Author: महेन्द्रनगर पोष्ट

काठमाडौं- नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला पक्षका नेता-कार्यकर्ताहरुले भातृ संस्थाका कार्यसमितिलाई पूर्णता दिन माग गर्दै पार्टी केन्द्रीय कार्यालयमा प्रदर्शन गर्ने भएका छन्। पार्टीको केन्द्रीय समिति बैठक सुरु हुनुअघि नेपाल विद्यार्थी संघ, तरुण दल, महिला संघ लगायतका भ्रातृ संस्थाका कोइराला पक्षका नेता-कार्यकर्ताहरुले प्रदर्शन गर्न लागेका हुन्। कांग्रेस केन्द्रीय समितिको बैठक सोमबार दिउँसो १ बजे केन्द्रीय कार्यालय सानेपामा बस्ने गरी बोलाइएको छ। त्यसअघि साढे ११ बजेदेखि नै पार्टी कार्यालय बाहिर प्रदर्शनको कार्यक्रम तय गरिएको छ। अवधि समाप्त भएपछि केन्द्रीय कार्यसमिति भंग गरिएका भ्रातृ संस्था वैधानिक विधिबाट पूर्णताको माग गर्दै प्रदर्शन गर्न लागिएको शेखर कोइराला निकट विद्यार्थी संघकी नेता प्रेमिका रानामगरले जानकारी दिइन्…

Read More

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवासँग चार दिने नेपाल भ्रमणका लागि आज काठमाडौँ आइपुगेका चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियन्चओले शिष्टाचार भेटवार्ता गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटमा उहाँहरूबीच दुई पक्षीय आपसीहितका विविध विषयमा भेट भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । विदेश विभाग प्रमुख लिउले आजै परराष्ट्रमन्त्री डा नारायण खड्कासँग पनि भेट्ने कार्यक्रम रहेकोे मन्त्रालयले जनाएको छ ।

Read More

काठमाडौं — नेपालमा कोरोना संक्रमितको संख्या दैनिक बढ्दो क्रममा देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १२१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार ३ हजार ४५ जनाको परीक्षणमा १२१ जनामा संक्रमण भएको हो । जसमध्‍ये १ हजार ७०० जनाको पीसीआर परीक्षण गर्दा १०४ जना र १ हजार ३४५ जनाको एन्टिजेन परीक्षण गर्दा १७ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । योसँगै कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ६७८ पुगेको छ । पछिल्लो २४ घण्टामा ३१ जना संक्रमणमुक्त भएका छन् । जसमध्‍ये ६६२ जना होम आइसोलेसनमा रहेका छन् भने १६ जना संस्थागत आइशोलेशन र…

Read More

काठमाडौँ – केपी शर्मा ओली नेतृत्वको तत्कालीन सरकारले तीन पटकसम्म संघीय संसदमा पेस गरेको संवैधानिक परिषद्सम्बन्धी अध्यादेशको व्यवस्थासँग मिल्दोजुल्दो हुने गरी अहिलेको सरकारले त्यससम्बन्धी विधेयक राष्ट्रिय सभामा पेस गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले गत बुधबार संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन, २०६६ लाई संशोधन गर्न बनेको विधेयक राष्ट्रिय सभामा पेस गरेका हुन् । संवैधानिक परिषदमा आफ्नो अनुकूल समीकरण नहुने अवस्था देखेपछि तत्कालीन प्रधानमन्त्री ओलीले जे गरेका थिए, अहिले प्रधानमन्त्री देउवाले समेत त्यही व्यवस्था हुबहु राखेर विधेयक बनाएका हुन् । विधेयकमा केही शब्दावली फेरबदल बाहेक अरू सबै व्यवस्था पुरानो अध्यादेशसँग मिल्दोजुल्दो छ । विधेयकमा ऐनको दफा ६…

Read More

काठमाडौँ – चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) विदेश विभाग प्रमुख लिउ जियानचाओ आज (आइतबार) बिहान काठमाडौँ ओर्लिएका छन् । ८ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी बिहान साढे ११ बजेतिर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल उत्रिएका हुन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र मन्त्रालयका अधिकारीले उनको स्वागत गरेका छन् । लिउ होटल द्वारिकामा रहनेछन् । नेपाल रहँदा उनले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, परराष्ट्रमन्त्री डा. नारायण खड्का, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम छ । परराष्ट्र मन्त्रालयका अनुसार लिउले आज बेलुकी पराष्ट्रमन्त्री खड्का र साँझ प्रधानमन्त्री देउवासँग शिष्टाचार भेट गर्नेछन् ।…

Read More

काठमाडौं – केही समययतादेखि रुसको आक्रमणबाट आक्रान्त रहेको युक्रेनले विश्वका दाताहरूबाट १ अर्ब ७ करोड (१/७ बिलियन)अमेरिकी डलर बराबरको सहयोग प्राप्त गर्ने भएको छ। सो कुराको जानकारी युक्रेनका प्रधानमन्त्री डेनिस सिमहलले जानकारी दिए। प्रधानमन्त्री डेनिसले शनिबार युक्रेनले विभिन्न दाताहरूबाट सो रकम प्राप्त गर्न लागेको जानकारी दिएका हुन्। सो रकम विश्वका विभिन्न दाता राष्ट्रहरूबाट प्राप्त हुन लागेको र विकास र पुनर्निर्माण सम्बन्धी अन्तर्राष्ट्रिय बैंकमार्फत् सो रकम प्राप्त हुने भएको पनि समाचारमा जनाइएको छ।विकास र पुनर्निर्माणसम्बन्धी अन्तर्राष्ट्रिय बैंक, अन्तर्राष्ट्रिय अमेरिकी सहयोग नियोग यसएस एजेन्सी फर इन्टरनेसनल डेभलपमेन्ट मार्फत् सो सहयोग उपलब्ध हुने जानकारी दिइएको छ। औषधिसम्बन्धी कार्यक्रम र अन्य पुनर्निर्माणका क्षेत्रमा यो…

