Author: महेन्द्रनगर पोष्ट

धनगढी: कञ्चनपुरमा लागूऔषधसहित दुई जना भारतीय नागरिक पक्राउ परेका छन्। जिल्लाको भीमदत्त नगरपालिका– ४ महेन्द्रनगर बजारको सब्जी मन्डी जाने रोडमा युपी ०६ बिडी ८८०२ नम्बरको भारतीय नम्बर प्लेटको मोटरसाइकललाई चेकजाँच गर्दा भारत उत्तराखण्ड जिल्ला उधमसिंहनगर खटिमा बस्ने २७ वर्षीय सलमान शाह र २४ वर्षीय प्रभजोत सिंह खिंडा पक्राउ परेका हुन्।  ११ दश्मलव ८३ ग्राम खैरो हेरोइनसहित उनीहरुले प्रयोग गरेको मोटरसाइकल र दुबै जनालाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र लागूऔषध नियन्त्रण ब्युरो कञ्चनपुर शाखा महेन्द्रनगरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो। उनीहरूले मोटरसाइकलको ब्याट्रीमा लुकाएर हेरोइन ल्याएका थिए।

Read More

काठमाडौँ: नेपाल प्रहरीको केन्द्रीय प्रवक्ताको जिम्मेवारी प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) विश्व अधिकारीले पाएका छन्। नेपाल प्रहरी प्रधान कार्यालयले शनिबार सूचना प्रकाशित गरी प्रहरी महानिरीक्षकको कार्यालयमा कार्यरत एसएसपी अधिकारीलाई प्रवक्ता तोकिएको जनाएको छ। प्रवक्ता अधिकारीलाई मोबाइल नम्बर ९८५१२९२१११, इमेल [email protected] मा सम्पर्क गर्न सकिन्छ।

Read More

बाजुराः बाजुरामा ८ वर्षीया बालिकाको घाँटी रेटेर हत्या गरिएको छ। जिल्लाको बुढीगंगा नगरपालिका-२ नडाङ सनइवाडाका हर्क सनइको छोरी ८ वर्षीया बालिका विनिता नेपालीको घाँटीमा धारिलो हतियार प्रहार गरेर हत्या गरिएको छ। बालिकाको हत्या गरेको आरोपमा सोही ठाउँ बस्ने ४८ वर्षीय नन्दे सनइलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ। जिल्ला प्रहरी कार्यालय बाजुराबाट खटिएको प्रहरी टोलीले घटनास्थलबाटै नन्देको साथबाट हसिया १ थान, बन्चरो १ थान र कोदालो १ थान बरामद गरेको छ। घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।

Read More

काठमाडौं: शुक्रवार बसेको मन्त्रिपरिषद् बैठकले ६ जना प्रमुख सेनानीलाई महासेनानीमा बढुवा गरेको छ। जेष्ठता क्रममा रहेका प्रमुख सेनानीहरु मदनजंग कार्की, दीपक कोईराला, ज्योतिकुमार थापा, रत्नकेशर खड्का, सुवेश कायस्थ र निकिल कुंवरलाई महासेनानी दर्जामा बढुवा गर्ने निर्णय भएको एक मन्त्रीले जानकारी दिए। साथै ११ जना महासेनानीको सरुवा गर्ने निर्णय समेत भएको ती मन्त्रीले जानकारी दिए।

Read More

काठमाडौं: इजरायलका लागि नेपाली राजदूत धनप्रसाद पण्डितले हमासको आक्रमणमा परेर गत वर्षदेखि बन्दी बनाइएका नेपाली विद्यार्थी विपीन जोशीको खोजी उद्धारका बारेमा भइरहेका प्रयासबारे इजरायली अधिकारीसँग जानकारी लिएका छन्।  राजदूत पण्डितले (बिहीबार) इजरायली प्रधानमन्त्री कार्यालयका ‘बन्धक तथा बेपत्ता पारिएकाहरूका संयोजक’ गार्ल हिससँग उनकै निवासमा भेट गरी सो विषयमा जानकारी लिएका हुन्।  त्यस अवसरमा इजरायली प्रधानमन्त्रीका सल्लाहकार समेत रहेका गार्ल हिसले बन्दीका विषयमा आएका थुप्रै समाचार सत्य नभएको बताएका थिए। उनले इजिप्ट सरकारसामु हमासले बन्दीहरूको विवरण–सूची पठाएको समाचारमा पनि आधार नभएको र नेपालका विविध सञ्चारमाध्यममा यस विषयमा आएका खबरको पनि स्रोत विश्वसनीय नभएको जानकारी गराएका थिए। यस विषयमा नेपाल र इजरायल सरकारका प्रतिनिधि…

