Author: महेन्द्रनगर पोष्ट

कञ्चनपुर- कञ्चनपुरको भीमदत्त नगरपालिकाले नगरभित्रका गर्भवती महिलालाई निःशूल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने भएको छ । नगर कार्यपालिकाको बैठकले गर्भवती महिलाहरुको स्वास्थ्य सेवामा सहज पहुँच पुर्याउन निःशूल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने निर्णय गरेको प्रवक्ता महेन्द्र खड्काले बताए । घरमा नै प्रसुती गराउने कार्यलाई शूल्यमा पु(याउन प्रसुतीका बखत नगरभित्रका प्रसुती सेवा केन्द्र वा महाकाली प्रादेशिक अस्पतालसम्म पु¥याउन निःशूल्क एम्बुलेन्स सेवा उपलब्ध गराइने उनले बताए । बुधबार भीमदत्त नगरपालिकाले पत्रकार सम्मेलन गर्दै नगर कार्यपालिकाका निर्णय सार्वजनिक गरेको हो । नगरभित्रका ७५ वर्षमाथिका जेष्ठ नागरिकहरुको घरदैलामा गएर मासिक रुपमा स्वास्थ्य परीक्षण गर्ने निर्णय पनि कार्यपालिका बैठकले गरेको छ । भीमदत्त नगरपालिकालाई दुव्र्यसनी मुक्त नगर…

Read More

बैतडी- बैतडीमा चितुवाले बाख्रा खान थालेपछि किसानहरु चिन्तित भएका छन् । जिल्लाको सुर्नया गाउँपालिका वडा नं. ८ को मल्लोढोलेमा फेरी चितुवाले तीनवटा बाख्रा खाइदिएको स्थानीयले बताएका छन् । स्थानीय प्रजापती मडैका अनुसार बुधबार स्थानीय लालसिंह बोहरा, प्रेम बोहरा र नरसिंह बोहराका घर नजिकै चराउन खोलेका बाख्रा चितुवाले खाएको हो । गत बिहीबार राति पनि वडा नं. ८ मै चितुवाले गोठबाटै एकजनाको खसी लगेको थियो । दुई महिनाको अवधीमा दुई दर्जन खसी बाख्रा चितुवाले खाइसकेको स्थानीयको भनाई छ । यसरी घरनजिकै आएर चितुवाले बाख्रा खान थालेपछि स्थानीय त्रसित बनेका छन् । अर्कोतर्फ मिहेनत गरेर पालेका खसी बाख्रा पनि चितुवाले खान थालेपछि…

Read More

कैलाली- डडेल्धुरामा हायस दुर्घटना भएको छ । धनगढीदेखि डोटी गइरहेको हायस केआइ सिंह राजमार्ग अन्तर्गत डडेल्धुराको रडुवाखोलामा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ। सुपप्र ०१००१ख ३१०९ नम्बरको उक्त हायस दुर्घटनामा परि ९ जना घाइते भएको प्रदेश ट्राफिक कार्यालय अत्तरियाले जनाएको छ। तीमध्ये कैलालीको गोदावरी नगरपालिका–८ बस्ने कृष्णा अधिकारी गम्भीर घाइते भएकी छन् । उनलाई डडेल्धुरा अस्पतालले रेफर गरेको छ। अन्यको डडेल्धुरा अस्पतालमै उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ। ब्रेक फेल भइ अनियन्त्रित भएर उक्त हायस दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले बताएको छ।

Read More

कैलाली- कैलालीको घोडाघोडी नगरपालिकाले भोलिदेखि विद्यालय बन्द गर्ने निर्णय गरेको छ। अत्यधिक गर्मी बढेको भन्दै नगरपालिकाले जेठ २६ गतेदेखि २७ गतेसम्म सबै विद्यालयहरू बन्द गर्ने निर्णय गरेको हो। बुधवार एक सूचना जारी गर्दै नगरपालिकाले २७ गते सम्मका लागि विद्यालय बन्द गर्न आग्रह गरेको छ। पानी नपरेपछि तराईमा गर्मी अत्याधिक बढेको छ ।

Read More

अछाम – अछामको पञ्चदेवल विनायक नगरपालिका–४ मा मृत भेटिएका १५ वर्षीय किशोर विनोद शाहीको शव ५ दिनपछि उठाइएको छ । मृतकका आफन्तजन र प्रहरी प्रशासनबिच सहमति भएपछि शव उठाइएको हो । घटनाका सन्दर्भका आफन्तहरूको किटानी जाहेरी दर्ता गर्ने , शवको पोष्टमार्टम गर्ने र किटानी जाहेरी दर्ता नभएसम्म मृतकका आफन्तले शव नबुझ्ने लिखित सहमति भएको छ । पीडित परिवारका तर्फबाट मृतकका दाजु डम्बर शाही र जिल्ला प्रहरी कार्यालय अछामका निमित्त प्रमुख प्रहरी निरीक्षक कैलाश सिंह विष्ट बिच लिखित सहमति भएको नेकपा एमाले पंचदेवल विनायक नगरपालिकाका इन्चार्ज भीम विष्टले बताए छन् । सहमति भएसँगै किशोरको शव पोष्टमार्टमका लागी मंगलसैन ल्याइँदै छ ।…

