Author: महेन्द्रनगर पोष्ट

काठमाडौं : नेपाल नागरिक उड्डयन प्राधिकरणले लफडा गर्ने दुई पाइलटको लाइसेन्स निलम्बित गरेको छ। रामेछापस्थित मन्थली विमानस्थलमा हात हालाहाल गर्ने तारा एयरका क्याप्टेन सन्तोष शाह र सञ्जीव श्रेष्ठको लाइसेन्स सस्पेन्समा परेको हो। उनीहरुबारे थप अनुसन्धान हुने र कारवाही प्रक्रिया अगाडि बढाइने प्राधिकरणले जनाएको छ। शुक्रबार बिहान लुक्लाबाट मन्थली विमानस्थलमा जहाज अवतरण गराएका पाइलटबीच जहाजबाट झरेपछि हात हालाहालको अवस्था आएको थियो। उनीहरूको रामेछाप विमानस्थलको एप्रोनमा कुटाकुट भएको बताइएको छ। तारा एयरका प्रवक्ता सुदर्शन बर्तौलाका अनुसार दुई जना पाइलटबीच व्यक्तिगत कारणले झगडा भएको देखिएको र विस्तृत विवरण आउन बाँकी रहेको बताए। सम्बन्धित समाचार २ पाइलटबीच युनिफर्ममै फाइट, हातमा चोट

Read More

काठमाडौं : साताको अन्तिम कारोबार दिन अर्थात् शुक्रबार नेपाली बजारमा सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ। अघिल्लो दिन अर्थात् बिहीबार प्रतितोला सात सय रुपैयाँ बढेको सुनको भाउ आज प्रतितोला दुई सय रुपैयाँ बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १५ हजार नौ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १५ हजार तीन सय ५० रुपैयाँमा कारोबार भइरहेको छ।

Read More

धनगढी : कैलाली र कञ्चनपुरमा भारतबाट अवैध रुपमा ल्याइरहेको अवस्थामा प्रहरीले १४ लाख बढिको सामान बरामद गरेको छ। दुवै जिल्लाका विभिन्न स्थानबाट भन्सार छली गरेर ल्याइएको १४ लाख २९ हजार रुपैयाँ बराबरको सामान बरामद गरिएको हो। धनगढी उपमहानगरपालिका–१० को सिमलघाटबाट ७६ हजारको लेडिज सुट, उनी स्वीटर, प्लाष्टिक माला, वडा नम्बर २ को भन्सार रोड नजिकबाट ४० हजारको चिनी, चप्पल, पित्तलको दियो, घण्टी, सप्तरंगी टिका लगायतका सामान र भजनी नगरपालिका–५ को लखरैयाबाट १२ हजार बराबरको पोटास गरि एक लाख २८ हजारको अवैध सामान बरामद गरिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ। यस्तै, कञ्चनपुरको पुनर्वास नगरपालिका–११ डोके बजारबाट ७६ हजारको लेडिज सुट, जेन्स…

Read More

काठमाडौं : आइसिसी टी–२० विश्वकपअन्तर्गत एसिया छनोटको सेमिफाइनलमा नेपालले शुक्रबार युएईसँग खेल्दैछ। खेलमा युएईले टस जितेर पहिले पहिले ब्याटिङ रोजेको छ। युएईका दुबै ओपनर आउट भएका हुन्। मोहम्मद वसिमको विकेट सोमपाल कामीले लिएका हुन् भने खालिद शाहलाई सोमपालले नै रन आउट गरेका हुन् यो समाचार पार्दा यूएईले४ ओभरको खेल सकिँदा ३० रन बनाएको छ।

Read More

काठमाडौं : नेपाल प्रहरीले ५२ जना पर्सनल सेक्यूरीटी अफिसर (पीएसओ) फिर्ता बोलाएको छ। प्रहरी प्रधान कार्यालयका अनुसार बुधवारसम्म समय अवधि पुगेका पूर्वभीआईपीका पीएसओहरूलाई फिर्ता बोलाइएको हो। पूर्वसभामुख तथा माओवादी केन्द्रका नेता कृष्णबहादुर महरा र पूर्वगृहमन्त्री बालकृष्ण खाँणदेखि पूर्व न्यायाधीशहरूका समेत पीएसओ तानिएका छन्। प्रहरीले नियमानुसार ५ वर्ष अवधि पुगेका पीएसओलाई फिर्ता बोलाइएको जनाएको छ।

