Author: महेन्द्रनगर पोष्ट

धनगढी: मानव सेवा आश्रम र दृष्टि फाउन्डेसनलाई नेपाल विद्यार्थी संघ धनगढीले सहयोग गरेको छ। आज (आइतबार) नेविसंघले चिसोको मौसमलाई मध्यनजर गर्दै दाउरा र केही थान कपडा सहयोग गरेको हो। नेविसंघ धनगढीका सभापति दिपेश बोहराले चिसोमा केही राहत होस् भनेर सहयोग गरेको बताए।

Read More

डडेल्धुरा : डडेल्धुरामा १४ जना सशस्त्र प्रहरीले रक्तदान गरेका छन्। आज (आइतबार) २३ औं सशस्त्र प्रहरी दिवस २०८०को अवसरमा सशस्त्र प्रहरी बल नेपाल नम्बर ५२ गुल्म हेड क्वाटर डडेल्धुरामा कार्यरत सशस्त्र प्रहरीले रक्तदान गरेका हुन्। नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा डडेल्धुरासँगको सहकार्यमा रक्तदान कार्यक्रम आयोजना गरेको ५२ गुल्म हेड क्वाटर डडेल्धुराका प्रहरी नायव उपरीक्षक (डीएसपी) वीरेन्द्रबहादुर पालले जानकारी दिए।

Read More

काठमाडौं : दाङमा बहुविवाह गरेकामा एक जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक जनक मल्लका अनुसार घोराहीका सरोज पौडेललाई बिहीबार पक्राउ गरिएको हो। पक्राउ परेका उनलाई मिशिल तयार गरेर आइतबार अदालत बुझाउने तयारी रहेको प्रहरी नायब उपरीक्षक मल्लले बताए। पौडेलका जेठी पत्नीले उजुरी दिएपछि उनलाई पक्राउ गरिएको हो। विदेश जाने लोभमा पौडेलले जेठी पत्नी हुँदाहुँदै पारिवारिक दबाबमा दोस्रो बिहे गरेको प्रहरी अनुसन्धानमा खुलेको छ। पौडेलको जेठी पत्नीसँग राम्रो सम्बन्ध नभएपछि उनीहरू एकल रूपमा बस्दै आएको र पहिलो श्रीमतीसँग सम्बन्धबिच्छेद नगरेर दोस्रो बिहे गरेपछि जेठी पत्नी श्रीमान्‌विरुद्ध प्रहरीमा जाहेरी लगेर पुगेकी थिइन्। रासस

Read More

काठमाडाैं: नेकपा एकीकृत समाजवादीका नेता तथा पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले एमबीबीएस (डाक्टर) पढ्नका लागि डोटीका एक जना विद्यार्थीलाई आर्थिक सहयोग गरेका छन्। उनले डोटीको केआइसिंह गाउँपालिका-४ कारीगाउँका १७ वर्षीय शिवि विकलाई एक लाख रुपैयाँ आर्थिक सहयोग गर्नुभएको केआइसिंह गाउँपालिका-५ का वडाअध्यक्ष दुर्गासिंह रावलले जानकारी दिए। एमबीबीएस पढ्न नाम निकालेका शिविकाे आर्थिक अवस्था कमजाेर रहेकाे छ। आलेकाे सहयाेगले शिविकाे पढाइमा सहायता पुग्ने रावलले बताए।

Read More

जनकपुरधाम- जनकपुरधामदेखि भारतको अयोध्यासम्म राम मन्दिरको प्राण प्रतिष्ठाका लागि जाने भनिएको विशेष रेल रद्द भएको छ । भारत सरकारले जनकपुरबाट जाने रेललाई अनुमति नदिएपछि रेल सेवा रद्द भएको जनकपुर रेलवेका प्रमुख प्रशासन सहायक रञ्जित ठाकुरले बताए । उनका अनुसार जनकपुरधामबाट राम मन्दिरको प्राण प्रतिष्ठाका लागि आज बिहान साढे ६ बजे विशेष रेल जाने तयारी भएको थियो । तर, रेल नजाने भएपछि श्रद्धालुहरू निराश बनेका छन्।

Read More

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड स्वदेश फिर्ता भएका छन्। अफ्रिकी राष्ट्र युगान्डामा आयोजित असंलग्न राष्ट्रहरूको आन्दोलन (नाम) को १९ औँ शिखर सम्मेलनमा सहभागी भएका प्रचण्ड अहिले बिहान सवा ९ बजे काठमाडौंमा अवतरण गरेका हुन्। सम्मेलनमा भाग लिन नेपाली प्रधानमन्त्री प्रचण्ड बुधबार युगान्डाको राजधानी कम्पला पुगेका थिए।

