Author: महेन्द्रनगर पोष्ट

बुटवल – परपुरुषकी श्रीमती र नावालिकालाई कुटपिट गरेकाे आराेपमा प्रहरी नियन्त्रणमा रहेकी लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यममन्त्री विमला कुमारी खत्री वलीलाई मुख्यमन्त्री कुलप्रसाद केसीले संरक्षण दिएका छन् । प्रहरीबाट छुटाएर मुख्यमन्त्री केसीले अभियुक्त वलीलाई आफ्नै निवासमा राखेका छन् । मुद्दाको किनारा नलाग्दै अभियुक्त वलीलाई संरक्षण दिएपछि मुख्यमन्त्रीको आलोचना हुन थालेको छ । प्रहरी हिरासतमा रहेकी वलीलाई गएराति दाङबाट बुटवल ल्याइएको थियो । प्रहरी स्रोतका अनुसार उनलाई प्रहरी सुरक्षाका साथ रातारात बुटवलस्थित मुख्यमन्त्री केसीको निवासमा ल्याइएको हो । अहिले विमला वली मुख्यमन्त्री निवासमै छन् । आफू अस्वस्थ भएको बताएकाले उनको स्वास्थ्य परीक्षण गर्ने तयारी गरिएको मुख्यमन्त्री कार्यालय स्रोतले जानकारी दिएको छ ।…

Read More

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले लोकसेवा आयोगको ७१ ‍औँ वार्षिकोत्सवको उद्‌घाटन गर्ने भएकी छन् । आयोगले आज बिहान साढे १० बजे काठमाडौंको कमलपोखरीस्थित केन्द्रीय कार्यालयमा कार्यक्रम आयोजना गर्दैछ । वार्षिकोत्सवको उद्घाटन राष्ट्रपति भण्डारीले गर्ने कार्यक्रम तय भएको आयोगका सूचना अधिकारी देवीप्रसाद सुवेदीले जानकारी दिए । २००७ बमोजिम वि.सं. २००८ असार १ गते लोकसेवा आयोगको स्थापना भएको हो ।

Read More

काठमाडौं – सरकारले हालै ल्याएको बजेटमा स्वदेशी उद्योगहरुलाई निरुत्साहित गर्ने नीति लिएको भन्दै बजेटमा भएका विभेद र त्रुटी तत्काल सच्याउनको लागि उद्योगी तथा व्यवसायीहरुले माग गरेका छन् । उनीहरुले बजेटमा गरिएको विभेद नसच्चाए तत्काल आन्दोलन गर्ने पनि चेतावनी दिएका छन् । रिपोर्टर्स क्लब नेपालमा आज (मंगलबार) पत्रकार सम्मेलन गर्र्दै स्यानिटरी प्याड उत्पादन संघका अध्यक्ष डोरनाथ अधिकारी र उद्योगी किरण साखःले आफूहरुको माग पूरा नभए कडाभन्दा कडा आन्दोलनमा उत्रिन बाध्य हुने चेतावनी दिएका हुन् । नेपाल स्यानिटरी प्याड उत्पादक संघका अध्यक्ष डोलराज अधिकारीले ६ हजारले रोजगार पाएको स्यानिटरी प्याड उद्योग आज सरकारले बजेटमार्फत लिएको गलत नीतिका कारण धराशयी बनेको आरोप लगाएका…

