Author: महेन्द्रनगर पोष्ट

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालको मोतीविन्दु (आँखाको नानीमा जालो पर्ने रोग)को सफल शल्यक्रिया गरिएको छ । यही जेठ १८ गते त्रिपुरेश्वरस्थित ‘नेपाल आँखा अस्पताल’मा उहाँको दाँहिने आँखाको शल्यक्रिया गरिएको हो । उहाँको शल्यक्रिया आँखा रोग विशेषज्ञ डा किरण शाक्यले गरेका हुन्। चिकित्सको सल्लाहअनुसार मन्त्री भुसाल निवासमै स्वास्थ्यलाभ गरिरहेकी छन्।

Read More

काठमाडौं – काठमाडौं महानगरपालिका वडां. १६ का वडाध्यक्ष मुकुन्द रिजालले कार्यकक्षमै टिकटक बनाएर बस्ने गरेका छन् । सामाजिक सञ्जालमा देखिएको टिकटकमा ‘डाँडाघरे माइली…’ नामको गीतमा टिकटक बनाएको भिडियो सार्वजनिक भएको छ । वडाध्यक्ष रिजालको भिडियो सार्वजनिक भएपछि सामाजिक सञ्जालमा उनीविरुद्ध धेरै प्रतिक्रियाहरु आइरहेका छन् । पछिल्लो समय काठमाडौं महानगरपालिकाको पहिलो कार्यपालिकाको लाइभ बैठकमा उनले दिएको अभिव्यक्तिप्रति पनि उनीविरुद्ध सामाजिक सञ्जालमा प्रतिक्रियाहरु देखिएका थिए । त्यसलगत्तै उनको यस किसिमको कार्यकक्षमै बसेर रेकर्ड गरेको भिडियो सार्वजनिक भएपछि धेरै प्रतिक्रियाहरु आइरहेका छन् । २०७९ वैशाख ३० गते स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरपालिकाको वडा नं. १६ बाट नेपाली कांग्रेसका तर्फबाट वडाध्यक्षमा विजयी भएका रिजाल…

Read More

काठमाडौँ – तारा एयरको विमान दुर्घटनामा ज्यान गुमाएकाहरूको शव महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालबाट बिहीबार मृतकका परिवारलाई हस्तान्तरण गरिएको छ । शव हस्तान्तरण गर्न अघि सबै २२ जनाको शवको पोस्टमार्टम गरिएको थियो । पोखराबाट मुस्ताङको जोमसोमतर्फ जाने क्रममा सो विमान दुर्घटना भएको थियो । दुर्घटनामा चालक दलका तीन सदस्यसहित १३ जना नेपाली र चार भारतीय तथा दुई जना जर्मन नागरिकले ज्यान गुमाएका थिए । दुर्घटनामा ज्यान गुमाएकाको शव सोमबार र मङ्गलवार नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौँ ल्याइएको थियो ।

Read More

काठमाडौं – नेकपा एमालेका नेता प्रदीप कुमार ज्ञवालीले आर्थिक वर्ष २०७९/८० को बजेटले आर्थिक अस्थिरता ल्याउने आशंका गरेका छन् । आर्थिक वर्ष २०७९/८० को बजेटमाथिको छलफलमा सहभागी हुँदै ज्ञवालीले अहिलेको बजेटले थप संकटको पुनरोत्पादन गर्ने जिकीर गरे । उनले भने, ‘विश्वको अर्थतन्त्रमा जुन सक हुँदैछ, त्यसलाई अबजर्भ गर्न नसक्ने र थप संकटको पुनरुत्पादन गर्ने हिसाबले आयो यो बजेट, मैले त्यस्तो अपेक्षा गरेको थिएन ।’ अर्थमन्त्री जनार्दन शर्माले जमिन नटेकिकन बजेट ल्याएको भनेर उनले आलोचना गरे । ‘यसले उत्पादन वृद्धि गर्दैन, सरकारी कोषमा पैसा हुँदैन, वितरण गर्न पुग्दैन । व्यापार घाटा घटाउँदैन,’ उनले भने ।

Read More

मलहान – सिरहाको गोलबजार नगरपालिका–२ टुर्किया निवासी ज्ञानचन्द्र भनिने विष्णुदेव साहको शव आज बिहान इनारभित्र फेला परेको छ । श्रीमतीलाई औषधि लिन जाने क्रममा हिजो साँझबाट हराएका ४८ वर्षीय साहको शव आज बिहान गाउँ नजिकैको इनारभित्र फेला परेको हो । ‘औषधि लिएर तुरुन्तै फर्किहाल्छु’ भन्दै साइकलमा गएका उनी राति अबेरसम्म पनि नफर्किएपछि खोजतलाश गर्ने क्रममा बिहान गाउँ नजिकैको इनारभित्र साईकलसहित उनको शब फेला परेको प्रहरीले जनाएको छ । शव इनारभित्रबाट बाहिर निकाल्ने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुभाष बुढाथोकीले जानकारी दिए । घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए । मृतकका परिवारजनले हत्या गरी इनारमा फालिएको…

