Author: महेन्द्रनगर पोष्ट

धनगढीः नेपाल टेलिकम दूरसञ्चार निर्देशनालय, अत्तरिया र बिएसएल कन्स्ट्रक्सन काठमाडौँका बिचमा तामाजन्य कबाड खरिद–बिक्रीका लागि सम्झौता गरेको थियो । बिएसएल कन्स्ट्रक्सन काठमाडौँले ९६ हजार दुई सय ५७ दशमलव ३५ किलोग्राम तामाज्य कबाड खरिदका लागि टेलिकमको खातामा धरौटी रकम जम्मा गरेको थियो । कम्पनीले निर्देशनालयको खातामा मंसिर २२ गते ८ करोड १९ लाख चार हजार चार सय १६ रुपैयाँ जम्मा गरेको छ। कम्पनीले पुस ६ गतेबाट टेलिकमको गोदामबाट कबाड सङ्कलन सुरु गरेको थियो। तर, टेलिकमका गोदामहरुबाट सङ्कलन गरिएको तामाज्य कबाडको तौल र ट्रकहरुमा रहेको कबाडको तौलमा फरक फरक परेको छ। छानबिन समितिका संयोजक शिवराज जोशीका अनुसार नेपाल टेलिकमले १५ हजार ६ सय…

Read More

धनगढी : टीकापुर घटनाका मुख्य अभियूक्त हुन रेशमलाल चौधरी । तीनै चौधरीले नागरिक उन्मुक्ति पार्टीको प्रथम अधिवेशनबाट सर्वसम्मत अध्यक्ष चयन भएका छन्। सर्वसम्मत अध्यक्षमा चयन भएपछि जिल्ला, उच्च र सर्वोच्च अदालतले दोषी ठहर गरिसकेको चौधरीको अध्यक्ष पदलाई निर्वाचन आयोगले मान्यता दिने वा नदिनेबारे बहस शुरु भएको छ । निर्विरोध अध्यक्ष बनेका चौधरीको प्रस्तावक रोशन थापा र समर्थक सानु शाक्य थिए । अहिलेसम्म पार्टीको संरक्षक रहेका चौधरी २०७४ मा कैलाली १ बाट प्रतिनिधिसभामा निर्वाचित भएका थिए । तर उनी लामो समय जेलमा बसेर छुटे । अध्यक्ष रेश्म भन्छन् –‘अध्यक्षका लागि म योग्य छु । मेरो पदलाई निर्वाचन आयोगले मान्छ र मान्नुपर्र्छ…

Read More

धनगढी : बैतडीमा ६ जना चोरलाई प्रहरीले पक्राउ गरेको छ। राती पार्टी गर्ने भन्दै कुखुरा फर्मबाट ब्रोइलर कुखुरा र मरमसला चोरी गर्ने ६ जनालाई प्रहरीले पक्राउ गरेको हो । उनीहरुले कुखुरा फर्मबाट दुईवटा ब्रोइलर कुखुरा, खुर्सानी, टमाटर, अदुवा, प्याज, धनिया र मसला चोरी गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनीहरुलाई चोरी गर्दै गरेको अवस्थामा प्रक्राउ गरिएको हो। हाल उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Read More

बझाङ:  गत असोज १६ गतेको भूकम्पले मष्टा गाउँपालिका–५ किनाडाकी झुपू आग्रीको घर छियाछिया भयो। केही दिन त्रिपालमा बसे पनि अहिले त्यही घरमा उनको बसोबास छ। कुन दिन चर्किएको घरले आफूलाई पुर्छ भन्ने पीरबाट उनी मुक्त भएकी छैनन्। ७० वर्षीया झुपूको काँधमा अहिले घरको सम्पूर्ण जिम्मेवारी रहेको छ। ससाना नातिनातिनाको हेरचाहमै दिन बित्ने गरेको उनले सुनाइन्। करिब ३० वर्ष अगाडि श्रीमान् गुमाएकी झुपूले दुःखका पहाड झेल्दै छोराछोरीलाई हुर्काइन्। ‘अब त बुढेसकालमा आनन्दले मर्न पाइने सोचेको प्रकृतिले सिकार बनाउँदै छ’, उनले भनिन्। उनको गाउँमा कमाइ खाने जमिन छैन भएको जमिन पनि भिरालो छ। ‘आकाशे पानीकै भर पर्नुपर्छ। पानीको समस्याले बारीमा लगाएको खुर्सानीसमेत…

