Author: महेन्द्रनगर पोष्ट

काठमाडौं – नेपाल प्रहरी महानिरीक्षक नियुक्तिको रिटमा विपक्षी अर्थात् सरकार पक्षको बहस सुरु भएको छ। महान्यायाधिवक्ता कार्यालयको तर्फबाट शोभाकान्त भण्डारीले बहस सुरु गरेका हुन्। यस अघि जेठ ३० गते र असार ५ गते रिट निवेदक एआईजी विश्वराज पोखरेलको तर्फबाट बहस भएको थियो। आज पनि आफूहरुले बहस गर्ने पोखरेलकी कानुनी सल्लाहकार अधिवक्ता सुनिता राउतले बताएकी थिइन्। तर आज भने इजलासले विपक्षीलाई समय दिएको हो। सरकारी वकिल कार्यालयका तर्फबाट पनि बहसका लागि दुई दिन समय पाउनेछन्। महान्यायाधिवक्ताको कार्यालय र आईजीपी धिरजप्रताप सिंहको तर्फबाट निजी कानुन व्यवसायीले बहस गर्ने छन्। सरकारलेसिंहलाई आईजीपीमा बढुवा गरेपछि एआईजी पोखरेलले वैशाख १९ गते सर्वोच्च अदालतमा रिट दायर…

Read More

एजेन्सी – बलिउड नायिका आलिया भट्ट आमा बन्ने भएकी छिन्। सामाजिक सञ्जालमा अस्पतालको तस्बिर सेयर गर्दै उनले लेखेकी छिन्, ‘छिट्टै हाम्रो बच्चा आउँदैछ।’ आलिया अहिले पति रणवीर कपूर सँग लण्डनमा बस्दै आएकी छिन्। रणवीर र आलियाको विवाह मुम्बईस्थित घर वास्तुमा नजिकका साथीभाइ र परिवारका बीचमा भएको थियो। ५ वर्ष डेटिङ गरेपछि दुवैले १४ अप्रिल २०२२ मा विवाह गरेका थिए।

Read More

काठमाडौं – नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री जीवनराम श्रेष्ठले पदभार ग्रहण गर्ने क्रममा दुई निर्णयमा हस्ताक्षर गरेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ लिएलगत्तै पर्यटन मन्त्रालयमा पुगेर कार्यभार सम्हाल्ने क्रममा दुई महत्त्वपूर्ण निर्णयमा हस्ताक्षर गरेका हुन् ।  उनले विश्व संम्पदा सूचीमा परेका हनुमानढोका र स्वयम्भूलाई जोड्ने गरी हेरिटेज मार्ग बनाउने निर्णयमा हस्ताक्षर गरेका हुन् । श्रेष्ठले आफू सांसद हुँदादेखि सुरु गरेको कामलाई पुरा गर्नेगरी उक्त निर्णयमा हस्ताक्षर गरेको बताए । सोही शीर्षकमा काम गर्नेगरी डिपिआर सहित बजेट समेत विनियोजन भइसकेको छ । त्यस कार्यलाई तिव्रता दिनेगरी निर्णयमा हस्ताक्षर गरेका हुन् । यस्तै कोरोना महामारीमा पर्यटन क्षेत्र नराम्रोसँग प्रभावित…

Read More

काठमाडौं – नवनियुक्त शहरी विकासमन्त्री मेटमणि चौधरीले आफूले तीन सयदेखि चार सयको स्पिडमा काम गर्ने बताएका छन् । शितलनिवासमा राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पद तथा गोपनियताको सपथ लिएलगत्तै सिंहदरबार पुगेर पदभार सम्हाल्ने क्रममा मन्त्री चौधरीले यस्तो बताएका हुन् । उनले सहरी विकासको लागि मुख्य शहरमा विकास प्राधिकरण बनाउने पनि घोषणा गरे । नवनियुक्त चौधरीले होण्डा र स्पोर्टस् मोटरसाइकलको गति एउटै नहुने भन्दै आफ्नो कामको गति पनि सबैभन्दा धेरै स्पीडमा हुने बताए । उनले भने,‘म सबैभन्दा बढीको स्पीड थ्री हण्ड्रेड, फोर हण्ड्रेडको स्पीडमा हिँड्छु।

Read More

काठमाडौं – एकीकृत समाजवादीको भागमा परेका चार मन्त्री र एक राज्यमन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । सोमबार बिहान राष्ट्रपति विद्यादेवी भण्डारीले चारजना नयाँ मन्त्रीहरुलाई शीतल निवासमा पद तथा गोपनीयताको शपथ दिलाएकी हुन्। गत जेठ २२ गते बसेको एकीकृत समाजवादी सचिवालय बैठकको निर्णयअनुसार मन्त्रिपरिषदमा इन्ट्री गरेका नयाँ मन्त्रीले शपथ लिएका हुन्।आइतबार साँझ राष्ट्रपति कार्यालयले विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीद्वारा मन्त्रिपरिषद पुनर्गठन गरेको जानकारी दिएको थियो। शीतल निवासमै राज्यमन्त्रीमा नियुक्त हिराचन्द्र केसीले पनि प्रधानमन्त्री शेरबहादुर देउवाबाट पद तथा गोपनीयताको शपथ लिएका छन्।समाजवादीको कोटाबाट संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रीमा जीवनराम श्रेष्ठ, शहरी विकास मन्त्रीमा मेटमणि चौधरी, श्रम रोजगार तथा सामाजिक सुरक्षा…

