Author: महेन्द्रनगर पोष्ट

दाङ – दाङको राप्ती गाउँपालिका-८ बिजौरी स्थित पूर्व पश्चिम राजमार्गमा आज रोकी राखेको ट्रकमा यात्रु वाहक बस ठोक्किँदा बसमा सवार ८ जना घाइते भएका छन् । आज बिहान पौने ९ बजे चेक जाँचको लागि रोकी राखेको लु २ ख ९२८० नम्बरको ट्रकमा काठमाण्डौबाट घोराही जाँदै गरेको ना ६ ख ४१५० नम्बरको बस ठोक्किएको हो । दुर्घटनामा घाइते भएका मध्ये तुल्सीपुर उपमहानगरपालिका–११ की मिरा चौधरी र बबई गाउँपालिका–५ का २३ वर्षीय तारा बहादुर बिश्वकर्मा गम्भिर घाइते भएका हुन । घाइतेहरुको राप्ती विज्ञान प्रतिष्ठान घोराहीमा उपचार भइरहेको छ । दुवै सवारी साधनका चालकलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय भालुवाङले जनाएको छ ।

Read More

काठमाडौं – वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले लोपोन्मुख आदिवासी जनजाति तथा दलित वर्गका विद्यार्थीलाई विद्युतीय चुल्हाेका लागि आवेदन दिन आग्रह गरेको छ । केन्द्रले आज सूचना निकालेर काठमाडौं बाहिरबाट आएर भाडामा बसेर स्नातक र स्नातकोत्तर तहमा अध्ययन गर्ने विद्यार्थीबाट आवेदन माग गरेको हो । विद्यार्थीलाई खाना पकाउने एलपी ग्यासकोे मूल्य बढेकाले समस्यामा पारेको हुँदा राहतका लागि विद्युतीय चुल्हाेको आवेदन माग गरेको केन्द्रले जनाएको छ । तोकिएको समूहका विद्यार्थीले शिक्षण संस्थाको सिफारिस, परिचय पत्रको प्रतिलिपिसहित आउँदो असार ९ गतेभित्र केन्द्रमा मागपत्र पेश गर्न सक्नेछन् । केन्द्रका नायब कार्यकारी निर्देशक नवराज ढकालका अनुसार सरकारी क्याम्पसमा अध्ययन गरेका विद्यार्थीको मागका आधारमा नि:शुल्क विद्युतीय चुल्हाे वितरण हुनेछ ।…

Read More

काठमाडौं – सत्तारुढ नेपाली काँग्रेसका सांसद अमरेशकुमार सिंहले उपसभामुख पद खारेजीको माग राखेका छन् । बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले उपसभामुख पद आवश्यक नभए खारेज गर्नु उपयुक्त हुने बताएका हुन् । ‘यदि उपसभामुख राख्दा राज्यको धेरै खर्च हुन्छ भने त्यो पद किन राख्नु,’ सांसद सिंहको प्रश्न छ । १२ माघ २०७६ देखि उपसभामुख पद खाली छ । लामो समयदेखि पद रिक्त हुँदा समेत राजनीतिक दलहरू उपसभामुख चयनका विषयमा मौन छन् । सभामुख र उपसभामुख फरक दलको हुनुपर्ने संवैधानिक व्यवस्था छ । संविधानको धारा ९१ को उपधारा (२) १ बमोजिम सभामुख र उपसभामुख फरक दल र फरक लिङ्गको हुनुपर्छ ।

Read More

काठमाडौं – नेपाली कांग्रेसका सांसद गगन थापाले काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनमा प्रधानमन्त्री शेरबहादुर देउवाले नै पहलकदमी लिन माग गरेका छन् । बुधबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै उनले सहरी विकास मन्त्रालय र काठमाडौं महानगरपालिकाले मात्र फोहोर व्यवस्थापन गर्न नसक्ने भन्दै उनले प्रधानमन्त्रीलाई पहलकदमी लिन माग गरेका हुन् । सांसद थापाले कुहिने र नकुहिने फोहोर घरबाटै छुट्याउनुपर्ने भन्दै काठमाडौंवासीलाई आग्रह गरेका छन् । उनले काठमाडौं उपत्यकाका अन्य नगरपालिकाले पनि फोहोर व्यवस्थापनमा सहयोग गर्न पनि सुझाव दिए ।

Read More

काठमाडौं – देशमा शान्ति सुरक्षा कायम गर्न नसकेको भन्दै गृहमन्त्री बालकृष्ण खाँणको राजीनामा मागिएको छ । प्रतिनिधिसभाको बुधबार बसेको बैठकको विशेष समयमा बोल्दै सांसद आशाकुमारी विकले देशभर बलात्कारका घटना र थुनामा रहेका कैदीको रहस्यमय मृत्यु भएका घटनाले शान्ति सुरक्षा कायम हुन नसकेको स्पष्ट भएको बताइन् । ‘बलात्कार र हिंसाका घटना टुलुटुली हेरेर बस्ने गृहमन्त्रीले अब राजीनामा दिनुपर्छ,’ उनले भनिन्, ‘बालिका र किशोरी बलात्कृत भइरहेका छन् । रोल्पा कारागारमा सुन्दर हरिजनको मृत्यु भयो । यसरी अशान्ति टुलुटुली हेरेर बस्ने गृहमन्त्रीले अब नैतिकताकाे आधारमा राजीनामा दिनुपर्छ ।’

