Author: महेन्द्रनगर पोष्ट

अछाम : ललितपुरको बालकुमारीमा प्रहरीको गोली लागरे मारिएका अछामको चौरपाटी गाउँपालिका-१ का बीरेन्द्र शाहको आज दाहसंस्कार गरिएको छ । गत शुक्रबार रोजगार अनुमति प्रणाली (इपिएस) परीक्षार्थीहरु र प्रहरीबीचको झडपका क्रममा मारिएका उनको आज बुढीगंगा नदी किनारमा अन्तिम संस्कार गरिएको हो । मंगलबार बिहान काठमाडौंबाट हेलिकोप्टरमार्फत ल्याइएको शव आज दिउँसो उनको घर चौरपाटी गाउँपालिका(१ सिउँडी पुगेको थियो । उनको शवयात्रामा गाउँपालिका जनप्रतिनिधिलगायत विभिन्न क्षेत्रका मानिसहरू सहभागी थिए । सरकार र बालकुमारी घटनामा मृत्यु भएका पीडितका परिवारकाबीच चार बुँदे सहमतिपछि शव बुझिएको थियो । शुक्रबार पानीजहाज बनाउने कामका लागि कोरिया भाषा परीक्षा दिएका, तर फेल भएका युवाहरुले पुनः भाषा परीक्षामा सहभागी हुन…

Read More

धनगढी : धनगढीमा सुर्तीजन्य पदार्थ बिक्री वितरण गर्न नपाईने भएको छ । उपमहानगरपालिकाले आगामी माघदेखि नगर क्षेत्रमा सुर्तीजन्य पदार्थको बिक्री वितरणमा रोक लगाएको हो। धनगढी उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामलाल श्रेष्ठले सूचना जारी गर्दैै आगामी माघ १ गतेदेखि नगर क्षेत्रमा सुर्ती तथा मदिराजन्य पदार्थ बिक्री वितरणमा रोक लगाइने उल्लेख गरेका छन्।

Read More

काठमाडौं : काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले तीन जना कर्मचारीलाई निलम्बन गरेका छन् । मेयर बालेनले आफ्नै सचिवालयका प्रमुख नुरनिधि न्यौपाने, स्वास्थ्य विभाग प्रमुख रामप्रसाद पौडेल र वरिष्ठ शाखा अधिकृत भगवती बिडारीलाई सोमबार निलम्बन गरेका हुन् । कार्यपालिकाले गरेको निर्णय हेरफेर गरेको आरोपमा उनीहरूलाई निलम्बन गरिएको हो। पुसमा बसेको नगर कार्यपालिका बैठकले वडा नम्बर १९ को स्वास्थ्य प्रवर्द्धन केन्द्रमा पाँच जना कर्मचारीलाई निरन्तरता दिने निर्णय गरेको थियो। तर त्यसमा वरिष्ठ शाखा अधिकृत बिडारीले नियतवश आफ्नो छोरी सुप्रिया ढुंगेलको नाम उल्लेख गरी छ जना बनाएको आरोप छ। उक्त प्रबर्द्धन केन्द्र ‘द मान्डुस् फ्रान्स’ को आर्थिक सहयोगमा चलिरहेको थियो। मेयर बालेनका…

Read More

‍‍‍‍‍‍‍‍‍‍‍‍‍काठमाडौं : वैदेशिक रोजगारीका लागि विभिन्न देशहरूमा पठाइदिने भन्दै १० करोड रूपैयाँ भन्दा बढी रकम ठगी गरेको अभियोगमा ललितपुर कोन्जोसोम गाउँपालिका-१ बस्ने सी स्टार ट्रेनिङ सेन्टरका संचालक ४७ वर्षीय लाल बहादुर लामालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । काठमाण्डौ महाराजगंजस्थित उक्त ट्रेनिङ सेन्टर संचालन गरेका लामाले पीडितहरूलाई वैदेशिक रोजगारीको लागि लिथोनिया, क्यानडा, सिंगापुर जस्ता मुलुकहरूमा आकर्षक तलबको प्रलोभनमा पारी पीडितहरूबाट उक्त रकम ठगी गरी फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-३१ शंखमूलबाट पक्राउ गरेको हो । लामाले पीडितहरूबाट ५ लाखदेखि १५ लाख रूपैयाँसम्म लिई वैदेशिक रोजगारमा पठाउन नसकेको र कतिपय ब्यक्ति सिंगापुर पुगेपछि…

Read More

धनगढीः परराष्ट्रमन्त्री एनपी साउँदले खप्तड क्षेत्र पश्चिमको संस्कृति भएको बताएका छन्। काठमाडौँमा मङ्गलवार आयोजित ‘दृश्यमा खप्तड शृङ्खला–२’ विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै उनले एउटा पहाडमात्र नभइ पश्चिमको संस्कृति भएको बताएका हुन्। दुई वटा नदी कर्णाली र महाकाली पूर्व र पश्चिममा पनि पहिले हिँड्न सक्ने अवस्था नभएको भन्दै उनले बीचमा कर्णाली बगेको हुनाले दुई किनारमा भएका मान्छेहरूको मिलन आजको जस्तो सजिलो नभएको उनले उल्लेख गरे। अहिले भने विकास बदलिएको साउँदले बताए। ‘हामीले अहिले विकास भएको हो भन्ने बुझेका हुन्छौँ। यसको १०औँँ हजार वर्षको इतिहास छ। समयको कालखण्डलाई नाघेर अहिले पनि त्यो सभ्यता संस्कृति हो’ उनले भने, ‘त्यसैले त्यो संस्कृति नेपालको वास्तविक संस्कृति…

