सबैको भएको पनि प्रधानमन्त्री देउवाको भनाइ थियो । उनले जननिर्वाचित व्यवस्थाअनुसार नै…

Read More

काठमाडौं – सरकारले स्थापना गरेका विभिन्न विपद् कोषमा ६ अर्ब ८० करोड ३६ लाख २० हजार रुपैयाँ रहेको पाइएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार सबैभन्दा बढी रकम प्रधानमन्त्री प्राकृतिक प्रकोप उद्धार कोषमा रहेको छ । प्रधानमन्त्री प्राकृतिक प्रकोप उद्धार कोषमा हाल ३ अर्ब ५ करोड ९१ लाख रुपैयाँ रहेको प्राधिकरणले जनाएको छ । यस्तै, राष्ट्रिय विपद् व्यवस्थापन कोषमा २ अर्ब ६ करोड रुपैयाँ रहेको छ । सात वटा प्रदेशमा रहेको प्रदेश विपद् व्यवस्थापन कोषमा कूल ५९ करोड ४४ लाख ९० हजार रुपैयाँ रहेको छ । देशका सबै ७७ जिल्लामा जिल्ला विपद् व्यवस्थापन कोष रहेका छन्…

Read More

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाल कम्युनिस्ट पार्टी एकता राष्ट्रिय अभियानका संयोजक बामदेव गौतमबीच आज बिहान भेटवार्ता भएको छ । ओलीलाई भेट्न गौतम आज बिहान बालकोटस्थित ओली निवास गएका थिए । नेपाल कम्युनिस्ट पार्टी एकता राष्ट्रिय अभियानका प्रचार विभाग प्रमुख निमकान्त पाण्डेले सकेसम्म वाम एकीकरण, एकीकरण नभए चुनावी मोर्चा निर्माण गर्ने प्रयास अन्तर्गत गौतमले ओलीलाई भेटेको जानकारी दिए । गौतमले ओलीपछि अन्य नेताहरूसँग पनि भेटवार्ता गर्ने पाण्डेले बताए । नेकपा एमाले र माओवादी केन्द्रको एकता पछि बनेको नेकपा भङ्ग भएर दुई पार्टी पूर्ववत् अवस्थामा फर्किएपछि गौतम तटस्थ बसेका थिए । उनले फेरि पनि एकताको प्रयास गर्ने…

Read More

काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले कर्णाली प्रदेशसभाको दशौँ अधिवेशनको १८औँ बैठक अवरोध गरेयता प्रदेशसभा बैठक सुचारु हुन सकेको छैन । कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री बिन्दमान विष्टले सदस्यहरुले चालु तथा आगामी आर्थिक वर्षको बजेटका सन्दर्भमा उठाएका प्रश्न तथा जिज्ञासाको जवाफ यही असार १२ गते १७औँ बैठकमा दिएका थिए । तीस मिनेट स्थगितपश्चात् सुरु भएको १८औँ बैठकमा सुरुआतमै प्रतिपक्षी दलका नेता यामलाल कँडेलले प्रदेश सरकारले चालु आव २०७८/७९ बजेटमा गठबन्धन सरकारले एमालेसँग गरेको सहमति कार्यान्वयन नगरेको जनाउँदै विरोध गरेका थिए । चालु आर्थिक वर्ष २०७८/७९ को बजेट कार्यान्वयनका सवालमा सरकारले एमालेसँग सहकार्य गरेर अघि बढ्ने लिखित सहमति…

Read More

काठमाडौं – लेबनान र सिरियामा शान्ति स्थापनाका लागि नेपाली सैनिकहरूले खेलेको भूमिकाबारे जानकारी लिएका प्रधानसेनापति प्रभुराम शर्मा त्यतैबाट अमेरिकाको औपचारिक भ्रमणमा निस्किएका छन् । शर्माको अमेरिका भ्रमणको मुख्य उद्देश्य नेपाली र अमेरिकी सेनाबीचको सम्बन्धलाई सुमधुर बनाउने हो । सँगसँगै उनले संयुक्त राष्ट्रसंघ (यूएन) को कार्यालयमा नेपाली सेनाको शान्ति मिसनका बारेमा छलफल गर्नेछन् । असार ४ देखि १२ सम्म लेबनान र सिरियामा शान्ति सैनिकका काम र त्यहाँ सरकारका पदाधिकारीसँग भेटवार्ता गरेका उनले यूएनको मुख्यालयमा शान्ति मिसन र अन्य सम्बन्धका वरिष्ठ अधिकारीसँग भेटवार्ता गर्ने कार्यक्रम छ । विश्व शान्तिका लागि सेना पठाउने देशमध्ये संख्याको हिसाबले नेपाल दोस्रो नम्बरमा छ । नेपाली सेनाका…

