Author: महेन्द्रनगर पोष्ट

कैलाली : गत पुसदेखि कैलालीसहित तराईका जिल्लामा चिसो अत्यधिक बढेसँगै जनजीवन प्रभावित भएको छ । चिसोले मानिस मात्र नभई घर पालुवा जनावरलाई समेत समस्या भएको छ ।  चिसोका कारण पशु तथा जनावरमा ज्वरो आउने, काँप्ने र कतिपय अवस्थामा गाईवस्तुको मृत्युसमेत हुने गरेको किसानको गुनासो छ । “एकातिर घाम लागेको छैन, अर्कोतर्फ शीतलहरले पशुलाई जोगाउन कठिन भएको छ”, किसान पर्शु धामीको भनाइ छ, “एक महिनादेखि भैँसीलाई गोठबाट बाहिर निकाल्न पाइएको छैन । भैँसीले चार लिटर दूध दिन्थ्यो, घटेर दुई लिटर भएको छ ।” घाम नलाग्नुका साथै शीतलहरका कारण पशुलाई चरनको समेत समस्या भएको छ । पशुलाई गोठ बाहिर बाध्न, चराउन लैजान…

Read More

कैलाली : सुदूरपश्चिम प्रदेशसभाको दोस्रो कार्यकाल सुरु भएको गत पुसमा एक वर्ष पूरा भयो । यस अवधिमा प्रदेशसभाको पहिलो र दोस्रो अधिवेशन सम्पन्न भइसकेको भए पनि नयाँ कानुन भने निर्माण हुन सकेन । यस अवधिमा प्रदेशसभाले दुई वटा कानुन संशोधन गरेको छ ।  प्रदेशसभा सचिवालयका सूचना अधिकारी युवराज जैशीले एक वर्षमा प्रदेशसभाले सार्वजनिक लिखत प्रमाणीकरण (कार्यविधि) ऐन र सुदूरपश्चिम आर्थिक ऐन संशोधन गर्नुबाहेक नयाँ कुनै कानुन नबनाएको जानकारी दिए ।  प्रदेशसभाको पहिलो पाँच वर्षे कार्यकालमा ६७ कानुन निर्माण गरेको थियो । संविधानअनुसार प्रदेशस्तरमा प्रदेश व्यवस्थापिकाको भूमिका निर्वाह गरिरहेको प्रदेशसभा (व्यवस्थापिका) जनताको सार्वभौमसत्ताको प्रयोग गर्ने महत्त्वपूर्ण संस्था हो । यसले तोकिएको…

Read More

काठमाडौं : उच्च अदालत पाटनले पशुपति क्षेत्र विकास कोषकी नवनियुक्त कार्यकारी निर्देशक लक्ष्मी पुनको नियुक्ति बदर गरेको छ । कोषका भरत मरासिनीले दायर गरेको रिटमा उच्च अदालतका न्यायाधीश ऋषिराम दवाडी र श्यामकुमार भट्टराईको संयुक्त इजलासले सुनुवाइ गर्दै अन्तरिम आदेश दिएको हो । अदालतले कोषको निर्णय कार्यान्वयन नगर्न भनेपछि उनको नियुक्ति बदर भएको हो । गत पुस पहिलो साता कार्यकारी निर्देशकमा नियुक्त भएकी पुनविरुद्ध पुस २९ मा मरासिनीले रिट दायर गरेका थिए ।

Read More

बैतडी : बैतडीमा जंगली बँदेलको  अक्रमणबाट दुई  जना घाइते  भएका छन्। जिल्लाको मेलौली नगरपालिका–२ सलेनाका ३२ वर्षीय ओम प्रकाश जोशी  र सोही वडा घाङल बस्ने मने दयालकी ९ वर्षीया छोरी करिस्मा दयाल बँदेलकाको अक्रमणबाट घाइते भएका हुन्। आइतबार दिउँसो घरमै बसिरहेका जोशीमाथि बँदेलले आक्रमण गरी घाइते बनाएको हो, भने बालिकालाई पनि आइतबार करिब ५ बजेको समयमा घर नजिकै घाइते बनाएको हो। बालिकाको टाउकोमा गम्भिर चोट लागेको छ भने जोशीको खुट्टामा गम्भिर चोट छ। घाइते जोशी र दयाललाई सलेना स्वास्थ्य चौकीमा सामान्य उपचारपछि डडेल्धुरा अस्पताल रेफर गरिएको छ।   पछिल्लो समय बँदेल आक्रमणका कारण जिल्लामा त्रासको वातावरण छ।

