Author: महेन्द्रनगर पोष्ट

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवालाई नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अमेरिकी रक्षा मन्त्रालयको स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी)सम्बन्धी सम्झौतामा हस्ताक्षर नगर्न सुझाव दिएका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बिहान देउवासँग भेट गर्दै प्रचण्डले हिन्द–प्रशान्त सैन्य रणनीतिको एक अङ्‍गको रूपमा एसपीपी रहेको भन्दै उक्त सम्झौतामा हस्ताक्षर कुनै पनि हालतमा नगर्न सुझाएका हुन् । प्रचण्डको प्रमुख स्वकीय सचिव रमेश मल्लकाअनुसार प्रचण्डले देउवालाई एसपीपी नेपालको राष्ट्र हितविपरीत रहेको बताए । प्रचण्डले सुझाव दिनुभन्दा पहिले ‘एसपीपी सम्झौतामा हस्ताक्षर गर्न लाग्नु भएको हो ?’ भन्दै प्रश्न गरेका थिए । जवाफमा देउवाले राष्ट्र हितविपरीतका काम नगर्ने र राष्ट्रको शिर निहुर्‍याउने गरीका कुनै सन्धि सम्झौतामा हस्ताक्षर…

Read More

काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक उडानतर्फको प्रस्थान ह्याण्ड ब्यागेज चेकिङ स्थानबाट प्रहरीले एक राउण्ड गोली बरामद गरेको छ । सर्लाही हरिपुर नगरपालिका–७ बस्ने ३६ वर्षीया किरण कुमारी सिंहको ब्यागमा मंगलबार साँझ गोली भेटिएपछि प्रहरीले उनलाई पक्राउ गरेको छ । बुद्ध एयरको उडानद्वारा काठमाडौंबाट जनकपुर जान लागेकी यात्रु सिंहको ह्याण्ड ब्यागेज एक्सरे मेसिनमा जाँच गर्ने क्रममा उक्त गोली फेला परेको प्रहरीले जनाएको छ । उनलाई आवश्यक अनुसन्धान एवं कारबाहीको लागि प्रहरी वृत्त गौशाला पठाइएको अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय गौचरले जनाएको छ ।

Read More

ओखलढुङगा – ओखलढुङगाको चम्पादेवी गाउँपालिका–७ फुलवारी टोलका एकै घर परिवारका ४ जनाले जंगली च्याउ खाँदा २ जनाको मृत्यु भएको छ भने २ जना बिरामी भएका छन्। जेठ २८ गते आफ्नै बारीमा उम्रिएको च्याउ पकाएर खाएका स्थानीय ९३ वर्षीया मनमाया विष्ट, निजको छोरा २७ वर्षीय राजन विष्ट, राजनको श्रीमती २४ वर्षीया ढक कुमारी लामिछाने र व बर्षीया छोरी सरिस्मा विष्ट बिरामी भएका थिए। च्याउ खाएर बिरामी भएका चारै जनालाई उपचारको लागी मिसन अस्पताल ओखलढुङगा पठाइएकोमा उपचारको क्रममा ढक कुमारी लामिछानेको सोही अस्पतालमा मृत्यु भएको थियो। अन्य तिन जनालाई थप उपचारको लागि काठमाडौंको टिचिङ अस्पताल पठाइएकोमा उपचारको क्रममा मनमाया विष्टको ३१ गते…

Read More

दार्चुला – दार्चुलाको नौगाड गाउँपालिका–६ धुलीगडा लेकगाउँका रामसिंह धामीलाई जेठ ५ गते गाउँकै पूर्णसिंह धामीले विजय जुलुसको भिडियो मागे । पूर्णसिंह भारतको बैङ्ग्लोरमा बस्छन् । उनी रामसिंहका नातामा काका पर्छन् । काकाले भिडियो मागेपछि उनले गाउँपालिका अध्यक्षमा विजयी भएका नेकपा (माओवादी केन्द्र)का दलजितसिंह धामी र आफ्नो गाउँ रहेको वडा नम्बर – ६ मा पनि सोही पार्टीबाट विजयी राजेन्द्रसिंह बोहरालगायतका भिडियो फुटेज म्यासेन्जरमै पठाए । विजय जुलुसको भिडियो फुटेज पठाउँदा उनले झुक्किएर एउटा ‘अश्लिल भिडियो’ पनि झुक्किएर पठाए । उक्त ‘अश्लिल भिडियो’ थियो – गाउँकै १७ वर्षीया युवतीको । जुन युवती पूर्णसिंहले नचिन्‍ने कुरै भएन । यसपछि उनले गाउँका अन्य युवाहरूलाई…

Read More

काठमाडौं – नेपाली बजारमा बुधबार सुनको भाउमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ मंगलबारको तुलनामा प्रतितोला ६ सय रुपैयाँले घटेको हो। यससँगै छापावाल सुन प्रतितोला ९६ हजार ५ सय रुपैयाँमा आइपुगेको छ। त्यस्तै तेजावी सुनको भाउ प्रतितोला ९६ हजार रुपैयाँमा झरेको छ। महासंघका अनुसार बुधबार चाँदीको भाउ भने स्थिर देखिएको छ। चाँदी प्रतितोला १२४५ रुपैयाँमा कारोबार भइरहेको छ।

