Author: महेन्द्रनगर पोष्ट

धनगढी : धनगढीमा ग्रासरुट क्रिकेट विकास कार्यक्रम सञ्चालन हुने भएको छ। धनगढी उपमहानगरपालिकालेे ‘गो डि्रमर्स’ को साझेदारीमा साझेदारीमा ग्रासरुट क्रिकेट विकास कार्यक्रम सञ्चालन गर्ने भएको हो। कार्यक्रम सञ्चालनका लागि शुक्रबार धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमाल र गो डि्रमर्सका अध्यक्ष सुवास शाहीले समझदारी पत्रमा हस्ताक्षर गरेका छन्। दुवै पक्षबीच उपमहानगरपालिकाका दुई नमूना विद्यालयमा ग्रासरुट लेभल क्रिकेट कार्यक्रम सञ्चालन गर्ने समझदारी भएको मेयरको निजी सचिवालयले जनाएको छ। शैक्षिक गुणस्तर सुधार कार्यक्रमअन्तर्गत छनोट भएका धनगढी उपमहानगरपालिका-१२ जुगेडाको सिद्धनाथ माध्यमिक विद्यालय र वड नम्ब १८ को चन्द्रोदय माध्यमिक विद्यालय फुलबारीमा कार्यक्रम सञ्चालन गरिने भएको छ। साझेदारी पत्र आदानप्रदान गर्दै मेयर हमालले नमूना विद्यालयमा क्रिकेटको…

Read More

कञ्चनपुरः कञ्चनपुरमा लागुऔषधसहित दुई जना पक्राउ परेका छन्। बेलडाँडी गाउँपालिका-१ झरना सागर टोलबाट ३ ग्राम २० मिलिग्राम खैरो हेरोइनसहित जिल्ला पिलिभित टाटरगञ्ज भारत बस्ने २८ वर्षीय ईरफान अलिसमेत दुई जनालाई शुक्रवार साँझ प्रहरीले पक्राउ गरेको हो। ईलाका प्रहरी कार्यालय बेलडाँडीबाट खटिएको प्रहरी गस्ती टोलीले चेकजाँच गर्दा उनीहरुको साथबाट लागुऔषध फेला पारी पक्राउ गरेको जनाएको छ। उनीहरुले प्रयोग गरेको भारतीय नम्बर प्लेटको मोटरसाइकल १ थानसहित दुवै जनालाई पक्राउ गरेको हो प्रहरीले बताएको छ। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

Read More

दार्चुलाः दार्चुलामा चितुवा मृत अवस्थामा फेला परको छ। मालिकार्जुन गाउँपालिका-५ डाडाकोटस्थित घट्टेगाड खोला किनारमा शुक्रवार चितुवा मृत अवस्थामा फेला परेको हो। अस्थायी प्रहरी पोष्ट डाडाकोट दार्चुलाबाट खटिएको प्रहरी टोलीले मृत चितुवालाई महाकाली सव डिभिजन वन कार्यालय जोलजिबिको जिम्मा लगाएको छ। 

Read More

काठमाडौं : यौनजन्य कसुरको बात लागेका कर्णेल निश्चयजंग रायमाझीले उन्मुक्ति पाएका छन्। स्थपति विभागमा कार्यरत सेनाकी आर्किटेक्ट इञ्जिनियरसँगको आपत्तिजनक सम्बन्धलाई लिएर ती महिलाका पतिले दिएको उजुरीका आधारमा जंगी अड्डाले ब्रिगेडियर जर्नेल रविन्द्र केसीको नेतृत्वमा छानवीन अगाडि बढाएको थियो। उक्त उजुरीमा पत्नीमाथि यौनजन्य हिंसा भएको दावी गर्दै कर्णेल रायमाझीलाई सैनिक ऐनअनुसार हदैसम्मको कारवाही गरियोस् भन्ने माग गरिएको थियो। सोही उजुरीका आधारमा रायमाझीले १० दिन सैनिक हिरासतमा बिताए। तर, महिलाका पतिले त्यस्तो उजुरी आफूले नदिएको, आफ्नो नाममा अरु कसैले झुटो उजुरी दिएर दुःख दिन खोजेको भन्दै होस्टाइल बने। उनले आफ्नी श्रीमती त्यस्तो चरित्रको हुँदै नभएको भनेपछि जंगी अड्डा थप छानवीन कार्यबाट पछाडि…

Read More

कञ्चनपुरः कञ्चनपुरबाट नगदसहित ५ जुवाडे पक्राउ परेका छन्। भीमदत्त नगरपालिका-४ नम्बर १ गल्ली स्थित ओम नास्ता पसलमा जुवातास खेलिरहेको अबस्थामा बेदकोट नगरपालिका-९ बस्ने ३० वर्षीय गोपालबहादुर भण्डारीसहित पाँच जना शुक्रवार साँझ पक्राउ परेका हुन्। विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले उक्त पसलमा चेकजाँच गर्दा उनीहरुलाई नगद ४४ हजार ९४ र १ गड्डी ताससहित पक्राउ गरेको बताएको छ। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

