Author: महेन्द्रनगर पोष्ट

धनगढीः कैलालीमा एक बालक मृत भेटिएका छन्। जिल्लाको भजनी नगरपालिका–७ पृथ्वीपुरका पवन लोनीयाका डेढ बर्षीय छोरा देवान्स लोनीया मृत भेटिएका हुन्। आफ्नै घर आँगनको छेउमा रहेको पानीले भरिएको खाल्टोमा डुबी मृत अवस्थामा फेला परेको प्रहरीले बताएको छ। यस विषयमा इलाका प्रहरी कार्यालय भजनीबाट आवश्यक अनुसन्धान भइरहेको छ।

Read More

धनगढी : बझाङमा गुडिरहेको जिपमाथि ढुङ्गा खस्दा दुईजना घाइते भएका छन् । जिल्लाको खप्तडछान्ना गाउँपालिकाबाट तमैलतर्फ आउदै गरेको से १ च १३३६ नम्बरको जिपमाथि ढुङ्गा खसेको बताएको छ । घाइतेहरुको अहिले जिल्ला अस्पताल बझाङमा उपचार भइरहेको छ।

Read More

काठमाडौं : गोकर्णेश्वर नगरपालिका-३ स्थित तारेभीर जंगलमा युवतीको हत्या गरेर शव गाडेको घटनामा प्रहरीले एक हप्तापछि आरोपितलाई पक्राउ गरेको छ । स्थानीय १८ वर्षीया सुष्मा लामाको हत्या आरोपमा पक्राउ परेका गोकर्णेश्वर नगरपालिका-३ कै २१ वर्षीय रुपेन्द्र लामालाई उपत्यका अपराध अनुसन्धान कार्यालयले आइतबार सार्वजनिक गरेको छ । २४ फागुनको दिउँसो साढे ४ बजेतिर तारेभीरस्थित शिवपुरी राष्ट्रिय निकुञ्जको जंगलमा दुई वटा हात मात्रै देखिएको र अन्य भाग पुरिएको अवस्थामा मानिसको शव रहेको भन्दै प्रहरीलाई खबर आएको थियो । खबर आउनसाथ प्रहरी वृत्त बौद्ध, जिल्ला प्रहरी परिसर काठमाडौं र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली घटनास्थल पुगेको थियो । त्यसदिन साँझदेखि घटनास्थललाई नियन्त्रणमा…

Read More

कञ्चनपुर : नेकपा एमाले कञ्चनपुरको नयाँ नेतृत्वका लागि प्रक्रिया सुरु भएको छ। सहमति हुन नसकेपछि नेतृत्व चयनका लागि चुनावी प्रक्रिया सुरु भएको हो। गत बिहीबारदेखि महेन्द्रनगरमा सुरु भएको एमाले कञ्चनपुरको नवौँ अधिवेशनबाट नयाँ नेतृत्व चयन गर्न सहमति हुन नसकेपछि चुनावी प्रक्रिया अघि बढेको एमाले नेताहरूले बताएका छन्। एमाले नवौँ जिल्ला अधिवेशन निर्वाचन कमिटीका सदस्य वेदप्रकाश उपाध्यायले पदाधिकारीसहित विभिन्न सदस्य पदमा उम्मेदवारी दिएकाहरूको प्रारम्भिक नामावली प्रकाशित भएको बताए। उनका अनुसार अध्यक्षमा अशोककुमार चन्द र लक्ष्मी बुढाले उम्मेदवारी दर्ता गराएका छन्। बुढा पोलिटब्युरो सदस्य निरुदेवी पाल र चन्द अर्का पोलिटब्युरो सदस्य राजेन्द्र रावलनिकट हुन्। यसअघि आठौँ जिल्ला अधिवेशनबाट बुढा पाल गुटबाटै उपाध्यक्षमा…

Read More

धनगढी : आइतबार दिउँसो धनगढी उपमहानगरपालिकाको मुल गेटमा जग्गा व्यवसायीहरुले ताला ठोके । उनीहरुले ताला ठोकेपछि रिर्पोटिङमा पुगेका पत्रकार सुदीप थापा भिडिओ खिचिरहेका थिए । समाचारका लागि भिडिओ खिचिरहेका पत्रकार थापालाई नगरप्रहरीले दुव्र्यवहार गर्दै भिडिओ नखीच्न भने । पत्रकार थापाले ‘म पत्रकार हो, समाचारको लागि भिडिओ खीचेको हो’ भनेर जवाफ फर्काएपछि नगरप्रहरीले झनै असभ्यशैलीमा ‘पत्रकार सत्रकार’ चिन्दैनभन्दै धम्क्याउन थाले । पत्रकार थापामाथि नगरप्रहरीले दुव्र्यवहार गरेपछि पत्रकार महासंघ कैलालीका अध्यक्ष सहित पत्रकारहरु धनगढी उपमहानगरपालिका अगाडि केही समय धर्नामा बसेका थिए। पछि दुव्र्यवहार गर्ने ती नगरप्रहरी आएर पत्रकारहरु संग माफी मागेपछि घटना टुङ्गीएको छ ।

