Author: महेन्द्रनगर पोष्ट

काठमाडौं – सरकारले यौन हिंसाविरुद्ध उजुरी दिने हदम्याद बढाउन कानुन बनाउने तयारी थालेको छ । यौन हिंसामा परेकाले एक वर्षभित्र उजुरी दिनुपर्ने विद्यमान कानुनले पीडितले न्याय पाउन नसकेको आवाज उठिरहेका बेला सरकारले हदम्याद बढाउने गरी कानुन बनाउन लागेको हो । यसका लागि आइतबार संघीय संसद सचिवालयमा विधेयक दर्ता गरिएको छ । कानुन न्याय तथा संसदीय मामिला मन्त्री गोविन्दप्रसाद शर्माले यौन हिंसाको मुद्दामा हदम्याद बढाउनेसम्बन्धी विधेयक सचिवालयमा दर्ता गरेका हुन् । यौन हिंसाका पीडितले उजुरी दिने हदम्याद नै राख्न नहुने पनि आवाज उठिरहेको छ । तर, सरकारले विद्यमान कानुनलाई संशोधन गरेर हदम्यादको समय बढाउने गरी विधेयक सचिवालयमा दर्ता गरेको हो ।

Read More

काठमाडौं – आइतबार बिहान पोखराबाट समिट एयर र तारा एयरका जहाज सँगसँगै जोमसोम उडेका थिए । समिट एयर जोमसोममा सफलतापूर्वक ल्याण्ड हुदाँ तारा एयरको जहाज अझै सम्पर्कमा आएको थिएन । जोमसोम विमानस्थलका प्रमुख पुष्कल शर्माले दिएको जानकारी अनुसार तारा एयरलाई ल्यान्डिङका लागि सूचना दिन खोज्दा सम्पर्क हुन सकेन । ‘पाइलटले जहाजमा कुनै समस्या आएको जानकारी पनि दिएका थिएनन्, शर्माले गोलखबरसँग भने, ‘जहाजसँग सम्पर्क हुन नसकेपछि हामीले पोखरा र काठमाडौैंमा जानकारी दिएका छौ ।’ शर्माका अनुसार शुरुमा समिटले सम्पर्क गरेका थिए भने पाँच मिनेटको फरकमा तारा एयरले मुस्ताङको आकाशमा आएपछि सम्पर्क गरेका थिए । सम्पर्क गरेको केही समयमै समिटको जहाज ल्याण्ड हुदाँ…

Read More

काठमाडौं – १९ यात्रुसहित पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको 9N AET ट्विनअटर विमान अन्तिमपटक जोमसोम टावरसँग बिहान १० बजेर ७ मिनेटमा सम्पर्कमा आएको नेपाल नागरिक उड्डयन प्राधिकरण कार्यालय विमानस्थलले जनाएको छ । कार्यालयका अनुसार उक्त जहाज बिहान १० बजेर ७ मिनेट जाँदा घोडेपानी भन्ने स्थानमा सम्पर्क आएको र सो पनि सम्पर्क बिहीन भएको थियो । बाक्लो बादलका कारण मौसममा सुधार हुनासाथ हवाईमार्गबाट खोजी सुरु गरिने र अहिले स्थलमार्गबाट नेपाली सेना र नेपाल प्रहरी खटिएको पनि प्राधिकरणले जनाएको छ । उक्त विमानमा ३ जना चालकदल र १९ यात्रुसहित २२ जना रहेको जनाइएको छ । उक्त जहाज क्याप्टेन प्रभाकर घिमिरेले, विमान…

Read More

काठमाडौं- बिहान ९ः५५ बजे पोखराबाट जोमसोमका लागि उडान भएको  तारा एयरको विमान दुर्घटनाग्रस्त भएको छ । मुस्ताङको लेते भिरमा दुर्घटनाग्रस्त भएको त्यहाँका स्थानीयले ठूलो आवाज सुनिएको र आगो बलेको देखेको जानकारी दिएका थिए भने विमान मुस्ताङको लार्जुङ भन्ने स्थानमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ । मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले आफूले पनि त्यो सूचना पाएको तर एकिन भइनसकेको बताए । नेपाल वायुसेवा सञ्चालक संघका प्रवक्ता योगराज कँडेलले विमान दुर्घटना भएको पुष्टि गरे । ‘मुस्ताङको लार्जुङ भन्ने स्थानमा दुर्घटनाग्रस्त अवस्थामा विमान भेटिएको जानकारी प्राप्त भएको छ,’ उनले भने, ‘मौसम खराबीका कारण हेलिकोप्टर जान नकसेपछि अहिले प्रहरीको टोली उक्त क्षेत्रमा जाँदै गरेको…

Read More

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले यसैवर्ष प्रतिनिधिसभा र राष्ट्रियसभाको चुनावसमेत सफलताका साथ सम्पन्न गरी मुलुकमा जनउत्तरदायी गणतन्त्रात्मक शासन व्यवस्थालाई थप सुदृढ गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । पन्ध्रौं गणतन्त्र दिवसका अवसरमा आज सैनिक मञ्च टुँडिखेलमा दिवसको मूल समारोह समितिले आयोजना गरेको कार्यक्रममा सम्बोधन गर्दै स्थानीय तहको निर्वाचन निष्पक्ष, स्वतन्त्र र शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न भएको र आम जनताबाट चुनिएका जनप्रतिनिधिहरुबाट मुलुकको शासन प्रणाली सञ्चालित भइरहेको छ भन्नुभयो । उहाँले भन्नुभयो “जन चाहनानुसार नागरिकको घरदैलोमा सेवा प्रदान गर्ने स्थानीय तहको दोस्रो निर्वाचनबाट मुलुकमा प्रतिस्पर्धात्मक, बहुदलीय, लोकतान्त्रिक एवं गणतन्त्रात्मक शासन व्यवस्था मजबुत भएको छ ।” प्रधानमन्त्री देउवाले मुलुकले २००७ सालको…