Read More

काठमाडौं – बिहीबार सुन-चाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ९७ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ भने चाँदी प्रतितोला १२ सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन सुन प्रतितोला ९७ हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो। यसर्थ, आज सुनको मूल्य प्रतितोला तीन सय रुपैयाँ घटेको हो। त्यसैगरी, आज चाँदीको मूल्य अघिल्लो दिनको तुलनामा पाँच रुपैयाँ घटेको हो। बुधबार चाँदी प्रतितोला १२ सय ४० रुपैयाँमा कारोबार भएको थियो। आज अन्तर्राष्ट्रिय बजारमा भने सुनको मूल्य प्रतिऔंस १८ सय १७ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

Read More

काठमाडौँ – निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आगामी कात्तिक र मङ्सिरभित्र सङ्घ र प्रदेशको निर्वाचन गराउने दायित्व रहेकाले आयोग सोको तयारीमा रहेको बताएका छन् । गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको केन्द्रीयस्तरको समीक्षा कार्यक्रमको शुभारम्भका अवसरमा प्रमुख आयुक्त थपलियाले उक्त निर्वाचन गराउने दायित्व आयोगको रहेको र सोबारे निर्णय हुन बाँकी रहेको बताए । उनले स्थानीय तहको निर्वाचनमा बाध्यतावश र सुरक्षाका कारणले मत गणनामा तारबार लगाउनुपरेको उल्लेख गर्दै लोकतन्त्रमा त्यस्तो गरिनु दुर्भाग्यपूर्ण रहेको टिप्पणी गरे । प्रमुख आयुक्त थपलियाले स्थानीय तहको निर्वाचनमा कर्मचारीलाई दिइएको सुविधा बढी वा घटी नभई यथार्थपरक भएको स्पष्ट पारे । आयोगले स्थानीय तह…

Read More

काठमाडौं – नेपालमा कोरोना महामारीको संक्रमणदर पछिल्लो दुई सातामा ह्वात्तै वृद्धि भएको छ । १५ दिनको अवधिमा संक्रमणदर बढ्दै गएर अहिले ५ प्रतिशतसम्म पुगेको छ । बुधबार १ हजार ६२० जनाको पिसिआर परीक्षण गर्दा ६२ जनामा कोरोनाको संक्रमण देखिएको थियो । यसैबीच विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले महामारी अहिले नै समाप्त भइनसकेको बताए । डब्ल्यूएचओले भनेको छ, ‘महामारीको खतरा कम छ तर अहिले नै समाप्त भइसकेको भने छैन ।’ डब्ल्यूएचओका अनुसार विश्वका ११० देशमा कोरोना संक्रमितको संख्या बढिरहेको छ । भारतमा पनि कोरोना संक्रमितको संख्यामा दिनानुदिन वृद्धि भइरहेको छ । यहाँ पछिल्लो २४ घण्टामा १८,५७८ जनामा संक्रमण देखिएको थियो ।…

Read More

काठमाडौं – बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/८० का लागि ल्याएको विनियोजित बजेटमाथिको छलफल सकिएको छ । यही असार १२ गतेदेखि सुरु भएको उक्त छलफल गए राति सकिएको हो । प्रदेशसभाको दशौँ अधिवेशन अन्तर्गत बुधबारको बैठकमा प्रदेशसभा सदस्यहरुले मन्त्रालयको विषयगत शीर्षकमाथि उठाएका प्रश्नको सम्बन्धित मन्त्री तथा मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले जवाफ दिए । बैठकमा मुख्यमन्त्री पाण्डेसहित, संस्कृति तथा पर्यटनमन्त्री दीपेन्द्र श्रेष्ठ, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मिलनबाबु श्रेष्ठ, भूमि व्यवस्था तथा गरिबी निवारणमन्त्री बलराम पौडेल, युवा तथा खेलकुदमन्त्री रत्नप्रसाद ढकाल, खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री वसन्त मानन्धर, श्रम रोजगार तथा यातायात मन्त्री घनश्याम दाहाल, वन तथा वातावरणमन्त्री विशाल खड्का, कृषि तथा पशुपन्छी…

Read More

स्याङ्जा – स्याङ्जाको गल्याङ–१० डुबिन्डाँडामा आज (बिहीबार) बिहान धन्सार (घर) भत्किएर पुरिँदा एक बालिकाको मृत्यु भएको छ। वर्षाका कारण डुबिन्डाँडाका ढाकाराम भट्टराईको घर नजिकै रहेको कच्ची धन्सार भत्किँदा सोही धन्सारमा सुतिरहेकी १२ वर्षीया रेखा भट्टराईको मृत्यु भएको हो। गम्भीर घाइते उनको गल्याङ नगर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता रवीन्द्र खनालले जानकारी दिए। सोही धन्सारमा सुतेका उनका दाजु १६ वर्षीय लक्ष्मण भट्टराई घाइते छन्। उनको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ।

Read More