Author: महेन्द्रनगर पोष्ट

काठमाडौं : धरान उपमहानगरपालिका मेयर हर्क साम्पाङले रामबहादुर बम्जनबाट बरामद भएको पैसामाथि व्यङ्ग गर्दै ध्यान गर्नको लागि आफू अर्को रुख रोप्न हिडेको बताएका छन्। तपस्वीको घरमा धनको रास देखेपछि साम्पाङले सामाजिक सञ्जालमा यस्तो प्रतिक्रिया दिएका हुन्। लिटिल बुद्ध भनेर समेत चिनिने बम्जनलाई ३ करोड रुपैयाँभन्दा बढी स्वदेशी तथा विदेशी मुद्रासहित सिआइवीको टोलीले मंगलबार बुढानीलकण्ठबाट पक्राउ गरेको थियो। ‘बम्जन जीले पैसा कहाँ राख्या रैछन ? दराजमा कि बाकसमारु झोलामा कि सुटकेसमा ? कि बोरामा ? हजारको कति वटा पाँच सयको कति ? ,’ उनले व्यङग्य गरेका छन्, ‘देखाउँदा चाहिँ टेबलमा मिलाएर राखेर देखाइयो ! अब त्यो पैसा के हुन्छ ? सुनको…

Read More

सर्लाही : रामबहादुर बमजन भन्ने रामलाल बम्जनलाई प्रहरीले सर्लाही ल्याएको छ। बमजनलाई आज नै सर्लाही जिल्ला अदालतमा पेस गरिने प्रहरीले छ। विभिन्न जिल्लाहरूमा आश्रम खोलेर अनुयायी बलात्कार, हत्या तथा बेपत्ता पारेको आरोप लागेका बमजनलाई बुधवार राति कडा सुरक्षाका बिच सडक मार्ग हुँदै सर्लाही ल्याइएको हो। बमजनलाई विमानमार्फत यहाँ ल्याउने तयारी गरिए पनि मौसम प्रतिकुल रहेकाले विमान आउने/नआउने अनिश्चित भएपछि राति नै सडक मार्ग भएर यहाँ ल्याइएको हो। उनलाई अहिले जिल्ला प्रहरी कार्यालय मलङ्गवाको हिरासतमा राखिएको प्रहरीले जनाएको छ। लामो समयदेखि फरार रहेका बमजनलाई मङ्गलबार साँझ काठमाडौँको बुढानीलकण्ठबाट नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआइबीको टोलीले पक्राउ गरेको थियो। बमजनविरुद्ध २०७७ साल…

Read More

काठमाडौं: नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलामा २०० रुपैयाँले घटेको हो। महासङ्घका अनुसार बिहीबार छापावाल सुन एक लाख १८ हजार ३०० रुपैयाँ र तेजाबी सुन एक लाख १७ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार छापावाल सुन एक लाख १८ हजार ५०० रुपैयाँ र तेजाबी सुन एक लाख १७ हजार ९५० रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै, आज चाँदीको मूल्य भने स्थिर रहेको छ। आज चाँदी तोलामा १४ सय १० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ।

Read More

काठमाडौं : जिल्ला अदालत काठमाडौंले बलात्कारी ठहर गरी ८ वर्ष कैद सजाय तोकिएका सन्दीप लामिछानेलाई नेपाल क्रिकेट संघ (क्यान) ले निलम्बन गरेको छ। सन्दीपलाई जबरजस्ती करणी मुद्दामा कसुर ठहर गरी सजय निर्धारण भएको हुनाले अदालतको आदेश मान्दै क्यानले उनलाई घरेलु तथा अन्तर्राष्ट्रिय क्रिकेट खेल गतिविधिबाट निलम्बन गरिएको जानकारी दिएको छ। यसअघि जिल्ला न्यायाधीश शिशिर ढकालको इजलासले लामिछानेलाई पुस १३ गते बलात्कारी ठहर गरेको थियो। त्यसपछि बुधबार बसेको न्यायाधीश ढकालकै इजलासले लामिछानेलाई ८ वर्ष कैद, ३ लाख रुपैयाँ जरिवाना र २ लाख रुपैयाँ क्षतिपूर्ति पीडितलाई भराउन समेत फैसला गरेको थियो। लामिछानेले गौशाला २६ को आर्थिक अवस्था कमजोर भएको फाइदा उठाएर बलात्कार गरेको इजलासले…

Read More

काठमाडाैं : यो वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) चैत पहिलो हप्तादेखि हुने भएको छ । बुधबार शिक्षा पत्रकार सञ्जाल (इजोन) ले आयोजना गरेको कार्यक्रममा बोर्डका अध्यक्ष महाश्रम शर्माले वार्षिक क्यालेन्डर अनुसार परीक्षा हुने बताए । ‘यो वर्षको एसईई हुन्छ । चैतको पहिलो हप्ता हुन्छ । माघको पहिलो हप्ता रुटिन निकाल्छौँ,’ उनले भने । यो वर्षदेखि सबै विषयमा ३५ प्रतिशत अनिवार्य ल्याउनै पर्ने प्रावधान राखिएको छ । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० का परीक्षा नियन्त्रक नन्दलाल पौडेलले ३५ प्रतिशत अङ्क नल्याउने विद्यार्थीले मार्कसिट नपाउने बताए । उनले भने, ‘यो वर्ष नयाँ पाठ्यक्रम अनुसार परीक्षा हुँदैछ ।  नन ग्रेडिङ…