Read More

धनगढी : नागरिक उन्मुक्ति पार्टी सुदूरपश्चिम संसदीय दलको बैठक आज बस्ने भएको छ । दिउँसो २ बजे संसदीय दलको कार्यालयमा बैठक आह्वान गरिएको संसदीय दलका नेता तथा आर्थिक मामिला मन्त्री घनश्याम चौधरीले जानकारी दिए । उनले सुदूरपश्चिम प्रदेश सरकारका विषयमा बैठकमा छलफल हुने जानकारी दिए । अहिले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाह अल्पमतमा परेका छन् । माओवादी र नेकपा एकीकृत समाजवादी पार्टीले समर्थन फिर्ता लिएको प्रदेश सरकारलाई नागरिक उन्मुक्ति पार्टीले अहिले सम्म काँध थापेको छ । अहिले प्रदेश सरकारमा नाउपाका सात सांसद मध्ये पाँच जना मन्त्री छन् । केन्द्रमा नागरिक उन्मुक्ति पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएपछि…

Read More

डडेल्धुरा : कार्यपालिका बैठकमै हाकिम कुटिएपछि डडेल्धुराको परशुराम नगरपालिकाका कर्मचारीहरूले आन्दोलित हुँदै सेवा ठप्प पारेका छन् । आइतवार उनीहरूले निधारमा कालोपट्टी बाँधी अत्यावश्यक स्वास्थ्य उपचार सेवाबाहेक सम्पूर्ण सेवा अवरुद्ध पारेका हुन् । गत बिहीवार निमित्त प्रमुख प्रशासकीय अधिकृत कृष्णदेव जोशीमाथि कार्यपालिका बैठकमै कुटपिट भएको थियो । उपमेयर (उपप्रमुख) विमलाकुमारी बोहरा, वडा नं ७ का वडाध्यक्ष कर्णबहादुर धामी र १ का वडाध्यक्ष लालबहादुर धामीले प्रशासकीय अधिकृत जोशीमाथि कुटपिट गरेपछि उनको टाउकोमा तीन टाँका लगाउनु परेको थियो । धनगढीमा उपचारपछि उनी अहिले विश्राम गरिरहेका छन् । ‘कार्यालयमै जनप्रतिनिधिहरूबाट कुटपिट हुन थालेपछि काम गर्ने वातावरण भएन । हामी पनि सुरक्षित छैनौँ । दोषीमाथि…

Read More

काठमाडौं । माओवादी केन्द्रका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरालाई कारबाही गर्न गृहमन्त्री रवि लामिछानेले प्रहरी नेतृत्वलाई निर्देशन दिएका छन् । गृहमन्त्री लामिछानेले आतबार आईजी वसन्तबहादुर कुँवर र सीआईबीका एआईजी श्यामलाल ज्ञवालीलाई मन्त्रालयमा बोलाएर महरालाई कारबाही गर्न निर्देशन दिएका हुन् । सुन तस्करी सम्बन्धी छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगले महरालाई मुद्दा चलाउन सिफारिस गरेको थियो । सोही अनुसार कारबाही गर्न निर्देशन दिइएको गृह स्रोतले जनाएको छ । यसअघि महरासँग आयोगले बयान समेत लिएको थियो । उनका छोरा राहुल महरा विद्युतीय चुरोट (भेप) मार्फत भएको सुन तस्करी प्रकरणमा पुर्पक्षका लागि थुनामा छन् । त्यसैगरी गृहमन्त्री लामिछानेले बाँसबारी छाला जुत्ताको सरकारी जग्गा…

Read More

कैलाली:टीकापुर नगरपालिकाको १४औँ नगर सभामा एउटा वडालाई चार भागमा विभाजन गर्ने प्रस्ताव पारित भएको छ ।टीकापुर नगरपालिकाका नगर प्रमुख रामलाल डगौरा थारुको अध्यक्षतामा भएको नगर सभामा वडा नं १ लाई चार वटा वडामा विभाजन गर्ने प्रस्ताव वडा नं. १ का वडाध्यक्ष मोहन लुहार बिकले पेस गरेका थिए । सभाबाट वडा नं. १ लाई चार भागमा विभाजन गर्ने निर्णय पारित गरिएको उनले जानकारी दिए । ४६ हजार ६९८ जनसंख्या रहेको वडा नं. १ लाई चार वडामा विभाजन गर्ने निर्णय आवश्यक भएको बिकले बताए । राष्ट्रिय जनगणना २०६८ अनुसार ९८ हजार जनसंख्या रहेको टीकापुर नगरपालिकाको १ नं. वडामा मात्रै ४६ हजार जनसंखया…

Read More

बैतडी: बैतडीमा भन्सार छलीका सामान बरामद गरिएको छ । जिल्लाको दशरथचन्द नगरपालिका-५ धारीगाडस्थित सडक किनारा भन्सार छलीका सामान बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रबक्ता प्रहरी निरीक्षक, नन्दराज जोशीले जानकारी दिए ।  खुद्रा किरानाका सरसामान खाने तेल, जीरा, मिठाइ, लुगा धुने सोडा लगायतका करीब २२ हजार ४ सय ९५ मुल्य बराबरका भन्सार छलीका सरसामान बरामद गरिएको प्रहरी निरीक्षक जोशीले बताए । शनिबार साझ जिल्ला  प्रहरी कार्यालयबाट खटिएको टोलीले उक्त सामान बरामद गरेको हो । उक्त सामान महाकाली भन्सार कार्यालय झुलाघाट पठाएको प्रहरीले जनाएको छ । 

Read More