Read More

काठमाडौं – विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले विश्वमा हालसालै देखिएको मंकीपक्स भाईरस संक्रमणको अवस्था निकै असामान्य र चिन्ताजनक रहेको बताएको छ । संगठनका महानिर्देशक डा। टेड्रोस अधानोम गेब्रेयससले यस विषयमा छलफलका लागि आगामी हप्ता आपतकालीन समितिको बैठक बोलाउनुभएको छ । सो बैठकमा मंकीपक्स भाईरस संक्रमण अन्तर्राष्ट्रिय सार्वजनिक चिन्ताको विषय हुन सक्छ वा सक्दैन भन्ने विषयमा छलफल हुने बताइएको छ । हालसम्म ३९ देशमा फेला परेको मंकीपक्स १६ सय भन्दा बढीमा पुष्टि भईसकेको छ भने १५ सय बढीमा संक्रमणको आशंका गरिएको डब्ल्युएचओले जनाएको छ । यसरी तीब्र रुपमा संक्रमण फैलनुको मुख्य कारण शारीरिक सम्बन्ध नै रहेको दावी गरिएको छ । विश्व…

Read More

काठमाडौं – रोल्पा कारागारमा रहेका कैदीबन्दी सुन्दर हरिजनको जेल स्थानान्तरण र आत्महत्याबारे सत्यतथ्य बुझ्न गठन गरिएको छानबिन समितिले बुझाएको प्रतिवेदन गृहमन्त्री बालकृष्ण खाँणले बुझेका छन्। उनले प्रतिवेदनमा समेटिएका विषय कानूनअनुसार कार्यान्वयनको प्रक्रियामा लगिने पनि बताए। रोल्पा कारागारमा जेठ ४ गते कैदी हरिजनले आत्महत्या गरेको घटना सम्बन्धमा मन्त्रालयका सहसचिव सूर्य सेढाई नेतृत्वको छानबिन समितिले प्रतिवेदन बुझाएको थियो। प्रतिवेदनले दोषी औँल्याएकालाई कानूनअनुसार कारबाहीको प्रक्रिया सुरु गरिने उनले बताए। घटनाबारे छानबिन गर्न सहसचिव सेढाईको संयोजकत्वमा मन्त्रीस्तरीय निर्णयबाट १७ जेठमा पाँच सदस्यीय समिति गठन भएको थियो। समितिले प्रतिवेदनमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा तत्कालीन अवस्थामा कारागार प्रशासनसँग सम्बद्ध कर्मचारीले कारागार ऐन र नियमावली तथा आफ्नो…

Read More

काठमाडौं – सात वटै प्रदेश सरकारले आज बुधबार आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दैछन् । प्रदेश सरकारहरुले असार १ गते बजेट सार्वजनिक गर्नुपर्ने संवैधानिक प्रावधान अनुसार प्रदेश सरकारहरुले बजेट ल्याउने तयारी गरेका हुन । सात वटै प्रदेश सरकारले नीति तथा कार्यक्रम ल्याइसकेका छन् । संघीय सरकारले गत जेठ १५ गते प्रस्तुत गरको बजेटमा प्रदेशहरुमा जाने बजेटको सिलिङ तोकिसकेकाले सोही सिलिङभित्र रहेर उनीहरुले बजेट बनाउने गर्दछन् । स्थानीय आवश्यकता अनुसार बजेट बनाउनु पर्ने भए पनि प्रदेश सरकारहरुले पनि केन्द्रकै देखासिकी गर्दै वितरणमुखी बजेट नै बनाउने गरेका छन् ।

Read More

काठमाडौं – संघीय संसदको तल्लो सदन प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । बैठक संघीय संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बस्‍नेछ । पछिल्ला दिनमा मन्त्रालयगत बजेटमाथि सांसदहरुले उठाएको प्रश्नमाथि मन्त्रीहरुले जवाफ दिइरहेका छन् । बुधबार ११ जना मन्त्रीले जवाफ दिने सम्भावित कार्यसूची रहेको छ । संसद सचिवालयका अनुसार गृह, अर्थ, स्वास्थ्य, संघीय मामिला, ऊर्जा, पर्यटन, भौतिक पूर्वाधार, सहरी, उद्योग, कानुन र सञ्चार मन्त्रीले सांसदहरूले उठाएका प्रश्नमा जवाफ दिने छन्। सांसद प्रेम सुवाल, दुर्गा पौडेल, शिवमाया तुम्वाहाङफे, जगतबहादुर सुनार, घनश्याम खतिवडा, गोकर्ण विष्ट, जुली कुमारी महतो, आशा कुमारी बिक, नरबहादुर धामी, भानुभक्त ढाकाल, वसन्त कुमार नेम्वाङ, पद्यमा आर्याल, बिमला बिक, लालबाबु…

Read More

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज देशका ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै छ । किसानलाई मल, बीउको आपूर्ती, महङ्‍गी, भ्रष्टाचार नियन्त्रण, हिन्दु राष्ट्र, राजसंस्थाको पुनःस्थापना, सङ्‍घीयताको खारेजीलगायत जनजीविकाका विविध विषय समेटिएको २० बुँदे ज्ञापनपत्र बुझाउने भएको हो । खेतीको सिजनमा पनि किसानले सहज रूपमा मल र बीउ पाएका छैनन् । अर्कोतिर, महङ्‍गी पनि बढेको छ । यहीबेला राजनीतिक एजेन्डासमेत समेटेर ज्ञापनपत्र बुझाउने भएको राप्रपाले जनाएको छ ।

Read More