Read More

कञ्चनपुर: शुक्लाफाँटा नगरपालिका–११, कलुवापुर बजारनजिकै आज दिउँसै वयस्क चितुवा देखिएपछि स्थानीय बासिन्दा त्रसित भएका छन्। बजार क्षेत्र नजिकैको श्रीकृष्ण सामुदायिक वनको पूर्व पश्चिमराजमार्ग छेउमा रहेको घाटगद्दीमा चितुवा देखापरेको हो। स्थानीय बासिन्दाले चितुवा देखेपछि होहल्ला गरेर वन क्षेत्रभित्रै भगाएको सामुदायिक वनका सहसचिव अतुलबहादुर ऐरले बताए। अमरपुर र कलुवापुर बजारको बस्तीसँगै जोडिएको क्षेत्रमा दिउँसै चितुवा देखिएपछि स्थानीय बासिन्दा त्रसित बनेकाे उनले बताए। ऐरका अनुसार एक साताअघि पूर्व पश्चिम राजमार्गको वनहरा पुल छेउमा साँझपख पाटेबाघ देखापरेको थियो। “सामुदायिक वन संरक्षणको प्रयास स्वरुप घना झाडी भएसँगै जंगली जनावरको सङ्ख्या बढ्दो छ”, ऐरले भने, “नीलगाई, चितल, बँदेललगायत जनावर देखिने क्रमसँगै चितुवा र बाघ देखिन थालेपछि…

Read More

एजेन्सी: ‘पुष्पा-२’ को प्रिमियरका क्रममा भागदौड हुँदा महिलाको मृत्यु भएको घटनामा पक्राउ परेका अभिनेता अल्लु अर्जुनलाई तेलंगाना उच्च अदालतले जमानत (धरौटीमा रिहाको आदेश) दिएको छ। यसअघि हैदराबाद अदालतले उनलाई १४ दिनका लागि न्यायिक हिरासतमा पठाएको थियो। अभिनेता अल्लु अर्जुनलाई प्रहरीले शुक्रबार बिहान १२ बजे उनकै घरबाट पक्राउ गरेको थियो।  त्यसपछि अपराह्न ४ बजे उनलाई स्थानीय अदालतमा पेस गरिएको थियो, जहाँ उनलाई न्यायिक हिरासतमा पठाइएको थियो। तर उनले तेलंगना उच्च अदालतमा पुनरावेदन गरेको र अपराह्न ५ बजे धरौटीमा रिहाको आदेश पाएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। यस्तो थियो घटना यही डिसेम्बर ४ मा हैदरावादको एक थिएटरमा उनको फिल्म ‘पुष्पा २’ को प्रिमियरका क्रममा भागदौड मच्चिएको थियो। त्यस क्रममा थिचिएर रेवती नामकी…

Read More

धनगढी: अछामको मेल्लेख गाँउपालिकाका तत्कालीन हाकिम धुर्वप्रसाद सापकोटा गिरफ्तार भएका छन्। उनी महेन्द्रनगरबाट समातिएका हुन्। उनी मेल्लेखमा प्रमुख प्रशासकीय अधिकृत छँदा ले मेसिनरी सामान खरिद गर्दा भ्रष्टाचार गरेको भनी परेको उजुरीमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गर्दै थियो। गत मंसिर १० गते परेको उजुरीमा अख्तियारको महेन्द्रनगरस्थित कार्यालयले विस्तृत अनुसन्धान गरिरहेको थियो। अनुसन्धानको सिलसिलामा स्थलगत मुचुल्का र आरोपीहरूको बयानसमेत सम्पन्न भइसकेको थियो। अख्तियारले त्यस क्रममा उजुरीसँग सम्बन्धित कागजात पेस गर्न कञ्‍चनपुरस्थित कार्यालयमा सापकोटालाई बोलायो। कागजातसहितको पोको बोकेर उनी सोझै अनुसन्धान अधिकृतको कार्यकक्षमा पुगे। अनुसन्धानमा रहेको विषयसँग सम्बन्धित कागजात बुझाउन आएको भनी उनले अनुसन्धान अधिकृतलाई कागजात सहितको खाम दिए। हरियो रङको झोलाभित्र रहेको पहेँलो खाममा…

Read More

काठमाडौं: नेपाल प्रहरीका प्रहरी नायव उपरीक्षक (डीएसपी) प्रदिन ताम्राकार प्रहरी उपरीक्षक (एसपी)मा बढुवाका लागि सिफारिस भएका छन्। शुक्रवार बसेको बढुवा समितिको बैठकले प्राविधिक समूह तर्फका डीएसपी ताम्रकारलाई एसपीमा बढुवा सिफारिस गरेको हो। बढुवा सिफारिस सूची प्रहरी नियमावली, २०७१ को नियम २७ को उप-नियम ४ अनुसार प्रकाशित गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। उनी साइबर ब्युरो, साइबर रेस्पोन्स तथा साइबर सुरक्षा शाखामा प्राविधिकका रूपमा कार्यरत छन्।

Read More

काठमाडौं: नेपाल प्रहरीका चार जना प्रहरी नायव उपरीक्षक (डीएसपी) प्रहरी उपरीक्षक (एसपी) मा बढुवाका लागि सिफारिस भएका छन्। शुक्रबार बसेको बढुवा समितिको बैठकले स्वास्थ्य समूहको चिकित्सक उपसमूहतर्फ रिक्त चार पदमा बढुवाका लागि सिफारिस गरेको समितिका सदस्य सचिव एआईजी टेकप्रसाद राईले जानकारी दिए। बढुवाका लागि सिफारिस हुने सबै डीएसपी प्रहरी अस्पतालका चिकित्सक हुन्। एसपीमा बढुवाका लागि प्रहरी अस्पतालमा कार्यरत डा. रामप्रसाद शर्मा, डा. नविन लागेजु, डा. समृद्धि कार्की र बागमति प्रदेश प्रहरी अस्पतालमा कार्यरत डा. अन्जली तण्डुकार रहेका छन्।

Read More