Author: महेन्द्रनगर पोष्ट

मस्को – रुसविरुद्ध हिंसा भड्काउने सामग्रीहरु निरन्तर प्रकाशित हुन थालेपछि विभिन्न सामाजिक सञ्जाललाई बन्द गराउने चेतावनी रुसले दिएको छ । रुसी राष्ट्रपतिको कार्यालय क्रेमलिनले फेसबुक र इन्स्टाग्रामलाई बन्द गरिदिने चेतावनी शुक्रबार दिएको हो । ‘रुसविरुद्ध यस्तै हिंसा भड्काउने सामग्री प्रकाशित भइरहे फेसबुक र इन्स्टाग्रामलाई बन्द गराउनु पर्ने आवश्यकता पर्न सक्छ,’ रुसी एक अधिकारीले भने । फेसबुक सञ्चालक कम्पनी मेटाले केही समय अगाडि मात्रै यस विषयमा गम्भीर चासो व्यक्त गर्दै रुसविरुद्ध हिंसा भड्काउने सामग्रीलाई रातो बत्तिको सङ्केत उल्लेख गर्ने घोषणा गरेको थियो । मेटाले रुसविरुद्ध हिंसा भड्काउने सामग्रीहरु प्रकाशित गर्ने प्रयोगकर्ताहरूलाई केही समय फेसबुक प्रयोग गर्नै नमिल्ने बनाइदिने चेतावनी पनि दिएको…

Read More

मोरङ – मोरङको सुन्दरहरैंचामा हिजो(शुक्रबार) साझ घर नजिकैको घारीमा अचेत अवस्थामा भेटिएकी २१ महिने नाबालिकाको आज (शनिबार) बिहान मृत्यु भएको छ। सुन्दरहरैंचा-७ की नाबालिका शुक्रबार घरबाट अपरान्ह ४ बजे हराएकी थिइन् । पाँच बजेतिर घरभन्दा १५० मिटर दुरी पश्चिममा अचेत अवस्थामा फेला परेकी थिइन्। घरबाट हराएकी बालिकालाई खोजी गर्ने क्रममा घारीमा फेला पर्दा बालिकाको अवस्था नाजुक थियो। सुन्दरहरैंचा-७ का वडाध्यक्ष चैतन्य सिटौलाका अनुसार ती बालिका रक्ताम्य अवस्थामा फेला परेकी थिइन्। ‘बालिकाको यौनाङ्ग रक्ताम्य अवस्थामा भेटिएपछि विराटनगरको नोबेल अस्पतालमा उपचारका लागि लगिएको थियो,’ सिटौलाले भने, ‘उपचारका क्रममा आज बिहान मृत्यु भयो।’ उनले बालिकाको अवस्था हेर्दा बलात्कार भएको हुन सक्ने अनुमान रहेको…

Read More

काठमाडौं – सशस्त्र प्रहरी बलमा दुई प्राविधिकसहित पाँच डीआईजी पदमा बढुवा सिफारिस गरिएको छ । बढुवा समितिको २७ फागुनको निर्णयअनुसार बढुवा सिफारिस गरिएको हो ।सशस्त्रको साधारण समूह, साधारण उपसमूहतर्फ रिक्त रहेको डीआईजी  पदमा एसएसपीहरु विदुर खड्का, लक्ष्मण बहादुर सिंह र प्रदीपकुमार पाल सिफारिस भएका छन् ।यस्तै, सशस्त्रको प्राविधिक समूह स्वास्थ्यतर्फ रिक्त रहेको प्राविधिक डीआईजीमा एसएसपी डा. रुपक महर्जनलाई बढुवाका लागि सिफारिस गरिएको छ । प्राविधिक समूह, सञ्चार तथा इन्जिनियरिङतर्फ रिक्त रहेको प्राविधिक डीआईजी पदमा एसएसपी ई. सन्दीप थापा सिफारिस भएका छन् ।बढुवा समितिका अनुसार बढुवा सिफारिसमाथि चित्त नबुझ्ने एसएसपीहरुले सशस्त्र प्रहरीको नियमावलीको नियम ५५ मा व्यवस्था भए बमोजिम ७ दिनभित्र…

