Author: महेन्द्रनगर पोष्ट

काठमाडौं: उपराष्ट्रपति रामसहायप्रसाद यादवले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन्। शनिबार बिहान राष्ट्रपति पौडेललाई भेट्न उपराष्ट्रपति यादव शीतलनिवास पुगेका थिए। भेटमा राष्ट्रपति पौडेल र उपराष्ट्रपति यादवबीच मुलुकको समसामयिक र विविध विषयमा छलफल भएको राष्ट्रपति पौडैलका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए।

Read More

जाजकोट: कात्तिक १७ गते मध्य रातको भूकम्पले नलगाड नगरपालिका–८ कोरिन्चेका मनबहादुर खत्रीको घरको आधा भाग भत्किएको छ। घरको आधा भाग भत्किए पनि जोखिम मोलेर पशुचौपायदेखि केही घरायासी सामान भत्केको घरभित्र राख्ने गरिएको छ। परिवारका सदस्य खुला ठाउँमा त्रिपाल टाँगेर बसिरहेका छन्। विभिन्न निकायबाट प्राप्त एक थान त्रिपाल र आफूसँग रहेको कपडाको सहारामा यो परिवार खुला आकाशमा चिसो तथा अभावसँग संघर्ष गरिरहेको छ। खत्रीको आधा घर भत्किएर त्यहाँ रहेका काठदेखि अन्य सामान निकाल्न एक लाखभन्दा बढी खर्च हुने अनुमान छ। भिरालो जमिन भएका कारण अन्य ठाउँमा अस्थायी टहरा निर्माण गर्न पर्याप्त ठाउँ पनि छैन। नयाँ अस्थायी आवास निर्माण गर्नभन्दा भूकम्पबाट छिया,…

Read More

धनगढी : कैलालीमा लागूऔषधसहित दुईजना पक्राउ परेका छन्। जिल्लाको टीकापुर नगरपालिका–१ ब्लक नम्बर–७ स्थित पाउरोटी चोक र लम्कीचुहा नगरपालिका–५ चौरीबाट छुट्टाछुट्टै दुई जनालाई पक्राउ गरिएको हो। टीकापुर नगरपालिका–१ ब्लक नम्बर–७ बाट ८३० मिलिग्राम लागूऔषध खैरो हेरोईनसहित सोही ठाँउका २६ वर्षीय शंकर खत्रीलाई पक्राउ गरेको कैलाली प्रहरीले जनाएको छ। लम्कीचुहा नगरपालिका–५ चौरीबाट १७० मिलिग्राम लागूऔषधसहित सोही ठाँउ बस्ने १९ वर्षीय कमल रावललार्ई प्रहरीले पक्राउ गरेको हो। दुबैजालाइृ शुक्रबार नियन्त्रणमा लिइएको हो। यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

Read More

दाङ : दाङमा टिप्परले मोटरसाइकललाई ठक्कर दिँदा दुई किशोरको मृत्यु भएको छ। गएराति १०:२० बजे तुलसीपुरबाट घोराही तर्फ जाँदै गरेको रा १ क १३०७ नम्बरको टिप्परले घोराहीबाट तुलसीपुर तर्फ आउँदै गरेको रा २ प ५५८९ नम्बको मोटरसाइकललाई घोराही उपमहानगरपालिका – १० झारबैरा चोकमा ठक्कर दिएको थियो। दाङका प्रहरी प्रमुख एसपी रामबहादुर केसीले टिप्परको ठक्करबाट गम्भीर घाइते भएका मोटरसाइकलमा सवार प्यूठानको झिमरुक गाउँपालिका – ४ बाङ्गेका १७ वर्षीय विशाल जिसी र नौंबहिनी गाउँपालिका – ६ लुङका १८ बर्षीय सागर केसीको मृत्यु उपचारका क्रममा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा मृत्यु भएको जानकारी दिए। मृतक दुई किशोर मामा-भान्जा रहेको खुलेको एसपी केसीले जानकारी…

Read More

काठमाडौं : नाबालिग बलात्कार प्रकरणमा उच्च अदालत पोखराबाट सफाइ पाएका अभिनेता पल शाह (पूर्णविक्रम शाह) विरुद्धको मुद्दा ब्युँतिएको छ। उच्च अदालत पोखराले गरेको फैसला त्रुटिपूर्ण देखिएको दाबी गरी महान्यायाधिवक्ताको कार्यालयले दिएको निवेदनमा सर्वोच्च अदालतले सुनुवाइ गर्दै अभिनेता पलविरुद्धको मुद्दा दोहोर्‍याएर हेर्ने अनुमति दिएको हो। उच्च अदालत पोखराका तत्कालीन कायममुकायम मुख्य न्यायाधीश डिल्लीराज आचार्य र न्यायाधीश श्रीधराकुमारी पुडासैनीको संयुक्त इजलासले २०७९ फागुन ४ गते बलात्कार मुद्दामा पल शाहलाई सफाइ दिएको थियो। उक्त फैसलाविरुद्ध महान्यायाधिवक्ताको कार्यालयले सर्वोच्च अदालतमा मुद्दा दोहोर्‍याएर हेरी पाऊँ भनी निवेदन दिएको थियो। उक्त निवेदनमा मंसिर २२ गते सुनुवाइ गर्दै न्यायाधीश सुष्मालता माथेमा र हरि फुयाँलको संयुक्त इजलासले उच्च…