Read More

काठमाडौं – बाजुराको बुढीगंगा नगरपालिकाको प्रमुख र उपप्रमुखमा एमाले उम्मेदवार निर्वाचित भएका छन् । स्थानीय तह निर्वाचनअन्तर्गत शनिबार भएको मतगणनाको आइतबार सार्वजनिक परिणामअनुसार मेयरमा एमालेका उम्मेदवार रामबहादुर बानियाँ र उपमेयर उम्मेदवार मायाकुमारी खड्का (कुँवर) निर्वाचित भएका हुन् । एमालेका बानियाँले चार हजार ७७७ मत ल्याएर निर्वाचित हुँदा उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका रंगबहादुर खातीले तीन हजार ७७४ मत पाएर पराजित भए । खातीलाई एक हजार तीन मतले पछि पार्दै बानियाँ प्रमुखमा निर्वाचित भएका हुन् । यस्त उपमेयरमा मायाकुमारी खड्का (कुँवर)ले चार हजार ७२७ मत ल्याएर निर्वाचित भएकी हुन् । बुढीगंगामा नौ हजार १२८ मत खसेको निर्वाचन आयोगले जानकारी दिएको छ ।

Read More

काठमाडौं – ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताललाई ‘कोल्याप्स’ पार्ने खेलमा रुपज्योती समूह लागेको छ । अस्पतालको स्थापनाकालमा सञ्चालक समितिका सदस्यका रुपमा रहेका रुपज्योतीले अस्पताललाई थप राम्रो बनाउने आँफै निर्णय गराएर जवरजस्ती अस्पतालको नाममा ६९ करोडको ऋणको बोझ थपिदिएका थिए । उक्त ऋणमध्ये अस्पतालले हालसम्म रु ५१ करोड चुक्ता गरिसकेको छ । निजी क्षेत्रबाट अन्तर्राष्ट्रिय स्तरको स्वास्थ्य सेवा प्रदान गर्ने उदेश्यले विस २०६९ सालमा स्थापना भएर नेपालको स्वास्थ्य क्षेत्रमा विशिष्ट पहिचान बनाएको ग्राण्डी अस्पतालमा २५ प्रतिशत शेयर लिएर भित्रिएका रुपज्योतीले अन्ततः ग्राण्डी अस्पताललाई कोल्याप्स पार्ने खेलमा लागेका हुन् । ज्योती समूह (दाजुभाई)को विवादका बिच काठमाडौँको जमलमा ग्राण्डी सिटि अस्पताल सञ्चालन गरेका रुपज्योतीले आफ्नो…

Read More

काठमाडौं – नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अर्का महामन्त्री गगन थापाले प्रधानमन्त्रीको दाबी गरेमा आफ्नो समर्थन रहने बताएका छन् । अमेरिका भ्रमणमा रहेका शर्माले काँग्रेस निकट जनसम्पर्क समितिले क्यालिफोर्निया गरेको कार्यक्रममा बोल्ने क्रममा शर्माले थापाको पक्षमा विचार व्यक्त गरेका हुन् । सांसद तथा मन्त्री भइसकेकाले गगनले प्रधानमन्त्रीको दाबी गर्नु स्वाभाविक रहेको उनले बताएका हुन् । महामन्त्री थापाले अन्तवार्ताका क्रममा निर्वाचन पश्चात् प्रधानमन्त्रीमा दाबी गर्ने बताउँदै आएका छन् । काँग्रेसमा संसदीय दलको नेता चुनिएर मात्रै प्रधानमन्त्री बन्ने प्रावधान छ । संसदीय दलको नेता चुन्नका लागि हुने निर्वाचनमा थापाले उम्मेदवारी दिने बताउँदै आएका छन् । सफल-असफल जुनसुकै परिणाम पनि स्विकार्नका लागि प्रयास…

Read More

काठमाडौं – बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋणको साँवा तथा ब्याज तोकिएको समयमै भुक्तानी नगरेका कारण कालो सूचीमा पर्ने व्यापारीको संख्या बर्सेनि बढ्दो छ । चालू आर्थिक वर्ष २०७८/७९ मा मात्र कालोसूचीमा पर्नेको संख्या १३ हजार नाघेको छ । कर्जा सूचना केन्द्रका अनुसार चालू आवको २३ असारसम्ममा कालो सूचीमा पर्नेको संख्या १३ हजार ६४८ पुगेको छ । केन्द्रका अनुसार व्यक्ति, व्यापारिक फर्म, उद्योगसमेत गत आर्थिक वर्ष २०७७/७८ भरमा जम्मा ४ हजार ८८२ कालोसूचीमा परेका थिए ।गत आवको तुलनामा चालू आवमा कालो सूचीमा पर्नेको संख्या करिब १८० प्रतिशतले बढेको छ ।

Read More