Author: महेन्द्रनगर पोष्ट

काठमाडौं – मंकीपक्सको आशंकामा गरिएको एक युवकमा कुष्ठरोग पुष्टि रहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी प्रवक्ता डा. संगिता कौशल मिश्राले मंकीपक्सको आशंकामा निगरानीमा रहेका २६ वर्षीय युवकमा कुष्ठरोगको जीवाणु भेटिएको बताएकी हुन् । शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै मिश्राले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको विज्ञ टोलीबाट ‘स्लिट स्किन स्मियर’ जाँच गर्दा आँखा र कानको ३ वटा नमुनामा कुष्ठरोगको जीवाणु भेटिएको जानकारी दिएकी छिन् । स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा आजसम्म मंकीपक्सको कुनै पनि संक्रमण पुष्टि भएको छैन। अहिलेसम्म विश्वका २९ वटा देशमा मंकीपक्स देखा परेको र १ हजारभन्दा बढी संक्रमित भएका छन् । दुबईबाट नेपाल फर्किएका एक व्यक्तिलाई मंकीपक्सको आशंकामा बिहीबार टेकुस्थित…

Read More

काठमाडौं – मंकीपक्सको आशंकामा गरिएको एक युवकमा कुष्ठरोग पुष्टि रहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी प्रवक्ता डा. संगिता कौशल मिश्राले मंकीपक्सको आशंकामा निगरानीमा रहेका २६ वर्षीय युवकमा कुष्ठरोगको जीवाणु भेटिएको बताएकी हुन् । शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै मिश्राले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको विज्ञ टोलीबाट ‘स्लिट स्किन स्मियर’ जाँच गर्दा आँखा र कानको ३ वटा नमुनामा कुष्ठरोगको जीवाणु भेटिएको जानकारी दिएकी छिन् । स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा आजसम्म मंकीपक्सको कुनै पनि संक्रमण पुष्टि भएको छैन। अहिलेसम्म विश्वका २९ वटा देशमा मंकीपक्स देखा परेको र १ हजारभन्दा बढी संक्रमित भएका छन् । दुबईबाट नेपाल फर्किएका एक व्यक्तिलाई मंकीपक्सको आशंकामा बिहीबार टेकुस्थित…

Read More

काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप ३४ जनामा कोरोना पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा गरिएको ३६१० जनाको नमूना परिक्षणमा उक्त संख्यामा कोरोना पुष्टी भएको हो । मन्त्रालयका अनुसार उक्त अवधिमा १५ जना कोरोनामुक्त भएका थिए भने १ लाख ५२ हजार ३३७ जनाले कोरोनाविरुद्धको खोप लगाएका थिए । मन्त्रालयका अनुसार अहिलेको अवस्थामा नेपालमा १ सय ४ जना सक्रिय संक्रमित रहेका छन् ।

Read More

काठमाडौं — वैशाख ३० गते सम्पन्न स्थानीय निर्वाचनमा नेकपा (एमाले) बाट स्थानीय तहमा निर्वाचित भएका जनप्रतिनिधिहरूको प्रशिक्षण सम्पन्न भएको छ । दुईदिने प्रशिक्षणबाट निर्वाचित जनप्रतिनिधिहरुले ले २० वटा संकल्प गरेका छन्। बिहीबार र शुक्रबार भएको प्रशिक्षण पछि उनीहरूले २० बुँदे काठमाडौं संकल्प जारी गरेका हुन्। संकल्पमा कार्यकालको पाँच वर्षमा के-के गर्ने भन्ने समेटिएको छ। पहिलो बुँदामा ‘हामी शासक होइन, जनताका सेवक हुनेछौं’ लेखिएको छ। एमालेले वैशाख ३० मा भएको निर्वाचनमा ७५२ पालिकामध्ये २०५ मा प्रमुख/अध्यक्ष र २४० मा उपप्रमुख/उपाध्यक्ष जितेको छ। एमालेबाट निर्वाचित जनप्रतिनिधिलाई अध्यक्ष केपी शर्मा ओलीलगायत शीर्ष नेताहरूले प्रशिक्षण दिएका थिए। यस्ता छन् २० बुँदे संकल्पः

Read More

महेन्द्रनगर– प्रधानमन्त्री शेरबहादुर देउवाले आफू निर्वाचित भएको क्षेत्रका जनताको हितमा इमानदार भई कामकाज गर्न जनप्रतिनिधिलाई निर्देशन दिएका छन् । नेपाली कांग्रेस कञ्चनपुर जिल्ला कार्यसमितिद्वारा स्थानीय पालिकाहरूमा निर्वाचित जनप्रतिनिधिका सम्मानमा आज यहाँ आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उनले सदैव जनताका पक्षमा समर्पित भई कामकाज गर्न आग्रह गरेका हुन् जनता रहे मात्र राजनीतिक पार्टी रहने बताउँदै प्रधानमन्त्री देउवाले जिल्लास्थित निर्वाचन क्षेत्र र पालिकाहरूमा सुशासन कायम गरी जनभावनाअनुसार काम जनप्रतिनिधिसँग अनुरोध गरे । कार्यक्रममा पूर्वमन्त्रीद्वय रमेश लेखक र एनपी साउदसहित कञ्चनपुर जिल्लाबाट निर्वाचित नौवटै स्थानीय तहका जनप्रतिनिधिको सहभागिता थियो । आजै प्रधानमन्त्री देउवा सुदूरपश्चिम विश्वविद्यालयको दोस्रो दीक्षान्त समारोहमा सहभागी हुने कार्यक्रम छ ।