Read More

धनगढीः कैलालीको गोदावरीबाट अवैध काठ बरामद गरिएको छ। गोदावरी नगरपालिका–१० खमौरा सब डिभिजन वन कार्यालय अत्तरियाबाट गएको गस्ती टोलीले सालको ठूलो परिमाणमा चिरान काठ बरामद गरेको हो। स्थानीय शेरबहादुर चौधरीको घरमा लुकाइ छिपाइ गरेर राखिएको अवस्थामा सालको चिरान काठ बरामद गरिएको सव डिभिजन वन कार्यालय अत्तरियाले जनाएको छ। बरामद सालको काठ चिरान गरिएको २ सय ५० थान (१ सय २० क्युफिट) रहेको सब डिभिजन वन कार्यालय अतरियाबाट कार्यालय प्रमुख निराजन कडालले बताए।

Read More

टीकापुर : रेशम चौधरीले जेलबाट संरक्षक रहेर स्थापना गरेको नागरिक उन्मुक्ति पार्टीको पहिलो अधिवेशन आजदेखि सुरु हुँदै छ । कैलालीको टीकापुरमा हुने महाधिवेशनको सबै तयारी पूरा भएको पार्टीले जनाएको छ । बिहीबारदेखि शनिबारसम्म चल्ने महाधिवेशनले पार्टीको नयाँ नेतृत्व चयन गर्नेछ । महाधिवेशनमा देशभरिबाट करिब ८ हजार प्रतिनिधिहरू सहभागी हुनेछन् । तर सर्वसम्मतरुपमा नेतृत्व चयन हुने संरक्षक चौधरीको दाबी छ । नेताहरूका अनुसार अब चौधरी आफैँ पार्टीको अध्यक्ष बन्ने तयारीमा छन् । महाधिवेशनले २८ पदाधिकारीसहित ५०१ सदस्यीय केन्द्रीय समितिको निर्वाचन गर्नेछ । विधानअनुसार नागरिक उन्मुक्तिले महाधिवेशनबाट अध्यक्ष, सहअध्यक्ष, सात उपाध्यक्ष, महासचिव, ७ सहसचिव र एक कोषाध्यक्ष निर्वाचित गर्नेछ ।

Read More

कैलाली : अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) सुदूरपश्चिम प्रदेश कमिटीको अध्यक्षमा मनोज राई चयन भएका छ। बुधबारदेखि सुरु भएको प्रदेश अधिवेशनमा बिहीबार बिहान उनको नेतृत्वमा नयाँ समिति चयन गरिएको हो । प्रदेश कमिटी उपाध्यक्षमा रोहित बोगटी, दिनेश सिंह र इन्द्र बोहरा, सचिवमा कमल रोकाया, उपसचिवमा यशोदा थापा, पुष्कर दौल्याल र नरेन्द्र साउँद तथा कोषाध्यक्षमा जेबी कुँवर निर्वाचित भएका छन्।

Read More

अत्तरिया : कैलालीको अत्तरियामा आजदेखि सुदूरपश्चिम प्रादेशिक महोत्सव सुरु हुँदैछ। अत्तरियाको लामिताल परिसरमा बिहीवारदेखि आठौं संस्करणको महोत्सव सञ्चालन हुन लागेको हो। महोत्सवको पूर्वसन्ध्यामा बिहान ११ बजेदेखि प्रभातफेरी गरेर १ बजे महोत्सवको उद्घाटन गर्ने कार्यक्रम रहेको छ। महोत्सवको उद्घाटन कैलाली क्षेत्र नम्बर ४ बाट निर्वाचित सांसद वीरबहादुर बलायरले गर्ने आयोजकले जनाएको छ। महोत्सवको सम्पूर्ण तयारी पुरा भएको संघका अध्यक्ष कल्याणसिंह बोहराले बताए। उनले महोत्सव स्थलमा सम्पूर्ण पूर्वाधारको तयारी पुरा भएको बताए।

Read More

काठमाडौं : बैतडी घर भइ बाँकेमा कार्यरत प्रहरी सहायक निरीक्षक(असई) गजेन्द्रसिंह भण्डारी घुससहित पक्राउ परेका छन्। कृषि प्रयोजनको लागि ल्याएको युरिया मलसहित पक्राउ परेको मोटरसाइकल छुटाइदिने भन्दै ८ हजार घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले प्रहरी चौकी खडैचामा कार्यरत उनलाई पक्राउ गरेको हो।   उनलाई घुस लिइसकेको अवस्थामा उक्त रकमसहित प्रहरी चौकी खडैचाबाट नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको अख्तियारले विज्ञप्तिमार्फत जनाएको छ ।

Read More