दाङ : दाङमा अटोरिक्सा र मोटरसाइकल एकआपसमा ठोक्किँदा २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक बबई गाउँपालिका–४ का३० वर्षीय राजेश भण्डारी र पछाडि बसेका सोही ठाउँका ३१ वर्षीय साकार केसी छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक ठाकुर पोख्रेलका अनुसार उनीहरुको उपचारका क्रममा मृत्यु भएको हो । उक्त दुर्घटनामा परी अटोचालक दाङ शान्तिनगर–७ खैरेनीका ४३ वर्षीय रुद्रबहादुर थापा गम्भीर घाइते भएका छन् । उनको नेपालगञ्जमा उपचार भइरहेको प्रहरीले जनाएको छ । तुलसीपुर–२ कुमलगडीबाट तुलसीपुरतर्फ आउँदै गरेको रा १ ह ४०९६ नम्बरको अटो र विपरीत दिशाबाट जाँदै गरेको रा ७ प २५० नम्बर मोटरसाइकल एकापसमा ठोक्किएका थिए…
Author: महेन्द्रनगर पोष्ट
काठमाडौँ : राष्ट्रपति रामचन्द्र पौडेल यही जेठ ३१ गते स्वीट्जरल्याण्ड जाने भएका छन् । राष्ट्रपति पौडेल स्वीट्जरल्याण्डको जेनेभामा आयोजना हुने अन्तर्राष्ट्रिय श्रम सम्मेलनको ११२ औँ अधिवेशनमा भाग लिन त्यहाँ जान लागेका हुन् । यस्तै बिहीबार बसेको मन्त्रीपरिषद्को बैठकले राष्ट्रपति पौडेलको जर्मनीको भ्रमण कार्यक्रम स्वीकृत गरेको प्रवक्ता एवं सूचना तथा सञ्चार प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन् ।
धनगढी : कैलालीको घोडाघोडी नगरपालिका जारी नेकपा एमाले नगर कमिटिको दोस्रो अधिवेशनमा रमेश बस्नेत अध्यक्ष पदका उम्मेदवार बनेका छन्। रमेश बस्नेत, जो घोडाघोडी नगरपालिका वडा नम्बर १ पिपलडाडामा स्थायी बसोबास गर्दै आएका छन्, लामो समयदेखि राजनीति क्षेत्रमा सक्रिय रहँदै आएका छन्। राष्ट्रिय युवा संघको केन्द्रीय सदस्यको भूमिकामा रहेका बस्नेतले यसअघि पनि विभिन्न सामाजिक र राजनीतिक गतिविधिमा सक्रियता देखाउँदै आएका थिए। बस्नेतले आफ्नो शैक्षिक यात्रा स्नातकोत्तर तहसम्म पुरा गरेका छन्। उनले नगर कमिटिको अध्यक्ष पदका लागि उम्मेदवारी दिएको घोषणा गर्दै सबै नागरिकका दुःख र अन्यायलाई न्यायमा परिवर्तन गर्न प्रतिबद्ध रहेको बताए। उनको उम्मेदवारीले स्थानिय तहमा सर्वहाराका नेताको रुपमा परिचित बस्नेतले आफ्नो…
धनगढी : कैलालीको गोदावरी नगरपालिकाको अत्तरियास्थित श्रृजना होटलमा यौनधन्दा संचालन भइरहेको अवस्थामा प्रहरीले होटल मालिक सहित दुई जनालाई पक्राउ गरेको छ। विशेष सुचनाको आधारमा अत्तरियामा रहेका विभिन्न होटेलहरुमा अनैतिक क्रियाकलाप भइरहेको सूचना प्राप्त भएपछि, इलाका प्रहरी कार्यालय मालाखेती कैलालीको अपराध अनुसन्धान शाखाबाट खटिएको विशेष टोलीले बिहीबार साँझ छापा मारेको थियो। छापा मार्ने क्रममा श्रृजना होटलमा अनैतिक क्रियाकलाप भइरहेको अवस्थामा होटल सञ्चालक एक तेस्रो लिङ्गी र एक पुरुष गरी जम्मा दुई जनालाई पक्राउ गरिएको छ। पक्राउ परेकाहरुलाई थप अनुसन्धानका लागि प्रहरी हिरासतमा राखिएको छ। प्रहरीले यस घटनाको गहन अनुसन्धान गरिरहेको जानकारी दिएको छ। पक्राउ परेकाहरुलाई कानुनी प्रक्रिया पुर्याएर कारबाही गरिने प्रहरी…
धनगढी : केही दिन अघि कैलाली प्रहरी र राजस्वको टोलीले धनगढीमा रहेको रिल्याक्सो डोमेसोयर एलएलबी नामक कम्पनीमा छापा मारेर सिल गरेको छ। सो कम्पनीमा झन्डै २ क्विन्टल बढी औषधिजन्य अवैध सामग्री फेला परेको छ। धनगढीको त्रिनगर भन्सार नजिकैको क्षेत्रमा अवस्थित यस कम्पनीले भारतबाट अवैध तरिकाले सामग्री ल्याएर नेपालमा नेपाली लेबलिङ गरी बेच्ने गरेको पाइएको छ। बिना लेबलका स्टिकरहरु र औषधिहरु बरामद भएपछि प्रहरी र राजस्वको टोलीले कारबाही गरेको हो। सुद्रा कुमारी भट्टको नाममा रहेको उक्त कम्पनीको गोदाम ज्योति सन्जय शर्माको दुइतले घरको तल्लो तलामा रहेको बताइन्छ। गोदाममा राखिएका सामग्रीहरुमा औषधि, स्टिकर, र अन्य सामग्रीहरु थिए जसको लेबलिङ नगरेको अवस्थामा फेला…
