Author: महेन्द्रनगर पोष्ट

काठमाडौं – नेपाल एसीसी महिला टी-ट्वान्टी च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ । मलेसियाको किनरारा ओभलमा सोमबार बहराइनलाई ८ विकेटले हराउँदै नेपाल सेमिफाइनलमा पुगेको हो । बहराइनले दिएको १५ रनको लक्ष्य नेपालले ३ ओभर ४ बलमा २ विकेट गुमाएर पूरा गरेको छ । त्यसअघि पहिले ब्याटिङ गरेको बहराइनले ७ ओभरमा ६ विकेट गुमाएर १४ रन बनाएको थियो । नेपालका लागि सीता राना मगरले ४ रन जोडिन । कविता कुँवरले अविजित ३ रन झारिन् । इन्दु वर्मा सुन्य रनमा आउट हुँदा कप्तान रुबिना क्षेत्री सुन्य रनमा अविजित रहिन् । बहराइनकी पभिथ्र सेट्ठी र भिल्सिटा बार्बोजाले एक एक विकेट लिईन् । त्यसअघि पहिले…

Read More

काठमाडौं – आठौं अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा गृहमन्त्री बालकृष्ण खाँणको प्रमुख आतिथ्यमा नेपाल प्रहरी प्रधान कार्यालयमा सोमबार शिविर तथा उत्प्रेरणा कार्यक्रम (योगा) सम्पन्न भएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री खाणले ‘मानवताको लागि योग’ भन्ने नारालाई आत्मसात् गरी कुनै पनि द्वेषभाव र मन मुटाव नराखी एक आपसमा सदभाव, सौहार्दता, मेलमिलाप र हार्दिकताको सम्बन्ध कायम गरी पवित्र मनोभावका साथ समाज र राष्ट्रको हित र विकासमा आफूलाई समर्पित गर्नुपर्ने बताए । योग र प्राणायामको नियमित अभ्यासले मानव शरीर र मस्तिष्कलाई सन्तुलित र स्वस्थ राखी सकारात्मक सोच विकास गर्ने समेत उनले जनाए । गृहमन्त्री खाणले जीवनलाई शान्त, फलदायी र उत्पादनमुलक बनाउन योग प्रभावकरी…

Read More

काठमाडौं – नेपाल आयल निगमले पेट्रोल तथा डिजेलको मूल्य बढाएसँगै सार्वजनिक सवारी साधनको मूल्य समेत बढेको छ । यातायात व्यवस्था विभागले सोमबार एक सूचना जारी गर्दै दुई वा सो भन्दा बढी प्रदेश भई (राष्ट्रियस्टरका रुटमा) सञ्चालन हुने सार्वजनिक यातायातको भाडा बढाएको हो । विभागले स्वचालित प्रणाली बमोजिम आजदेखि नै बढेको मूल्य लागु हुने जनाएको छ । विभागले यात्रुवाहक सवारीमा ५.३०, पहाडी बाटोमा सञ्चालन हुने मालवहाक सवारीमा ट.९४ र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा ७.७ प्रतिशतले भाडा बढाएको हो ।

Read More

कपिलवस्तु – कपिलवस्तुको शिवराज नगरपालिका–१ मा पर्ने धानखोलामा पहिराले बगाउँदा दुई जना भारतीय बेपत्ता भएका छन् । प्युठानको स्वर्गद्वारीबाट दर्शन गरी लु२ख २७१६ नम्बरको फोर्सबाट फर्किँदै गर्दा फोर्स गाडीबाट झरेर खोला तर्नेक्रममा पहिराले बगाएको हो । भारतको सिद्धार्थनगर जिल्ला बस्ने वर्ष १७ का निखिल कौशाल, वर्ष १८ सुरज सोनी बेपत्ता भएका छन् । पूर्वपश्चिम राजमार्गअन्तर्गत पर्ने खोलमा भारतीय नागरिक फोर्सबाट झरेर आउँदै गर्दा अचानक आएको पहिराले बगाएको वडा प्रहरी कार्यालय चन्द्रौटाले जनाएको छ । हराएको भारतीय नागरिकको खोजीकार्य जारी रहेको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक कपिलजङ्ग शाहीले जानकारी दिए ।

Read More

सुर्खेत- कर्णाली प्रदेशको बालविवाहविरुद्धको साझा महाअभियान सञ्जाले मुख्यमन्त्रीलाई ध्यानाकर्षण पत्र बुझाएको छ । बालबालिकाको क्षेत्रमा काम गर्दै आएका विभिन्न २३ वटा संस्थाहरूको सञ्जालले सोमबार मुख्यमन्त्री जीवनबहादुर शाहीलाई १० बुँदे ध्यानाकर्षण पत्र बुझाएको हो। बालविवाह अन्त्यका लागि रणनीति निर्माण, प्रदेश सरकारले स्थानीय सरकारहरूलाई बालविवाह अन्त्यका लागि स्थानीय रणनीति निर्माण गर्न प्रोत्साहन गरियोस् भन्नेलगायतका माग पत्रमा छ। प्रदेशका सबै पालिकालाई बालविवाहको स्थिति अध्ययन र विश्लेषण गरी सोको तथ्याङ्कको निरन्तर अद्यावधि गर्ने प्रणालीको विकास गर्न, बालविवाह अन्त्यसम्बन्धी नीति कानुनको कार्यान्वयनमा प्रभावकारिता अभिवृद्धि गर्न, प्रहरी कार्यालय र स्थानीय तहसँगको समन्वयमा उजुरी प्रक्रिया सहज गर्न ध्यानाकर्षण गरिएको छ ।