Read More

बाजुरा : कर्णाली प्रदेशको हुम्ला जिल्लाका लागि अनुदानमा ल्याइएको एक सय ६० बोरा नुन अर्थात् ८० क्विन्टल अलपत्र अवस्था रहेको छ। नेपालगञ्जदेखि ढुवानी गरेर हिमाली गाउँपालिकाको कवाडीस्थित एक स्थानीयको घरमा गोदाम बनाई राखिएको पाँच वर्ष पुग्दा पनि कसैले चासो देखाएका छैनन्। कवाडीस्थित गोदाममा पुगेको नुनको पाँच वर्षसम्म पनि खोजी नगर्दा अलपत्र अवस्थामा पुगेको स्थानीयले बताएका छन्। ठेकेदारबाट अनुदानबापतको नुन कवाडीसम्म पुगे पनि समयमा सम्बन्धित ठाउँमा पुग्न नसक्दा गोदाममै अलपत्र बनेको छ। नुनको पाकेट बाहिर लेखिएको मिति हेर्दा सन् २०१९ अर्थात् गत २०७५ सालमा ढुवानी भएको देखिन्छ। पाकेटमा लेखिएको मितिका कारण धनगढीको नभई नेपालगञ्जबाट हुम्लाका लागि ढुवानी भएको कर्मचारी बताउँछन्। उक्त…

Read More

धनगढीः धनगढी उपमहानगरपालिकाले युवाहरूलाई सीप विकासका लागि जापान पठाउने भएको छ। जापान अन्तर्राष्ट्रिय सहयोग एजेन्सी (जाइका) सँगको सहकार्यमा उपमहानगरले युवाहरूलाई जापान पठाउने भएको हो। धनगढीका युवाहरूले जापान गएर सीप सिकेर स्वदेश फर्किन पाउने भएका छन्। सम्झौतामा धनगढी उपमहानगरपालिकाको तर्फबाट नगरप्रमुख गोपाल हमाल र जाइकाको तर्फबाट प्रोजेक्ट म्यानेजर राजनकुमार पौडेलले बिहीवार हस्ताक्षर गरेका हुन्। जाइकाले मुख्य गरी धनगढीका युवाहरूमा उद्यमशीलता र करिअर विकासको अवसर दिन जापानका कम्पनीहरूमा धनगढीका युवालाई जोड्ने काम गर्ने पौडेलले बताए। सम्झौताअनुसार धनगढी उपमहानगरपालिकाले युवाहरूलाई जापानमा सीप सिक्न पठाउने छ। जापान जाने युवा स्वदेश फर्केपछि सीप सिकेको र रोजगार सिर्जना गर्ने बन्नुपर्ने नगरप्रमुख हमालले बताए। यसैबीच बैतडीको पाटन नगरपालिका…

Read More

कञ्चनपुर : कृष्णपुर नगरपालिका-२ बाणीस्थित गडबिजुला सामुदायिक वनमा काँचा सालका खडा रुख कटानी गरी तस्करी गरेको पाइएको छ। सामुदायिक वनमा तीन सालका रुख कटानी गरी तस्करी गरेको पाइएको हो।  सामुदायिक वनका अध्यक्ष धनीराम चौधरीले वन गस्तीमा जाने क्रममा तस्करले मेसिनको प्रयोग गरी सालका रुख कटानी गरी लगेकोे पाइएको बताए। रुख कटानी भएका क्षेत्रमा ट्र्याक्टर हिँडेको टायरका छाप स्पष्टसँग देखिएको उनले बताए। दिउँसो मात्रै वनमा हेरालुको व्यवस्था रहेको जनाउँदै उहाँले राति वन गस्तीका लागि वन हेरालु राख्न नसक्दा रुख तस्करी हुन थालेको बताए। “पूर्व पश्चिम राजमार्गमा राखिएका सिसिटिभी क्यामेरामा गुलरियातर्फबाट दुई ट्राक्टर वनतर्फ आएको देखिन्छ, तीन घण्टापछि ट्रलीमा काठ छोपेर लगेको…