Read More

बाजुरा : बाजुरामा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ। खप्तड छेडेदह गाउँपालिका-५ की ६८ वर्षीया राजुदेवी नेपालीको मृत्यु भएको हो। गत शुक्रवार दिउँसो जंगलबाट स्याउला ल्याउने क्रममा भिरबाट लडेर राजुदेवी गम्भिर घाइते भएकी थिइन्। उनको न्याय हेल्थ अस्पताल बयलपाटा अछाममा उपचारको क्रममा आइतवार राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ। घर नजिकै रहेको थानकोट जंगलबाट स्याउला ल्याउने क्रममा भिरबाट लडेर उनी गम्भिर घाइते भएकी थिइन्।  

Read More

काठमाडौं : भारतको अयोध्यामा आज नयाँ मन्दिरमा भगवान् रामको अभिषेक गरिने भएको छ। समारोहमा सहभागी हुन भारत र विदेशबाट धेरै पाहुनाहरू पुगेका छन्। यसमा पूर्व राष्ट्रपति रामनाथ कोविन्द, पूर्व उपराष्ट्रपति वेंकैया नायडू, मुकेश–नीता अम्बानी, गौतम अडानी, अमिताभ बच्चन, रजनीकान्त सामेल छन्। प्रधानमन्त्री नरेन्द्र मोदी बिहान १० बजेर २० मिनेटमा अयोध्या पुग्नेछन्। बिहान मंगल ध्वनिबाट कार्यक्रमको सुरुवात हुनेछ। बिहान १० बजेदेखि विभिन्न राज्यका ५० भन्दा बढी वाद्य यन्त्रहरूले ध्वनि तरङ्गहरू फैलाउनेछन्। रामको मूर्तिको प्राण–प्रतिष्ठाको ऐतिहासिक अनुष्ठान दिउँसो १२ः२० बजे प्रधानमन्त्री मोदी र मुख्यमन्त्री योगी आदित्यनाथ, सन्त समाज र भीभीआईपी व्यक्तिहरूको उपस्थितिमा हुनेछ। प्राण–प्रतिष्ठाका लागि ८४ सेकेन्डको अति सूक्ष्म मुहूर्त हुनेछ।

Read More

कञ्चनपुर: मेधावी विद्यार्थी चिकित्सक बन्ने सपना बोकेर तयारीका लागि काठमाडौँलगायत सुविधा भएको सहरमा पुग्छन् ।  चिकित्सा विषयको स्नातक तह (एमबिबिएस)को प्रवेश परीक्षामा सफल हुनुका साथै पूर्ण सरकारी छात्रवृत्तिमा पढ्न विद्यार्थीले निकै मेहनत गर्नुपर्छ ।  कञ्चनपुरको भीमदत्त नगरपालिका–१० जिमुवाका दलित समुदायका एक विद्यार्थीले आर्थिक अभावकै कारण घरमै बसेर पूर्ण सरकारी छात्रवृत्तिमा एमबिबिएस अध्ययन गर्न नाम निकाल्न सफल भएका छन् ।  यहाँको भीमदत्त –१० का १७ वर्षीय ललित सार्कीले चिकित्सा शिक्षा आयोगद्वारा लिइएको एमबिबिएस प्रवेश परीक्षामा नाम निकाल्न सफल भएका हुन् ।  पाटन  स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पूर्ण छात्रवृत्तिमा एमबिबिएस अध्ययनका लागि जानुपूर्व यतिबेला स्थानीय सरकारसित सहयोगका लागि आग्रह गरिरहेका छन् । “बुबा…

Read More

डोटी : डोटीमा एक जना  मृत अवस्थामा फेला परेका छन्। जिल्लाको बडिकेदार गाउँपालिका–२ का २२ वर्षीय राजीवमास्की मागर मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय डोटीले  जानकारी दिएको छ। मगर पातलको भिरबाट  करिब ७ सय मिटर तल मृत अवस्थामा फेला परेका हुन्। घटनाका सन्दर्भमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।

Read More

काठमाडौँ : हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार सुदूरपश्चिम र कर्णाली प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम आंशिक बदली देखि मुख्यतया सफा रहनेछ।  कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।  तराईका अधिकांश स्थानहरूमा हुस्सु र कुहिरो लाग्ने हुँदा दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने महाशाखाको भनाई छ ।  साथै चिसोबाट समेत बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउन महाशाखाको अनुरोध छ ।

Read More

हेटौँडा : बागमती प्रदेशको लोक सेवा आयोगले अहिलेसम्मकै सबैभन्दा बढी सङ्ख्यामा कर्मचारी माग गरेको छ । बागमती प्रदेश सरकारका मन्त्रालय र बागमती प्रदेशका स्थानीय तहहरुको मागको आधारमा प्रदेश लोक सेवा आयोग बागमती प्रदेशले अहिलेसम्मकै सर्वाधिक सङ्ख्यामा कर्मचारी मागसहित विज्ञापन गरेको हो । प्रदेश सरकारका मन्त्रालय र बागमती प्रदेशका स्थानीय तहका विभिन्न सेवा र समूहमा गरी एक हजार ११३ जना कर्मचारीका लागि विज्ञापन गरिने भएको हो ।

Read More