Read More

काठमाडौं – नेपाली बजारमा सुनको मूल्यमा आज पनि बढेको छ । हिजो सुनको मूल्य प्रतितोला ९७ हजार ३ सय रुपैयाँमा कारोबार भएकोमा आज तोलामा ४ सय रुपैयाँले बढेको हो । आइतबार सुनको मूल्य तोलामा दुई सय रुपैयाँले बढेको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ९७ हजार ७ सय रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला ९७ हजार २ सय रुपैयाँ रहेको छ । त्यस्तै, आज चाँदीको मूल्यमा पनि बढेको छ । हिजो चाँदीको मूल्य प्रतितोला १२४५ रुपैयाँमा कारोबार भएकोमा आज बढेर प्रतितोला १२५५ रुपैयाँ मूल्य कायम भएको महासंघले जनाएको छ ।

Read More

काठमाडौं – नेपाल प्रहरीको आईजीपी बढुवाविरुद्धको मुद्दाको अन्तिम सुनुवाइ आज हुँदैछ । कामु प्रधानन्यायाधीश दीपककुमार कार्की र कुमार चुँडालको संयुक्त इजलासमा भइरहेको सुनुवाइमा आज सरकारी पक्षका कानुन व्यवसायीले बहस सुरु गर्नेछन् । एआईजी विश्वराज पोखरेलले आफूभन्दा १७ महिना जुनियर धिरजप्रताप सिंहलाई आईजीपी बनाएको दाबीसहित वैशाख १९ गते सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । अन्तिम सुनुवाइ जेठ ३० गतेबाट सुरु भएपनि मुद्दाको बहस नसकिएपछि दुईपटक हेर्दाहेर्दैमा राखिएको छ । वैशाख १९ देखि बिदामा बसेका एआईजी पोखरेल एआईजीमै कायम रहे आगामी साउन २० गतेबाट अवकाश पाउनेछन् ।

Read More

काठमाडौं – सुदूरपश्चिम प्रदेश सरकारले ल्याएको बजेटको गुनासो गर्न प्रदेशका मन्त्रीले प्रधानमन्त्रीलाई भेट्ने भएका छन् । आज सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री गोविन्द बोहराले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्ने भएका हुन् । दिउँसो प्रधानमन्त्रीलाई भेट्ने कार्यक्रम रहेको मन्त्रीनिकट स्रोतले बताएको छ । सामाजिक विकास मन्त्रालयले सिफारिस गरेका योजना काटेर मन्दिर निर्माणमा बजेट राखिएको भन्दै रुष्ट रहेका मन्त्री बोहराले यस विषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराउने भएका हुन् । बोहरा र प्रधानमन्त्री देउवाको एकै जिल्लाका हुन् । उनी देउवानिकट मानिन्छन् । ‘रातो किताबमा सामाजिक विकास मन्त्रालयको मन्दिरमा बजेट हालेको देखिएको छ । त्यो मन्त्रालयले सिफारिस गरेको पनि होइन मैले गरेको पनि होइन’ उनले भने,…

Read More

काठमाडौं — आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ बाँडफाँट भएको छ। लघुवित्तको बिक्री प्रबन्धक बिओके क्यापिटल मार्केटको कार्यालयमा बिहान ९ बजे सो शेयर बाँडफाँट भएको हो। लघुवित्तले असार १ गतेदेखि ५ गतेसम्म निष्काशन तथा बिक्री खुला गरेको शेयरमा १६ लाख ७२ हजार ७९४ आवेदकको आवेदन स्वीकृत भएको छ भने १ हजार ८५८ आवेदकको आवेदन रद्द भएको छ। स्वीकृत आवेदनमध्ये ६ हजार २६१ आवेदकले १० कित्ताका दरले शेयर प्राप्त गरेका छन्। सोमध्ये पनि ५ भाग्यमानी लगानीकर्ताहरुले थप एक कित्ता अर्थात कुल ११ कित्ता शेयर प्राप्त गरेका छन्। लघुवित्तले असार १ गतेदेखि ६७ लाख रुपैयाँ बराबरको ६७ हजार कित्ता आईपीओ निष्काशन गरेको…

Read More

काठमाडौं – राष्ट्रपति बिद्यादेवी भण्डारीले आज बिहान ११ बजे सपथ खुवाउने पाँच मन्त्री मध्ये २ जना एउटै जिल्लावाट प्रतिनिधित्व गर्ने अनुहार परेका छन् । पहिलो पटक मन्त्री हुन लागेका मेटमणी चौधरी र हिराचन्द्र केसी एउटै जिल्ला दाङवाट प्रतिनिधित्व गर्ने नवनियुक्त मन्त्री हुन । माधवकुमार नेपाल नेतृत्वको नेकपा एसवाट प्रतिनिधित्व गर्ने चौधरी दाङ–१ वाट र केसी दाङ–३ वाट प्रतिनिधिसभामा निर्वाचित भएका थिए । चौधरीले सहरी विकास मन्त्रालयको जिम्मेवारी पाउँदा केसीले भने स्वास्थ्य राज्य मन्त्रीको जिम्मेवारी पाएका छन । एउटै जिल्लावाट दुईजनालाई मन्त्री बनाएको भन्दै नेकपा एसका निवर्तमान मन्त्रीहरुले आपत्ति जनाएपनि अन्ततः पार्टीको निर्णय अनुसार उनीहरुले आज सपथ लिन लागेका हुन ।

Read More