Author: महेन्द्रनगर पोष्ट

धनगढी : नेकपा (एमाले)को ‘झुलाघाट–चिवाभन्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’ जारी छ। मध्यपहाडी यात्रा अभियानअन्तर्गत अध्यक्ष केपी शर्मा ओलीसँगै एमालेका शिर्षस्थ नेता अहिले संकल्प यात्रामा छन्। बैतडीको झुलाघाटबाट सुरु भएको अभियानमा सुदूरपश्चिम घर भएका असन्तुष्ट नेता डा. भीम रावल भने सहभागी भएनन्। पार्टीको राष्ट्रिय अभियानमा आफूलाई औपचारिक निम्ता नगरिएको भन्दै उनी यात्रामा सहभागी छैनन्। तर, एमालेको मध्यपहाडी यात्रा अभियानअन्तर्गत अछाममा तीनवटा सभा गरेर अध्यक्ष केपी शर्मा ओली कर्णाली प्रदेशतर्फ लागेपछि रावल गृहजिल्ला पुगेका छन्। आफ्नै गृहजिल्लामा पार्टीको सभा हुँदासमेत आफूलाई बाइपास गरिएको भन्दै पूर्वउपाध्यक्ष रावल असन्तुष्ट छन्। ओली कर्णाली तरेर दैलेख पुगेलगत्तै आइतबार रावल गृहजिल्ला अछाम जान धनगढी पुगेका थिए। मंगलबार…

Read More

दार्चुलाः दार्चुलामा एक महिलामाथि निर्घात कुटपिट भएको छ। जिल्लाको नौगाड गाउँपालिका–१ कसाड निवासी ३० वर्षीया बसन्ती ठगुन्नामाथि निर्घात कुटपिट भएको हो। ठगुन्नालाई मङ्सिर १५ गते राति जेठाजु नाता पर्ने जयराम ठगुन्नाले निर्धात कुटपिट गरेको पीडित ठगुन्नाले बताएकी छन्। उनी नौगाड गाउँपालिका कार्यपालिका सदस्य समेत हुन्। उनी नेपाल काम्यूनिष्ट पार्टी (एकीकृत समाजवादी) बाट गाउँकार्यपालिका सदस्यमा निर्वाचित भएकी थिइन्। कुटपिटबाट टाउँको र अनुहारमा गहिरो चोट लागि घाइते भएकी ठगुन्नाको मङ्सिर १६ गते जिल्ला अस्पताल, दार्चुलामा उपचार सम्भव नभएपछि थप उपचारको लागि धनगढी रिफर गरिएको जिल्ला अस्पताल, दार्चुलाका सूचना अधिकारी डम्मरदत्त भट्टले बताए। रातिको समयमा घर भित्र प्रवेश गरी जेठाजुले निर्धात रुपमा कुटपिट…

Read More

धनगढी : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह र नेपालका लागि इजरायली राजदूत हनान गोडरबिच भेटवार्ता भएको छ। भेटको क्रममा आज मुख्यमन्त्री शाहले इजरायलमा हमास आक्रमणबाट ज्यान गुमाएका नेपालका १० जना विद्यार्थीको परिवारलाई सान्त्वनास्वरुप राहत उपलब्ध गराउन राजदूतलाई आग्रह गरेका छन्। मृतकका अभिभावकलाई भेट गर्न पनि मुख्यमन्त्रीले राजदूतलाई आग्रह गरे। ‘लर्न एण्ड अर्न’ कार्यक्रम अन्तर्गत इजरायल पुगेका सुदूरपश्चिम विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीको डेढ महिना अगाडि हमास आक्रमणबाट ज्यान गएको थियो। हमासले बन्दी बनाएर लगेको कञ्चनपुरका विपिन जोशीको तत्काल उद्धार र परिवारलाई राहतका लागि पनि मुख्यमन्त्रीले राजदूतलाई आग्रह गरेको मुख्यमन्त्रीको निजी सचिवालयले जानकारी दिएको छ।