Read More

काठमाडौँ : आज र भोलि बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाइँदै छ। सरकारको वार्षिक कार्यक्रम अन्तर्गत आज अर्थात कार्तिक १७ र १८ गतेसम्म ६–६ महिनाको अवधिमा वर्षमा २ पटक भिटामिन ए र जुकाको औषधि खुवाउने कार्यक्रम अन्तर्गत अभियान सञ्चालन गरिएको परिवार कल्याण महाशाखा अन्तर्गत खोप शाखाले जनाएको छ। ६ महिनादेखि ५९ महिना सम्मका बालबालिकालाई भिटामिन ए र र १ देखि ५ वर्ष सम्मका बालबालिकाहरूलाई जुकाको औषधि खुवाइने छ। देशभरका ३२ लाख बालबालिकालाई भिटामिन ए खुवाइने लक्ष्य रहेको छ। र, जुकाको औषधि ३५ लाख ट्याब्लेट खुवाइने लक्ष्य रहेको छ।

Read More

काठमाडौं : आइसिसी टी–२० विश्वकपअन्तर्गत एसिया छनोटको सेमिफाइनलमा नेपालले शुक्रबार युएईसँग खेल्दैछ। खेलमा युएईले टस जितेर पहिले पहिले ब्याटिङ रोजेको छ। पहिले बलिङ गर्ने नेपाली टिममा एक परिवर्तन गरिएको छ। सन्दीप जोराको स्थानमा दीपेन्द्रसिंह ऐरीले टिममा स्थान बनाएका छन्। घाइते भएका कारण दीपेन्द्रले समूह चरणमा मलेसिया, सिंगापुर र ओमानविरुद्धको खेल गुमाएका थिए। यो खेलको विजेता सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–२० विश्वकपमा छनोट हुनेछ। यो खेल नेपालका लागि महत्त्वपूर्ण छ। किनकि नेपाललाई १० वर्षपछि टी–२० विश्वकपमा छनोट हुने अवसर छ। नेपाल र युएईबीच टी–२० मा अहिलेसम्म ८ खेल भएका छन्। आठमध्ये नेपाल र युएईले चार चार खेलमा…

Read More

काठमाडौँ: रामेछाप विमानस्थलमा तारा एयरका दुई पाइलटबीच कुटाकुट भएको छ। शुक्रबार बिहान ८ बजे तारा एयरको टुइनअटर विमान लुक्लाबाट रामेछाप विमानस्थलमा अवतरण गराएका वरिष्ठ क्याप्टेन सन्तोष साह र त्यही कम्पनीका अर्का क्याप्टेन सञ्जीव श्रेष्ठबीच कुटाकुट भएको हो। उनीहरूको रामेछाप विमानस्थलको एप्रोनमा कुटाकुट भएको बताइएको छ। घटनापछि क्याप्टेन साहले आफूलाई हातमा चोट लागेको र मन्थली बजारमा उपचार गर्न जान लागेको बताएका छन्। क्याप्टेन सञ्जीव श्रेष्ठ भने जहाज लिएर लुक्ला पुगेका छन्। उनलाई र उक्त जहाजलाई लुक्ला विमानस्थलमै ग्राउन्डेड गरिएको छ। कुटाकुटको कारण भने खुलेको छैन।

Read More

काठमाडौं : सर्वोच्च अदालतले कैद कट्टी गर्दा वा छोट्याउँदा पीडितको पनि सहमति लिन आदेश दिएको छ। योगराज ढकाल (रिगल) को कैद मिनाहा गर्ने राष्ट्रपतिको निर्णयविरुद्ध भारती शेर्पाले दायर गरेको रिटमा बिहीबार संक्षिप्त फैसला सुनाउँदै अदालतले यस्तो आदेश दिएको हो। ‘कैद कट्टी गर्ने/कम गर्ने, छोट्याउने वा मिनाहा दिनेजस्ता काम कारबाही र निर्णय गर्दा कानुनद्वारा निर्धारित प्रतिशतको सीमा बन्देजका अतिरिक्त पीडितको हक संरक्षित रहने गरी निजको सहमति मञ्जुरी समेत लिई, पीडितलाई सामाजिक पुनस्थापना र क्षतिपूर्तिसहितको न्याय प्राप्त भएको अवस्था सुनिश्चित गरी, यस अदालतको आदेश र प्रतिपादित सिद्धान्तहरुसहित कानुनमा उल्लेख भएका अन्य शर्तहरु समेतको समूचित रुपमा अनुशरण गरी तथा अवस्थाअनुसार सार्वजनिक हित, चासो…

Read More

काठमाडौं : सशस्त्र प्रहरी बलमा प्राविधिक समूह अन्तर्गत नयाँ भर्ना खुलेको छ। सञ्चार निर्देशनालयतर्फका प्राविधिक प्रहरी निरीक्षक, प्रहरी नायब निरीक्षक र प्रहरी सहायक निरीक्षक गरी ३५ जनाका लागि भर्ना खुलेको छ। यसैगरी सूचना प्रविधि निर्देशनालयतर्फको इन्जिनियरिङ उपसमूहमा प्रहरी निरीक्षक, प्रहरी नायव निरीक्षक र प्रहरी सहायक निरीक्षकमा जम्मा १६ जनामा भर्ना खुलेको छ।

Read More