Author: महेन्द्रनगर पोष्ट

काठमाडौं : काठमाडौं जिल्ला प्रशासन कार्यालयले काठमाडौंका मुख्य पाँचवटा स्थललाई निषेधित क्षेत्र तोेकेको छ । बुधबार जिल्ला प्रशासनले सूचना जारी गर्दै राष्ट्रपति कार्यालय शीतल निवासदेखि प्रधानमन्त्री निवास बालुवाटार, संघीय संसद भवन, सिंहदरबार हुँदै उपराष्ट्रपति कार्यालय र माइतीघर मण्डलादेखि बानेश्वर चोकसम्मलाई दुई महिनासम्मका लागि निषेधित क्षेत्र तोकेको हो । स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ३ (क) बमोजिम जिल्ला प्रशासन कार्यालय काठमाडौंले पाँचवटा क्षेत्रलाई आगामी दुई महिनासम्म निषेधित क्षेत्र तोकिएको प्रमुख जिल्ला अधिकारी जीतेन्द्र बस्नेतले जानकारी दिए । उनका अनुसार उक्त क्षेत्रमा दुई महिनासम्म पाँच जनाभन्दा बढी व्यक्ति भेला भई जुलुस, प्रदर्शन, धर्ना, घेराउ, अनसन, सभाजस्ता आन्दोलन वा…

Read More

दार्चुलाः दार्चुलामा शिक्षक बनेर दुई जर्मन नागरिक आउने भएका छन्। जिल्लाको अपिहिमाल गाउँपालिकाभित्रको एक विद्यालयमा स्वयंसेवक शिक्षकको रुपमा जर्मन नागरिक आउने भएका हुन्। खण्डेश्वरी माध्यमिक विद्यालयमा केही समयपछि स्वयंसेवक शिक्षकको रुपमा दुई जना जर्मन नागरिक इन्मा र इभा आउने गाउँपालिकाका अध्यक्ष भगतसिंह ठेकरे बोहराले बताए।

Read More

डडेल्धुरा : डडेल्धुराको आइतबजार नजिक जीप दुर्घटना हुँदा ३ जना घाईते भएका छन् । घाईते हुनेहरुमा अमरगढी नगरपालिका-८ का दान बहादुर ओली, नवदुर्गा १ का दिपेन्द्रबहादुर बुढायर र नवदुर्गा-४ का दिपेन्द्र बोहरा रहेका छन् । ३ घाईते मध्ये ओलीको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ । जिल्ला सदरमुकामको बागबजारदेखि भागेश्वर गाउँपालिकाको बगरकोट जोड्ने सडकमा सुदूरपश्चिम प्रदेश ०४ ००१ च १८८ नम्बरको जीप दुर्घटनामा परेको थियो ।

Read More

काठमाडौँ : पशुपति क्षेत्र विकास कोषमा विभिन्न समयमा नियुक्त भएका सल्लाहकार खारेज भएका छन् । कोषको आज भएको परिषद् बैठकले यसअघि नियुक्त गरिएका सल्लाहकार खारेज गर्ने निर्णय गरेको हो । राजसंस्थादेखि नै विभिन्न समयमा नियुक्त भएका एक सय बढी सल्लाहकार खारेज गरिएका पर्यटन मन्त्रीको निजी सचिवालयले जनाएको छ । परिषद् बैठकले पशुपति क्षेत्रमा मदिरा बिक्रीमा बन्देज लगाउने निर्णय गरेको छ भने पशुपति दर्शन गर्न आउनेहरूको सुरक्षाका लागि सुरक्षा चौकी निर्माण गर्ने निर्णय गरेको छ ।

Read More

डडेल्धुरा : डडेल्धुराको आइतबजार नजिक जीप दुर्घटना भएको छ । जिल्ला सदरमुकामको बागबजारदेखि भागेश्वर गाउँपालिकाको बगरकोट जोड्ने सडकमा सुदूरपश्चिम प्रदेश ०४ ००१ च १८८ नम्बरको जीप दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालयका अनुसार जीप दुर्घटना हुँदा तीन जना घाइते भएका छन् । जीप पल्टिएर च्यापिएपछि एकजना गम्भीर घाइते भएका छन् । दुर्घटनाको थप विवरण आउन बाँकी छ ।

Read More

डडेल्धुरा : डडेल्धुरामा एक युवकको शव फेला परेको छ । बुधबार बिहान जिल्लाको अमरगढी नगरपालिका-९ का २६ वर्षीय श्याम भट्ट मृत फेला परेका हुन् । उनी हिजो साँझ बजार जान्छु भन्दै घरबाट हिंडेको भन्ने बुझिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका डिएसपी दीपकुमार कार्कीले बताए । ‘प्रारम्भिक अनुसन्धानका क्रममा उनी भीरबाट लडेको भन्ने बुझिएको छ । थप अनुसन्धान भइरहेको छ’ उनले भने । मृतक भट्ट सरकारी वकिल कार्यालय दिपायलमा कार्यरत रहेको बुझिएको छ ।

