Author: महेन्द्रनगर पोष्ट

काठमाडौं – रामेछापको बेथानबाट काठमाडौं आउँदै गरेको यात्रुबाहक बस दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ। बा ३ ख ८३९६ नम्बरको अरनि यातायातको बस खाँडादेवी गाउँपालिका १ लुभुघाट नजिकै दुर्घटना भएको डीएसपी राजकुमार थिङले जानकारी दिए। दुर्घटनामा परेर ४० जना घाइते भएका छन् । घाइतेहरुको उद्दार कार्य जारी छ । एम्बुलेन्सबाट ७ जनालाई धुलिखेल अस्पतालमा पठाइएको छ । रामेछापका डिएसपी थिङ दुर्घटनास्थलमा जाँदै छन् । लुभुखोला माथिको घुम्तीबाट बस तल खसेको छ । उनका अनुसार दुर्घटनामा ९ जनाको मृत्यु भएको पुष्टि भएको छ। प्रहरी टोलीले उद्धार कार्य जारी राखेको र घाइतेलाई धुलिखेल अस्पताल पुर्‍याउने तयारी भएको उनले बताए।

Read More

काठमाडौँ – प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले गठबन्धनभित्र समस्या उत्पन्न हुनुलाई सामान्य रुपमा लिन आग्रह गरेका छन् । आफ्नो पार्टी मिलाउनुपर्नेमा गठबन्धन मिलाउनुपर्ने चुनौती रहेको उल्लेख गरे । नेपाली काँग्रेसका भूतपूर्व सभापति स्व. गिरिजाप्रसाद कोइरालाको सालिक अनावरणका क्रममा बोल्दै देउवाले यस्तो धारणा राखेका हुन् । उक्त कार्यक्रममा काँग्रेस उपसभापति धनराज गुरुङले गठबन्धनका दलहरुभित्र आपसी झगडा सुरु भएको गुनासो गरेका थिए । गुरुङलाई जवाफ दिँदै प्रधानमन्त्री देउवाले भने, ‘एउटै पार्टीमा त समस्या हुन्छ भने गठबन्धनमा समस्या हुन्छ नै । यसलाई सबैले सामान्य रुपमा लिनुपर्छ । पछि सभापति भएपछि थाहा पाउनुहुनेछ । आफ्नो पार्टी मिलाउनुपर्नेमा गठबन्धन मिलाउनुपर्ने अवस्था छ ।…

Read More

काठमाडौं – नेकपा माओवादी केन्द्रका प्रचण्डले पार्टीका पदाधिकारी चयन लगायतका सांगठनिक विषयमा छलफल थालेका छन् । प्रचण्डले खुमलटारमा केन्द्रीय कार्यालयको विस्तारित बैठक राखेर नेताहरुसँग छलफल थालेका हुन् । बैठकमा पूर्व स्थायी समिति सदस्यका साथै प्रदेश इन्चार्जसमेतको सहभागिता रहेको प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए । केन्द्रीय समिति बैठकमा पदाधिकारी चयन गर्न सदस्यहरुले दवाव दिएपछि आज ११ बजे बस्ने भनिएको बैठक गरेर प्रचण्डले आन्तरिक छलफल थालेका हुन् ।

Read More

काठमाडौं – आज नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्नेछ। बैठक दिउँसो १ बजे पार्टी कार्यालय सानेपामा बस्नेछ।बैठकमा प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवा भने उपस्थिति नहुने जनाइएको छ। आजको बैठक नेतृत्व पार्टीका उपसभापति पूर्णबहादुर खड्काले गर्नेछन्। समय व्यस्तताका कारण सभापति देउवा पदाधिकारी बैठकमा उपस्थित हुन नसक्ने जनाइएको छ। बैठकमा पार्टीको भातृ संगठनका बारेमा छलफल हुनेछ।

Read More

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवासँग निर्वाचन आयोगका पदाधिकारीले छलफल गर्ने भएका छन् । मंगलबार अपराह्न ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा छलफल हुन लागेको हो । संघीय निर्वाचन कहिले र कसरी गर्ने भन्ने विषयमा छलफल केन्द्रित हुने आयोगले जनाएको छ ।