Read More

धनगढी : नागरिक उन्मुक्ति पार्टीको अध्यक्षमा रेशम चौधरी सर्वसम्मत चयन भएका छन्। कैलालीको टीकापुरमा भएको पार्टीको पहिलो महाधिवेशनले चौधरीलाई अध्यक्षमा चयन गरेको हो। अध्यक्षमा चौधरीको मात्रै उम्मेदवारी परेकाले उनी सर्वसम्मत चयन भएका हुन्। तर, निर्वाचन समितिले औपचारिक घोषणा गर्न बाँकी छ। यसअघि चौधरीकी पत्नी रञ्जिता श्रेष्ठ चौधरी अध्यक्ष थिइन्। उनी रेशमपत्नी हुन् । त्यस्तै वरिष्ठ उपाध्यक्षमा दामोदर पण्डित निर्विरोध निर्वाचित भएका छन् भने कोषाध्यक्षमा टीकालक्ष्मी चौधरी चयन भएकी छन्। अन्य पदमा एकभन्दा बढी उम्मेदवार परेकोले सहमतिको प्रयास भइरहेको छ।

Read More

काठमाडौं : संयुक्त राष्ट्रसंघको आह्वानमा कंगोमा तैनाथ नेपाली शान्ति सैनिकहरुको अदलीबदली भएको छ। जसअनुसार नरसिंहदल गण (शान्ति सेना) २९ औं डफ्फालाई बदली गर्नका लागि महावीर शौर्य गण (रेञ्जर) (शान्ति सेना) ३० औं डफ्फाका १८८ जना नेपाली शान्ति सैनिकहरु शुक्रबार मिसन इलाकातर्फ प्रस्थान गरेका छन्। प्रमुख सेनानी प्रेम प्रसाद पौडेलको नेतृत्वमा यूएन चार्टर्ड फ्लाइटमार्फत काठमाडौँबाट मिसन इलाकातर्फ प्रस्थान गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ। उक्त मिसनमा आफ्नो कार्यकाल पुरा गरेको नरसिंहदल गण (शान्ति सेना) २९ औं डफ्फाको १८८ जना नेपाली शान्ति सैनिकहरुको टोली सेनानी कमल थापाको नेतृत्वमा शुक्रबार नै स्वदेश फर्किएको सेनाले जनाएको छ। हाल कंगो मिसनमा नेपाली सेनाका…

Read More

काठमाडौं : नेपाल पुलिस क्लबले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगिताका लागि दिपेन्द्र सिंह ऐरीको कप्तानीमा टिम घोषणा गरेको छ। टिममा राष्ट्रिय टिमबाट खेलेका ११ खेलाडी छन्। टिममा कुशल भुर्तेल, करण केसी, आरिफ शेख, ललित राजवंशी, अर्जुन साउद र दिलिप नाथ छन्। अर्जुन साउदले यसअघिको प्रधानमन्त्री कप भने आर्मीबाट खेलेका थिए। यस्तै अमित श्रेष्ठ, सुनिल धमला, ललित राजवंशी, सागर ढकाल, शंकर राण, राशिद खान, ललित भण्डारी र रोशन बुढा पनि पुलिसको टिममा छन्। पुलिसको टिमको प्रशिक्षकमा टिमका पूर्व कप्तान रहेका मञ्जित श्रेष्ठ रहनेछन्। एक दशकभन्दा लामो समय मञ्जितले पुलिसको कप्तानी गर्दा दर्जन बढी उपाधि जिताएका थिए।

Read More