Read More

धनगढीः बाजुरामा ट्याक्टर दुर्घटना हुँदा एक पुरुषको मृत्यु भएको छ। बाजुराको बुढीगंगा नगरपालिका–१० रिठा खर्रा स्थित साँफे–मार्तडी राजमार्गमा साँफेबाट मार्तडी सदरमुकाम तर्फ जादै गरेको अन टेस्ट ट्राली नजोडेको ट्याक्टर रोडबाट अन्दाजी १०० मिटर तल खसेर शुक्रवार साँझ दुर्घटना भएको हो। दुर्घटना हुँदा कैलालीको धनगढी उपमहानगरपालिका–१९ फुलवारीका ४२ वर्षीय बिरसिंह चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ। दुर्घटनामा गम्भीर घाइते भएका चौधरीको बयलपाटा अस्पताल अछाममा उपचारको क्रममा राति मृत्यु भएको प्रहरीले बताएको हो। घटना सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको बाजुरा प्रहरीले जनाएको छ।

Read More

कैलाली: कैलालीमा मोटरसाइकल र हाइस एक आपसमा ठोक्किदा दुर्घटना भएको छ। हिजो(शुक्रबार) बेलुकी गौरीगंगा नगरपालिका– ६ बनबेहडामा पुर्ववाट पश्चिम दिँशातर्फ आइरहेको सुदुरपश्चिम प्रदेश ०१–००१ज १५४० नम्बरको हाइस र विपरीत दिँशाबाट आइरहेको सुदुरपश्चिम प्रदेश ०१–०१०प १३२० नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किएर दुर्घटना भएको हो। दुर्घटनामा परेर मोटरसाइकल चालक कञ्चनपुरको बेलौरी नगरपालिका–८ का अन्दाजी ३० वर्षीय टेकेन्द्र शाही गम्भिर घाइते भएका छन्। उनको मायामेट्रो अस्पतालमा उपचार भइरहेको छ। हाइस र सहचालकलाई नियन्त्रणमा लिएको छ। चालक भने फरार रहेको जिल्ला पैहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक सन्तोष बस्यालले बताए।

Read More

सुदूरपश्चिम: एचआइभी एड्सका बारेमा जनचेतना अभिवृद्धि भएसँगै पहिलेको तुलनामा यो रोगको रोकथाममा उल्लेखनीय सुधार भएको स्वास्थ्यकर्मीले बताएका छन्। एचआइभी एड्स लागिसकेपछि पूर्णरुपमा निको नहुने भए पनि नियमित रुपमा औषधि खाने सङ्क्रमितको बाँच्ने उमेर बढाउने सकिने स्वास्थ्यकर्मीको भनाइ छ।  स्वास्थ्य निर्देशनालय दिपायलका क्षयकुष्ट अधिकृत मनोज ओझाले विगतभन्दा सङ्क्रमित समाजमा खुलेर आउने गरेको र जनचेतना पनि अभिवृद्धि हुँदै जाँदा यो रोगको रोकथाममा सुधार हुँदै गएको बताए। उनले भने, ‘औषधिको अभाव देखिने पहिलेको जस्तो समस्या हाल छैन, सबै ठाउँमा जाँच गर्न नपाउने उतिबेलाको जस्तो समस्या पनि हटेर गएको छ, औषधि पनि अहिले सबैतिर पर्याप्त छ।’ सन् २०१० को तुलनामा एचआइभी सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्यामा कमी…

Read More

काठमाडौँ :  हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव  रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।  कर्णाली र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागको एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।  चिसोबाट हुन सक्ने असरबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाको अनुरोध छ ।

Read More

धनगढी : कैलालीका प्रमुख जिल्ला अधिकारी युवराज कटेलको सरूवा भएको छ । प्रजिअ कटेलको ठाउँमा अब धर्मेन्द्रकुमार मिश्र आउँने भएका छन् । गृह मन्त्रालयले शुक्रवार १६ जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित २५ जना सहसचिवहरुको सरुवा तथा पदस्थापन गरेको थियो ।

Read More