काठमाडौं: नेपाल प्रहरीका १५५ जना प्रहरी सहायक निरीक्षक (असई) प्रहरी नायव निरीक्षक (सई) मा बढ़ुवा र पदस्थापन भएका छन्।
प्रहरी महानिरीक्षकको मंगलबारको निर्णय अनुसार, जनपदतर्फका १५५ जना असईलाई सई पदमा बढुवा गरिएको हो। साथै उनहरुलाई तोकिएका दरबन्दीमा पदस्थापन गरिएको छ।
यस्तै नेपाल प्रहरीका ३२ जना प्रहरी नायब निरीक्षक वरिष्ठ नायब निरीक्षकमा बढुवा भएका छन्।
प्रहरी महानिरीक्षकको मंगलबारको निर्णयानुसार जनपद तर्फका ३२ जना सईलाई वरिष्ठ सईमा बढ़ुवा गरिएको हो। साथै उनीहरुको पदस्थापन समेत भएको छ।
यस्तै नेपाल प्रहरीका ३१७ प्रहरी वरिष्ठ नायब निरीक्षकहरू (वरिष्ठ सई) को सरुवा भएको छ।
शुक्रबारको प्रहरी अतिरिक्त महानिरीक्षकको निर्णयअनुसार वरिष्ठ सईहरुको सरुवा गरिएको हो।
प्रचलित नियमअनुरूप तलव, भत्ता लगायतका सुविधा हाल सरुवा भएको दरबन्दीबाट पाउने गरी विभिन्न स्थानका वरिष्ठ सइहरूको सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।
त्यस्तै नेपाल प्रहरीका २७८ जना प्रहरी नायब निरीक्षक (सई) को सरुवा भएको छ।
शुक्रबारको अतिरिक्त महानिरीक्षकको निर्णयअनुसार प्रहरी नायब निरीक्षकहरूको सरुवा गरिएको हो।
प्रचलित नियमअनुरूप तलव, भत्ता लगायतका सुविधा हाल सरुवा भएको दरबन्दीबाट पाउने गरी विभिन्न स्थानका प्रहरी नायब निरीक्षकहरूको सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।
सूची हेर्नुस्
जनपद प्रहरी समूहतर्फका प्रहरी वरिष्ठ नायव निरीक्षकहरुको सरुवा सम्बन्धी सूचना ।
जनपद प्रहरी समूहतर्फका प्रहरी वरिष्ठ नायव निरीक्षकहरुको बढुवा तथा पदस्थापन सम्बन्धी सूचना ।
जनपद प्रहरी समूहतर्फका प्रहरी नायव निरीक्षकहरुको सरुवा सम्बन्धी सूचना ।
जनपद प्रहरी समूहतर्फका प्रहरी नायव निरीक्षकहरुको बढुवा तथा पदस्थापन सम्बन्धी सूचना ।