Author: महेन्द्रनगर पोष्ट

काठमाडौँ – गोरखा जिल्ला अदालतका एक कर्मचारी (तहसिलदार) लाई घुससहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पोखरा कार्यालयले नियन्त्रणमा लिएको छ । अख्तियारले १५ हजार घुससहित तहसिलदार रामचन्द्र केसीलाई हिजो (बिहीबार) नियन्त्रणमा लिएको छ । अदालत नजिकै एक होटलमा सेवाग्राहीसँग काम मिलाइदिने भन्दै पैसा लिइरहेको अवस्थामा उनलाई पक्राउ गरिएको अख्तियारको पोखरा कार्यालय स्रोतले जनाएको छ । उनलाई बिहीबार बेलुकी नै पोखरा लगिएको छ ।

Read More

काठमाडौं – ५६ जना सशस्त्र प्रहरी निरीक्षक (इन्स्पेक्टर) सशस्त्र प्रहरी नायब उपरीक्षक (डिएसपी) मा बढुवाका लागि सिफारिस भएका छन् । बढुवा समितिले हिजो (बिहीबार) प्रहरी नियमावली २०७२ को नियम ३९ को उप नियम १ को ‘ग’ बमोजिम उनीहरूलाई बढुवा सिफारिस गरिएको हो । बढुवा सिफारिसमाथि चित्त नबुझे ७ दिनभित्र उजुरी दिन सशस्त्र प्रहरी बलको प्रधान कार्यालयले भनेको छ ।

Read More

काठमाडौं – नेकपा (एमाले) का प्रभावशाली नेता तथा पूर्व उपप्रधानमन्त्री डा. भीमबहादुर रावलले नेपालको राष्ट्रिय सुरक्षामा बाहिरी हस्तक्षेप बढेको बताएका छन् । आज राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै उनले बाहिरी हस्तक्षेप नरोके देशले कष्टकर दिन भोग्नुपर्ने बताएका हुन् । उनले भने,‘देशको विद्यमान सम्पूर्ण राजनीतिक परिवेशलाई हेर्दा खासगरी अर्थतन्त्र, कृषि, विदेश सम्बन्ध हेर्दा नेपालको राष्ट्रिय सुरक्षामा बाहृय हस्तक्षेप बढेको छ । यो हस्तक्षेपबाट नेपाललाई मुक्त नगर्ने हो भने नेपालका आउने दिनहरू झनै कष्टकर र पीडादायी छन् ।’ साक्षात्कारमा बोल्दै रावलले नेपालले स्वतन्त्र र असंलग्न परराष्ट्र नीतिलाई बढावा दिनुपर्नेमा जोड दिए । नेपालमा ६/७ वटा देशका शरणार्थीहरुले प्रदर्शन गरेको आफूले देखेको दाबी…

Read More

काठमाडौं – निर्वाचन आयोगले आगामी निर्वाचनमा विद्युतीय मतदान यन्त्र प्रयोग गर्ने भए साउन मसान्तभित्र उपलब्ध गराउन सरकारलाई आग्रह गरेको छ । आयोगले विद्युतीय मतदान यन्त्र प्रयोग सम्बन्धी अध्ययन प्रतिवेदन गृह मन्त्रालय मार्फत मन्त्रिपरिषदमा पेस गर्दै आगामी प्रतिनिधिसभा र प्रदेशसभामा प्रयोग गर्ने भए आफूहरुले भनेजस्तो मेसिन साउनभित्र उपलब्ध गराइदिन आग्रह गरेको हो । ‘प्रतिवेदनमा उल्लेख भए बमोजिमको स्वदेशमा निर्मित विद्युतीय मतदान यन्त्र (इभिएम) तत्काल व्यवस्थापन हुन सक्ने अवस्था हाल विद्यमान नभएमा आगामी २०७९ श्रावण मसान्तसम्ममा आयोगलाई उपलब्ध हुने गरी अन्य देशमा निर्मित विद्युतीय मतदान यन्त्रको आवश्यक प्रबन्ध गरिदिन गृह मन्त्रालय मार्फत नेपाल सरकार, मन्त्रिपरिषद्लाई लेखी पठाइएको छ’ आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद…

Read More

काठमाडौं – नेपाली कांग्रेसका नेता शेखर कोइरालाले आफू पक्षका नेतासँग छलफल गरेका छन्। बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा बोलाइएको भेलामा मुख्यगरी तीन विषयमाथि छलफल भइरहेको छ। पार्टीको आन्तरिक जीवन, समसामयिक राजनीति र देशको आर्थिक अवस्थाबारे छलफल गरी धारणा तय गरिने कांग्रेस नेता चन्द्र भण्डारीले सेतोपाटीलाई बताए। बैठकमा शेखर कोइराला, चन्द्र भण्डारी लगायत नेताहरूको उपस्थिति रहेको छ। उनले आफू निकट काठमाडौंमा उपलब्ध नेता कार्यकर्तालाई भेलामा बोलाएका छन्। प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवाले पार्टी गतिविधि र सरकारका कामकारबाहीलाई सँगसँगै लैजान नसकेको भन्दै आलोचना भइरहेको छ। साथै सभापति देउवाले विधानअनुसार गठन गर्नुपर्ने विभाग तथा समितिहरूलाई पूर्णता दिएका छैनन्। गत मंसिरमा कांग्रेसको १४ औं महाधिवेशन भएको…