धनगढी : नेकपा (एमाले) कैलालीको गोदावरी नगर कमिटिको अध्यक्षमा सन्तोष सिंह विजयी भएका छन् । हिजो भएको निर्वाचनमा वर्तमान कार्यबाहक अध्यक्ष समेत रहेका सिंह १६२ मत सहित विजयी भएका हुन् । सिंहका प्रतिद्धन्दी हरि प्रसाद फुलाराले १४० मत पाएका छन् । त्यस्तै उपाध्यक्षमा सिंह प्यानलकै कृत बहादुर चन्द विजयी भएका छन् । सचिवमा भने फुलारा प्यानलका विक्रम विष्ट विजयी भएका छन् । उप सचिव महिलामा कृष्णा चौधरी, उप सचिव खुलाबाट जय बहादुर विक विजयी भएका छन ।
काठमाडौं : नेपाल प्रहरीका २२९ जना प्रहरी हवल्दार वरिष्ठ हवल्दार पदमा बढुवा सिफारिस भएका छन् । बिहीबार बसेको बढुवा समितिको बैठकको निर्णय अनुसार उनीहरुवरिष्ठ हवल्दार पदमा बढुवा सिफारिस गरिएको हो । जनपद प्रहरी समूहतर्फका प्रहरी हवल्दारहरुलाई सोही समूहतर्फको प्रहरी वरिष्ठ हवल्दार पदमा बढुवाका लागि गरिएको सिफारिस गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । बढुवा सिफारिस सूची प्रहरी नियमावली, २०७१ (संशोधन सहित) को नियम २७ को उपनियम (४) अनुसार प्रकाशित गरिएको छ । बढुवा हुनेमा जीवन प्रसाद महतो, सुरेन्द्र बहादुर बुढा, कुल बहादुर कुमाल, लेखराज रेग्मी, दया महत, श्याम कुमार श्रेष्ठ, राम कुमार चौधरी, दौलत सिंह बुडाल, पुर्ण आकाश दिप सिंह,…
धनगढी: कैलालीको धनगढीमा एक थुनुवा प्रहरीकै निगरानीबाट भागेका छन्। हिजो (बिहीबार) अदालत क्षेत्रबाट कैलाली प्रहरीको हिरासतमा रहेका थुनुवा भागेका हुन्। जिल्लाको टीकापुर नगरपालिका १ बस्ने वर्ष २१ को योगेश कठरियालाई जिल्ला अदालतमा म्याद थपका लागि लगिएकोमा त्यहीँबाट भागेका हुन्। स्रोतका अनुसार उनी प्रहरीको निगरानीबाट हतकडीसहित भागेर अटोमै बसेका थिए। त्यसपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएर पुनः थुनामै राखेको जनाएको छ। लागुऔषध मुद्दामा प्रतिवादी उनलाई हिजो म्याद थप गर्न अदालत लगिएको समयमा भाग्न खोजेका थिए।
काठमाडौं: नेपालको जासुस संस्था मानिने राष्ट्रिय अनुसन्धान विभागकी एक डीएसपीको फेसबुक ह्याक भएको छ। डीएसपी अर्चना सिन्हाको फेसबुक ह्याक भएर अवाञ्छित सन्देशहरु प्रवाह भैरहेको बताइएको हो। डीएसपी सिन्हा आफैंले आफ्नो फेसबुक ह्याक भएको जानकारी दिएकी छन्। उनी हेटौडास्थित राष्ट्रिय अनुसन्धान विभागको प्रदेश कार्यालयमा कार्यरत रहेको बताइन्छ।
बझाङ : बझाङमा यार्सा संकलनका क्रममा हिउँमा चिप्लेर एक युवकको मृत्यु भएको छ । सुर्मा गाउँपालिका वडा नम्बर ५ सैनगाउँ गाउँका करिब ३२ वर्षीय दिपेन्द्र बोहराको आज बिहान करिब ७ बजे धौलढुङ्गामा भन्ने स्थानमा हिउँमा चिप्लेर मृत्यु भएको हो । बुधबार मात्रै श्रीमतिसहित यार्सा संकलनका लागि घरबाट हिडेका बोहरा आज बिहान ५ बजे धौलढुङ्गा पुगेका थिए । बिहान यार्सा संकलनका लागि हिडेका बोहरा एक्कासी हिउँमा चिप्लेको घटनास्थलमै ज्यान गएको स्थानिय दिपेश दमाइले बताए । घटनास्थल सुर्माबाट एक दिनको दुरीमा पर्दछ । उनको शव घर ल्याइरहेको स्थानीयले बताएका छन् । घरमा दुइवटा साना छोरा छिमेकीको भरमा छोडेर यार्सा संकलनका लागि निस्केका…