काठमाडौँ – जनमत पार्टीका अध्यक्ष सिके राउतले सत्तारूढ भारतीय जनता पार्टी (भाजपा)का विदेश विभाग प्रमुख विजय चौथाइवालेसँग भेट गरेका छन्। शनिबार जनमत पार्टीका अध्यक्ष राउतले चौथाइवालेसँग भेटेका हुन्। राउत भारत भ्रमणका लागि शनिबार गएका हुन्। उनी तीन दिनपछि फर्किने छन्।
Author: महेन्द्रनगर पोष्ट
काठमाडौं – पूर्व राजा ज्ञानेन्द्र शाहले कसैको अगाडि लम्पसार परेर बाँच्नु आम नेपालीको अपमान भएको बताएका छन् । सुर्खेतको वीरेन्द्रनगरमा शनिबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व राजा शाहले देशको स्वाभिमानको रक्षाका लागि सबै एकजुट हुनु पर्ने अवस्था आएको बताएका छन् । उनले भने, ‘हामीलाई हाम्रो आफ्नै धर्म, कर्म, रीति थिति, संस्कृति र परम्परा प्रिय लाग्छ । आफ्नो पहिचान – हाम्रो शान हो – आफ्नो मौलिकता र मौलिक सभ्यता हाम्रो स्वाभिमान हो, त्यसैले कसैको अगाडि लम्पसार परेर बाँच्नु हाम्रो अपमान हो । हामी जहाँ जहाँ पुग्छौँ, त्यहाँ त्यहाँ नेपालीहरूको यस्तै–यस्तै आवाज सुन्छौँ ।’ पूर्व राजा शाहले नेपालको पिर मर्का बुझ्न…
काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पशुपतिनाथ मन्दिरमा राखिएको सुनको जलहरीबारे केपी शर्मा ओलीलाई जोड्न नहुने बताएका छन् । माओवादी सांसद लेखनाथ दाहालले दिएको अभिव्यक्तिलाई लिएर प्रमुख प्रतिपक्षी नेकपा एमालेले संसद अवरुद्ध गरेपछि प्रधानमन्त्रीले शनिबार संसदमा स्पष्टीकरण दिएका हुन् । शनिबार संसद्को बैठक सुरु हुनासाथ समय लिएर बोलेका प्रधानमन्त्रीले जलहरी लगायतका विषयमा काम गर्ने क्षेत्राधिकार पशुपति विकास कोसको भएको र यसमा कुनै विवाद नभएको बताए । उनले भने, ‘पशुपति क्षेत्र विकास कोषसँग सबन्धित विषयमा प्रमुख प्रतिपक्ष दलको नेतालाई जोडेर विचार व्यक्त हुनु उचित होइन ।’ जलहरी राख्दा भएको भनिएको अनियमितताबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत छानबिन गरिरहेको भन्दै उनले यसमा…
काठमाडौं – संघीय संसद्अन्तर्गत प्रतिनिधिसभा बैठक बस्न ढिलाइ भएको छ । आज अपराह्न ४ बजे वैठक बस्न तोकिएको भए पनि पौने ५ बजेसम्म बैठक शुरु हुन सकेको छैन । पशुपतिनाथ मन्दिरको जलहरी प्रकरणले शुक्रबारको बैठक अवरुद्ध भएको थियो । सोही बैठक आजका लागि निर्धारण गरिएको हो । आज पनि बैठक शुरु हुन सकेको छैन । संघीय संसद् सचिवालयले एकैछिनमा बैठक शुरु हुने र अहिले सभामुख देवराज घिमिरेले दलका नेताहरूसँग छलफल गरिरहेको जनाएको छ । ‘केही क्षणमा बैठक शुरु हुन्छ । सभामुख दलका नेताहरूसँग अहिले पनि सरसल्लाह गरिरहनु भएको छ’, संसद् सचिवालयका प्रवक्ता एकग्राम गिरीले भने । आज (शनिबार) बिहान कांग्रेस,…
काठमाडौँ – सुदूरपश्चिम प्रदेश सभाको बजेट अधिवेशन सुरु भएको छ। प्रदेश प्रमुख देवराज जोशीले शनिबार बजेट अधिवेशन आह्वान गरेका हुन्। प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख जोशीले शनिबार दिउँसो २ बजेका लागि बजेट अधिवेशन आह्वान गरेका थिए। सुदूरपश्चिम प्रदेश सरकार मन्त्रिपरिषद्को गत हप्ता बसेको बैठकले शनिवारका लागि बजेट अधिवेशन आह्वान गर्न प्रदेश प्रमुखलाई सिफारिस गरेको थियो।
