धनगढीः धनगढी उपमहानगरपालिकाले युवाहरूलाई सीप विकासका लागि जापान पठाउने भएको छ।
जापान अन्तर्राष्ट्रिय सहयोग एजेन्सी (जाइका) सँगको सहकार्यमा उपमहानगरले युवाहरूलाई जापान पठाउने भएको हो।
धनगढीका युवाहरूले जापान गएर सीप सिकेर स्वदेश फर्किन पाउने भएका छन्।
सम्झौतामा धनगढी उपमहानगरपालिकाको तर्फबाट नगरप्रमुख गोपाल हमाल र जाइकाको तर्फबाट प्रोजेक्ट म्यानेजर राजनकुमार पौडेलले बिहीवार हस्ताक्षर गरेका हुन्।
जाइकाले मुख्य गरी धनगढीका युवाहरूमा उद्यमशीलता र करिअर विकासको अवसर दिन जापानका कम्पनीहरूमा धनगढीका युवालाई जोड्ने काम गर्ने पौडेलले बताए।
सम्झौताअनुसार धनगढी उपमहानगरपालिकाले युवाहरूलाई जापानमा सीप सिक्न पठाउने छ। जापान जाने युवा स्वदेश फर्केपछि सीप सिकेको र रोजगार सिर्जना गर्ने बन्नुपर्ने नगरप्रमुख हमालले बताए।
यसैबीच बैतडीको पाटन नगरपालिका र कोरियन संस्थाहरुबीच आपसी समजदारी कायम भएको छ।
डोङबाङ डिएस सिस्टम प्रालिबीच कामदार साटासाटको लागि आपसी समजदारी भएको छ भने शैक्षिक कार्यक्रमका लागि कोसा कम्पनी लिमिटेडबीच सम्झौता भएको हो।
पाटन नगरपालिकाका उपप्रमुख कमल सिंह बोहराले यस महत्वपूर्ण सम्झौतामा हस्ताक्षर गरेका हुन्। सम्झौता अनुसार पाटन नगरपालिकाका कक्षा १२ उर्तीण विद्यार्थीहरुले कोरियामा गएर त्यहाको विश्वविद्यालयमा अध्यायन गर्न सक्ने छन्।
कोरियन भाषा शिक्षा र कोरियामा अध्ययन गर्नका लागि पाटन नगरपालिकाका विद्यार्थीहरूलाई सहयोग पुर्याउनको लागि सम्झौतता गरिएको सम्झौता पत्रमा उल्लेख गरिएको छ।
पाटन नगरपालिकाका विद्यार्थीहरूको कोरियाली भाषा सीप सुधार गर्न र कोरियामा अध्ययन गर्न चाहने विद्यार्थीहरूलाई सहयोग पु¥याउने उदेश्यका साथ सम्झौता गरिएको हो।