Author: महेन्द्रनगर पोष्ट

धनगढी: खराब मौसमका कारण शनिबार दिनभर आन्तरिक उडान प्रभावित थियो । साँझ भने काठमाडौंको मौसम खुल्यो। बुद्ध एयरको २ः३५ को धनगढी–काठमाडौँ उडान साँझ ५ः५१ मा मात्र भयो। बुद्ध एयरले त्यसपछि हुने अन्तिम उडानका यात्रुलाई पनि सोही विमानमा लग्यो। तर, मौसम खुलेपछि काठमडौँबाट यात्रु लिएर बुद्धको विमान फेरि धनगढी आइपुगेको थियो। त्यसपछि साँझ ७ बजेर २७ मिनेटमा धनगढीबाट उडेको बुद्ध एयरको अन्तिम विमानमा एकजना मात्र यात्रु सवार थिए। सोही विमानमा अघिल्लो उडानमा जान नपाएका ती यात्रु एक्लै धनगढीबाट काठमाडौँ उडेका थिए। ६ बजेपछि मौसम खुलेकाले काठमाडौँ–धनगढी उडान सम्भव भएको र अघिल्लो फ्लाइटमा छुटेका ती यात्रुलाई साँझको फ्लाइटमा पठाइएको बुद्ध एयर धनगढीले…

Read More

काठमाडौंः पहिरोमा परेर नेपाली सेनाका एक जना कर्णेलको मृत्यु भएको छ। सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका ४ चियानेमा रहेको सिन्धु बीच रिसोर्टमा पहिरो गएपछि उद्धार गर्दै गर्दा गर्दै पुरिएर नेपाली सेनाका कर्णेल मिलन केसीको मृत्यु भएको हो। सैनिक प्रतिष्ठान खरिपाटीमा कार्यरत दोलखा भीमेश्वर नगरपालिकाका केसीसहित दुई कोरियन नागरिक शुक्रबार बेलुका रिसोर्टमा पुगेका थिए।

Read More

काठमाडौंः पूर्वराजा ज्ञानेन्द्र शाहले अविरल भारी वर्षाका कारण काठमाडौं उपत्यकालगायत देशका विभिन्न भागमा बाढी, पहिरो र डुवानबाट भएको क्षतिप्रति दुःख व्यक्त गरेका छन्। पूर्वराजा ज्ञानेन्द्र शाहले अविरल भारी वर्षाका कारण काठमाडौं उपत्यकालगायत देशका विभिन्न भागमा बाढी, पहिरो र डुवानबाट भएको क्षतिप्रति दुःख व्यक्त गरेका छन् । ‘धेरै सर्वसाधारण नेपालीको जीवन गुमेको, घाइते हुनुपरेको, आफ्नो घर, गोठ तथा जायजेथा गुमाउनुपरेको सुन्नु पर्दा हामीलाई अत्यन्त पीडाबोध भएको छ,’  आज एक सन्देश जारी गर्दै उनले भनेका छन्। साथै मौसमसम्बन्धी पूर्वसूचना हुँदाहुँदै त्यसप्रति तत्परता र पूर्वप्रतिकार्य नहुँदा ठूलो क्षति हुन पुगेको उनले आफ्नो सन्देशमा उल्लेख गरेका छन्। उनले विपदका कारण अस्तव्यस्त बनेको जनजीवनलाई सुधार…

Read More

बैतडी: बैतडीको दशरथचन्द नगरपालिका –१ गुरुखोला र आसपासका क्षेत्रमा चितुवाको त्रास फैलिएको छ। शुक्रबार राति स्थानीयहरुले स्यालका लागि थापेको पासोमा चितुवा परेको थियो । उक्त चितुवा पासो चुँडालेर हिजो दिउँसो भागेको छ। चितुवाको बाँया खुट्टा पासोमा परेको परेको थियो। चितुवाको उद्धार गर्ने टोली आइनपुग्दै चितुवा पासो चुँडालेर भागेको हो। पासोमा परेको चितुवा भागेपछि स्थानीयहरु त्रसित भएका छन्।

Read More

काठमाडौंः दसैँका लागि आजदेखि सुकिला नोट साट्न सकिने भएको छ। नेपाल राष्ट्र बैंकले आजदेखि असोज २२ गतेसम्म सुकिला नोटको सटही व्यवस्था मिलाएको हो। बैंकको केन्द्रीय कार्यालय बालुवाटार, काठमाण्डौ उपत्यका बाहिरका सबै शाखा कार्यालयका सहटी केन्द्र तथा बैंक तथा वित्तीय संस्थाबाट सुकिला नोट साट्न सकिने व्यवस्था छ। सरकारले यसअघि दशैँका लागि नयाँ नोट वितरण गर्दै आएको थियो। तर यसपाली नयाँ नोटको सट्टामा सुकिला नोट पाइनेछ।

