Author: महेन्द्रनगर पोष्ट

कैलाली- धनगढी उपमहानगरपालिकाको मेयर पदका उम्मेदवार नृप वडले धनगढीबासीका घर–घरमा खानेपानी पुर्याउने बताएका छन् । धनगढी–१२ मा शनिबार आयोजित चुनावी आमसभालाई सम्बोधन गर्दै उनले यस्तो दाबी गरेका हुन् । धनगढीको सबैभन्दा ठूलो योजना खानेपानी रहेकोले आगामी दिनमा सबैको घर–घरमा शुद्ध खानेपानी पुगाउने बताए । विगत २० वर्षदेखि निरन्तर जनताको माझमा रहेको स्मरण गर्दै वडले यहाँका साझा समस्याहरु समाधानका लागि आफू कटिबद्ध रहेको बताए । राष्ट्रियता, संविधान बचाउन र देशको विकास र समृद्धिको लागि र हरेक नागरिकका माग पूरा गर्न अहिले गठबन्धनबाट चुनावमा गइरहेकाले सम्पूर्ण टीमलाई इमान्दारिका साथ भोट हाल्न उनले आग्रह गरे । धनगढी उपमहानगरपालिका वडा नम्बर १२ मा नगरपालिकाले…

Read More

बझाङ- बझाङमा एक महिला मृल फेला परेकी छिन् । जिल्लाको मष्टा गाउँपालिका–२ खिकालाकी ३४ वर्षीया कमला ओखेडा जयपृथ्वी नगरपालिका–१० चैनपुरस्थित आफ्नै होटेलमा मृत फेला परेकी हुन् । उनको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल सिमखेत लैजान लागिएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Read More

दार्चुला – आसन्न वैशाख ३० गते शुक्रबारका दिन हुन गइरहेको स्थानिय तहको निर्वाचनलाई लक्षित गर्दै दार्चुला जिल्लाको भारत संग जोडिएका सबै झोलुंगे पुलहरु तिन सम्म बन्द गरिने भएका छन् । शनिबार जिल्ला सदरमुकाम खलंगामा आयोजित नेपाल–भारत सीमा समन्वय बैठकमा निर्वाचनको शान्ति सुरक्षालाई मध्यनजर गर्दै सीमापुलहरु तिन दिनका लागि बन्द गर्ने दुई पक्षको बिचमा सहमती भएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी दिर्घराज उपाध्यायले जानकारी दिएनिर्वाचनका बेला सीमा सुरक्षा र सीमापुलहरु बन्द गर्नुपर्ने कानूनी प्रावधान अनुसार वैशाख २७ गते बेलुकी ७ बजेदेखी वैशाख ३० गते बेलुकी ७ बजे सम्म जम्मा ७२ घण्टाका लागि सबै सिमापुलहरु बन्द गर्ने दुई देशका प्रशासन प्रमुख र सुरक्षा…

Read More

दमौली – प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धन राष्ट्रिय आवश्यकता भएकाले यसलाई सफल बनाउन सबै दल प्रतिबद्ध रहेको बताएका छन् । नेपाली काँग्रेस तनहुँले आज दमौलीमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले गठबन्धनलाई सफल बनाइने बताए । काँग्रेसको नेतृत्वमा रहेको गठबन्धन स्थानीय तह निर्वाचनका लागि मात्रै नभई प्रदेश र प्रतिनिधिसभा निर्वाचनसम्म कायम रहने प्रधानमन्त्री देउवाले दाबी गरे । गठबन्धनलाई असफल बनाउने षड्यन्त्र भइरहेको भन्दै प्रधानमन्त्री देउवाले त्यस्ता तत्त्वलाई चुनावको मैदानबाट परास्त गर्ने जिकिर गरे । गठबन्धन सफल बनाउने काँग्रेसको एउटै मात्र लक्ष्य भएको देउवाको भनाइ थियो । प्रधानमन्त्री देउवाले स्थानीय तहको चुनाव हुन्छ भन्ने कुरा कमैले पत्याएको भन्दै देश चुनावमा…

Read More

काठमाडौं – चुनावी सभालाई सम्बोधन गर्न प्रधानमन्त्री शेरबहादुर देउवा नेपाली सेनाको हेलिकप्टर चढेर तनहुँको सदरमुकाम दमौली आएका छन् । शनिबार सत्तारुढ गठबन्धनले बुटवलमा आयोजना गरेको कार्यक्रममा सहभागी भएर देउवा नेपाली कांग्रेसले आयोजना गरेको सभामा सहभागी हुन तनहुँ आएका हुन् । देउवासंगै नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र प्रवक्ता डा. प्रकाशशरण महत पनि तनहुँ आएका छन् । हेलिकप्टरबाट झरेर उनी तनहुँ जिल्ला उपसभापति देवकुमार श्रेष्ठको निजी सवारी साधन चढेर कार्यक्रमस्थलमा पुगेका छन् ।