Read More

विराटनगर – प्रदेश १ सरकारले आगामी आर्थिक वर्षका लागि आफ्नो नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । बुधबार बसेको प्रदेश सभा बैठकमा प्रदेश १ का प्रमुख परशुराम खापुङ्गले सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन् । नीति तथा कार्यक्रमको पूर्णपाठ हेर्न यहाँ क्लिक गर्नुहोला

Read More

काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले महिला कर्मचारीलाई १४ हप्ता (९८ दिन) तलव सहितको सुत्केरी विदा दिन सरकारी, निजी तथा गैरसरकारी संघ संस्थाहरुलाई आग्रह गरेको छ । मन्त्रालयले सरकारी, निजी तथा गैरसरकारी संघ संस्थामा कार्यरत महिलाले नियमअनुसार पाउनुपर्ने प्रसूति विदा नपाएको गुनासो आएको भन्दै बुधबार एक सूचना जारी गरी बिदा कडाइका साथ कार्यान्वयन गर्न निर्देशन दिएको हो । सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५ को दफा १३ मा निजी सरकारी गैरसरकारी संघ संस्थामा कार्यरत महिला कर्मचारीलाई सुत्केरी हुनु अघि वा पछि कम्तीमा ९८ दिनसम्मको तलव सहितको प्रसूति विदा पाउने व्यवस्था छ । स्वास्थ्यकर्मीहरुले प्रसुति विदालाई बढाएर ६ महिना…

Read More

काठमाडौं – दाङमा एक किशोरीले आफ्नै १६ महिनाकी छोरीलाई सेप्टिक ट्याङ्कीमा फालेर हत्या गरेको खुलेको छ । राप्ती गाउँपालिका– ३ मसुरियाकी एक १५ वर्षीया किशोरीले १६ महिनाकी छोरीलाई सेप्टिक ट्यांकीमा फालेको र शिशुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । प्रहरीका अनुसार बुधबार बिहान ४ बजेतिर किशोरीले आफू शौचालय गएका बेला सँगै सुतेकी छोरी हराएको भनी परिवारका सदस्यलाई बताएकी थिइन् । त्यसपछि उनको घरमा पुगेको इलाका प्रहरी कार्यालय भालुवाङको टोलीले सोधपुछ गर्दा आफूले सेप्टिक ट्याङ्कीमा खसालेको स्वीकार गरेकी छन् । प्रहरीका अनुसार किशोरीले आफ्नो दूध नआएको र छोरी रोइरहेपछि सेप्टिक ट्याङ्कीमा हालेको बताएकी छन् । शिशुको शव पोष्टमार्टमका…

Read More

काठमाडौं – गृहमन्त्री बालकृष्ण खाँण र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका प्रवक्ता खड्गप्रसाद विश्वकर्मा प्रकाण्डबीच भेटवार्ता भएको छ। आज बुधबार गृह मन्त्रालयमा भएको वार्तामा प्रवक्ता प्रकाण्डले विभिन्न बहानामा थुनामा रहेका पार्टीका नेता–कार्यकर्ताको रिहाइ र लगाइएका मुद्दा फिर्ताको माग राखेका थिए। गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले नेकपाका थुनामा रहेका नेता कार्यकर्ताको कानुन अनुरुप रिहाइ र मुद्दा फिर्ता लिने प्रक्रिया महान्यायाधिवक्ताको कार्यालयमार्फत सुरु गरिएको जानकारी दिए। अझै देशैभर विप्लव नेकपाका १२० जना नेता कार्यकर्ता जेलमै छन् । उनीहरुको रिहा गर्न माग गर्दै नेकपाका नेताहरुले प्रधानमन्त्रीदेखि सत्ता गठबन्धन दलका शीर्ष नेताहरुलाई नियमित भेट्दै आएका छन् ।

Read More

दार्चुला – व्यास गाउँपालिका–१ छाङ्गरुको ज्याक्तीमा नेपाल टेलिकमको फोरजी सहितको टेलिफोन टावर जडान सुरु गरिएको छ । चीनको सीमा नजिकको गाउँ तिङ्करमा भिसेट एनटिसेट जडान गरिएको छ । नेपाल टेलिकमले तिङ्कर गाउँमा दुई लाइन एनटिसेट लाइन जडान गरेको हो । सञ्चार सम्बन्धबाट टाढा रहेको व्यासको तिङ्कर गाउँमा पहिलो पटक भिसेट एनटिसेट जडान गरिएको व्यास–१ का वडासचिव विनोदसिंह बुढाथोकीले जानकारी दिनुभयो । यसअघि छाङ्गरुमा सशस्त्र प्रहरी र स्थानीयवासीका लागि भन्दै एनटिसेट लाइन जडान गरिएको थियो । छाङ्गरुमा स्काई फोन पनि सञ्चालनमा छ । छाङ्गरुमा फोरजीसहितको नमस्तेको लाइन जडानको तयारी छ । सामरिक महत्व बोकेको छाङ्गरु र तिङ्करमा पछिल्लो समय टेलिकमका प्रमुख…

Read More