Author: महेन्द्रनगर पोष्ट

काठमाडौं-वैशाख ३० गते स्थानीय तहको निर्वाचनका लागि म्यादी प्रहरी भर्ना खुलाइएको छ।  आइतबार देशका सबै जिल्ला प्रहरी कार्यालयले सूचना जारी गरी तोकिएको कोटाअनुसार म्यादी भर्नाका लागि आवेदन आह्वान गरेका हुन्।  १८ वर्ष पूरा भएका र ५४ वर्ष ननाघेका नागरिकले म्यादी प्रहरीमा भर्नाका लागि यही चैत ११ गतेसम्म निवेदन दिन सक्नेछन्। भर्ना हुन अन्य स्वास्थ्य मापदण्ड प्रहरी जवान सरह हुनुपर्नेछ। ४० दिनका लागि म्यादी प्रहरी भर्ना गर्न लागिएको हो। म्यादी प्रहरीमा भर्ना हुन सबै जिल्ला प्रहरी कार्यालयमा आवेदन दिन सकिनेछ। म्यादी प्रहरीले प्रहरी जवानसरह सुविधा पाउनेछन्। छनाेट भएका म्यादी प्रहरीलाई ७ दिन तालिम दिएर खटाउने सरकारको तयारी छ। ​म्यादी प्रहरीले दिनकाे…

Read More

काठमाडौं- आइतवार सुदूरपश्चिम, कर्णाली, गण्डकी प्रदेश र प्रदेश १ लगायत बाँकी प्रदेशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार अन्य भूभागमा मौसम सामान्यतया सफा रहने छ। देशका पहाडी भूभागका थोरै स्थानमा मेगगर्जन र चट्याङ्गसहित हल्का वर्षाको समेत सम्भावना छ। हिमाली भूभागका थोरै स्थानहरूमा हल्का हिमपातको संभावना रहेको महाशाखाले जारी गरेको विज्ञप्तिमा जनाइएको छ।

Read More

काठमाडौ- भैरहवाका भुपेन्द्र थापा मगर नेपाल आइडल सिजन-४ को विजेता बनेका छन्। उनले अन्य चार प्रतिस्पर्धीलाई पछि पार्दै नेपाल आइडल सिजन-४ को विजेता बन्न सफल भएका हुन्। उनले ३० लाख रुपैँया र ट्रफी पाए। त्यस्तै फस्ट रनरअप झापाका नाम्गेल तामाङ भएका छन्। उनले ५ लाख रुपैँया र ट्रफी पाए भने सेकेन्ड रनरअप रामेछापका रञ्चित नेपाल भएका छन्। उनले ३ लाख रुपैँया र ट्रफी पाए। त्यस्तै झापाका विश्वास उप्रेती र मोरङकी लक्ष्मी पौडेल क्रमशः चौथो र पाँचौं भए। उनीहरुले गिटार र दस लाख बरारको बीमा पाएका थिए।

Read More

कञ्चनपुर-जिल्लाको बेदकोटमा जंगली बँदेलको आक्रमणबाट ५ जना घाईते भएका छन्। जंगली बँदेल गाउँबस्तीमा पसेर आक्रमण गरि ५ जना घाईते भएका हुन् । घाईते हुनेमा बेदकोट वडा नम्बर २ की शोभी कोली,डम्मर लुहार,वडा नम्बर ३ का पदमा कुँवर र वडा नम्बर १० की शारदा भट्ट रहेकी छन्। उनीहरुको महाकाली अस्पतालमा उपचार भैरहेको छ।

Read More

कैलाली- नेपाल बुद्धिजीवी परिषद् कैलाली जिल्लाको अध्यक्षमा पुनः रघुवीर भट्ट चयन भएका छन्। शनिवार धनगढीमा सम्पन्न नेपाल बुद्धिजीवी परिषद् कैलाली जिल्लाको ७ औँ जिल्ला अधिवेशनले अध्यक्षतामा भट्टलाई सर्वसम्मत रूपमा चयन गरेको हो। यस्तै अधिवेशनबाट उपाध्यक्षमा प्रकाश बहादुर छेडाल, सचिव एकेन्द्र भण्डारी, सह–सचिव राधा विष्ट र कोषाध्यक्ष डिल्लीराज विनाडी चयन भएका छन्। नेपाल बुद्धिजीवी परिषद्का कैलाली जिल्ला अध्यक्ष रघुवीर भट्टको सभापतित्वमा सम्पन्न अधिवेशनमा पूर्व मन्त्री माननीय नारद मुनी रानाको प्रमुख आतिथी रहेका थिए।

Read More

कञ्चनपुर-विवेकशिल साझा पार्टी कञ्चनपुरको संयोजकमा उद्धव कठायत चयन भएका छन। शनिबार महेन्द्रनगरमा सम्पन्न भएको विवेकशिल साझा पार्टीको भेलाले संयोजकमा कठायतलाई चयन गरेको हो। सहसंयोजक खगेन्द्र पाण्डेय, सचिव बिरेन्द्र कार्की,कोषाध्यक्ष प्रमोद पन्त, सहसचिव अरुण पन्त सहितका रहेका छन। विवेकशिल साझा पार्टी कञ्चनपुरका कोषाध्यक्ष प्रमोद पन्तले प्रदेशका कार्यबाहक अध्यक्ष दिनेश भण्डारीको प्रमुख आथित्यमा जिल्ला भेला भएको बताए।