Read More

मार्तडीः नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले राजनीतिक स्थायित्वका लागि नेपाली कांग्रेस र एमाले एक भएको बताएका छन्। प्रेस चौतारी नेपाल बाजुराले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। उनले भने, “पञ्चायत व्यवस्था ढाल्न होस् वा २०७२ सालको संविधान ल्याउन, ती सबै आन्दोलनमा कांग्रेस र एमाले सधैँ एक ठाउँमा उभिएर देशको स्थायित्व जोगाउन बल पुगेको हो ।” माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले देशको स्थायित्व जोगाउन नसकेको र राजनीतिक सहमतिमा बेइमानी गर्दा देशका दुई ठुला दल एक भएर देशलाई निकास दिन खोजेको पनि उपमहासचिव ज्ञवालीले बताए। वर्तमान सरकारले संविधान जारी भएको नौ वर्षको समीक्षा गर्ने, कार्यान्वयनको अवस्था, उपलब्धि, कमीकमजोरी र…

Read More

काठमाडौं: नेपाल प्रहरीका एक डीआईजीको भोलि जागिर सकिने भएको छ। डीआईजी यज्ञविनोद पोखरेल भोलिदेखि ५६ वर्षे उमेरहदका कारण अनिवार्य अवकाशमा जान लागेका हुन्। उनी अवकाशमा गएपछि नेपाल प्रहरीमा एक पाँच डीआईजीको दरबन्दी रिक्त हुनेछ भने एक एआईजीको दरबन्दी यस अगाडिदेखि नै रिक्त छ। प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार दसैंभन्दा अगाडि बढुवाको सम्भावना छैन। दसैंपछि मात्र रिक्त पदहरुमा बढुवा गरेको बताइएको छ। पोखरेलको कारबाही के हुन्छ ? भोलि घर जान लागेका डीआईजी पोखरेल उनै प्रहरी अधिकारी हुन्, जो हालै मधेस प्रदेशबाट तानिएका थिए। प्रदेशका हाकिम रहेका बेला तस्करबाट रकम लिएको भन्दै उनलाई गृहमन्त्रालयले हेडक्वाटर तानेर छानबिन अघि बढाएको थियो। त्यसबेला पोखरेललाई…

Read More

धनगढीः नेपाली कांग्रेस सुदूरपश्चिमले ३२ प्रदेशसभा क्षेत्रमा ४३ जना प्रतिनिधि खटाएको छ। पार्टीको सय दिने विशेष अभियान सफल बनाउनका लागि नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश पदाधिकारीको बैठकले ४३ प्रतिनिधि खटाउने निर्णय गरेको हो। प्रदेश समितिका प्रवक्ता सुरतबहादुर रावतका अनुसार नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिले पार्टीको सबै तहका सांगठनिक गतिविधिलाई प्रभावकारी बनाउन, सदस्यता वितरण र नवीकरण कार्यलाई तिव्रता दिन, विधान बमोजिम मातहतका कार्यसमितिले नियमित गर्नुपर्ने बैठक, सम्मेलन, अभिमुखीकरण, कार्यतालिका निर्माण लगायतका कार्य समयमै गर्न गराउन, अभिलेखिकरण र अभियानलाई चुस्त र प्रभावकारी बनाउन सो अभियान थालेको हो।पौष १६ गतेभित्र तोकिएका कार्यहरु सम्पादन गर्ने गरी नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेशले पनि सो अभियान सुरु गरेको हो…

Read More

धनगढीः नेकपा एमालेका शीर्ष तथा केन्द्रीय तहका नेताहरु पछिल्लो समय सुदूरपश्चिम केन्द्रित भएका छन्। एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली अमेरिका भ्रमणमा निस्केपछि अन्य नेताहरु सुदूरपश्चिम दौडाहामा छन्। अस्तिमात्रै धनगढीमा महासचिव शंकर पोखरेल सहितको टोली एक कार्यक्रममा लागि पुगेको थियो। सो टोलीमा अन्य नेताहरू पनि थिए। पार्टीले सुदूरपश्चिममा आफ्ना गतिविधि पनि थप बढाएको पाइएको छ। एमाले प्रदेश सचिव रणबहादुर चन्दले पार्टी चलायमान बनाउन र थप व्यवस्थित तवरले पार्टी सञ्चालनका लागि विभिन्न कार्यक्रमहरु विभिन्न समयमा गरिरहेको जनाए। यस्तै, एमालेका अर्का शिर्ष नेता प्रदीप ज्ञवाली पनि सुदूरपश्चिममै रहेको एक नेताले बताए। उनी एक कार्यक्रमका लागि बाजुरा गएकोमा उतै बसिरहेको बताइएको छ।…

Read More

धनगढीः जंगली हात्तीको आक्रमणबाट एकजनाको मृत्यु भएको छ। आइतबार बिहान १ बजे कञ्चनपुरको लालझाडी गाउँपालिका– ४ डाडाँजाई बस्ने ५० वर्षीय रामदल रानाको हात्तीको आक्रमणबाट मृत्यु भएको कञ्चनपुर प्रहरीले जनाएको छ। जंगली हात्तीको समूह गाउँ पसेपछि भगाउनका लागि घरबाहिर गएर स्थानीय बासिन्दाहरूले होहल्ला गरेका थिए। सोही क्रममा हात्तीको आक्रमणमा परेर रानाको मृत्यु भएको बताइएको छ। अहिले हात्तीको समूह नजिकैको जंगलमा पसेको छ। प्रहरी टोली र निकुञ्जको टोली घटनास्थलमा खटिएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत चन्द्रशेखर चौधरीले जानकारी दिए।

Read More