काठमाडौं: नेपाल प्रहरीका चार जना प्रहरी नायव उपरीक्षक (डीएसपी) प्रहरी उपरीक्षक (एसपी) मा बढुवाका लागि सिफारिस भएका छन्।
शुक्रबार बसेको बढुवा समितिको बैठकले स्वास्थ्य समूहको चिकित्सक उपसमूहतर्फ रिक्त चार पदमा बढुवाका लागि सिफारिस गरेको समितिका सदस्य सचिव एआईजी टेकप्रसाद राईले जानकारी दिए।
बढुवाका लागि सिफारिस हुने सबै डीएसपी प्रहरी अस्पतालका चिकित्सक हुन्।
एसपीमा बढुवाका लागि प्रहरी अस्पतालमा कार्यरत डा. रामप्रसाद शर्मा, डा. नविन लागेजु, डा. समृद्धि कार्की र बागमति प्रदेश प्रहरी अस्पतालमा कार्यरत डा. अन्जली तण्डुकार रहेका छन्।
Facebook Comments Box