कञ्चनपुरः कञ्चनपुरमा अचानक बेहोस भएका एकजनाको मृत्यु भएको छ। काठमाडौंको गोकर्णेश्वर नगरपालिका–६ का करिब ५० वर्षीय प्रेमकुमार लामाको कञ्चनपुरमा मृत्यु भएको हो । लामा असोज २४ गते साथीहरुसँग काठमाण्डौबाट घुम्न कञ्चनपुर पुगेका थिए।
जिल्लाको वेदकोट नगरपालिका–१० दैजीस्थित लाटा देव स्विट चिया पसलमा चिया र पाउरोटी खाने क्रममा उनी एक्कास बेहोस भएका थिए।
त्यसपछि उपचारको लागि महाकाली प्रादेशीक अस्पतालमा पुगाउँदा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनााएको छ। लामा मुटु रोगको बिरामी रहेको भन्ने बुझिएको प्रहरीले बताएको छ। लामाको शव काठमाण्डौं पठाइसकेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।
Facebook Comments Box