Read More

दार्चुला : दार्चुलामा सम्पर्क कार्यालय रहने गरी महाकाली नदी नियन्त्रण आयोजनाको कार्यालय बैतडी सरेको छ। ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालय मातहतको आयोजनाको नाम परिवर्तन गरी नदी नियन्त्रण अयोजनाको कार्यालय बैतडीको पाटन सरेको हो। कार्यालय पाटन सरेपछि हिजो (सोमबार) आयोजना प्रमुखसहित कर्मचारीहरू बैतडीको पाटन गएका छन। आज (मंगलबार) पाटनमा कार्यालय व्यवस्थापनसहित कार्यालयको खाता संञ्चालनको तयारी गरिएको छ। दार्चुलामा सम्पर्क कार्यालय रहने गरी कार्यालयका खरिदार गीता जोशीलाई सम्पर्क व्यक्ति तोकिएको छ। सम्पर्क कार्यालयमा नयाँ इन्जिनियर र सव इन्जिनियर आउने भएका छन। सिँचाइ तथा नदी व्यवस्थापन आयोजनाका नामले बैतडीको पाटनमा कार्यालय खुलेको इन्जिनियर विनोद बहादुर चन्दले जानकारी दिए। सिँचाइ तथा नदी व्यवस्थापन आयोजनाका…

Read More

धनगढी: कैलालीको धनगढीमा प्रहरीका श्रीमतीका लागि सिलाइ कटाई तालिम सुरु भएको छ। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयमा श्रीमती संघले तीन महिने तालिमको आयोजना गरेको हो। नेपाल प्रहरी, श्रीमती संघ, सुदूरपश्चिमले २४ महिलालाई तीन महिने सिलाइ कटाई तालिम दिन सुरु गरेको नेपाल प्रहरी, श्रीमती संघकी सदस्यसमेत रहेकी प्रशिक्षक गीता देवी थलालले जानकारी दिइन्। थलालकाअनुसार धनगढीमा उनीहरूलाई आत्मनिर्भर बनाउन तालिम दिन थालिएको हो। तीन महिने सिलाइ कटाई तालिममा २४ जना महिला सहभागी छन् जसमा १२ महिलालाई थलाल र १२ महिलालाई हिरा कठरियाले तालिन दिन थालेका हुन्।

Read More

कञ्चनपुर: विपन्न अवस्थाका व्यक्तिहरूको आयआर्जनमा वृद्धि गर्नका लागि कृषि ज्ञान केन्द्र कञ्चनपुरले विभिन्न बालीको मिनी किट वितरण कार्य अगाडि बढाएको छ। केन्द्रको आर्थिक वर्ष २०८०-८१ को स्वीकृत कार्यक्रमअनुसार विपन्न लक्षित वर्गलाई मिनी किट वितरण गर्न लागेको हो। कृषि ज्ञान केन्द्रका प्राविधिक सहायक जनकबहादुर सिंहका अनुसार कृष्णपुर नगरपालिका, शुक्लाफाँटा नगरपालिकाका विपन्न वर्गको आर्थिकसँगै पोषणमा सुधार ल्याउने उद्देश्यले च्याउ, मकै, धान र तरकारीको बीउ वितरण भइरहेको छ। ‘च्याउ पाँच सय, गहुँ एक हजार पाँच सय, मकै पाँच सय, धान एक हजार मिनी किट वितरण गर्ने लक्ष्य राखेका छौँ’, प्राविधिक सिंहले भने, ‘कृष्णपुरको वडा नं ५ स्थित मुक्त कमैया शिविर र शुक्लाफाँटा नगरपालिकाको वडा नं…