Read More

काठमाडौं – नेकपा एमालेका सांसद गोकुलप्रसाद बास्कोटाले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको खर्च कटौती गर्न प्रस्ताव पेस गर्ने भएका छन् । पूर्व सञ्चारमन्त्रीसमेत रहेका एमाले सांसद बाँस्कोटाले प्रतिनिधिसभाको बुधबारको बैठकमा खर्च कटौती गरी एक रुपैयाँ कायम गर्ने प्रस्ताव पेस गर्ने भएका हुन् । प्रतिनिधिसभाको बुधबारको बैठकको सम्भावित कार्यसूचीमा एमाले सांसद बास्कोटाले ‘विनियोजन विधेयक २०७९ अन्तर्गत सञ्चार तथा सूचना प्रविधि मन्त्रालय शिर्षकको खर्च रकमलाई घटाई एक रुपैयाँ कायम गरियोस्’ भनी खर्च कटौतीको प्रस्ताव पेस गर्न लागेका हुन् ।

Read More

काठमाडौं – सभामुख अग्नि सापकोटाले अछामको पञ्चदेवल नगरपालिकाका किशोर विनोद शाहीको मृत्यु भएको घटनाको सत्य तथ्य पत्ता लगाई दोषीमाथि कारबाहीको प्रक्रिया अघि बढाउन सरकारलाई निर्देशन दिएका छन् । बुधबारको प्रतिनिधि सभा बैठकमा सभामुख सापकोटाले उक्त घटनाबाट आफ्नो गम्भीर ध्यानाकर्षण भएको भन्दै दोषीलाई कारबाही गर्न सरकारको ध्यानाकर्षण गराएका हुन् । आजको बैठकको विशेष समयमा सांसद यज्ञबहादुर बोगटीले शाहीको मृत्युको घटनामा प्रहरीले जाहेरीसमेत लिन नमानेको भन्दै सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराएका थिए । उनले भनेका थिए, ‘त्यहाँको प्रशासनले टेरेको अवस्था छैन, हत्यारालाई कारबाही गर्ने प्रक्रिया अगाडि बढेको छैन, मुद्दा दर्ता गरेको छैन, लासको पोष्टमार्टम गरेको छैन ।’ त्यसपछि सभामुख सापकोटाले भने, ‘माननीय सदस्यले…

Read More

काठमाडौं – प्रदेश १ सरकारले आज आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम ल्याउँदैछ। दिउँसो २ बजे बस्ने प्रदेशसभा बैठकमा प्रदेश प्रमुख परर्शुराम खापुङले आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने प्रदेशसभा सचिव गोपाल प्रसाद मैनालीले जानकारी दिए। हिजो गण्डकी र कर्णाली प्रदेशले नीति तथा कार्यक्रम ल्याएका थिए। बागमती, मधेस र सुदूरपश्चिम प्रदेशले यसअघि नै नीति तथा कार्यक्रम ल्याइसकेका छन्। प्रदेश सरकारले असार १ गते बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था छ।

Read More

काठमाडौं – सिसडोल क्षेत्रका वासिन्दाले काठमाडौँ उपत्यकाको फोहोर विसर्जन गर्न आज बुधबार पनि अवरोध गरेको काठमाडौं महानगरपालिकाले जनाएको छ । सिसडोल ल्याण्डफिल साइट इन्चार्ज सरकारदीप श्रेष्ठले स्थानीयले आज पनि फोहोर फाल्न रोकेको बताए । ‘अगाडि अवरोध छ, गाडीहरु रोकिराख्या छन्,’ श्रेष्ठले भने, ‘कसरी अगाडि बढ्ने भनेर छलफल भइरहेको छ ।’ स्थानीयवासीसँग समन्वय नगरेको भन्दै हिजो (मंगलबार) पनि फोहोर विसर्जन गर्न स्थानीयले अवरोध गरेका थिए । त्यसपछि फोहोर विसर्जन गर्न प्रहरीले बल प्रयोग गरेको थियो । प्रहरीले धरपकड गरेको भन्दै स्थानीय आक्रोशित भएका थिए । गत १४ जेठदेखि काठमाडौं महानगरपालिका र ललितपुर महानगरपालिकासहित उपत्यकाका सहरबाट फोहोर उठाइएको छैन । सर्वसाधारणको घरसँगै…

Read More

काठमाडौं – सुनको मूल्य आज नेपाली बजारमा प्रतितोला ९७ हजार पाँच सय रुपैयाँ पुगेको छ । मंगलबार ६ सय रुपैयाँले घटेको सुनको मूल्य आज स्थिर रहेको छ । तेजाबी सुनको मूल्य भने प्रतितोला ९७ हजार रुपैयाँ निर्धारण गरिएको छ । त्यस्तै, चाँदीको मूल्य भने बढेको छ । मंगलबार प्रतितोला एक हजार १ हजार दुई सय ७५ रुपैया पुगेको चाँदी आज ५ रुपैयाँले बढेर एक हजार दुई सय ८० रुपैयाँ पुगेको छ ।

Read More