धनगढी: गृहमन्त्री रमेश लेखक गृहप्रदेश सुदूरपश्चिम आएका छन्। बिहीबार उनलाई धनगढी विमानस्थलमा सुरक्षा निकायका प्रमुखसहित नेपाली काँग्रेसका नेता–कार्यकर्ताले स्वागत गरे।
धनगढी विमानस्थलबाट गृहजिल्ला कञ्चनपुर गएका गृहमन्त्री लेखकले भीमदत्त नगरपालिका–८ स्थित भम्केनी धाम दर्शन गरेका छन्। धाम दर्शनपछि धनगढी फर्केर बिहीबार धनगढीमै बस्ने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ।
गृहमन्त्री लेखक शुक्रबार फेरि कञ्चनपुर जाने छन्। त्यहाँ मन्त्री लेखक एनप्याब्सनकाे कार्यक्रममा सहभागी हुने छन्।
शुक्रबार नै नेपाली काँग्रेस कञ्चनपुरले पार्टी कार्यालयमा आयोजना गर्ने कार्यकर्ता भेटघाट कार्यक्रममा पनि मन्त्री लेखक सहभागी हुने उनको सचिवालयले जनाएको छ। उनी शनिबार काठमाडौं फर्किने छन्।
Facebook Comments Box