Author: महेन्द्रनगर पोष्ट

धनगढी: नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले सुदूरपश्चिमका मुख्यमन्त्रीलाई विश्वासको मत नदिन पार्टीबाट निर्वाचित सांसदहरुलाई निर्देशन दिएकी छन्। पार्टीबाट निर्वाचित सबै ७ जना सांसदलाई सामूहिक पत्र लेखेर उनले मुख्यमन्त्री शाहलाई विश्वासको मत नदिन निर्देशन दिएकी हुन्। सुदूरपश्चिमका मुख्यमन्त्री शाहले बुधबार नै विश्वासको मत लिँदैछन्। हाल नागरिक उन्मुक्ति पार्टीका ५ जना सांसद शाह नेतृत्वको सरकारमा नै सामेल छन्। अध्यक्ष श्रेष्ठले पार्टी संसदीय दलको विधान नभएकाले पार्टीको महत्वपूर्ण निर्णयमा ह्वीप लगाउने अधिकार केन्द्रीय अध्यक्षलाई रहेको दाबी गरेकी छन्। सुदूरपश्चिम प्रदेश सरकारले चैत २२ गते प्रदेश सभामा बिश्वासकाे मत लिने कार्यसूची छ। यसैमा नागरिक उन्मुक्ति बिभाजित छ। अध्यक्ष रन्जिता श्रेष्ठले बिपक्षमा मतदान गर्न…

Read More

धनगढी : कैलालीको जानकी गाउँपालिका–५ पथरैया कर्णाली क्रसर उद्योग नजिक एक पुरुषको शव फेला परेको छ। मोहन्याल गाउँपालिका–६ का महेन्द्र बिकको शव फेला परेको हो । शवको प्रकृति हेर्दा गाडीले ठक्कर दिएको जस्तो अवस्थामा रहेको मृतकको शव बिहान स्थानियहरुले देखेपछि प्रहरीलाई खबर गरेका थिए । उनको शव टीकापुर अस्पतालमा राखीएको र यसबारेमा थप अनुसन्धान गरिरहेको टीकापुर प्रहरीले जनाएको छ। मृतक बिक कालिका माध्यामिक विद्यालय मोहन्याल–६ अजिंगरेमा अध्यापन गराउँदै आएका थिए ।

Read More

काठ्माडौं : निर्वाचन आयोगले आगामी वैशाख १५ गते हुन लागेको उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत तोकेको छ । इलामको प्रतिनिधिसभा सदस्य र बझाङमा हुने प्रदेशसभा सदस्य उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत नियुक्ति गरिएको आयोगले जानकारी दिएको हो । इलाम २ मा जिल्ला न्यायाधीश केशवप्रसाद घिमिरे र प्रदेशतर्फ बझाङ १ को (१) मा जिल्ला न्यायाधीश सुदर्शन लामिछाने नियुक्त भएका छन् । भोलिदेखि लागू हुनेगरी मुख्य निर्वाचन अधिकृत नियुक्त गरिएको आयोगले जानकारी दिएको छ । २०७९ मंसिर ४ गते भएको चुनावमा इलाम–२ मा नेकपा (एमाले) का उम्मेदवार सुवासचन्द्र नेम्वाङ विजयी भएका थिए । नेम्वाङको गत भदौ २६ गते निधन भएपछि यो क्षेत्र…

Read More

काठमाडौं : गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले राजीनामा दिएका छन् । बुधबार पाण्डेले प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष राजीनामा बुझाएका हुन् । फागुन २३ मा माओवादीले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका मुख्यमन्त्री पाण्डेले यही २२ गतेभित्र संसद्‌मा विश्वासको मत लिनुपर्ने थियो । तर पाण्डेले विश्वास प्राप्त गर्ने स्थिति नदेखेपछि राजीनामा दिएर मार्ग प्रशस्त गर्ने र ठूलो दलको हैसियतमा फेरि मुख्यमन्त्री हुने रणनीति अपनाएका छन् । गण्डकीमा निर्णायक देखिएको राप्रपाले तत्काल कुनै पनि दललाई सत्ताकेन्द्रित गतिविधिमा साथ नदिने बताएपछि पाण्डेले राजीनामा दिएका हुन् । गण्डकीमा एमालेका २२, माओवादीका सभामुखसहित ८ जना सांसद् छन् । जुन संख्या सरकार बनाउन पर्याप्त छैन । २…

Read More

धनगढी : आगामी वैशाख १५ गते हुने बझाङ क्षेत्र नं. १ को उपनिर्वाचनका लागि नेपाली कांग्रेसले उम्मेदवार छनोट गर्न सकेको छैन । अन्य राजनीतिक दलहरुले उम्मेदवार छनोट गरेर तीव्र प्रचारप्रसार गरिरहँदा काँग्रेसले भने उम्मेदवार पनि चयन गर्न नसकेको हो । उम्मेदवार बन्नका लागि १० जनाको नाम जिल्लाबाट सिफारिस भएको छ । सुदूरपश्चिम प्रदेश सरकारका कानून मन्त्री पृथ्वीबहादुर सिंहको गत असार ५ गते निधन भएपछि हुन लागेको उपनिर्वाचनका लागि नेपाली कांग्रेस बझाङबाट स्वर्गीय सिंहका छोरा अभिषेक बहादुर सिंहसहित १० जनाले उम्मेदवारी दिएका छन् । अहिले १० जना नै टिकट पाउनका लागि लविङ गरिरहेका छन् । उम्मेदवार चयनका लागि मंगलबार सभापति शेरबहादुर…

