Author: महेन्द्रनगर पोष्ट

चितवन- चितवनको भरतपुर महानगरपालिकाको मेयरमा माओबादी केन्द्रकी रेणु दाहाल दोस्रो कार्यकालका लागि निर्वाचित भएकी छन् । सत्ता गठबन्धनबाट मेयरको उम्मेदवार बनेकी नेकपा माओवादी केन्द्रकी दाहालले एमाले नेता विजय सुवेदीलाई पराजित गर्दै विजयी भएकी हुन् । यसैगरी सत्ता गठबन्धनबाट उपमेयरको उम्मेदवार नेपाली कांग्रेसका चित्रसेन अधिकारी विजयी भएका छन् । उनका प्रतिस्पर्धी राप्रपाकी हिमला गुरुङले पराजित गरेका हुन् । निर्वाचन अधिकृतको कार्यालयले आधिकारिक मत परिणाम केही सयमा सार्वजनिक गर्ने तयारी गरेको छ। भरतपुरमा १७ वडा कांग्रेस, ५ वडामा एमाले, ३ वडामा माओवादी केन्द्र, ३ वडामा एकीकृत समाजवादी र १ वडामा स्वतन्त्रले जितेको छ। कांग्रेसले टिकट नदिएपछि वागि उठेका उम्मेदवार निर्वाचित भएका हुन्…

Read More

काठमाडौं- हाल नेपालमा स्थानीय वायु, भारतको उत्तर प्रदेश, बिहार, पश्चिम बंगाल आसपास रहेको न्यून चापीय रेखा र पश्चिमी वायुको प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकीका केही र अन्य प्रदेशका पहाडी भूभागका थोरै स्थानमा मेघ गर्जन/चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । राति प्रदेश १, मधेश, बाग्मती, गण्डकी र लुम्बिनीका थोरै स्थानमा र बाँकी भूभागका एक/दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

Read More

वीरगञ्ज- वीरगञ्ज महानगरपालिकाको मेयरमा सत्ता गठबन्धनबाट जनता समाजवादी पार्टी (जसपा)का उम्मेदवार राजेशमान सिंह विजयी भएका छन् । जसपाका सिंहले ४६ हजार २ सय १५ मत ल्याउँदा नेकपा एमालेका बिजय सरावगीले २३ हजार ६ सय ७१ मत मात्र प्राप्त गरेका छन् । सिंह २२ हजार ५ सय ४४ मतान्तरले विजयी भएका हुन् । राप्रपाका गिरीश गिरीले ३ हजार ३ सय १३ मत प्राप्त गरेका छन् । त्यसैगरी उपप्रमुखमा गठबन्धनबाट नेपाली काँग्रेस उम्मेदवार इम्तियाज आलम ठूलो मतान्तरले विजयन्मुख छन् । उपप्रमुखको अन्तिम नतिजा भने आउन बाँकी छ ।

Read More

कञ्चनपुर- कञ्चनपुरका नौवटै पालिकामा स्थानीय तहको निर्वाचन परिणाम आएसंगै नेपाली कांग्रेस पहिलो पार्टी बनेको छ । वि.सं. २०७४ को स्थानीय तहको निर्वाचनमा जिल्लाका पालिकामा राम्रो पकड जमाएको नेकपा (एमाले) यसपटक भने तीन पालिकामा सीमित हुन पुगेको छ । दुई गाउँपालिका र सात नगरपालिका रहेको कञ्चनपुरमा नेपाली कांग्रेसले चार नगर र एउटा गाउँपालिकासहित पाँच पालिकामा विजयी हासिल गरेको छ । यहाँको भीमदत्त नगरपालिका, बेदकोट नगरपालिका, कष्णपुर नगरपालिका, पुनर्वास नगरपालिका र बेल्डाँडी गाउँपालिकामा नेपाली कांग्रेसले जीत हासिल गरेको छ । अघिल्लो निर्वाचनमा यी चारवटै नगरपालिकामा एमाले विजयी भएको थियो । त्यसैगरी एमालेले यहाँको दोधाराचाँदनी र शुक्लाफाँटा नगरपालिका तथा लालझाडी गाउँपालिकामा जीत हासिल…

Read More

कञ्चनपुर- कञ्चनपुरको बेलौरी नगरपालिकाका नगर प्रमुख पोतिलाल चौधरीले सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवा दिइने पहिलो निर्णय गरेका छन् । सोमबार पदभार ग्रहण गर्दै उनले यस्तो निर्णय गरेका हुन् । पहिलो निर्णयअनुसार नगरपालिका क्षेत्रभित्र बसोवास गर्ने सुत्केरी महिलालाई आकस्मिक अवस्थामा घरदेखि नगरपालिका अन्तर्गतका स्वास्थ्य केन्द्र, सेती प्रादेशिक अस्पताल तथा महाकाली प्रादेशिक अस्तालसम्म पुर्याउन निःशुल्क एम्बुलेन्स सेवाको व्यवस्था गरिने भएको हो। नगर प्रमुख चौधरीले पदभार ग्रहण गरेसँगै उपप्रमुख जोगराम चौधरीले पनि पदभार ग्रहण गरेका छन् । चौधरी दोस्रो पटक नगर प्रमुखमा निर्वाचित भएका हुन् । उनी २०७४ को निर्वाचनमा पनि नगर प्रमुखमा निर्वाचित भएका थिए ।