Read More

काठमाडौं – जनता समाजवादी पार्टी, नेपालको संघीय परिषद् बैठक आज (शनिबार) काठमाडौंमा बस्ने भएको छ। दिउँसो थापागाउँस्थित बानेश्वर ब्याङ्केटमा बस्ने बैठकमा अध्यक्ष बाबुराम भट्टराईले राजनीतिक प्रतिवेदन पेश गर्ने कार्यक्रम रहेको बताइएको छ। बैठकले अध्यक्षको राजनीतिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्नेछ। संघीय परिषद् बैठकपछि फागुन २९ र ३० गते केन्द्रीय समितिको बैठक बस्ने जसपा नेपालले जनाएको छ। केन्द्रीय समितिको बैठकमा संघीय परिषद्ले पारित गरेको राजनीतिक प्रतिवेदनमा छलफल हुनुका साथै स्थानीय निर्वाचन, विधान सम्मेलनलगायत विभिन्न समसामयिक राजनीतिक घटनाक्रममाथि छलफल हुनेछ।

Read More

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले कमल थापाले पार्टी छोड्दा राप्रपा थप बलियो बनेको बताएका छन् । सुर्खेत विमानस्थलमा शनिवार बिहान पत्रकारहरूसँग कुरा गर्दै उनले भने,’उहाँले पार्टी छोड्दा राप्रपा थप बलियो बनेको छ । अझ बलियो शक्तिका रूपमा बदल्ने सङ्कल्पका साथ अघि बढ्ने प्रेरणा मिलेको छ । यसले पार्टीलाई क्षति पुर्‍याएको छैन ।’ साथै उनले आगामी वैशाख ३० को स्थानीय तहको निर्वाचनलाई राप्रपाले शक्ति प्रदर्शन गर्ने माध्यमका रूपमा लिएको पनि बताए । ‘राप्रपाको शक्ति कति छ रु भन्ने स्थानीय तहको निर्वाचनमा थाहा हुन्छ’ उनले भने, ‘अब जुन ठाउँमा राप्रपाले जित्छ, त्यही ठाउँबाट फरक खालको राजनीतिक संस्कार बसाल्छ…

Read More

काठमाडौं – सात दशक बढी लामो हवाई उडान इतिहास बोकेको नेपालको नागरिक उड्डयन क्षेत्रले निकै फड्को मारिसकेको छ विशेष गरी हवाई पूर्वाधारमा निकै प्रगति हासिल भएको छ । देशको एक मात्रै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको ७२ वर्षपछि अब दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलका रुपमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पनि सञ्चालनको तयारीमा छ । राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको भैरहवा (रुपन्देही) मा निर्माण गरिएको गौतमबुद्ध विमानस्थलमा व्यावसायिक उडानको तयारीसँगै मुलुकभित्र अब दुई अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा हुनेछन् । आगामी जेठ २ गते (बुद्ध पूर्णिमा) देखि व्यावसायिक रुपमा सञ्चालनमा ल्याउने तयारीका साथ यान्त्रिक परीक्षण उडान (क्यालिब्रेसन फ्लाईट) सम्पन्न यो विमानस्थलमा २०७९ वैशाख १ गते परीक्षण उडान…

Read More

चितवन – मोटरसाइकल दुर्घटना हुँदा चितवनमा तीन जनाको मृत्यु भएको छ । इच्छाकामना गाउँपालिका २ वल्र्याङबाट शक्तिखोरतर्फ जाँदै गरेको प्रदेश २–०३–००२ प ५९८६ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा मोटसाइकलमा सवार तीन जनाको घटनास्थलमै मृत्यु भएको हो । मृत्यु हुनेमा इच्छाकामना–३ का ३० वर्षीया तृकी गुरुङ र उनका छोरा ५ वर्षीया आरोन गुरुङ र इच्छाकामना–२ बस्ने वर्ष ३४ को नवीन गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीले जानकारी दिएका छन् । मोटरसाइकल इच्छाकानमा गाउँपालिका वडा नम्बर २ रमाइलो डाँडास्थित भित्री सडकखण्डमा अन्दाजी ३०० मिटर तल खसेको थियो । उनीहरुको शव परीक्षणको लागि भरतपुर अस्पतालमा…