Read More

काठमाडौं – अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेट निर्माणका क्रममा मन्त्रालयमा अनाधिकृत व्यक्ति प्रवेश नगरेको दाबी गरेका छन् । मंगलबार प्रतिनिधिसभा बैठकमा उनले बजेट निर्माण गर्न मध्यराति मन्त्रालयमा अनाधिकृत व्यक्ति छिरेको भन्ने खबर भ्रामक र कपोकल्पित रहेको बताए । बजेट सार्वजनिक गर्ने अघिल्लो दिन १४ जेठमा मध्यराति मन्त्री शर्माले मन्त्रालयमा दुई जना अनाधिकृत व्यक्ति प्रवेश गराएर करको दर परिवर्तन गराएको समाचार सार्वजनिक भएपछि एमालेले विरोध जनाउँदै आएको छ । जारी बैठकमा पनि अर्थमन्त्री शर्माको जवाफप्रति विश्वास नगरेका एमालेका सांसदहरुले विरोध जनाइरहेका छन् । एमाले प्रमुख सचेकत विशाल भट्टराई बोलिरहेका छन् ।

Read More

कञ्चनपुर – शैक्षिक सत्र सुरु भएको दुई महिना पुग्नै लाग्दा अझै पनि कञ्चनपुरका सामुदायिक विद्यालयका सबै विद्यार्थीका हातमा पा्यपुस्तक पुग्न सकेको छैन। पाठ्यपुस्तक नपुगेपछि पठनपाठनमा समस्या हुने गरेको छ । ‘केही कक्षामा विद्यार्थीलाई पुराना पुस्तक दिएर काम चलाउँदै आएका छौँ,’ शुक्लाफाँटा नगरपालिका– ६ मा रहेको बैजनाथ माध्यमिक विद्यालयका शिक्षक प्रकाश उप्रेतीले भने,‘पाठ्यपुस्तक फेरिएका कक्षामा पठनपाठन गराउन कठिन भएको छ।’ किताबी कुरा सिकाउन नपाएको उल्लेख गर्दै उनले व्यावहारिक कुरा विद्यार्थीलाई सिकाइने गरेको बताए । ‘पाठ्यपुस्तक छैनन् । कक्षा कोठामा त्यतिकै बस्नु भएन,’ उनले भने, ‘कहिले विद्यार्थीलाई निबन्ध, निवेदन, चिठ्ठी पत्र लेख्ने तरिका सिकाउने गरेका छौँ ।’ कक्षा ४, ७ र ९…

Read More

काठमाडौं – प्रमुख प्रतिपक्षी नेकपा एमालेको अवरोधपछि प्रतिनिधि सभाको आजको बैठक स्थगित गरिएको छ। बजेट बनाउँदा बाहिरी मानिसले राजश्वको दर हेरफेर गरेको पाइएको भन्दै एमालेका सांसदहरूले त्यसबारे सत्यतथ्य छानबिन गर्न संसदीय समिति गठनको माग गर्दै बैठकमा विरोध गरेका थिए। एमाले प्रमुख सचेतक विशाल भट्टराईले अर्थमन्त्रीमाथि छानबिन गर्न संसदीय छानबिन समिति गठन गर्नुपर्ने बताएका थिए। लगत्तै एमाले सांसदहरू आफ्नो ठाउँबाट उठेर संसदमा अवरोध गरेका थिए। यस्तै अर्थमन्त्री जनार्दन शर्माले राजीनामा दिनुपर्ने एमाले सांसदहरूको भनाइ थियो। यसपछि सभामुख अग्निप्रसाद सापकोटाले असार १ गते बिहान ११ बजेसम्मका लागि संसद बैठक स्थगित गरेका छन्।

Read More

काठमाडौं – प्रमुख प्रतिपक्षी दल एमालेले बजेट सार्वजनिकको अघिल्लो दिन १४ जेठ मध्यरातिको अर्थ मन्त्रालयको सीसीटिभी फुटेज उपलब्ध गराउन माग गरेका छन् । उक्त दिन मध्यराति अर्थमन्त्री जनार्दन शर्माले दुई जना अनाधिकृत व्यक्तिलाई मन्त्रालयमा छिराएर करको दर परिवर्तन गराएको समाचार आएपछि एमालेले उक्त दिनको सीसीटिभी फुटेज मागेको हो । मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा मन्त्री शर्माले उक्त दिन कोही अनाधिकृत व्यक्ति नछिरेको दाबी गरेपछि एमालेका सांसदहरुले सीसीटिभी फुटेज सार्वजनिक गर्न माग गरेका हुन् । एमाले प्रमुख सचेतक विशाल भट्टराईले उक्त दिनको सीसीटिभी फुटेज सार्वजनिक गर्न र संसदीय छानबिन समिति गठन गर्न माग गरेका हुन् । उक्त माग पूरा नभएसम्म सदन चल्न नसक्ने…