Read More

धनगढी : बिहीबारबाट धनगढीको एसटीएस सिनेमामा दक्षिण भारतीय चलचित्र ‘हनुमान’ प्रदर्शनीमा आएको छ ।तेजा सज्जाले अभिनय गरेको उक्त चलचित्र भारतमा १२ जनवरीदेखि रिलिज भएको हो । यतिबेला चलचित्र हनुमानले चर्चा पाइरहेको छ । उक्त फिल्ममा समाजमा चलिआएको परम्परावादी सोचमा पनि प्रश्न उठाएर असल समाजको निर्माण गरिनुपर्ने सन्देश दिन खोजिएको छ ।फिल्ममा अधिकांश सम्बन्धको नकारात्मक वास्तविकता र शक्तिको दुरुपयोग गर्न खोज्ने समाजका गलत व्यक्ति र प्रवृत्तिलाई पनि उजागर गरिएको छ । कमजोर भएकै कारण विपक्षीबाट आफन्तको स्वोर्गारोहण पश्चात् हुने दर्दनाक पीडादायी क्षणलाई पनि समेटिएको छ ।त्यस्तै गाउँ, राष्ट्र र सारा विश्वको विकास र समृद्धिका लागि प्रत्येक व्यक्तिले आपसमा मिल्नुपर्ने सन्देश दिइएको…

Read More

काठमाडौँ : दक्षिण अफ्रिकामा जारी आईसीसी यू–१९ एक दिवसीय विश्वकप क्रिकेटमा आज नेपालले पहिलो खेल खेल्दैछ । नेपालले टेष्ट राष्ट्र न्यूजिल्याण्डसँग खेल्न लागेको हो । खेल दिउँसो १ः४५ बजेदेखि शुरु हुनेछ । नेपाल र न्यूजिल्याण्ड समूह ‘डी’ मा रहेका छन् । यो समूहमा पाकिस्तान र अफगानिस्तान पनि रहेका छन् । नेपालले यसअघि न्यूजिल्याण्डसँग दुई पटक खेलेको छ र दुवै पटक नेपाल विजयी भएको छ । यो खेल जित्दा नेपालको अर्को चरण प्रवेशको सम्भावना बलियो हुन्छ ।

Read More

कैलाली : कैलालीको लम्कीका २३ वर्षीय भूपेन्द्र बडुवालको हत्या प्रकरणका थप २ जना फरार प्रतिवादी पक्राउ परेका छन्। जिल्लाको लम्की चुहा नगरपालिका वडा नम्बर १ थकालीपुरका २६ वर्षीय रोशनबहादुर शाही र वडा नम्बर ३ चिसापानीका २३ वर्षीय अनुज भनिने चिरञ्जिवी शाही आइतवार पक्राउ परेका हुन्। जिल्ला प्रहरी कार्यालय, कैलालीका अनुसार लम्कीका बडुवालको हत्या गरेको अभियोगमा अदालतबाट पक्राउ पुर्जी जारी भएका उनीहरूलाई आइतबार बिहान पक्राउ गरिएको हो। बडुवालको २०७८ कात्तिक २३ गते हत्या भएको थियो। उनको हत्याको आरोमा १२ जनाको विरुद्धमा इलाका प्रहरी कार्यालय, टीकापुरमा किटानी जाहेरी दर्ता भएको थियो।

Read More

धनगढी : कैलालीको धनगढीबाट बालकसहितकी महिलाको उद्धार गरिएको छ। धनगढी उपमहानगर वडा नम्बर ५ बाट उनको उद्धार गरिएको हो। धनगढी उपमहानगरपालिकाको नगर प्रहरीले शनिवार राति उनको उद्धार गरेको छ। नगर प्रमुख गोपाल हमालको सचिवालयका अनुसार रोइरहेको अवस्थामा फेला परेकी उनको परिचय खुलेको छैन। अन्दाजी ३५ वर्षीया महिलाको मानसिक अवस्था ठिक नरहेको भन्दै स्थानीयले नगर प्रहरीलाई खबर गरेका थिए। उनको उद्धार गरेर दृष्टि फाउन्डेनको जिम्मा लगाइएको छ ।

Read More