Read More

बैतडी- बैतडीको पाटन नगरपालिका–९ का वडा अध्यक्ष कालुसिंह भाटले आफ्नो वडाबासी सबैको विद्युत महशुल तिरिदिने घोषणा गरेका छन् । आफ्नो मासिक पारिश्रमिकबाट वडामा रहेका सबै ग्राहकको विद्युत महशुल दिन उनले घोषणा गरेका हुन् । सिद्धेश्वर मावि हुक्केडाडाँमा सोमबार आयोजित सहभोज कार्यक्रममा उनले आफू तलबका लागि नभई जनसेवाका लागि वडा अध्यक्ष बनेको दाबी गरे । आफ्नो कार्यकालभर इमान्दारिताका साथ काम गर्ने पनि उनले बताए । उनी नेकपा माओवादी केन्द्रबाट वडाअध्यक्षमा विजय भएका हुन् । वडा अध्यक्षले परिश्रमिक नलिने र सो रकम वडाबासीको विद्युत महशुलमा खर्च गर्ने निर्णय भैसकेको वडा सदस्य प्रेमसिंह भाटले बताए । विद्युत महशुल वडाध्यक्षले तिरिदिने भएपछि स्थानीय खुसी…

Read More

काठमाडौं- संघीय सरकारले मंगलबार (आज) आगामी आर्थिक वर्ष २०७९/०८० का लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्दैछ । राष्ट्रपति विद्यादेवी भण्डारीले अपराह्न ४ बजे सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्य तालिका रहेको छ । सङ्घीय संसद् सचिवालयका महासचिव डा. भरतराज गौतमका अनुसार राष्ट्रपतिद्वारा नेपाल सरकारको आगामी आर्थिक वर्षको वार्षिक नीति तथा कार्यक्रमसहित संयुक्त सदनलाई सम्बोधन हुनेछ । यही नीति तथा कार्यक्रमका आधारमा जेठ १५ गते बजेट संसदमा पेश हुनेछ । मंगलबारको पहिलो बैठकमा राष्ट्रपतिले संयुक्त सदनलाई सम्बोधन गर्ने र संसद्को दोस्रो बैठक पुनः साँझ ६ बजे बस्ने कार्यसूची छ । दोस्रो बैठकमा…

Read More

काठमाडौं- चितवनको भरतपुर महानगरपालिकाको मेयर पदमा सत्तारुढ गठबन्धनतर्फ नेकपा माओाबादी केन्द्रकी उम्मेदवार रेणु दाहालको जित सुनिश्चित भएको छ। महानगरपालिकामा जम्मा तीन हजार मत गन्न बाँकी हुँदा प्रमुखमा दाहाल १२ हजार १४ मतले अगाडि भइ जित सुनिश्चित गरेकी हुन् । निर्वाचन कार्यालयका अनुसार मेयरमा रेणु दाहालको ५० हजार ३१० मत ल्याएकी छन् । उपमेयरमा गठबन्धनतर्फकै नेपाली कांग्रेसका चित्रसेन अधिकारीले पनि गन्न बाँकी मतभन्दा धरै मतले अग्रता कायम गरी जित पक्का गरेका हुन् । उनले ५१ हजार १२९ मत ल्याएका छन् । दुवै उम्मेदवारले मत ५० हजार कटाएका छन् । यस्तै, मेयर पदका अर्का उम्मेदवार एमालेका विजय सुवेदीको ३८ हजार ३९६ र…

Read More

काठमाडौं- काठमाडौं महानगरपालिकाको मेयरका स्वतन्त्र उम्मेदार बालेन्द्र साह (बालेन)ले आफ्नो अग्रता कायमै राखेका छन् । उनले १ लाख ४७ हजार ३९४ मत गन्दा ४८ हजार ५५२ मत प्राप्त गरेका छन् । नेपाली कांग्रेसकी उमेदवार सिर्जना सिंहले २९ हजार ७८५ मत प्राप्त गरी दोस्रो स्थानमा छन् । नेकपा एमालेका उमेदवार केशव स्थापित २९ हजार १८ मतका साथ तेस्रो स्थानमा छन् ।

Read More

दाङ- सुन भनेर इँटा बिक्री गर्न खोज्ने पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । दाङको तुलसीपुरमा एकान्त होटेलमा दुई वटा इँटालाई सुन भनेर सर्वसाधारणलाई बिक्री गर्न खोज्ने दाङ, सल्यान र दार्चुलाका गरेर पाँच जनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा दाङको राजपुर गाउँपालिका ६ खांग्रा नाकाका २६ वर्षीय राजकुमार बुढा, सोही ठाउँकै २४ वर्षीय प्रकाश खड्का, सल्यानको शारदा नगरपालिका वडा नम्बर १ का ४९ वर्षीया सावित्रा बुढाथोकी, कुमाख गाउँपालिका९१ का ३० वर्षीया गीता बुढा र दार्चुलाको व्यास गाउँपालिका वडा नम्बर २ का २३ वर्षीय सुरेन्द्रसिंह धामी रहेको प्रहरीले जनाएको छ।

Read More