Read More

काठमाडौं – नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले सरकारद्वारा आइतबार सदनमा प्रस्तुत आर्थिक वर्ष २०७९\०८० को बजेटमा व्यापार घाटा घटाउने र उत्पादन वृद्धिका कार्यक्रम अत्यन्तै राम्रो भएको बताएका छन्। प्रतिनिधिभसभाको आजको बैठकमा बजेटमाथिको सैद्धान्तिक छलफलमा भाग लिँदै उनले करमा छुटेका कुरालाई समेत एक ठाउँमा ल्याउनुपर्नेमा जोड दिए। ‘बजेट कार्यान्वयन हुनुपर्छ, राम्रो कार्यक्रम छ, सांसद थापाले भने, ‘तर अर्थ मन्त्रालयले सम्बन्धित मन्त्रालयलाई बोलाएर बजेट कार्यान्वयनको विषयमा छलफल गर्न जरुरी छ। व्यापार घाटा घटाउने विषयमा सही नीति ल्याएको छ।’ उनले मन्त्रालयहरूले आफ्नो प्राथमिकता बताएअनुसार बजेट आएको र सामाजिक सुरक्षाका कुरा स्वागतयोग्य भएको उल्लेख गरे। ‘सामाजिक सुरक्षाका विषय स्वागतयोग्य छन्। प्रत्येक सरकारले सामाजिक सुरक्षाका…

Read More

सुर्खेत – एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले स्थानीय तहको निर्वाचन परिणामलाई समीक्षा गर्दै आगामी निर्वाचनसम्म गठबन्धन कायम गरिने बताएका छन् । बिहीबार कार्यकर्ता तथा पार्टीका नवनिर्वाचित जनप्रतिनिधिलाई प्रशिक्षण दिनका लागि सुर्खेत आएका अध्यक्ष नेपालले स्थानीय तहको निर्वाचनमा गठबन्धन भए जसरी नै अब हुने प्रदेश र संघको निर्वाचनसम्म गठबन्धन कायमै रहने बताएका हुन् । नेपालले आफू र आफ्नो पार्टी कुनै प्रकारको प्रलोभन तथा लालचमा नपर्ने पनि प्रस्ट पारे । अहंकारी र षडयन्त्रकारीहरूले विभिन्न खालका भ्रम फैलाइरहेको भन्दै उनले आफूलाई कुनै लालच नभएको प्रस्ट पारे । उनले आगामी आर्थिक वर्षको बजेट चुनावमुखी नभएको पनि बताए । ‘बजेट चुनावको समयमा आएको हो तर…

Read More

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारी काजी कालु पाँडेको समाधिस्थल चन्द्रागिरी नगरपालिका वडा नं १ इन्द्रदह स्थित समाधिस्थलमा आएकी छन् । काजी कालु पाँडेको कीर्तिपुर लडाइँका क्रममा मृत्यु भएको दिनको स्मरणमा आज यहाँ आयोजित कार्यक्रममा राष्ट्रपति भण्डारी आएकी हुन् । राष्ट्रपति भण्डारीलाई प्रतिनिधिसभाका सदस्य कृष्णगोपाल श्रेष्ठ, नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मा, कीर्तिपुर नगरपालिकाका प्रमुख घनश्याम गिरी, उपप्रमुख वसन्ती श्रेष्ठलगायतले स्वागत गरेका थिए । राष्ट्रपति भण्डारीले कालु पाँडेको प्रतिमामा श्रद्धाञ्जलि अर्पण गरिन् । उनले त्यहाँस्थित दहचोक भ्यूटावरको पनि अवलोकन गरिन् ।

Read More

धनगढी – इलाका प्रहरी कार्यालय सुखड कैलालीको एक थुनुवा कैदी हतकडीसहित फरार भएको छ । जेठ १८ गते मेडिकलका लागि सुखडको घोडाघोडी अस्पतालबाट फर्कने क्रममा घोडाघोडी २ साडेपानीका २४ वर्षीय कृष्ण पाण्डेय हतकडीसहित फरार भएका हुन् । जेठ १४ जेठ घोडाघोडी २ साडेपानीका कृष्ण पाण्डेय र प्रकाश शाहलाई लागुऔषधको मुद्दामा पक्राउ गरी थुनामा राखेको थियो । दुवैजनालाई मेडिकल जाँचका गरी स्थानीय घोडाघोडी अस्पतालबाट फर्कने क्रममा कृष्ण पाण्डेय फरार भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । अहिले फरार भएका थुनुवालाई खेजीका लागि जिल्ला र इलाकाको टोली खटिएको छ ।

Read More

बाँके – बाँकेको नेपालगञ्जमा स्वर्गीय राजा वीरेन्द्रको शालिक राख्ने क्रममा झडप भएको छ । दोस्रो जनआन्दोलनका क्रममा राजा वीरेन्द्रको शालिक हटाइएको थियो । बिहीबार दरबार हत्याकाण्डको दिन पारेर स्थानीयले नेपालगञ्जस्थित धम्बोजी चोकमा राजा वीरेन्द्रको शालिक राख्ने प्रयासमा प्रहरीले रोक्न खोजेपछि झडप भएको हो । प्रहरीले धम्बोजी चोकमा वीरेन्द्रको शालिक राख्न नदिएपछि झडप भएको हो । तनावग्रस्त बनेको स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले हवाइ फायर र अश्रुग्याँस प्रहार गरेको छ । झडपका क्रममा स्थानीय र सुरक्षाकर्मी गरी एक दर्जन जति घाइते भएका छन् । धम्बोजी चोकलाई २०६२/६३ को जनआन्दोलनसम्म वीरेन्द्र चोक भनिन्थ्यो भने त्यहाँ वीरेन्द्रकै शालिक थियो । जनआन्दोलनका क्रममा वीरेन्द्रको शालिक…

Read More