Read More

काठमाडौँ – आज ११ बजे बस्ने भनिएको माओवादी केन्द्रको केन्द्रीय समिति बैठक स्थगित भएको छ । जारी केन्द्रीय कमिटी बैठकमा आज अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिवेदनमा स्पष्टीकरण दिने कार्यक्रम थियो । पदाधिकारी चयन लगायतबारे आन्तरिक छलफल गर्न आजको बैठक स्थगित गरिएको बताइएको छ । अर्को बैठक भोलि दिउसो एक बजे बस्ने बताइएको छ ।  यसअघि सोमबारको बैठकमा केन्द्रीय समितिका पदाधिकारी र स्थायी कमिटी गठन माग पनि गरेका थिए । आइतबार बसेको केन्द्रीय समितिको बैठकमा पार्टी प्रचण्डले प्रस्तुत गरेको प्रतिवेदनमाथि नेताहरूले आफ्नो धारणा राख्दै पदाधिकारी र स्थायी कमिटी गठन गर्न माग गरेका थिए । गत पुसमा भएको महाधिवेशनले प्रचण्डलाई अध्यक्षमा…

Read More

अछाम – अछाममा विनोद शाही मृत्यु प्रकरणले उग्र रुप लिन थालेपछि प्रशासनले जिल्ला सदरमुकाम मंगलसेनका विभिन्न स्थानमा निषेधित क्षेत्र घोषण गरेको छ। जिल्ला प्रशासन कार्यलय अछामले दरबार क्षेत्र, जिल्ला अदालत, जिल्ला सरकारी वकील कार्यालय , बैरागी धारा बस काउन्टर, मंलसेन नगरपालिका कार्यालय तथा कृषि ज्ञान केन्द्र आसपासको जीप काउन्टर क्षेत्रभित्रलाई निषेधित क्षेत्र घोषणा गरेको हो । निषेधित क्षेत्रमा कुनै पनि विरोधका कार्यक्रम नगर्न/नगराउन भनिएकाे छ । यस्तै, निषेधित क्षेत्र तोकिएका ठाउँमा बाधा अवरोध नगर्न र निषेधित क्षेत्र उल्लंघन गरेको पाइएमा कानूनी कारवाही हुने जिल्ला प्रशासन कार्यलयले जनाएको छ। मृतक विनोद शाहीको न्यायको लागि भन्दै साेमबार ५ दलिय गठनबन्धनले गरेको आन्दोलनले उग्र…

Read More

काठमाडौं – निर्वाचन आयोगले स्थानीय चुनाव–२०७९ मा खर्च नभएको १ अर्ब ५० करोड रुपैयाँ अर्थ मन्त्रालयलाई फिर्ता गरेको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार खर्च नभएको डेढ अर्ब रुपैयाँ फिर्ता भएको हो । खर्च नभएको रकम अझै बढ्न सक्ने आयोगको अनुमान छ । आयोगले पालिका चुनावका लागि अर्थ मन्त्रालयसँग ८ अर्ब ९५ करोड रुपैयाँ बजेट माग गरेको थियो । तर मन्त्रालयले ८ अर्ब ११ करोड रुपैयाँ बजेट सुनिश्चित गरेको थियो । अहिलेसम्म ६ अर्ब ६१ करोड रुपैयाँ खर्च भएको देखिएको आयोगले जनाएको छ । ७ सय ५३ पालिकामध्ये बाजुराको बूढीगङ्गामा स्थगित भएको चुनाव पर्सि हुँदैछ । वैशाख ३०…

Read More

काठमाडौं- नेकपा माओवादी केन्द्रको बैठक आज पनि बस्दै छ। बिहान ११ बजेबाट सुरु हुने बैठकमा आइतबार प्रस्तुत् भएको प्रतिवेदनमाथि सोमबार दिनभर केन्द्रीय सदस्यले राखेको धारणा र उठेका प्रश्नमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जवाफ दिनेछन्। आजको बैठकमा पोलिटब्यूरो र स्थायी कमिटी गठनको सम्भावना पनि रहेको नेताहरुले बताएका छन्। यही बैठकबाट पदाधिकारी चयनका लागि नेतृत्वलाई केन्द्रीय सदस्यहरुले दबाब दिइरहेका छन्।

Read More

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीबाट नवनियुक्त मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् । सोमबार अपराह्न शीतल निवासमा उनीहरूले शपथ ग्रहण गरेका हुन् । जनता समाजवादी पार्टीले आफ्ना तीन मन्त्रीलाई फिर्ता बोलाएर नयाँ मन्त्रीका रूपमा मृगेन्द्रकुमार सिंह यादव, मोहम्मद इस्तियाक राई र प्रदीप यादवलाई सरकारमा पठाएको थियो । मृगेन्द्रकुमार सिंह यादवलाई कृषि तथा पशुपन्छी मन्त्रालयको जिम्मेवारी दिइएको छ । मोहम्मद इस्तियाक राईलाई भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारी दिइएको छ । प्रदीप यादवले वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

Read More