Read More

काठमाडौं – चितवनको कालिका नगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष टीका रिजाललाई दुर्व्यवहार गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय टाँडीका अनुसार वडाध्यक्ष रिजाललाई दुर्व्यवहार गरेको आरोपमा भन्डाराका गुणराज श्रेष्ठ र अर्का एक जनालाई पक्राउ गरिएको हो । यही फागुन २३ गते वडा कार्यालयमा सेवाग्राहीसँग बसिरहेका बेला वडाध्यक्ष रिजालमाथि ६-७ जना रहेको समूहले दुर्व्यवहार गरेको थियो । पक्राउ परेकाहरू विप्लव नेतृत्वको नेकपा छोडेका र विप्लवको नामबाट धम्काउने गिरोहका सदस्य भएको इलाका प्रहरी कार्यालय टाँडीले जनाएको छ । उनीहरूको समूहका अन्य व्यक्तिलाई पनि चाँडै नै पक्राउ गरिने प्रहरीले जनाएको छ । वडाध्यक्षलाई दुर्व्यवहार गरेको विरोधमा कालिका नगरपालिकाले…

Read More

काठमाडौं- कोकाकोला कम्पनीविरुद्ध राजस्व छलीको मुद्दा दायर भएको छ। साढे सात अर्ब रुपैयाँबराबर कर छलीको आरोपमा राजस्व अनुसन्धान विभागले आज उच्च अदालत पाटनमा मुद्दा दायर गरेको हो। विभागका सूचना अधिकारी कृष्णप्रसाद पाण्डेका अनुसार कोकाकोलाको स्वामित्व खरिद बिक्री गर्दा कर छली भएको हो। पाण्डेद्धारा जारी विज्ञप्तिमा ३ अर्ब ७१ करोड ८१ लाख ५० हजार ४११ रुपैयाँ बराबरको बिगो र बिगोको शतप्रतिशत जरिवाना गरी ७ अर्ब ४३ करोड ६३ लाख ८ सय २२ रुपैयाँ माग दाबीसहित विभागले मुद्दा दायर गरेको उल्लेख छ। नेपालस्थित बोटलर्स नेपाल लिमिटेडमा अधिकांश सेयर स्वामित्व रहेको दुबईस्थित कम्पनी कोकाकोला एसियाको साबको शतप्रतिशत सेयर २०७७ फागुन ७ गते कोकाकोला साबको आयरल्यान्डस्थित…

Read More

एजेन्सी – बेलायतले रुसमाथि नयाँ प्रतिबन्ध घोषणा गरेको छ । बेलायतले रुसी तल्लो सदन डुमाका ३८६ सांसदहरुलाई लक्षित गर्दै नयाँ प्रतिबन्ध लगाएको हो । ती सबै सांसदहरुले युक्रेन हमलामा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको कदमलाई समर्थन जनाएका थिए । उनीहरूलाई बेलायत यात्रा गर्न र बेलायतमा रहेको कुनै पनि सम्पत्तिमा पहुँच राख्न प्रतिबन्ध लगाइएको बेलायतको विदेश मन्त्रालयले जनाएको छ । फेब्रुवरीमा पूर्वी युक्रेनमा बिखन्डनकारीको नियन्त्रणमा रहेको लुहान्स्क र दोनेत्सक क्षेत्रलाई मान्यता दिएका थिए । सो मान्यता रुसी युद्धका लागि बहाना बनेको विदेश मन्त्रालयले जनाएको छ । ‘हामी युक्रेनमा पुटिनको अवैध आक्रमणमा संलग्न र यस बर्बर युद्धलाई समर्थन गर्नेहरूलाई लक्षित गर्दैछौं,’ विदेशमन्त्री लिज…

Read More