Author: महेन्द्रनगर पोष्ट

काठमाडौं- आसन्न स्थानीय तहको निर्वाचनका लागि राजनीतिक दलले जारी गर्ने घोषणापत्रमा गुणस्तरीय शिक्षाको विषयलााई प्राथमिकता दिन आग्रह गरिएको छ । शिक्षाका लागि राष्ट्रिय अभियान नेपालले ‘राजनीतिक दलको घोषणापत्रमा शिक्षा’ विषयक कार्यक्रममा बालबालिका तथा शिक्षा अधिकारमा क्रियाशील ६५ वटा विभिन्न सङ्घसंस्थाहरूका प्रतिनिधिहरूले राजनीतिक दललाई शिक्षालाई प्राथमिकतामा राख्न ध्यानाकर्षण गरिएको हो । कार्यक्रममा आएका विभिन्न सहभागीहरूका सुझावलाई लिपीबद्ध गरी प्रत्येक राजनीतिक दलका पार्टी कार्यालयमा पु¥याइने जनाइएको छ । विगत पाँच वर्ष अघिको निर्वाचनमा राजनीतिक दलहरूका घोषणापत्रमा भएको राष्ट्रिय शिक्षा नीतिको परिमार्जन र युवालाई रोजगारमुखी सीपमूलक तालिममा गत पाँच वर्षको अवधिमा केही प्रगति भएता पनि शिक्षामा कम्तीमा २० प्रतिशत लगानी, शतप्रतिशत साक्षरता हासिल…

Read More

दार्चुला- दार्चुलाको शैल्यशिखर नगरपालिकामा कांग्रेसकोतर्फबाट मेयरको उम्मेदवारमा अमरसिंह धामी सर्वसहमत चयन भएका छन् । नगरपालिकाका बर्तमान मेयर धामी पुनः मेयर पदका लागि सर्वसम्मत चयन भएको कांग्रेस शैल्यशिखर नगरपालिकाले जनाएको छ। आसन्न स्थानीय तहको निर्वाचन नजिकिदैं जाँदा शैल्यशिखरका विभिन्न वडाहरुमा कांग्रेसले सर्वसम्मत रुपमा वडा अध्यक्षका उम्मेदवार टुग्ंयाएको कांग्रेस शैल्यशिखरले जनाएको छ।

Read More

काठमाडौं- राष्ट्रिय युवा संघ नेपालले अर्थमन्त्री जनार्दन शर्माविरुद्ध सांकेतिक सडक प्रदर्शन गरेको छ। आइतबार काठमाडौंमा भएको विरोध प्रदर्शनलाई सम्बोधन गर्दै संघका अध्यक्ष तथा नेकपा (एमाले) का केन्द्रीय सदस्य किरण पौडेलले अर्थमन्त्री शर्मालाई जेल सजाय हुनुपर्ने माग गरेका हुन् । सांकेतिक विरोध प्रदर्शनका क्रममा अर्थमन्त्री शर्माको तस्बिर फर्सीमा पोतेर, उक्त फर्सीलाई कुर्सीमाथि राखेर विरोध जनाइएको हो। ‘मुलुक भयावह आर्थिक संकटमा गुज्रिरहेको समयमा आफ्ना अनुचित दबाब पालना नगरेको भन्दै गभर्नरलाई निलम्बन गर्ने काम अपराध हो,’ अध्यक्ष पौडेलले भने, ‘यसले बढ्दो संकटपूर्ण अवस्थामा विश्वभर नकारात्मक सन्देश प्रवाह गरेको छ । त्यसैले यसका मुख्य अभियुक्त रहेका अर्थमन्त्री ई पदमुक्त मात्र होइन, जेल सजाय नै…

Read More

कञ्चनपुर- कञ्चनपुरको लालझाँडी गाउँपालिकामा आधारभूत विद्यालयले लिने परीक्षाको प्रश्नपत्र बाहिरिएको भन्दै विद्यालयमा तालाबन्दी गरिएको छ । चैत्र २२ गतेदखि गाउँपालिकाले कक्षा ८ को परीक्षा सञ्चालन गर्ने निर्णय गरेसँगै परीक्षा केन्द्र तोकिएकै एक विद्यालयले प्रश्नपत्र लिक गरेको पाइएको हो । ४ विद्यालयको परीक्षा केन्द्र तोकिएको वडा नम्बर ४ स्थित बैजनाथ बहुभाषिक आधारभूत विद्यालयले विज्ञान विषयको प्रश्न पत्र लिक गरेको स्थानीयले बताएका छन् । गाउँपालिकाको शिक्षा शाखा अधिकृत सिद्धराज भट्टको कार्यकक्षमा तयार पारिएको विज्ञान विषयको प्रस्नपत्र लिक भएको पाइएको सिकलपट्टीका वैजनाथ माध्यामिक विद्यालयका सहायक प्रधानाध्यापक नवराज जोशीले बताए । २१ गते साँझ नै ३० विद्यार्थीहरूलाई प्रश्नपत्र आउट गरेको पाइएको उनले बताए ।…

Read More

काठमाडौँ – चरम आर्थिक संकट तथा अत्यावश्यक वस्तुको अभाव व्यहोरिरहेको श्रीलंकाको उर्जा मन्त्रालयले गृह राज्य मन्त्रालयलाई पेट्रोल पम्पहरुमा हुने इन्धन वितरणको निगरानी गर्न आग्रह गरेको छ । सबै जिल्ला तथा प्रान्तीय कार्यालयहरूलाई इन्धन वितरणको निगरानी गर्नका लागि निर्देशन दिन गृह राज्य मन्त्रालयललाई आग्रह गरिएको हो । श्रीलंकाबाट प्रकाशित हुने डेली मिररले जनाएअनुसार हाल मुलुकमा विदेशी मुद्राको संकट रहेपनि विदेशबाट आवश्यक इन्धन आपूर्ति गरिएको छ । सीमित परिमाणमा इन्धन आयात गरिएका कारण यसको वितरणमा सहजिकरणका लागि उर्जा मन्त्रालयले यस्तो निर्देशन दिएको बताइएको छ । सीमित इन्धनलाई उचित व्यवस्थापनसहित मुलुकको अर्थव्यवस्थाका अत्यावश्यक गतिविधिमा मात्र प्रयोग गर्न आग्रह गरिएको डेली मिररले जनाएको छ…