Read More

धनगढी : स्वतन्त्र विद्यार्थी युनियन कैलाली बहुमुखी क्याम्पसको टिमले सुदूरपश्चिम विश्वविद्यालयका भिसी लगायतका पदाधिकारीहरुलाई ज्ञापन पत्र बुझाएको छ। विश्वविद्यालयले विद्यार्थीको  भविष्य माथि खेलबाड गर्ने गरी गरिएका लापरबाही विरुद्ध विभिन्न मागहरू राखेर ज्ञापन पत्र बुझाइएको स्वतन्त्र विद्यार्थी युनियनका अध्यक्ष यमराज जोशीले बताएका छन् । स्वतन्त्र विद्यार्थी युनियनले राखेका मागहरू निम्न अनुसारका छन्।  १) स्नातक तह र स्नातकोत्तर तहको यस वर्षको विद्यार्थीको नतिजा प्रकाशन गर्दा पहिलो चरणमा फेल गरिएका तर पुनः जाँच को लागि निवेदन दिँदा स्नातकोत्तर तहमा ७ जना र स्नातक तहमा ४ जना पास भएको नतिजा प्रकाशित भयो। यस्तो गैर जिम्मेवार र विद्यार्थीको भविष्यमाथि खेलबाड गर्ने शिक्षकमाथि तत्काल कारबाहीको माग गर्दछौ।…

Read More

धनगढी : दार्चुलामा करेन्ट लागेर गम्भीर घाइते भएकी महिलाको मृत्यु भएको छ । करेन्ट लागेर गम्भीर घाइते भएकी शैल्यशिखर नगरपालिका १ बारिलकी ५५ वर्षीया कुमारी तितराको उपचारका क्रममा काठमाडौंमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ । उनको बर्निङ अस्पतालमा निधन भएको हो । गत शुक्रबार दिउँसो घर नजिकै बाख्रा चराउने क्रममा भुइमा लत्रिएको तारमा छुनगई करेन्ट उनलाई लागेको थियो । विद्युत वितरण केन्द्रको लापरवाहीका कारण करेन्ट लागेकाले उचित क्षतिपूर्ति पाउनुपर्ने माग पीडित परिवारले गरेको छ ।

Read More

धनगढी : धनगढी उपमहानगरपालिकाको कार्यालय भित्र विष सेवन गरेका गणेश राना डिस्चार्ज भएका छन्। धनगढी उपमहानगरपालिका–६ का जग्गा कारोबारी राना १५ दिनपछि सेती प्रादेशिक अस्पतालबाट घर फर्किएका हुन्। धनगढी उपमहानगरपालिकाको कार्यालय पुगेर चैत ६ गते रानाले विष सेवन गरेका थिए। विष सेवन गरेर बेहोस भएका राना मंगलबार घर फर्किएका अस्पतालले जनाएको छ। उनको स्वास्थ्य अवस्था राम्रो भएपछि सेती प्रादेशिक अस्पतालले घर पठाएको हो। कैलाली जग्गा तथा आवास विकास संघको तदर्थ समिति सदस्य रहेका रानाले चैत ६ गते मङ्गलवार विष सेवन गरेका थिए। धनगढी उपमहानगरपालिकाको कार्यालयमा प्रवेश गर्दै गर्दा उनले किरा मार्न प्रयोग गरिने विषदी सेवन गरेका थिए। रानाले नगर प्रमुख…

Read More

कञ्चनपुरः कञ्चनपुरका ३ जना फरार दोषी २१ वर्षपछि पक्राउ परेका छन्। पक्राउ पर्नेमा कञ्चनपुरको दोधारा चाँदनी नगारपालिका–३ जमुनाघारीका बहादुरे चौक्याल, जयमती चौक्याल र लक्ष्मण चौक्याल रहेका छन्। मंगलवार दिउँसो ईलाका प्रहरी कार्यालय दोधरा चाँदनीबाट खटिएको प्रहरी टोलीले सोही स्थानबाट तीनै जनालाई पक्राउ गरेको हो। जिल्ला अदालत कञ्चनपुरको मिति २०५९ माघ ८ गतेको फैसलाले जमिन सम्बन्धी मुद्दामा जनही १ हजार जरिवाना ठहर भएपछि तीनै जना फरार रहेका थिए। फैसला कार्यान्वयनको लागि तीनै जनालाई प्रहरीले जिल्ला अदालत कञ्चनपुरमा पेश गरेको छ।

Read More

काठमाडौँ : त्रिभुवन विश्वविद्यालयले स्नातक तह दोस्रो वर्षको परीक्षा सारेको छ । त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालयले वार्षिक परीक्षा प्रणाली अनुरूप २०८० चैत्र २८ गतेदेखि सञ्चालन हुने भनिएको स्नातक तह दोस्रो वर्षको परीक्षा सारेको हो।  पूर्व प्रकाशित परीक्षा तालिका प्राविधिक कारणले २०८१ वैशाख १६ गते देखि सञ्चालन हुने गरी पुनः परिमार्जन भएको पनिकाले जनाएको छ। परीक्षा दिउसो १२ बजेदेखि दिउसो ३ बजेसम्म चल्नेछ। परीक्षा दिनुपर्ने केही परीक्षार्थीहरूको परीक्षा आवेदन फाराम भर्न छुटेको भन्दै पनिकाले चैत ३० गतेभित्र क्याम्पसमा फारम बुझाउन भनेको छ।

Read More