Read More

डडेलधुरा – डडेलधुराको अमरगढी नगरपालिका–२ स्थित कारीगाउँमा गएराती ट्रयाक्टर सडकबाट करिब २०० मिटर तल खस्दा चालक बेपत्ता भएका छन् । डडेलधुराकै बागबजारबाट बगरकोटतर्फ जाँदै गरेको सुदुर पश्चिम प्रदेश ०१० ०२ त ५४४८ नम्बरको ट्रयाक्टर गएराती करिब साढे ११ बजे सडकबाट खसेको थियो । दुर्घटनास्थल वरीपरि खोजि गर्दा टयाक्टरको अगाडीको भाग पूर्णरुपमा क्षती भएको अवस्थामा फेला परेको र चालक फेला नपरेको प्रहरी चौकी बागबजार डडेलधुराले जनाएको छ ।

Read More

काठमाडौं – सुनको मूूल्य प्रतितोलामा २०० रुपैयाँले वृद्धि भएको छ । आइतबारको तुलनामा सोमबार प्रतितोला दुई सय रुपयाँले बढेर ९७ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार आइतबार प्रतितोला ९७ हजार ५०० रुपैयाँमा किनबेच भएको थियो । तेजाबी सुनको मूल्य भने प्रतितोला ९७ हजार २०० रुपैयाँ तोकिएको छ । त्यस्तै चाँदीको मूल्य भने प्रतितोला एक हजार २६५ रुपैयाँमा कारोबार भइरहेको छ ।

Read More

काठमाडौं – नेकपा एमालेका नेता लालबाबु पण्डितले अर्थमन्त्री जनार्दन शर्मा राजीनामा गरी जेल जान तयार हुनुपर्ने बताएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता पण्डितले भने, “बजेट निर्माण गर्दा अनधिकृत व्यक्तिसँग साँठगाँठ गरी निश्चित व्यक्ति र संस्थालाई लाभ पुग्ने हिसाबले राजस्वको दरहरु परिवर्तन गरिएको छ । हामीले त्यसको विरोध गरेका छौं । यसमा पार्टीगत रुपमा प्रचण्ड र सरकारको नेतृत्वका हिसाबले शेरबहादुर देउवाको मिलेमतोमा भएको हुन सक्छ ।” उनले संसदमा अर्थमन्त्रीका सबै कार्यक्रम बहिष्कार गर्ने पनि बताए । उनले भने, “संसदीय प्रणालीमा प्रश्न उठेपछि जवाफ दिनुपर्छ । हामीले सीसी क्यामेरा फुटेज…

Read More

काठमाडौं – पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोधमा विराटनगरमा यातायात व्यवसायी र मजदुरले सोमबार बिहान चक्काजाम गरेका छन् । आइतबार रातिबाट नेपाल आयल निगमले डिजेल तथा मट्टीतेलमा प्रतिलिटर २७ रुपैयाँले र पेट्रोलमा प्रतिलिटर २१ रुपैयाँले मूल्य वृद्धि गरेको छ । मूल्य वृद्धि भएपछि एक लिटर पेट्रोलको मूल्य १९९ रुपैयाँ पुगेको छ भने एक लिटर डिजेल र मट्टितेलको मूल्य १९२ रुपैयाँ पुगेको छ । मूल्य वृद्धिको विरोधमा सार्वजनिक सवारी यातायात मजदुर र सञ्चालकले कोसी राजमार्गको विराटनगरको राजवंशी चोकमा सडक खण्डमा सवारी साधन राखेर यातायात अवरुद्ध गरेका हुन् ।

Read More

तनहुँ – तनहुँको डुम्रे–बेँसीसहर सडक दुई लेन बनाउने कार्य तीव्र रुपमा अगाडि बढिरहेको छ । लमजुङ र तनहुँ जिल्लालाई जोड्ने मुख्य सो सडकको नाली बनाउने, चौडाइ पु¥याउन कटिङ गर्ने, टेवा (पर्खाल) उठाउनेलगायतका गरी हालसम्म ३५ प्रतिशत निर्माण सम्पन्न भएको डुम्रे–बेँसीसहर–चामे सडक योजना कार्यालय लमजुङका सूचना अधिकारी तथा इन्जिनियर पुरुषोत्तम अधिकारीले जानकारी दिनुभयो । तनहुँको डुम्रे बजारदेखि लमजुङतर्फ निर्माण हुने यस सडक अहिले डुम्रे बजार नजिकैबाट दुई लेनको बनाउन थालिएको छ । डुम्रे बजारबाट २२० मिटर अघिदेखि आठ दशमलव तीन किलोमिटर चाम्बाससम्म पहिलो चरणमा दुई लेन सडक बन्ने कार्य तीव्ररुपमा भइरहेको छ । राजमार्गको यस सडकको मापदण्ड दायाँबायाँ ‘राइटअफ वे’ सहित…

Read More