Read More

सिन्धुली -नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश र जनताको रक्षाका लागि आफ्नै खुट्टामा उभिएर निर्वाचन जित्नुपर्ने बताएका छन्। शनिबार सिन्धुलीमाढीमा माओवादी केन्द्र सिन्धुलीको भवन उद्घाटनपछि सम्बोधन गर्दै देश, जनता, संविधान र लोकतन्त्रको रक्षाका निम्ति आफूहरूले निर्वाचनमा विजयी हुनुपर्ने बताए। यदि आफूहरूले हारे नेपाली जनता, नेपाल राष्ट्र र माओवादी केन्द्रलाई हानि हुने भएकाले जसरी पनि जित्नुपर्ने उनको तर्क छ। उनले भने, “खतरा अझै टरेको छैन, हामीले अझै जितेका छैनौँ, प्रतिगमनकारीहरू माओवादी केन्द्रलाई सखाप पार्ने षड्यन्त्रमा रहेकाले घर–घरमा गएर जनतामाझ जोडिन आग्रह गर्दछु।” जनयुद्ध र जनआन्दोलनमा गाँस काटेर हामीलाई पाल्ने जनतामा जोड्ने गरी अभियान थाल्न निर्देशन दिए। उनले…

Read More

कैलाली-जिल्ला प्रहरी कार्यालय कैलालीले थप दुई होटेलमा छापा मारेको छ। यौन धन्दा भइरहेको छ भन्ने विशेष सूचनाका आधारमा धनगढी उपमहानगरपालिका वडा नम्बर ७ मा रहेको फुडल्याण्ड होटेल र लक्ष्मी होटेलमा छापा मारेको हो। सो होटेलमा छापा मार्दा यौन धन्दा सञ्चालन गराउने दुई होटेल व्यवसायी सहित उक्त कार्यमा संलग्न पाँच जना युवतीलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीले बताए। पक्राउ परेका सबैमाथि आवश्यक अनुसन्धान भईरहेकोजनाएको छ। यस अघि बिहीवार धनगढी उपमहानगरपालिका वडानम्बर १ एलएन चोकमा रहेको शाही होटेल प्यालेस, वडानम्बर ३ चौराहामा रहेका सनराईज होटेल, सोही ठाउँमा रहेको बुढीनन्दा बाजुरा होटेल र क्याम्पस…

Read More

काठमाडौं-काठमाडौँ उपत्यकाका विभिन्न क्षेत्रका जुवा खालबाट प्रहरीले २९ जना पक्राउ गरेको छ। उनीहरुको साथबाट रु ११ लाखसहित कौडा, तास र पासा खेल्न प्रयोग हुने गोटी बरामद गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ। ललितपुर महानगरपालिका–८ बस्ने रजित महर्जनको कोठामा जुवा खेलिरहेको अवस्थामा सोही ठाउँका श्याम महर्जनलगायत ११ जना पक्राउ परेको प्रहरीले जानकारी दिएको छ। गए राति विशेष सूचनाका आधारमा महानगरीय प्रहरी परिसर ललितपुर र महानगरीय प्रहरी प्रभाग मङ्गलबजारबाट खटिएको प्रहरीले उनीहरूको साथबाट रु छ लाख ९८ हजार ८४५ र २२ थान कौडा, पासा खेल्न प्रयोग हुने १९ थान लामो र सानो गोटी, त्यसमा प्रयोग हुने थर्पु कपडा बरामद गरेको छ।…

Read More

काठमाडौं-चौतर्फी आलोचना भएपछि गायक प्रकाश सपुतले ‘पीर’ गीतबाट महिला लडाकु देहव्यापारमा संलग्न भएको दृश्य हटाएका छन्। उनले शनिबार साँझ उक्त दृश्य हटाइएको गीतको नयाँ भिडियो युट्युबमा अपलोड गरेका छन्। गायक सपुतले सामाजिक सञ्जालमार्फत भिडियो ‘अर्काइभ’का रुपमा रहने र जहिले हेर्दा पनि त्यही दृश्य बिझाउने महसुस भएपछि आफूले उक्त दृश्य हटाएको प्रष्टीकरण दिएका छन्। गीतको सम्पादित नयाँ भिडियो अपलोड गर्दैै उनले पीरले सफलता मात्रै नभई धेरै कुरा सिकाएको र सचेत गराएको बताए। “तथ्यपरक सिर्जना गर्दा त्यसलाई नेपाली दर्शक, स्रोता, सम्बन्धित कथा पात्रले चित्रण गर्ने समूह/समुदाय र समग्र समाजको कस्तो दृष्टिकोण रहन्छ भन्ने कुराको हेक्का राख्नुपर्ने चेत गराएको छ”, सपुतले भनेका छन्।…

Read More