Read More

काठमाडौँ – नेकपा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले अर्थ मन्त्रालयमा बजेट निर्माणका क्रममा अनधिकृत व्यक्ति प्रवेश गरेर करका दर परिवर्तन गरेको तथा एसपीपीमा पत्राचार गर्न कसको नेतृत्वको सरकारले सेनालाई स्वीकृति दिएको थियो भन्ने यथार्थ पत्ता लगाउनका लागि सिसिटिभी भिडियो र पत्रहरू संसदमा पठाउन प्रधानमन्त्रीसँग माग गरेका छन् । ६४ औँ संसद् दिवसको अवसरमा पूर्व सांसद मञ्चले आज (बिहीबार) आयोजना गरेको कार्यक्रममा नेम्वाङले अर्थ मन्त्रालयमा अनधिकृत व्यक्ति प्रवेश गरेको विषय प्रमुख प्रतिपक्षले उठाइरहेको र एसपीपी केपी शर्मा ओलीले पत्राचार गरेको भन्ने सार्वजनिक प्रश्नको जवाफ संसदबाट दिन सकिने बताए । नेम्वाङले अर्थ मन्त्रालयमा अनधिकृत व्यक्ति प्रवेश गरेको विषयमा छानबिन गर्न सरकार…

Read More

काठमाडौँ – नेपाली काँग्रेसका नेता रामचन्द्र पौडेलले नेपाल आयल निगम व्यापारीलाई दिन खोजेको र किसानलाई मल दिन नसकेको भन्दै सरकारको आलोचना गरेका छन् । ६४ औ संसद सेवा दिवसका अवसरमा काठमाडौँमा भएको कार्यक्रममा उनले भने, ‘फेरि पनि सुन्दै छु, आयल निगम व्यापारीलाई दिने रे । यो चलखेल हो, यहाँ करोडको कुरा छैन अरबका कुरा छन ।’ उनले किसानलाई मल दिन नसकेकोमा पनि सरकारको आलोचना गरे । उनले नीतिगत भ्रष्टाचारका कारण किसानले मल नपाएको बताए । उनले भने, ‘खेती गर्ने बेला छ, मलको हाहाकार छ । यो सबै नीतिगत भ्रष्टाचारले भएको हो ।’ कृषि सामग्री केन्द्रलाई कम्पनी लिमिटेडमा लगेपछि नेपालमा कहिल्यै…

Read More

काठमाडौँ- कर्णाली प्रदेशमा पहिलो पटक केबी इन्टरटेनमेन्ट एन्ड ग्रुपको आयोजना ‘कर्णाली चलचित्र कार्यशाला–२०७९’ सुरु भएको छ। कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले ‘एक्सन कट’ भन्दै निर्देशन उद्घाटन गरेको कार्यशालामा २० जना फिल्मकर्मीको सिकाई जारी छ। ‘कर्णालीलाई हेर्ने नजर अब परिवर्तन गरौँ । किनकि कर्णाली हरेक दृष्टिकोणले धनी छ’ मुख्य मन्त्री शाहीले भने। यो कार्यशालामा सहभागी भएकाहरूले कर्णालीको जन जीवन र यहाँको संस्कृतिलाई सिनेमामा उतार्ने विश्वास मुख्यमन्त्री शाहीले व्यक्त गरे । यो कार्यशालामा कर्णालीबासीले उत्साहका साथ चलचित्र सिकिरहेको कार्यशालाको स्थानीय संयोजन हरि बिष्टले बताएका छन् । उनीहरू फिल्ममा आउने बिष्टको विश्वास छ । १४ असारबाट सुरु भएको यो कार्यशाला १९ असारसम्म एक साता…

Read More

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुक र नागरिकलाई केन्द्रमा राखेर सत्यतथ्य र आधिकारिक समाचारमार्फत् आम जनतालाई सुसूचित गराउने दायित्व बहन गर्न राससलाई आग्रह गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा राससका नवनियुक्त कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले गरेको भेटका अवसरमा प्रधानमन्त्री देउवाले जनताको मनोवल बढाउने गरी सकारात्मक एवं रचनात्मक समाचार सम्प्रेषण गर्न सुझाव दिएका हुन् । मुलुकको समाचार समितिका रुपमा छ दशकभन्दा लामो इतिहास बोकेको राससले सदैव निष्पक्ष र आधिकारिक समाचार सम्प्रेषण गरी सरकार र जनताका बीचमा सेतुको भूमिका निर्वाह गर्नुपर्ने प्रधानमन्त्री देउवाको धारणा थियो । स्वदेश तथा विदेशमासमेत कार्यसञ्जाल रहेको राससले आफ्नो सेवालाई विविधिकरण गरी अझ चुस्तदुरुस्त, भरपर्दो र गुणस्तरीय बनाउन…

Read More

धनगढी – दुई दिनदेखिकाे अविरल वर्षापछि सुदूरपश्चिम प्रदेशकाे अस्थायी राजधानी धनगढी उपमहानगरपालिकाकाे बजार क्षेत्र जलमग्न भएकाे छ । उपमहानगरपालिकाकाे वडानम्बर १,२,३,५ लगायतका क्षेत्र जलमग्न भएका हुन् । धनगढीमा पानीकाे निकास नहुँदा बर्सेनि सामान्य वर्षामासमेत जलमग्न भएपछि स्थानीयवासीले डुबानकाे समस्या भाेग्ने गरेका छन् । धनगढीमा मंगलबारदेखि परिरहेको पानी बिहीबार बिहानसम्म राेकिएकाे छैन । वर्षा नराेकिएमा नगर क्षेत्र डुबानमा पर्ने चिन्ता व्यक्त गरिएको छ ।

Read More