काठमाडौं – काठमाडौं महानगरपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक भइरहेको छ ।
राष्ट्रिय सभा गृहमा आइतबार दिउँसो ४ बजेबाट कार्यक्रम सार्वजनिक भइरहेको हो ।
नीति तथा कार्यक्रम सार्वजनिक गर्नुअघि कार्यपालिका बैठक बसेर त्यसलाई अनुमोदन गरेको थियो। नीति तथा कार्यक्रमको मस्यौदा तयार पार्नका लागि तीन सदस्यीय समिति बनाएको थियो।महानगरपालिकाले आगामी १० असारमा बजेट ल्याउने तयारी गरेको छ।
महानगरपालिकाभित्र घर भाडासम्बन्धी काम अबदेखि कम्पनीमार्फत मात्रै हुने भएको छ। मेयर बालेन्द्र शाहले आगामी आवको नीति तथा कार्यक्रममार्फत उक्त व्यवस्था गरिने जानकारी दिएका हुन्।
संघीय सरकारले समेत घरजग्गा बिक्रीवितरण कम्पनीमार्फत गर्ने नीति लिएको छ। मेयर शाहले घरजग्गा भाडालाई व्यवस्थित गर्न सो नीति अपनाएका हुन्।
Facebook Comments Box