काठमाडाैं : यो वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) चैत पहिलो हप्तादेखि हुने भएको छ ।
बुधबार शिक्षा पत्रकार सञ्जाल (इजोन) ले आयोजना गरेको कार्यक्रममा बोर्डका अध्यक्ष महाश्रम शर्माले वार्षिक क्यालेन्डर अनुसार परीक्षा हुने बताए । ‘यो वर्षको एसईई हुन्छ । चैतको पहिलो हप्ता हुन्छ । माघको पहिलो हप्ता रुटिन निकाल्छौँ,’ उनले भने ।
यो वर्षदेखि सबै विषयमा ३५ प्रतिशत अनिवार्य ल्याउनै पर्ने प्रावधान राखिएको छ । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० का परीक्षा नियन्त्रक नन्दलाल पौडेलले ३५ प्रतिशत अङ्क नल्याउने विद्यार्थीले मार्कसिट नपाउने बताए ।
उनले भने, ‘यो वर्ष नयाँ पाठ्यक्रम अनुसार परीक्षा हुँदैछ । नन ग्रेडिङ लागू हुँदैछ । ३५ प्रतिशत सबै विषयमा ल्याउनै पर्ने हुन्छ।’
Facebook Comments Box