Author: महेन्द्रनगर पोष्ट

काठमाण्डौ :  इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा रोयल च्यालेन्जर्स बैंगलुरुले दोस्रो जित हासिल गरेको छ । बैंगलुरुले गएराति भएको खेलमा सनराइजर्स हैदरावादलाई ३५ रनले हराएको छ । २ सय ७ रनको लक्ष्य पछ्याएको हैदरावादले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ७१ रन मात्र बनाउन सक्यो । हैदरावादका लागि सहवाज अमेदले सर्वाधिक ४० रन बनाए । त्यसअघि टस जितेर ब्याटिङ गरेको बैंगलुरुले ७ विकेट गुमाउँदै २ सय ६ रन बनाएको थियो । उसका विराट कोहलीले ५१ रन बनाए । रजत पाटिदारले ५० रन जोडे । हैदरावाद ८ खेलमा १० अङ्कसहित अङ्क तालिकको तेस्रो स्थानमा छ । बैंगलुरु ९ खेलमा…

Read More

काठमाडौ : संयुक्त राज्य अमेरिकामा दोस्रो पटक सुँगुरको मिर्गाैला जीवित मानवमा प्रत्यारोपण भएको छ । शल्य चिकित्सकहरूले दोस्रो पटक जीवित व्यक्तिमा सुँगुरको परिमार्जित मिर्गाैला प्रत्यारोपण गरेका समाचार संस्था एएफपीले जनाएको छ । न्युयोर्कको एनवाईयू ल्याङ्गाेन हेल्थ सेन्टरमा ५४ वर्षीया लिसा पिसानो नाम गरेक महिलामा सुँगुरको मिर्गाैला प्रत्यारोपण गरिएको हो । ती महिला हृदयघात र अन्तिम चरणको मिर्गाैला रोगबाट पीडित रहेको र उनलाई केही दिनमात्रै जीवित राख्न सकिएको डाक्टरहरूले बताएका छन् । डाक्टरहरूले मिर्गाैला प्रत्यारोपणअघि हृदयघातको उपचार स्वरूप मेकानिकल पम्प दिएका थिए । यस्तो जटिल अवस्थाको बिरामीमा सुँगुरको मिर्गाैला प्रत्यारोपण गरेको यो पहिलो पटक भएको डाक्टरहरूको दाबी छ । सुँगुरको मिर्गाैला सिधै मानवमा…

Read More

काठमाण्डौ :  जिल्ला अदालत रौतहटले कांग्रेस नेता एवम् पूर्वमन्त्री मोहम्मद आफताव आलमसहित चार जनालाई जन्मकैद सजाय फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश मातृकाप्रसाद आचार्यको एकल इजलासले हिजो अफतावसहित उनका भाइ महताव, बद्री सहनी र शेख सेराजलाई जन्मकैदको फैसला सुनाएको हो । पहिलो संविधानसभा चुनावको पूर्वसन्ध्यामा २०६४ चैत २७ गते राति राजपुरको फरदवा गाउँमा भएको बम बिस्फोटको घटना र त्यसपछि प्रमाण नष्ट गर्न २३ जनालाई इँटाभट्टामा जिउँदै जलाएर मारेको अभियोगमा नेता आलमसहित ११ जनाविरुद्ध २०७६ साल कात्तिक १८ गते मुद्दा दर्ता भएको थियो । त्यही मुद्दामा कांग्रेस नेता आलम ०७६ असोज २६ मा पक्राउ परेका थिए । थुनछेक बहसपछि ०७६…

Read More

काठमाडौं : गृह मन्त्रालयले विशिष्ट व्यक्तिलाई उपलब्ध गराइएका सुरक्षाकर्मीहरू बाहेक अन्य सुरक्षाकर्मीलाई फिर्ता बोलाउन नेपाल प्रहरी प्रधान कार्यालय र सशस्त्र प्रहरी बल, नेपाल, प्रधान कार्यालयलाई निर्देशन दिएको छ । उपप्रधान एवं गृहमन्त्रीस्तरीय निर्णयपछि मन्त्रालयले यस्तो निर्देशन दिएको हो । मन्त्रालयले बिहीबार विशिष्ट व्यक्तिहरूको सुरक्षा व्यवस्थापन कार्यविधि, २०७७ र अन्य प्रचलित कानुन बमोजिम विशिष्ट व्यक्तिहरूलाई उपलब्ध गराइएका सुरक्षाकर्मीहरू बाहेक अन्य सबै व्यक्तिगत सुरक्षाकर्मी पदाधिकारी रहेको कार्यालयमा यथाशीघ्र (२४ घण्टाभित्र) फिर्ता बोलाई सोको विवरण उपलब्ध गराउन भनेको छ । यस्तै गृहले विशिष्ट व्यक्तिहरूको जिल्ला भ्रमण लगायतका कार्यक्रममा सुरक्षा उपलब्ध गराउँदा कार्यविधिको व्यवस्था पूर्ण पालना गर्न, गराउन र सुरक्षा चुनौती विश्लेषण गरी मन्त्रालयबाट…

Read More

धनगढीः कैलालीको अत्तरियाबाट लागुऔषध (चरेश) जस्तो देखिने पदार्थसहित एकजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा बझाङको छबिस पाथीभरा गाउँपालिका–७ का कलक धामी रहेका छन्। गोदावरी नगरपालिका–२ अत्तरियामा अन्नपुर्ण होटल समेत संचालन गर्दै आएका धामीलाई इलाका प्रहरी कार्यालय मालाखेतीको अपराध अनुसन्धान शाखाबाट सादा पोशाकमा खटिएको प्रहरी टोलीले आज दिउँसो पक्राउ गरेको हो। धामीको साथबाट १ सय ९८ दशमलव ८७ ग्राम लागुऔषध बरामद गरेको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ।

