Author: महेन्द्रनगर पोष्ट

पर्सा – वर्षाका कारण पर्साका तीन पालिकामा मतदान रोकिएको छ। जिल्लाको ठोरी, जिराभवानी र नगरनाथपुर गाउँपालिकामा वर्षाका कारण निर्वाचन झण्डै आधा घण्टादेखि रोकिएको निर्वाचन अधिकृत रञ्जिता झाले जानकारी दिइन्। उनका अनुसार भारी वर्षा भएपछि ५, ६ वटा मतदान केन्द्रमा मतदान स्थगित भएको छ। पानी पर्न रोकिए लगत्तै ती स्थानमा मतदान सुरू हुने उनले जानकारी दिइन्। निर्वाचन आयोगको रिपोर्टिङ अनुसार जिल्लामा ४७.५ प्रतिशत मतदान सम्पन्न भएको उनले बताइन्।

Read More

काभ्रे – काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका-१३ मा मतदानस्थल तोडफोड भएको छ । मतदान अधिकृतले एकै जनालाई १० वटा मतपत्र दिन खोजेपछि विवाद हुँदा मतदानस्थल नै तोडफोड भएको हो । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख एसपी चक्रराज जोशीले मतपत्रको विषयमा विवाद हुँदा तोडफोड भएको बताए । जोशीका अनुसार मतदानस्थलका कुर्सी, बुथलगायत तोडफोड भएको तर ब्यालेट बक्स भने सुरक्षित छन् । अहिले सर्वदलीय बैठक बसिरहेको छ ।

Read More

काठमाडौं – काठमाडौं महानगरपालिकाको मेयरका उम्मेदवार र्‍यापर बालेन्द्र शाह (बालेन शाह) ले मतदान गरेका छन् । बिहान ठिक ११ बजे उनले सिनामंगलस्थित अन्नपूर्ण इंग्लिस स्कुलमा पुगेर उनले मतदान गरेका हुन् । अन्य उम्मेदवारहरू तथा नेताहरूले बिहानै मतदान गरेपनि शाहले ढिला गरी मतदान गरेका हुन् । काठमाडौं महानगरमा उनका अन्य प्रतिस्पर्धीले यसअघि नै मतदान गरिसकेका छन् । उनले भने बिहान ११ बजेको समयमा मतदान गरेका हुन् । मत हाल्नुअघि मतदान केन्द्रमा रहेका अन्य मतदाताहरूसँग उनले कुराकानीसमेत गरेका थिए । उनी बिहानैदेखि विभिन्न मतदान केन्द्रको अवलोकनका लागि निस्किएका थिए । उनले सुरूमा बिहानै बसन्तपुर मतदान केन्द्रको अवलोकन गरेका थिए । त्यसपछि उनी…

Read More

हुम्ला – झडपमा मतदान अधिकृत घाइते भएपछि नेपाली सेनाको हेलिकोप्टर हुम्लातर्फ प्रस्थान गरेको छ । सुर्खेतबाट सेनाको हेलिकोप्टर हुम्ला उडेको हो । ढुंगामुढाबाट मतदान अधिकृत कृष्ण प्रसाद आचार्य र कार्यालय सहयोगी काला रोकाया घाइते भएको कर्णाली प्रदेश कार्यालयका एसएसपी राजेश नाथ बास्तोलाले जानकारी दिए । उनले घाइतेहरुलाई सुर्खेत ल्याएर उपचार गरिने बताए । मतदानका क्रममा एक समूहले प्रहरीमाथि नै ढुंगामुढा गरेपछि प्रहरीले ७ राउण्ड गोली समेत चलाएको थियो । घटना माथिल्लो हुम्लाको चंखेली गाउँपालिका २ स्थित महादेव मावि मतदान केन्द्रमा भएको हो ।

Read More

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तह निर्वाचनमा ५ दलले भन्दा धेरै स्थान एमालेले जित्ने दाबी गरेका छन् । शुक्रबार भक्तपुरको बालकोटमा मतदानपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै एमाले अध्यक्ष ओलीले परीणाम एमालेको पक्षमा आउने दाबी गरे । नेपाली कांग्रेसले समेत एक्लै लड्न नसकेर गठबन्धन गरेको भन्दै उनले अघि भने, ‘५ दलभन्दा धेरै बढी एमाले एक्लैले ल्याउँछ ।’

Read More

स्याङ्जा – स्याङ्जाकोवालिङमा मतदाता बोकेको गाडी दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ । ३२ जना सवार गाडी दुर्घटनामा परेर मृत्यु भएका १० जनाको सनाखत भएको प्रहरीले जानकारी दिएको छ । हाल उद्धार कार्य जारी रहेको र घाइतेलाई पोखरा पठाइएको प्रमुख जिल्ला अधिकारी राजु पौडेलले बताए । थप विवरण आउन बाकी रहेको छ ।

Read More

बैतडी – बैतडीमा मतदान गरेर फर्केने क्रममा एक वृद्धको मृत्युु भएको छ । मृत्यु हुनेमा दोगडाकेदार गाउँपालिका–३ कफल्डाका ८४ वर्षीय हरिसिंह भाट रहेका प्रहरी निरीक्षक दीपक विष्टले जानकारी दिए । भाटको आज बिहान सनातन धर्म मावि खोचलेकमा मतदान गरेपछि फर्कने क्रममा मतदानस्थल बाहिर पुग्ने बेला मुर्छा परेका र बाटोमै मृत्युु भएको प्रहरीले जनाएको छ ।

Read More

काठमाडौँ -काभ्रेको चौरीदेउरालीमा मतपेटिका तोडफोड गरिएको छ । चौरीदेउराली गाउँपालिका–६ स्थित कात्तिके देउरालीमा रहेको प्रभा बहुमुखी क्याम्पस केन्द्रमा एक व्यक्तिका नाममा अर्कैले भोट हालेको भन्दै विवाद भएपछि तोडफोड भएको हो । तोडफोडपछि मतदान स्थगित गरेर सर्वदलीय बैठक जारी छ । तोडफोड भएका कारण खसिसकेको मत के गर्ने भन्ने विषयमा निर्णय नहुँदा पुनः मतदान सुरु हुन नसकेको काभ्रे प्रहरीले जनाएको छ ।

Read More

दोलखा – दोलखाको बैत्यश्वर गाउँपालिकाको मतदान केन्द्रमा भएको झडप रोकिएपछि मतदान सुरु भएको छ । सर्वदलीय बैठक बसेर सहमति भएपछि मतदान सुरु भएको दोलखा प्रहरी प्रमुख डीएसपी गंगा पौडेलले जानकारी दिए । नेपाली कांग्रेस र नेकपा एमाले कार्यकर्ताबीच झडप भएपछि मतदान रोकिएको थियाे । पालिकाको वडा नम्बर १, २ र ३ का मतदानस्थलमा सुरु भएलगत्तै दुई पक्षबीच झडप भएको थियो । मतदान भइरहेको बेला ढुंगा प्रहार भएपछि प्रहरीले स्थिति नियन्त्रणमा लिन दुई राउन्ड हवाई फायर समेत गरेको पौडेलले बताए । मतदाता आउने बाटो अवरोध गरेर कांग्रेस र एमाले कार्यकर्ताहरूले बुथ कब्जा गर्ने प्रयत्न गरेका थिए ।

Read More

काठमाडाैं – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले झापाको मेचीनगर नगरपालिका-९ को कवि शिरोमणि मतदान केन्द्रमा मतदान गरेका छन् । स्थानीय तहको निर्वाचन अन्तर्गत उनले आज बिहान उनले मतदान गरेका हुन् ।

Read More