Read More

काठमाडौं– भक्तपुरको ऐतिहासिक बिस्का जात्रा सुरु भएको छ। भक्तपुरमा भैरवनाथको रथ तानी जात्रा शुरु गरिएको हो। यो जात्रा ९ दिन ८ रात सम्म मनाइन्छ । जात्राको समयमा हुने सक्ने सम्भावित दुर्घटना रोक्न सद्‍भाव र्‍याली निकालिएको छ । भक्तपुर नगरपालिकाको अगुवाइमा सद्‍भाव र्‍याली र सभा आयोजना गरिएको हो ।

Read More

काठमाडौं – नेकपा एकीकृत समाजवादीले स्थानीय तह निर्वाचन परिचालनका लागि अध्यक्ष माधवकुमार नेपालको संयोजकत्वमा ११ सय ११ सदस्यीय मूल निर्वाचन परिचालन कमिटी गठन गरेको छ । केन्द्रीय सचिवालयको शनिबार र आइतबार काठमाडौँमा बसेको बैठकले निर्वाचन तयारी सम्बन्धी विभिन्न निर्णय गरेको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बताए । बैठकले उम्मेदवार सिफारिसको मापदण्ड र समयसीमा समेत तोकेको छ । बैठकले महासचिव डा.बेदुराम भुसालको संयोजकत्वमा निर्वाचन परिचालन केन्द्रीय सचिवालय गठन गरेको छ । सचिवालयमा प्रकाश ज्वाला, गंगालाल तुलाधर, विजय पौडेल, जगन्नाथ खतिवडा, जीवनराम श्रेष्ठ, विश्वनाथ प्याकुरेल, सोमप्रसाद पाण्डे, केदार सन्जेल, सूर्य खी र द्रोणाचार्य क्षेत्री सदस्य रहेका छन् । बैठकले उम्मेदवार सिफारिसका लागि मापदण्ड तोकेर…

Read More

काठमाडौं – नेपालमा पछिल्लो २४ घन्टामा ४ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा २ हजार ७४० जनाको परिक्षण गरिएकोमा उक्त संख्यामा कोरोना संक्रमित थपिएका हुन् । मन्त्रालयका अनुसार उक्त अवधिमा देशभमा ४८ जना संक्रमणमुक्त भएका छन् । त्यस्तै त्यसअवधिमा नेपालमा कोही पनि संक्रमितको मृत्यु नभएको पनि मन्त्रालयले जनाएको छ । अहिलेको अवस्थामा नेपालमा सक्रिय संक्रमित ५ सय ९२ जना रहेको मन्त्रालयले जनाएको छ ।

Read More

काठमाडौं – सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रिय एकताका साथ व्यावसायिक प्रवर्द्धनमा केन्द्रित हुन उद्योगी तथा व्यवसायीलाई आग्रह गरेका छन् । नेपाल चेम्बर अफ कमर्सको ७१औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले जनता र राष्ट्रलाई केन्द्रमा राखेर व्यवसायको प्रवर्द्धन गर्नुपर्नेमा जोड दिएका हुन् । जलवायु परिवर्तनले खडा गरेको व्यवधानलाई पनि सहन गर्दै नयाँ सोच र व्यवहारका साथ अगाडि बढे मात्रै अर्थतन्त्रका आयाम विस्तार तथा विकास गर्नुपर्ने सभामुख सापकोटाको भनाइ थियो । सुशासन कायम गर्ने तथा भ्रष्टाचार नियन्त्रण गर्ने सवाल गहन विषय भएकाले यसमा निरन्तर लाग्नुपर्ने र सबै सरोकारवाला निकायका पदाधिकारीको आचरणमा सुधार गर्नुपर्नेमा उनले जोड दिए । कोरोनालगायत अन्य कारणबाट सङ्कटमा…

Read More

भक्तपुर – मध्यपुरथिमि नगरपालिका बोडेमा हरेक नयाँ वर्षको वैशाख २ गते मनाइने विश्व प्रसिद्ध ‘जिब्रो छेड्ने जात्रा’ मा यस वर्ष नवौँ पटक बोडेका ४९ वर्षीय बुद्धकृष्ण वागं श्रेष्ठले जिब्रो छेडाउने भएका छन् । मध्यपुरथिमि नगरपालिकाले सञ्चालन गरेको नेपाल कोरियामैत्री नगरपालिका अस्पतालमा लामो समयदेखि एम्बुलेन्स चालकका रुपमा कार्यरत बुद्धकृष्णले यस वर्ष आफूले अन्तिम पटक जिब्रो छेडेर जात्रालाई निरन्तरता दिन लागेको बताए । बुद्धकृष्णले भने, “मानवीय सेवा र कलासंस्कृतिको संरक्षणमा लाग्दै आएको मैले यस वर्ष वैशाख २ गते नवौँ पटक जिब्रो छेडेर जात्रालाई निरन्तरता दिने भएको छु, यो मेरो अन्तिम पटक हो, अर्को वर्ष म जिब्रो छेड्दिन, मेरो उमेरका कारणले पनि समस्या…

Read More