Read More

बझाङ : बझाङमा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ। जयपृथ्वी नगरपालिका-१ भण्डार बस्ने श्याम रोकायाको श्रीमती ३० वर्षीया सरिता रोकायाको शुक्रवार मृत्यु भएको हो। शुक्रवार दिउँसो घर नजिकै रहेको भिनटा भिरमा घाँस काट्ने क्रममा एक्कासी ५०० मिटर तल खसेर उनी गम्भिर घाईते भएकी थिइन्। उनको उपचारका लागि जिल्ला अस्पताल बझाङमा ल्याएपछि डाक्टरले चेक गर्दा मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।  

Read More

काठमाडौं : हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ। साथै देशको तराईका अधिकांश स्थानहरूमा हुस्सु लगेको छ। आज दिउँसो देशको पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ। कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। राति भने देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ। कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक–दुई स्थानमा हल्का…

Read More

काठमाडौं : जिल्ला प्रहरी खोटाङले पुस २६ गते मातहतमा कार्यरत ६ जना प्रहरी कर्मचारीलाई स्पष्टीकरण सोध्यो । कारण भने अनौठो देखिन्थ्यो । नियमअनुसार पाउनु पर्ने बिदा नलिएको भन्दै ५ प्रहरी जवान र एक सहायक हवल्दारलाई कारण सोधिएको थियो । स्पष्टीकरणको समाचार जतातै आएपछि खोटाङ प्रहरी प्रमुख आफैँलाई भने अहिले स्पष्टीकरण दिँदाको हैरान छ । ‘यो हामीले स्पष्ट हुनका लागि सोधेको थियौँ, कुनै कारबाही गर्नका लागि थिएन’, डीएसपी पुरुषोत्तम खड्काले भने । बिदा बस्दा प्रहरी कर्मचारीको मानसिक र पारिवारिक जीवन पनि राम्रो हुने र त्यसले संगठनलाई पनि राम्रो गर्ने भएकाले बिदा बस्न कर्मचारीलाई मोटिभेट गरिएको उनले बताए । ‘यदी कोही बिदा…

Read More

काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल यात्रु आगमन कक्षको सुरक्षा जाँचमा सशस्त्र प्रहरी परिचालन गरिएपछि नेपाल प्रहरी असन्तुष्ट बनेको छ । यसअघि निजी कम्पनीका सुरक्षाकर्मी भाडामा लिएर विमानस्थल सुरक्षा जाँच हुँदै आएको थियो । गृह मन्त्रालयले गत सोमबारबाट निजी सुरक्षाकर्मी हटाएर भन्सार सुरक्षा जाँच जिम्मा सशस्त्र प्रहरीलाई दिएको छ । अहिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयकै कमान्डमा हुने गरी अन्तर्राष्ट्रिय टर्मिनल आगमन कक्षमा ३० सशस्त्र प्रहरी परिचालन गरिएको छ । सुरक्षा जाँच थप प्रभावकारी बनाउन भन्सार प्रमुखकै कमान्ड हुने गरी सशस्त्र प्रहरी परिचालन गरिएको भन्सार विभाग महानिर्देशक शोभाकान्त पौडेलले बताए । ‘भन्सार तथा सीमा सुरक्षाको जिम्मा सशस्त्र प्रहरीलाई यसअघि नै दिइएको…

Read More

धनगढी : नेपाल टेलिकमको कबाड विक्रीको अनुसन्धान गर्न कैलाली प्रहरीलाई निर्देशन दिइएको छ । प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्राले कैलाली प्रहरीलाई नेपाल टेलिकमल दूरसञ्चार निर्देशनालय, अत्तरियाले विक्री गरेको कबाडको अनुसन्धान गर्न निर्देशन दिएका हुन् । प्रमुख जिल्ला अधिकारी मिश्रले प्रशासकिय अधिकृत शिवराज जोशी संयोजक रहेको छानबिन समिति गठन गरेका थिए । प्रमुख जिल्ला अधिकारी मिश्रको निर्देशनपछि गठन भएको समितिले छानबिन गर्दा टेलिकमको अभिलेखको तौल र ट्रकमा रहेको कबाडको तौल फरक परेको पुस्टि भएपछि प्रहरीलाई छानबिन गर्न निर्देशन दिइएको हो । टेलिकमको अभिलेख भन्दा ट्रकमा झण्डै दोब्बर तौलको कबाड फेला परेपछि प्रहरीलाई अनुसन्धान गर्न निर्देशन दिएको जिल्ला प्रशासन कार्यालय, कैलालीका सूचना…

Read More