Author: महेन्द्रनगर पोष्ट

धनगढी : प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशले लगातार तेस्रो खेलमा जित हात पारेको छ। बिहीबार भैरहवामा भएको खेलमा सुदूरपश्चिमले गण्डकी प्रदेशमाथि १०८ रनको जित निकालेको हो। गण्डकी भने लगातार तेस्रो खेलमा पराजित भयो। सुदूरपश्चिमले दिएको २०२ रनको लक्ष्य पछ्याएको गण्डकी ३०.२ ओभरमा ९३ रनमै अलआउट भयो। गण्डकीका लागि अस्विनी रानाले २५ रन र कमल परियारले २२ रन जोड्दा अरु ९ ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन्। ९ मध्ये ४ ब्याटरले खाता खोल्न सकेनन्। बलिङमा सुदूरका शेर मल्लले ५ विकेट लिए। उनले ८.२ ‌ओभरमा १ मेडन राख्दा २३ रन दिए। गजेन्द्र बोहराले २ विकेट लिए भने भोजराज भट्ट,…

Read More

धनगढी : कैलालीको गोदावरी नगरपालिकाको प्रशासकीय भवन दोस्रो पटक उद्घाटन गरिएको छ। नगरप्रमुख वीरेन्द्र भट्टले बिहीबार भवन उद्घाटन गरेका हुन्। भवन २० महिनाका बीचमा दोस्रो पटक उद्घाटन गरिएकोमा चौतर्फी आलोचनासमेत भएको थियो। दोस्रो पटक भवन उद्घाटनको तयारीसँगै एमालेले विरोध गरेको थियो। एमालेले नगरपालिका कार्यालयसमेत घेराउ गरेर नाराबाजी गरेको छ। एमालेबाट निर्वाचित तत्कालीन नगरप्रमुख हरिसिंह साउदले २०७८ चैत १४ गते भवन उद्घाटन गरेका थिए। उनले पनि निर्माण सम्पन्न नहुँदै नगरपालिका भवनको उद्घाटन गरेका थिए। कांग्रेसबाट जितेका नगरप्रमुख भट्टले आज भवनको उद्घाटन तयारी गरेपछि तनाव सिर्जना भएको हो। घेराउ र नाराबाजीका बीच नगरप्रमुख भट्टले भवन उद्घाटन गरे। मेयर भट्टले पुरानो शिलालेख फुटाएर…

Read More

पोखरा : बागलुङमा व्यवसायी दुर्गा प्रसाईंमाथि हातपात भएको छ। बागलुङमा सभालाई सम्बोधन गर्न पुगेका उनलाई लोकतान्त्रिक चोकमा हातपात भएको हो। उनीमाथि हातपात गर्ने बागलुङकै धौलागिरी चोकमा जुत्ता पसल गर्ने ३७ वर्षका रामकान्त गौतमलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरी निरीक्षक वसन्तबहादुर भुजेलले जानकारी दिए।

Read More

धनगढी : कैलालीमा सालकको अखेटोपहार खपटासहित दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा जिल्लाको जोशीपुर गाउँपालिका–४ बस्ने ३२ वर्षीय प्रेम चौधरी र कैलाली भजनी नगरपालिका–८ बस्ने ३५ वर्षीय पर्शुराम चौधरी रहेका छन्। उनीहरूलाई आज (बिहीबार) नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगरबाट प्रहरी नायव निरीक्षक सुशील चन्दको कमाण्डमा खटिएको टोलीले बर्दगोरिया गाउँपालिका–६ मुढाबाट संरक्षित वन्यजन्तु सालकको अखेटोपहार खपटासहित पक्राउ गरेको हो। उनीहरूको साथबाट १० केजी सालकको खपटा र एउटा मोटरसाइकल समेत बरामद गरिएको छ। थप अनुसन्धानका लागि ईप्रका सुख्खड कैलालीलाई जिम्मा लगाइएको छ।

Read More

काठमाडौं : सशस्त्र प्रहरी बलकी सिपाहीसमेत रहेकी बक्सिङ खेलाडी निता गोसाई मृत फेला परेकी छन्। २८ वर्षीया गोसाई भक्तपुर नगरपालिका वडा नम्बर ८ स्थित आफ्नै घरमा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी बसन्त पाठकले बताए। गोसाई मृत फेला परेपछि प्रहरीले एक पुरूषलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ। गोसाईका परिवारले ती पुरूषविरूद्ध आत्महत्या दुरूत्साहन कसुरमा जाहेरी दिएका थिए। गोसाईको केही समयपछि विवाह गर्ने तयारी थियो। गोसाईले आत्महत्या गरेको प्रहरीको अनुमान छ।

Read More

बैतडी : बैतडीमा टिप्पर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा जिल्लाको मेलौली नगरपालिका–०१ घर भएका सहचालक १९ वर्षीय रोहित दयाल छन्। रोहितको घटनास्थलमै मृत्यु भएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक नन्दराज जोशीले बताए। मेलौलीबाट पाटनतर्फ गइरहेको सुप्रप ०१ ००१क २३९४ नम्बरको टिप्पर लामालेक हतरंगा जाने सडक नजिकै दुर्घंटनामा परेको हो। दुर्घटनामा परेर टिप्पर चालक मेलौली नगरपालिका–०१ का २४ वर्षीय गम्भीर टमटा सामान्य घाइते भएका छन्। चालक प्रहरीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ। दुर्घटनाग्रस्त टिप्पर सडकबाट ५० मिटर तल खसेको छ। दुर्घटनाको कारण खुल्न सकेको छैन। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