Read More

काठमाडौं – प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले सरकारसँग अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) सँग सम्बन्धित कागजपत्र माग गरेको छ । शुक्रबार परराष्ट्रमन्त्री डा.नारायण खड्का, प्रधान सेनापति प्रभुराम शर्मा, रक्षा मन्त्रालयका सचिव किरण शर्मा लगायतसँग एसपीपीबारे छलफल गरेपछि समितिले यससँग सम्बन्धित कागजपत्र उपलब्ध गराउन नेपाल सरकार र परराष्ट्र मन्त्रालयलाई निर्देश गरेको हो । समिति सभापति पवित्रा निरौला खरेलले परराष्ट्र नीति विपरीत गएर कुनै पनि सैन्य एवं सामरिक महत्वका विषयमा नेपालले सहभागिता जनाउन नहुने भनी सरकारलाई सचेत गराइएको पनि जानकारी दिइन् । समितिले अमेरिका भ्रमण र एसपीपीका विषयमा उठेका पश्नहरुको जवाफ दिन प्रधानमन्त्री शेरबहादुर देउवालाई समेत आउँदो आइतबार समितिको बैठकमा बोलाएको छ ।

Read More

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवालाई लिएर काठमाडौंबाट धनगढीका लागि उडेको हेलिकोप्टर इन्धन सकिएपछि भैरहवामा आकास्मिक अवतरण भएको छ । हेलकोप्टरमा प्रधानमन्त्री देउवासँगै शिक्षामन्त्री देवेन्द्र पौडेल पनि सवार थिए । नेपाली सेनाको उक्त हेलिकोप्टर इन्धन भर्नका लागि गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवा अवतरण भएको विमानस्थलका महाप्रवन्धक गोविन्दप्रसाद दाहालले जानकारी दिए । प्रधानमन्त्री देउवा सुदूरपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोहमा सहभागी हुन काठमाडौंबाट नेपाली सेनाको हेलिकोप्टरमा सवार थिए । करिब २० मिनेट हेलिकप्टर रोकिने क्रममा प्रधानमन्त्री देउवाले राजनैतिक भेटघाट गरेका थिए । उनलाई नेपाली कांग्रेसका केन्द्रीय सदस्य अब्दुल रज्जाक, नेपाली कांग्रेस रुपन्देहीका सभापति एवम् तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाँण, सिद्धार्थनगर नगरपालिकाका प्रमुख ईस्तियाक अहमद…

Read More

काठमाडौँ – प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले अमेरिकाको भ्रमणबारे बुझ्न प्रधानमन्त्री शेरबहादुर देउवालाई असार ५ गते डाकेको छ । समिति सभापति पवित्रादेवी निरौलाले अमेरिकाको सैन्य रणनीति स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) र अमेरिकाको औपचारिक निमन्त्रणामा प्रधानमन्त्री भ्रमणमा जाने विषयमा जानकारी लिन प्रधानमन्त्रीलाई समितिमा बोलाएको बताइन् । उनले प्रधानमन्त्रीको भ्रमणको तालिका र भ्रमणमा गरिने एजेन्डाहरूबारे जानकारी गराउन परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग मागसमेत गरेकी थिइन् । जवाफमा मन्त्री खड्काले प्रधानमन्त्रीको अमेरिका भ्रमण प्रारम्भिक चरणमा रहेको र मिति र एजेन्डाबारे छलफल हुन बाँकी रहेको स्पष्ट पारेका थिए ।

Read More

काठमाडौँ – राष्ट्रियसभाका सांसद एवम् पूर्व उपप्रधानमन्त्री बामदेव गौतमले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकासँग स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) अघि बढाउने काम गरेको दाबी गरेका छन् । सांसद गौतमले यो प्रोग्राम सुशील कोइराला नेतृत्वको सरकारले गरेको हो भन्ने कुरा संसदमा आएपछि आफूले खोजीनिती गरेको र प्रधानमन्त्रीको रुपमा एमाले अध्यक्ष ओलीले नै सो प्रस्ताव अघि बढाएको पाइएको बताएका हुन् । गौतम कोइराला नेतृत्वको सरकारको उपप्रधानमन्त्री थिए । यसको सुरुवात जसले गरे पनि त्यस बेलाका प्रधानमन्त्री ओली यसलाई अघि बढाउन काममा संलग्न भएको उल्लेख गर्दै उनले सदनलाई पनि सो कुरा बताउनुपर्ने माग गरे । उनले अध्यक्ष ओलीप्रति सङ्केत गर्दै सो सत्य कुरा…

Read More

काठमाडौं – राष्ट्रियसभाले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘विनियोजन विधेयक, २०७९ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव बहुमतले स्वीकृत गरेको छ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को अवरोधबीच राष्ट्रियसभाको आजको तेस्रो बैठकमा अर्थमन्त्री जनार्दन शर्माले ‘विनियोजन विधेयक, २०७९ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गरे । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले विनियोजन विधेयक, २०७९ का विनियोजन शीर्षकमाथि यही असार ६, ७ र ८ गते छलफल हुने तथा असार ९ र १० गते सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यतालिका प्रस्ताव गर्नुभयो । सम्बन्धित शीर्षकमाथिको छलफलमा भाग लिन चाहने सांसदले छलफल हुनुभन्दा एक दिन अगावै राष्ट्रियसभाको कार्यव्यवस्थामा दलीय आधारमा नाम उपलब्ध गराउनुपर्नेछ । असार ६ गते कानुन,…

Read More