Read More

धनगढी : वैशाख १५ गते हुने उपनिर्वाचनको सुरक्षाका लागि नेपाली सेना परिचालन हुने भएको छ। सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले सेना परिचालन गर्न स्वीकृति प्रदान गरेका हुन्। वैशाख १५ गते इलाम–२ प्रतिनिधि सभा र बझाङमा (१) प्रदेश सभा सदस्यका लागि निर्वाचन हुँदैछ। ‘

Read More

काठमाडौं : सुदूपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री दीर्घ सोडारीले राष्ट्रिय विकास परिषदको बैठकमा सुदूरपश्चिम प्रदेश विकासका सम्भावनाका एजेण्डा प्रस्तुत गरेका छन् । विहिबार बैठकलाई सम्बोधन गर्दै सोडारीले सुदूरपश्चिम ५० को दशकमा कर्णाली नदीमा पुल बनेपछि पूर्वि नेपालसंग जोडिएको स्मरण गराए । उनले भने त्यस अघिका दिनमा काठमाडौ लगायत मुलुकका विभिन्न भागमा पुग्नका लागि समेत भारतको बाटो भएर आवतजावत गर्नुपर्ने अवस्था थियो। त्यसपछिका दिनमा सडक, यातायातका क्षेत्रमा केही प्रगति भए पनि मानव सूचकांकमा सुदूरपश्चिम अझै पछाडि छ । प्रधानमन्त्री पुुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा काठमाडौमा बसेको बैठकमा बोल्दै सोडारीले भने–‘–सुदूरपश्चिमको विकासको लागि भारतको तिकुनियादेखि ताक्लाकोटसम्मको सेती लोकमार्ग बनाउन जरुरी छ’ ।, सो सडक…

Read More

काठमाडौं : नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा बसेर मुद्दाको पुर्पक्ष गरिरहेका एमाले नेता टोपबहादुर रायमाझीलाई धरौटीमा छाड्न सर्वोच्च अदालतले अस्वीकार गरेको छ । न्यायाधीशद्वय कुमार रेग्मी र टेकप्रसाद ढुङ्गानाको संयुक्त इजलासले रायमाझीसहित सात जनालाई थुनामै राख्न आदेश दिएको छ । जिल्ला र उच्च अदालतले थुनामा पठाउन गरेको आदेशविरुद्ध रायमाझीसहित पूर्व गृहसचिव टेकनारायण पाण्डे, पूर्व सांसद आङटावा शेर्पा, गृह मन्त्रालय अन्तर्गतको तत्कालीन हज कमिटिका अध्यक्ष समशेर मियाँ, तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार डा। इन्द्रजित राई र बिचौलिया सानु भण्डारीसहितले दिएको पुनरावेदनमा आज सर्वोच्चमा सुनुवाई भएको थियो । सर्वोच्चले शमशेर मियाँलाई साधारण तारेख तथा आङटावा शेर्पा र गोविन्द कुमार चौधरीलाई धरौटीमा…

Read More

काठमाडौं : पूर्वमन्त्री तथा नेपाली काँग्रेसका नेता आफताब आलमलाई जन्मकैदको फैसला भएको छ । जिउँदो मान्छेलाई इँटाभट्टामा हालेर मारेको अभियोगमा आज रौतहट जिल्ला अदालतले उनीसहित चार जनालाई जन्मकैद (२० वर्ष) को सजायँ सुनाएको छ । न्यायाधीश मातृकाप्रसाद आचार्यको इजलासले उनलाई बिस्फोटक पदार्थ बमसमेतको प्रयोग गरी ज्यान मार्ने उद्योग तथा कर्तव्य ज्यानसम्बन्धी कसुरमा दोषी ठहर गर्दै उक्त फैसला गरेको हो । जन्मकैदको सजायँ पाउनेमा अफतावसहित उनका भाइ मोहम्मद महताब आलम, शेख सराज र बद्री सहनी हुन् । पहिलो संविधानसभा निर्वाचनको पूर्वसन्ध्यामा २०६४ चैत २७ गते राजपुर नगरपालिकाको फरदवा गाउँमा बम बिस्फोट गराई प्रमाण नष्ट गर्न २३ जनालाई इँटाभट्टामा जिउँदै जलाएर मारेको…

Read More

धनगढी : कञ्चनपुरको बेदकोट नगरपालिका–७, महुलियाका भीमदत्त पाण्डेयले छोराको उपचारमा आर्थिक सहयोग जुटाइदिन हारगुहार गरेका छन् । राजधानीको कीर्तिपुर बर्न हस्पिटलमा ९ वर्षीय छोरा मनिष पाण्डेयको उपचारका लागि आर्थिक सहयोग गरिदिन उनले अपिल गरेका हुन् ।  वैशाख ६ गते घरमा खाना पकाउने क्रममा तातो दाल जीउभरि खस्दा मनिष गम्भीर घाइते भएका थिए । उनको कीर्तिपुर बर्न हस्पिटलमा उपचार भइरहेको छ । तर,आर्थिक अवस्था निकै कमजोर भएकाले उपचारमा समस्या भएको बुबा पाण्डेयले बताए ।  उनले भने, ‘हालसम्म ५० हजारभन्दा बढी खर्च भइसक्यो । अझै अपरेशन र औषधिको लागि लाखौं रुपैयाँ आवश्यक पर्छ भन्नुहुन्छ डक्टर साहेबहरु । अहिलेसम्म त जसोतसो पहिला खाईनखाई…

Read More