धनगढीः जिप दुर्घटनामा घाइते श्रीमतीको उपचारको माग गर्दै श्रीमान् राजेश पुन अर्धचेत श्रीमतीलाई बोकेर जिल्ला प्रशासन कार्यालय पुगेका छन्। कुमाख गाउँपालिका–७ जिमालीका पुनले श्रीमती सुनिता बोहरालाई बोकेर उपचारको सहयोगका लागि जिल्ला प्रशासन कार्यालय पुगेका हुन्। गत मंसिर १५ गते कुमाख गाउँपालिका–७ डुमकोटबाट खैराबाङ आउँदै गरेको रा १ ज ७९८ नम्बरको जिप दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको थियो भने १७ जना घाइते भएका थिए। सुनिता बोहरा तिनै घाइतेमध्येकी एक हुन्। यातायात समितिले वास्ता नगरेको र गाडीधनी अहिलेसम्म फरार अवस्था रहेको छ। उनलाई सेनाको हेलिकप्टरमा नेपालगञ्ज लगे पनि उपचार हुन नसकेपछि भारतको लखनउ लगिएको थियो। त्यहाँ उनको ३ महिनासम्म उपचार गर्दा लाखौँ…
धनगढीः धनगढीको चौराहमा दुई बालबालिका फेला परेका छन्। आज करीब ३/४ वर्षीय बच्चाबच्ची चौराहमा बेवारिशे फेला परेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका इन्सपेक्टर खगेन्द्र साउँदका अनुसार उनीहरुको पहिचान नखुलेको र पत्ता लगाउने कार्य भैरहेको छ। फेला परेका बालबालिका कसका हुन् ? भनेर प्रहरीले जाँचबुझ गरिरहेको बताइएको छ। ती बालबालिकाको अहिले उद्धार भएको र अब आफन्तको जिम्मा लगाउने प्रहरीको भनाइ छ।
काठमाडौंः काठमाडौंको नयाँ बानेश्वरमा अधिवक्ता युवराज सफल कुटिएका छन्। सोम शर्मा र विप्लव खड्का लगायतको समूहबाट सफल कुटिएका हुन्। स्वतन्त्र नागरिक आन्दोलनले आयोजना गरेको प्रदर्शनमा सहभागी खड्का लगायतको समूहले नागरिकता विधेयकको विरोधमा भइरहेको आन्दोलनमा सहभागी सफललाई जिस्काएका थिए। उनीहरूले जिस्काएपछि सफल जंगिएका थिए। आक्रोशित भिडले सफलमाथि आक्रमण गरेको बताइएको छ। अहिले खड्का लगायत केहीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
काठमाडौंः नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले रेशम चौधरीको रिहाई हुनु पर्नेमा जोड गरेका छन्। पूर्व सांसदसमेत रहेका नागरिक उन्मुक्ति पार्टीका संस्थापक चौधरीको रिहाईका बारेमा बिबाद चलिरहेको बेला भट्टराईको यो धारणा आएको हो। उनले नागरिकता विधेयक पनि प्रमाणिकरण हुनु पर्नेमा जोड गरेका छन्। ‘रेशम चौधरी लगायतका टीकापुर थारू विद्रोहका नेताहरूलाई संविधानरकानून बमोजिम राष्ट्रपतिबाट माफी मिनाहा दिन र हजारौंको संख्यामा नागरिकताविहीन रहेका जन्मसिद्ध बाबुआमाका सन्तानलाई नागरिकता दिन संसदबाट पारित नागरिकतासम्बन्धी विधेयक राष्ट्पतिबाट छिटो जारी गर्न अब कुनै किन्तु परन्तु नगरौं,’ भट्टराईले भनेका छन, ‘लोकतन्त्र भनेको प्रक्रिया सँगसँगै मुख्यतः जनतालाई न्याय र समानताको प्रत्याभूति गर्ने प्रणाली हो भन्ने नभूलौं।’
काठमाडौंः प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आसन्न भारत भ्रमणको औपचारिक घोषणा भएको छ। परराष्ट्र मन्त्रालय र भारतीय दूतावासले आज विज्ञप्ति जारी गरेर प्रधानमन्त्रीको भारत भ्रमणबारे औपचारिक घोषणा गरेका हुन्। जसअनुसार प्रधानमन्त्री प्रचण्डले जेठ १८ गते भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग हैदरावाद हाउसमा प्रतिनिधिमण्डलस्तरीय वार्ता गर्ने तय भएको छ। ‘सम्माननीय प्रधानमन्त्री श्री पुष्पकमल दाहाल प्रचण्डले ३१ मे देखी जुन ३ सम्ममा भारतका प्रधानमन्त्री श्री नरेन्द्र मोदीको विनम्र निमन्त्रणामा भारतको औपचारिक भ्रमण गर्नुहुनेछ भनेर घोषणा गर्न पाउँदा उत्साहित छु’ पराराष्ट्र मन्त्री एनपी साउँदले भनेका छन्।