Read More

बाजुरा : नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अहिले सरकार फेरबदलको कुरा नभएको बताएका छन्। नेपाल प्रेस युनियन बाजुरा शाखाले मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा महामन्त्री शर्माले सरकारको फेरबदलको गठबन्धन र पार्टीमा समेत कुनै कुरा नभएको बताएका हुन्। उनले अहिले सरकार फेरबदलको कुरामा जताततै टिप्पणी भइरहेको तर गठबन्धन र नेपाली काँग्रेस पार्टीमा यस बिषयमा कुनै कुरा नभएको स्पष्ट पारे। पार्टीबाट पठाएका मन्त्रीको कमी कमजोरीलाई आलोचना गर्ने र सकारात्मक कामको प्रशंसा गर्ने काम पनि पार्टीबाट नै हुनुपर्ने महामन्त्री शर्माको धारणा थियो। निर्वाचनपछि सरकार बनेर देशमा परिवर्तन भइरहेको उनको दाबी छ। उनले भने, ´मिसन ८४ को चिन्ता हैन ८१, ८२, ८३ कस्तो बनाउने…

Read More

काठमाडौं :  सामाजिक सञ्जाल टिकटक बन्द गर्ने सरकारको निर्णयविरुद्ध रिटको सुनुवाइ सर्वोच्च अदालतका न्यायाधीशद्वय सुस्मालता माथेमा र विनोद शर्माको संयुक्त इजलासमा पेशी तोकिएको छ। यसअघि मंसिर ५ गते न्यायाधीश विनोद शर्माको इजलासले टिकटक बन्दको सन्दर्भमा सरकारका नाममा कारण देखाउ आदेश जारी गरेको थियो। अदालतको आदेश बमोजिम सरकारले लिखित जवाफ पेस गरेकाले आजबाट सो मुद्दामा नियमित सुनुवाइ हुन लागेको हो। गत कात्तिक २७ गते बसेको मन्त्रिपरिषद बैठकले समाजिक सञ्जाल टिकटक बन्द गर्ने निर्णय गरेको थियो। टिकटकमाथिको प्रतिबन्धविरुद्ध वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ताहरू अनन्तराज लुँइटेल, सुनिलरञ्जन सिंह, भद्रप्रसाद नेपाल, अञ्जन धिताल, यज्ञमणि न्यौपाने लगायतले छुट्टाछुट्टै रिट दायर गरेका थिए।

Read More

काठमाडौं : जिल्ला अदालत काठमाडौंले ३५ दिने पक्राउ पुर्जी जारी गरेपछि नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले संघर्षका कार्यक्रम घोषणा गरेका छन्। काठमाडौं जिल्ला अदालतले २०७६ साल पुसको मुद्दा ब्युँताएर सोमबार पक्राउ पुर्जी जारी गरिएको विप्लवको ठहर छ। ‘नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सी, प्रवक्ता, प्रकाण्ड सी पीवीएम माइला सी लगायतका नाममा पक्राउ पुर्जी जारी गरेको छ। अदालतको उक्त कार्य २०७७ साल फागुन २१ गते सम्पन्न ३ बुँदे सहमतिको ठाडो उल्लङ्घन मात्र हैन देशका समस्यालाई शान्तिपूर्ण तरिकाले निकास दिन भइरहेका गम्भीर पहलमाथिको विध्वंसात्मक हमला पनि हो। राज्यको जिम्मेवार निकाय अदालतमा बसको न्यायाधीशले प्रदर्शन गरेको यस्तो गैरकानूनी, असभ्य एवं अराजक कार्यको पार्टी घोर…

Read More

काठमाडौं : भाउ बढेर अहिलेसम्मकै उच्च तोलाको एक लाख २१ हजार ६ सय रुपैयाँ पुगेको सुनको भाउ आज घटेको छ। तोलामा दुई हजार ४ सय रुपैयाँले घटेर आज तोलाको एक लाख १९ हजार २ सय रुपैयामा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। शुक्रवार सुनको भाउ तोलाको एक लाख १९ हजार रहेकोमा आइतवार एक हजार ८ सय रुपैयाँले बढेको थियो। त्यस्तै हिजो पनि ८ सय रुपैयाँले बढेर रेकर्ड बनाएको थियो। आज चाँदीको भाउ पनि घटेको छ। तोलामा ४५ रुपैयाँले घटेर चाँदी आज एक हजार ५ सय रुपैयाँ झरेको महासंघले जनाएको छ।

Read More