Read More

धनगढी: सुदूरपश्चिममा फेरि कोभिडको संक्रमण देखिएको छ। आज (बुधबार) र हिजो (मंगलबार) एक/एक जनामा संक्रमण पुष्टि भएको हो। जिल्ला स्वास्थ्य कार्यालय कैलालीका अनुसार गौरिफन्टा नाकामा एन्टिजेन परीक्षण गर्दा उनीहरुमा संक्रमण देखिएको हो। स्वास्थ्य कार्यालयका एक अधिकारी मीन धामीले आज चेन्नईबाट फर्किएका धनगढी उपमहानगरपालिका ११ का २४ वर्षीय युवक र पुनर्वास नगरपालिका-५ की ३२ वर्षीया महिलामा हिजो संक्रमण देखिएको बताए। ती महिला भारतको बैङ्लोरबाट फर्किएकी हिजो फर्किएकी थिइन्। अहिले उनीहरु दुबैजना होम आइसोलेसनमा रहेको र अवस्था सामान्य रहेको बताइएको छ।

Read More

डडेल्धुरा: डडेल्धुराको परशुराम नगरपालिका–८ दुर्गम बस्तीमा रहेको बैजनाथ माध्यमिक द्यिालयले स्थपानाको ४३औं वार्षिकोत्सव मनाएको छ। विद्यालय व्यवस्थापन समिति अध्यक्ष अम्मरबहादुर विष्टको अध्यक्षता तथा परशुराम नगरपालिकाका नगरप्रमुख भरत वडायर जोशीको प्रमुख आत्तिथ्यतामा वार्षिकोत्सव समारोह उद्घाटन भएको हो। त्रिदिवसीय ‘घर न घाट’ नामक जनचेतनामुलक नाटकसहित अन्य विविध कार्यक्रम गरि वार्षिकोत्सव मनाउन लागिएको विद्यालयका प्रधानाध्यापक तेजबहादुर विष्टले जानकारी दिए। सचेतनामुलक ‘घर न घाट’ नामक नाटकले परशुरामका अधिकांश नागरिक गरीबीको रेखामुनि रहेको र विदेश जानुपर्ने यहाँको बाध्यतालाई दर्शाएको छ। नगरपालिका तथा प्रदेश सरकारको साथ सहयोगमा अहिले १२ कक्षासम्म सञ्चालनमा रहेको विद्यालयमा दरबन्दी अभाव रहेको पाइएको छ। भने, पिउने पानी, शौचालय लगायतका समस्या समेत विद्यालयमा…

Read More

काठमाडाैं: पाकिस्तानका पूर्वकप्तान बाबर आजम आईसीसी एकदिवसीय वरीयताकाे शीर्ष स्थानमा उक्लिएका छन्। आईसीसीकाे पछिल्लाे वरीयतामा भारतका ओपनर ब्याटर शुभमन गिललाई पछि पार्दै बाबर एकदिवसीय क्रिकेटकाे ब्याटरमा पहिलाे नम्बरमा पुगेका हुन्। यसअघि २ वर्षभन्दा बढी समयसम्म शीर्ष स्थानमा रहेका बाबरकाे वरीयता गिलले खाेसेका थिए। एकदिवसीय ब्याटिङ वरीयताकाे तेस्राे स्थानमा भारतका विराट काेहली छन्। यस्तै चाैथाे स्थानमा भारतकै कप्तान राेहित शर्मा छन्। वरीयताकाे पाँचाैँ स्थानमा अस्ट्रेलियाका डेभिड वार्नर रहेका छन्। एकदिवसीय बलिङ वरीयताकाे शीर्ष स्थानमा दक्षिण अफ्रिकाका केशव महाराज यथावत् छन्। यस्तै दाेस्राे स्थानमा अस्ट्रेलियाका जाेश हेजलवूड, तेस्राे स्थानमा भारतका माेहम्मद सिराज, चाैथाे स्थानमा अस्ट्रेलियाका एडम जम्पा र पाँचाैँ स्थानमा भारतका जसप्रीत…

Read More

काठमाडौं : राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले मतदाता नामावली स्वीकृत गरेको छ।  बुधबार आयोगले मतदाता नामावली स्वीकृत गरेको प्रवक्ता एवं सहसचिव शालिग्राम शर्मा पौडेलले जानकारी दिए। माघ ११ गते राष्ट्रिय सभा सदस्य निर्वाचन हुँदैछ। त्यसका लागि ५४९ जना प्रदेश सभा सदस्य र १४९८ जना गाउँपालिका अध्यक्ष-उपाध्यक्ष तथा नगरपालिका प्रमुख-उपप्रमुख गरी जम्मा २०४७ जनाको मतदाता नामावली स्वीकृत भएको हो। स्वीकृत नामावलीमा प्रदेश सभा सदस्यतर्फको कूल मतदाता ५५० मध्ये निधन भएका प्रदेश सभा सदस्य १ जनाको नाम हटाइ ५४९ जना कायम गरिएको आयोगले जनाएको छ। त्यसैगरी गाउँपालिकाका अध्यक्ष-उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख-उपप्रमुखतर्फको कूल मतदाता १५०६ जना छन्। एक जना गाउँपालिका अध्यक्ष, एक…

Read More