Read More

तनहुँ – तनहूँमा चितुवाको आक्रमणबाट तीन वर्षयता एघार बालबालिकाको मृत्यु भएको छ । जिल्लाको भानु, बन्दिपुर, आँबु, व्यासलगायतका पालिकामा गरी चितुवाको आक्रमणबाट उक्त सङ्ख्यामा बालबालिकाले ज्यान गुमाएका हुन् । चितुवाको आक्रमणबाट आधादर्जन बढी बालबालिका घाइते भएका थिए । जसमध्ये सबैभन्दा धेरै भानु नगरपालिकामा प्रभावित भएको छन् भने पछिल्ला दिनमा बन्दीपुर क्षेत्रमा पनि चितुवाको आतङ्क बढ्न थालेको छ । शनिबार बन्दीपुर गाउँपालिका–१ बागदलेस्थित वनमा चितुवाको आक्रमणबाट दुई जनाको आक्रमण गरी घाइते बनाएपछि पासो थापिएको छ । बन्दीपुरमा शनिबार ८ वर्षीया बालिका रियाना थापा र ३५ वर्षीया भीमलाल गरञ्नालाई चितुवाले आक्रमण गरी घाइते बनाएको थियो । तनहुँको बन्दीपुर क्षेत्रमा चितुवाको आतंक बढ्न…

Read More

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) केन्द्रीय कार्यसमितिको बैठक आगामी असार ७ देखि ९ गतेसम्म काठमाडौँमा हुने भएको छ । बैठकमा हालै सम्पन्न स्थानीय तहको निर्वाचनको समीक्षा, समसामयिक राजनीतिक अवस्थामा पार्टीले निर्वाह गर्नुपर्ने भूमिकाबारे छलफल हुने प्रचार विभागका सदस्य सचिव सुन्दर पाण्डेले जानकारी दिनुभयो । देशैभरबाट सहभागी हुने नेताले सम्बन्धित जिल्लामा पार्टीले सञ्चालन गरेका राजनीतिक तथा सामाजिक कार्यबारे बैठकमा रिपोटिङ गर्ने छन् । सातै प्रदेशमा सङ्गठनको अवस्था, कार्ययोजनाबारे प्रदेश प्रमुखले जानकारी गराउनका साथै आगामी प्रदेश र सङ्घीय निर्वाचनमा जनवर्गीय सङ्गठन परिचालन गरी पार्टीलाई धेरै स्थानमा विजयी बनाउन आवश्यक रणनीति बैठकमा तयार पारिने छ । पार्टीले विभिन्न विभागमा प्रमुख नियुक्त गरी…

Read More

काठमाडौं – राष्ट्रियसभाको बैठक आगामी असार १ गते बस्ने भनिएता पनि विशेष कारणले स्थगित भएको छ । अब अर्को बैठक असार २ गते बस्ने भएको छ । सङ्घीय संसद्का महासचिव डा भरतराज गौतमद्वारा आज जारी सूचनामा राष्ट्रिय सभाको बैठक विशेष कारणवश तोकिएको दिन र समयमा बस्न नसक्ने भएकाले असार २ गते १ बजे बस्ने गरी निर्धारण भएको उल्लेख गरिएको छ । सूचनामा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रियसभा नियमावली, २०७५ को नियम ६ को उपनियम (३) बमोजिम उक्त दिनका लागि बैठक बस्ने निर्धारण गर्नुभएको उल्लेख छ ।

Read More