Read More

रुकुम(पूर्व) – रुकुम(पूर्व) मा यहीँ वैशाख २५ गतेबाट मादकपदार्थ सेवन र बिक्री वितरणमा रोक लगाइने भएको छ । स्थानीय तहको चुनावलाई लक्षित गरेर जिल्लाभरी नै २५ गतेदेखि मत परिणाम घोषणा नहुँदासम्म पूर्णरुपमा मादकपदार्थ सेवन एवं बिक्री वितरणमा रोक लगाउने निर्णय आज जिल्ला प्रशासन कार्यालयमा बसेको सर्वदलीय बैठकले गरेको हो । बैठकले मतदानका दिन सबै मतदानस्थलमा तोकिएको क्षेत्र भित्र मोबाइल प्रयोग नगर्न र साथमा लिइ नआउन अनुरोध गर्नाका साथै अत्यावश्यक वस्तु एवं सेवाको आपूर्ति व्यवस्था सहज बनाइराख्न पनि भनेकोे छ । स्वास्थ्य, खानेपानी, टेलिफोन, विद्युत्, अस्पतालबाट दिइने अत्यावश्यक सेवाहरु निरन्तररुपमा उपलब्ध हुने व्यवस्था मिलाउन र कोरोना सङ्क्रमणको जोखिम कायमै रहेकाले जनस्वास्थ्यका…

Read More

काठमाडौं – नेपाल टेलिकमले स्थानीय निर्वाचनको अवसरमा विभिन्न अफरहरु उपलब्ध गराउने भएको छ । टेलिकमले बैशाख ३० गते सम्पन्न हुन गइरहेको स्थानीय निर्वाचनको सन्दर्भमा जीएसएम प्रिपेड तथा पोस्टपेड मोबाइल सेवामा निर्वाचन अफर (Election Offer) उपलब्ध गराउने भएको हो । अफरहरु आगामी बैशाख २५ देखि जेठ ४ गतेसम्म उपलब्ध हुने कम्पनीका प्रवक्ता शोभन अधिकारीले जानकारी दिए ।

Read More

काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा १४ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार गत २४ घन्टामा देशभरका विभिन्न प्रयोगशालामा गरिएको २७१६ नमूना परिक्षणमा उक्त संख्यामा कोरोना पुष्टी भएको हो । त्यस्तै नेपालमा थप २१ जना कोरोनामुक्त भएको पनि स्वास्थ्य मन्त्रालयले जनाएको छ । अहिलेको अवस्थामा देशभर २०५ जना सक्रिय संक्रमित रहेको पनि मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा देशभर ६९ हजार ६५६ जनाले कोरोनाविरुद्धको खोप लगाएको पनि मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा कोही पनि संक्रमितले ज्यान नगुमाएको पनि मन्त्रालयले जनाएको छ ।

Read More

काठमाडाैं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारमा बाँडीचुडी खान नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्रलगायतका दलले गठबन्धन गरेको टिप्पणी गरेका छन् । वडामासमेत एमालेसँग एक्लै चुनाव लड्न नसकेर सत्तारुढ ५ दलले गठबन्धन गरेको ओलीले बताए । शनिवार इटहरी उपमहानगरपालिकाको चुनावी सभालाई सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीले सत्तारुढ दलको गठबन्धनलाई टालाटुली बटुली बनाएको पुतलीजस्तो भनी टिप्पणी गरेका छन् । बाँडेर खाने उद्देश्यले बनाएको गठबन्धनलाई मत दिन नहुने ओलीको भनाइ छ । उनले भने, ‘गठबन्धनलाई भोट हाल्ने हो कि सुखी नेपाली समृद्ध नेपाल बनाउनेलाई भोट हाल्ने फैसला मतदातामा निर्भर गर्छ । म इटहरी विकासको जिम्मा लिन्छु । तपाईँहरू याम सुब्बा र…

Read More

बुटवल – प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहयोग परियोजना (एमसीसी)ले सबैभन्दा बढी फाइदा बुटवलका बासिन्दालाई हुने बताएका छन् । सत्तारुढ पाँच दलीय गठबन्धनले शनिवार बुटवलमा गरेको चुनावी सभामा प्रधानमन्त्री देउवाले एमसीसी परियोजना अन्तर्गत बुटवलदेखि दाङसम्मको सडक विस्तार हुने र विद्युत् प्रसारण लाइन बन्ने भएकाले त्यसबाट सबैभन्दा बढी फाइदा बुटवलदेखि दाङसम्मका जनतालाई हुने बताएका हुन् । प्रधानमन्त्री देउवाले एमाले अध्यक्ष ओली सरकारमा हुँदा अरू दल र जनतामाथि अत्याचार गरेका र प्रतिनिधि सभा दुई पटकसम्म विघटन गरेकाले अहिलेको गठबन्धन बनेको बताए ।

Read More