Read More

धनगढीः कैलालीको फुलबारीमा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिवको गाडीमा तोडफोड भएको छ। सुदूरपश्चिम प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव जिवनाथ पौडेल सवार सुपप्र ०१००१ झ ४९३ नम्बरको गाडिमा बुधवार तोडफोड भएको हो। कैलालीको धनगढी उपमहानगरपालिका–१९ बसन्ताको वनबाट अवलोकन गरि फर्किने क्रममा गाडिमा तोडफोड भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रहरी निरीक्षक सन्तोस बस्यालले जानकारी दिए। तोडफोडबाट गाडीको सिसामा क्षति भएको प्रहरीले बताएको छ। तोडफर्डमा सङ्लङ्न रहेको भन्दै प्रहरीले ५ जनालाई नियन्त्रणमा लिएर सोधपुछ भइरहेको प्रहरी निरीक्षक बस्यालले जानकारी दिए।

Read More

धनगढी : कैलालीको गोदावरी नगरपालिकाको प्रशासकीय भवनको उद्घाटन गरिएको छ। बिहीबार नेकपा एमालेको अवरोधकाबीच नगर प्रमुख विरेन्द्र भट्टले उद्घाटन गरेका हुन्। भवन पुनः उद्घाटनको एमालेले बिरोध जनाएको छ। एमालेलेबाट निर्वाचित तत्कालीन मेयर हरिसिंह साउदले १४ चैत २०७८ मा प्रशासनिक भवनको उद्घाटन गरेको भवनको कांग्रेसबाट निर्वाचित अहिलेका मेयर बिरेन्द्र भट्टले बिहीबार उद्घाटन कार्यक्रम राखेपछि बिहान तनाव सिर्जना भएको थियो। प्रशासनीक भवन पुनः उद्घाटन गर्ने काम अलोकतान्त्रिक भएको भन्दै विरोधमा उत्रिएको नेकपा एमालेले नगरपालिका घेराउ गरेको छथियो।

Read More

धनगढी : चीनको ताक्लाकोटमा होटेल व्यवसाय गर्दै आएका एक जना नेपालीको मृत्यु भएको छ। अचानक प्रेसरले हानेपछि ताक्लाकोटकै होटेलमा उपचारका क्रममा उनको मृत्यु भएको हो। सीमा सुरक्षा प्रहरी हिल्साका (बिओपी) सशस्त्र प्रहरी निरीक्षक पप्पु यादवले सुदूरपश्चिम प्रदेशको डोटी जिल्ला जोरायाल गाउँपालिका–२ का ५२ वर्षीया बीरबहादुर थापाको चीनको ताक्लाकोटमा उपचारका क्रममा मृत्यु भएको जानकारी दिए। उनले मृतक थापालाई अचानक सन्चो नभएपछि अस्पताल लगिएको र माघ ३ गते राति एक बजे अस्पतालले मृतक घोषणा गरेको बताए। थापा पाँच महिनाअघि हिल्सा नाका हुँदै चीनमा होटेल व्यवसाय गर्न ताक्लाकोटतर्फ लागेका थिए। उनले मृतक थापाको लाशलाई बिहीबार बिहान नौ बजेर २५ मिनेटमा ताक्लाकोटबाट हिल्सा ल्याइपु…

Read More

रेसुंगा : गुल्मीकी मनिषा जिसीले लोकसेवा आयोगद्वारा लिइएको विभिन्न पदका पाँच परीक्षा एक वर्षभित्रमा उत्तीर्ण गरेकी छिन्। धुर्कोट गाउँपालिका–३ हाडहाडेकी जिसीले एक वर्षभन्दा छोटो समय अवधिमा परीक्षा पास गरेकी हुन्। उनले कोशी प्रदेशअन्तर्गत स्वास्थ्य सेवातर्फ चौथो तह, लुम्बिनी प्रदेशअन्तर्गत स्वास्थ्य सेवातर्फ सहायक चौथो तह, लुम्बिनी प्रदेशअन्तर्गत स्थानीय स्वास्थ्य सेवातर्फ सहायक चौथो तह, वाग्मती प्रदेशअन्तर्गत स्वास्थ्य सेवातर्फ पाँचौँ तह र सङ्घीय लोकसेवा आयोगअन्तर्गत स्वास्थ्य सेवातर्फ पाँचौँ तह पास गरेकी हुन्। ‘सानैदेखि नर्सिङ विषय पढ्ने रहर थियो। छात्रवृत्तिमा स्टाफ नर्स अध्ययन पूरा गरी करिब पाँच वर्ष करार सेवामा काम गरेँ,’ उनले भनिन्। परिश्रमका कारण आफूलाई सफलता मिलेको उनको भनाइ छ । एक…

Read More