Read More

काठमाडौं – पोखराबाट जोमसोम उडेको तारा एयरको विमान सम्पर्कविहीन भएको कह्ह । विमान मुस्ताङको लेते भिरमा दुर्घटनाग्रस्त भएको आशंका छ । मुस्ताङको लेते भिरमा दुर्घटनाग्रस्त भएको त्यहाँका स्थानीयले ठूलो आवाज सुनिएको र आगो बलेको देखेको जानकारी दिएका छन् । मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले आफूले पनि त्यो सूचना पाएको तर एकिन भइनसकेको बताए । ३ चालकदलका सदस्य र १९ जना यात्रु विमानमा रहेको जनाइएको छ । विमानमा सवार सबैको पहिचान खुलेको छ । चालक दलसहित सबै यात्रुको विवरण :चालक दलको सदस्यहरु :-१. क्याप्टेन प्रभाकर घिमिरे२. उत्सव पोखरेल३. एयर होस्टेज क्रिष्टी थप यात्रुहरु :-१. बान्देकर वैसवी२.इन्द्रबहादुर गोले३.पुरुषोत्तम गोले४.राजनकुमार गोले५.मेइक ग्रीटग्राफ६.बसन्त…

Read More

काठमाडौं – पोखराबाट जोमसोम उडेको तारा एयरको विमान दुर्घटनाग्रस्त भएको छ । बिहान ९:५५ मिनेटमा पोखराबाट जोमसोम उडेको 9N AET  विमान मुस्ताङको लेते भिरमा दुर्घटनाग्रस्त भएको त्यहाँका स्थानीयले ठूलो आवाज सुनिएको र आगो बलेको देखेको जानकारी दिएपनि हालसम्म मौसम खराबीका कारण विमानको घट्नास्थल पत्ता लाग्न सकेको छैन । मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले आफूले पनि त्यो सूचना पाएको तर एकिन भइनसकेको बताए । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहानैदेखि पोखरा, जोमसोम लगायतका क्षेत्रमा हल्का वर्षा भइरहेको छ। त्यहाँ मौसम बदलिने क्रम जारी रहेको छ। ‘बिहान पनि केही वर्षा भएको थियो। अहिले पनि वर्षाको सम्भावना…

Read More

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले गणतन्त्र दिवस–२०७९ का अवसरमा ८१८ कैदीको बाँकी कैद सजाय माफी मिनाहा गरेकी छन्। राष्ट्रपति भण्डारीले गणतन्त्र दिवसका अवसरमा जारी गरेको प्रेस विज्ञप्तिमा खड्ग श्रेङ लिम्बू समेतका २७१ र नरबहादुर साँवा समेतका ५४७ गरी कूल जम्मा ८१८ कैदीको बाँकी कैद सजाय मिनाहा गरिएको उल्लेख छ। राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा २७६, फौजदारी कसूर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ को दफा ३७, फौजदारी कसूर (कैदकट्टा) नियमावली, २०७६ को नियम ३ तथा सर्वोच्च अदालतका आदेशसमेतका आधारमा तोकिएको कैद सजाय भुक्तान गरेका र असल चालचलन भएका व्यक्तिलाई माफी मिनाहा गरेको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले बताए। मन्त्रिपरिषद्को…

Read More

महेन्द्रनगर – सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री डाक्टर रणबहादुर रावलले जनताको अभूतपूर्व साथ र एकताले संविधान भत्काउने कदमलाई परास्त गर्न सफलता मिलेको बताएका छन् । १५ औं गणतन्त्र दिवसका अवसरमा आइतबार शुभकामना व्यक्त गर्दै उनले संविधानलाई नै भत्काउनेहरुलाई सबैको एकताले परास्त पारेको बताएका हुन् । उनले ऐतिहासिक गणतन्त्र स्थापनाका लागि विभिन्न कालखण्डमा भएका जनआन्दोलन, सशस्त्र संघर्ष, जनयुद्ध र ऐतिहासिक जनआन्दोलनमा बलिदानी दिने सहिदप्रति श्रद्धाञ्जली अर्पण गरे । गणतन्त्र स्थापनाका १४ वर्षलाई फर्केर हेर्दा राजनीतिक तहमा ठूला–ठूला परिवर्तनहरु भएको भन्दै उनले भने, ‘संघीयता, धर्मनिरपेक्षता, सामाजिक न्यायसहितका समानुपातिक समावेशी शासन व्यवस्थालाई संस्थागत गरेको संविधान निर्माण भएको छ । अहिले…

Read More

काठमाडौं – तारा एयरको विमान सम्पर्कविहिन भएको छ । बिहान ९:५५ मिनेटमा पोखराबाट जोमसोम उडेको सो विमान करिब ३५ मिनेटदेखि उक्त विमान सम्पर्कमा नआएको पोखरा विमानस्थलले जनाएको छ।  १९ यात्रु रहेको 9N AET विमान रहेको बताइएको छ । थप विवरण आउन बाँकी छ।

Read More