Read More

एजेन्सी : टोकियोको हानेदा विमानस्थलमा रहेको जापान एयरलाइन्सको विमानमा भीषण आगलागी भएको छ । स्थानीय समयानुसार मंगलबार साँझ धावनमार्गमा आगलागी भएको हो । जापान एयरलाइन्सको विमानमा सवार सबै ३७९ यात्रु र चालक दलका सदस्यलाई सकुशल निकालिएको छ । जापानको सरकारी प्रसारक एनएचकेले जारी गरेको फुटेजमा विमानको झ्यालबाट धुवाँ निस्किरहेको देखिन्छ। अधिकारीहरूलाई उद्धृत गर्दै एनएचकेले दुई रनवेमा दुईवटा विमान आपसमा ठोक्किँदा आगो लागेको हुनसक्ने बताएको छ। केही मिडिया रिपोर्टले विमानको ठक्करको फुटेज देखाएको छ। यसमा रनवेमा उभिएको विमानसँग ठोक्किएपछि अर्को विमान अगाडि बढ्छ । यसै क्रममा दुवै विमानमा ठूलो आगो लागेको छ । समाचार एजेन्सी रोयटर्सका अनुसार धावनमार्गमा पार्क गरिएको कोस्ट…

Read More

डडेल्धुरा: डडेल्धुरा मेडिकल कलेजले बिएमएलटी (ब्याचलर्स इन मेडिकल ल्याब टेक्लोलोजी) सञ्चालनको अनुमति पाएसंगै अब कक्षा सञ्चालनको तयारी भएको छ । सञ्चालन अनुमति पाएर छात्रवृत्तिका विद्यार्थी भर्नासमेत भइसकेपछि माघदेखि कक्षा सञ्चालन गरिने भएको हो । सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति अम्मराज जोशीले विश्वविद्यालयले चिकित्सा शिक्षा आयोगबाट बिएमएलटी (ब्याचलर्स इन मेडिकल ल्याब टेक्लोलोजी) सञ्चालनको अनुमति पाएर छात्रवृत्तिका सात जना विद्यार्थी भर्ना भएसंगै माघ २९ गतेदेखि कक्षा सञ्चालन हुने जानकारी दिए । १० जनाको कोटा पाएकोमा बाँकी तीन जना भने शुल्क तिरेर पढ्न पाउने उपकुलपति जोशीले बताए । ‘एमबीबीएसको पढाई सुरु गर्नका लागि भने डडेल्धुरा अस्पताल कम्तिमा पनि तीन सय शय्यामा स्तरोन्नति हुन आवश्यक छ,’ उनले…

Read More

काठमाडौं : नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको सदस्यमा अमरगढी नगरपालिका–४ डडेल्धुराका इन्जिनियर रतनबहादुर ऐर नियुक्त भएका छन् । प्राधिकरणको अध्यक्ष समेत रहेका ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेतको अध्यक्षतामा सोमबार (पुस १६ गते) बसेको बोर्डको बैठकले सञ्चालक सदस्यको रिक्त पदमा ऐरलाई ४ वर्षका लागि नियुक्त गरेको हो । विद्युत् क्षेत्रमा विशेषज्ञता हासिल गरेका गैर–सरकारी व्यक्तिहरूमध्येबाट ऐरलाई नियुक्त गरिएको जनाइएको छ । सिभिल इन्जिनियरिङमा स्नातकोत्तर अध्ययन गरेका ऐरसँग प्राधिकरणका इन्जिनियरको रुपमा २९ वर्षभन्दा बढी अवधि काम गरेको अनुभव छ ।

Read More

काठमाडौं :  रुसी सेनामा भर्ना भएका थप तीन नेपालीको मृत्यु भएको छ । मृत्यु हुनेमा स्याङ्जाका हरि अर्याल, कैलालीका भरत शाह र धादिङका राजकुमार गिरी रहेका रुसको मस्कोस्थित नेपाली दूतावासले बताएको छ । रुसी रक्षा मन्त्रालयले अर्याल, शाह र गिरीको मृत्यु भएको जानकारी नेपाली दूतावासलाई दिएको छ । रुसी सेनामा भर्ती भई रुस–युक्रेन युद्धमा यसअघि सात नेपालीको मृत्यु भइसकेको छ ।

Read More

डडेल्धुराः कार्यालयको अनुमति नलिई बिदा बस्ने कर्मचारीको तलब काट्ने भएको छ। जिल्लाको आलिताल गाउँपालिकाले एक सूचना जारी गर्दै अनुमती नलिई बिदामा बस्ने कर्मचारीको तलब कटौती गर्ने भएको हो। अत्यावश्यक काम बाहेक अनुमति नलिई बिदा बसेमा तलब काट्ने निर्णय भएको गाउँपालिकाका प्रवक्ता बिरबहादुर बोहराले बताए। गाउँपालिका र अन्तर्गतका शाखा तथा वडा कार्यालयमा कार्यरत कर्मचारीहरूले बिदामा बस्नुपरे अनिवार्य रुपमा बिदा स्वीकृत गर्नुपर्ने र बिदा स्वीकृत नै नगरी अनुमती बिना बसेको पाईए बिदा अवधिको निजले पाउने पारिश्रमिक अनुसार कटौती गरिने उनले बताए ।

Read More