Author: महेन्द्रनगर पोष्ट

धनगढीः टीकापुरको रानीकुला सिंचाई नहरमा एक जना मृत फेला परेका छन्। टीकापुर नगरपालिका-४ बाघमारा बस्ने ६५ वर्षीय सुकराढु थारु सोही ठाँउस्थित रानीकुला सिंचाईको नहरमा शुक्रवार दिउँसो मृत अवस्थामा फेला परेको प्रहरीले बताएको छ। यस सम्बन्धमा इलाका प्रहरी कार्यालय टिकापुरले थप अनुसन्धान गरिरहेको छ। 

Read More

डडेल्धुरा: डडेल्धुराका पुष्पराज भट्टलाई नेपाल विद्युत प्राधिकरणमा जागिर गर्न लागेको ३६ वर्षभन्दा बढी भइसक्यो। जिल्लाको अमरगढी नगरपालिका–४ सुनेडा घर भएका उनको परिवार कैलालीको गेटा बस्दै आएको छ। विद्युत प्राधिकरण कैलालीमा कार्यरत उनी डडेल्धुरा सदरमुकाममा छोरासँगै डेरामा बस्दै आएका छन्। कारण, उनको स्वास्थ अवस्था। २ छोरा जन्माएपछि श्रीमती बितेका कारण उनीहरुको पालनपोषण पनि पुष्पकै काँधमा थियो। आर्थिक अवस्था सामान्य भएका उनले आफ्नो कमाई छोराहरुकै पठनपाठनमा खर्चिए। जसका कारण उनले आफ्नो जागिरपछि दैनिक जीवनयापन गर्न चाहिँने सम्पत्ति जोड्न पाएनन्। तर, कैलालीको गेटामा भने उनले बैंकिङ लोन लिएर सानो घर जोडेका थिए। त्यहिं लोन र छोराहरुको पढाईमा जम्मै तलब सकिने भएकाले उनको बैंक…

Read More

धनगढी: कैलालीको चुरे गाउँपालिका-५ भासु भीर क्षेत्र मन्दिर नजिकै भएको मोटरसाइकल दुर्घटनामा घाइते भएका चालकको मृत्यु भएको छ। हिजो(शुक्रबार) बेलुकी भीमदत्त राजमार्गमा बुडरतर्फ जाँदै गरेको से६प ८७२१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई अन्दाजी ५० मिटर तल भीरमा खसेको थियो। दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक डोटीको जोरायल गाउँपालिका-१ बस्ने १९ वर्षीय भीमबहादुर बिकको आज (शनिबार) बिहान मृत्यु भएको प्रहरीले बताएको छ। दुर्घटनामा गम्भीर घाइते भएका भीमको निसर्ग अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको जनाइएको छ। पद्मा अस्पतालमा उपचार हुन नसकेपछि उनलाई निसर्ग पुगाइएको थियो। दुर्घटनामा घाइते भएका मोटरसाइकल पछाडि सवार सोही ठाँउका ४५ वर्षीय ओम प्रकाश सुनारको पनि पद्मा अस्पतालमा उपचार हुन नसकेपछि…

Read More

मुगु: मुगुकाे सदरमुकाम गमगढी तल्लो बजार कालीकामाली मन्दिर तलतिर आगलागी हुँदा ८   घर  र ९ वटा पसल गोदाम जलेर पुर्ण रुपमा नष्ट भएका छन्। शुक्रबार राती अन्दाजी १२ तिर  बजे   आगलागी हुँदा   ८ घर र  ९ वटा पसल जलेर  पुर्ण रुपले नष्ट भएका हुन्। आगलागीबाट गमगढी बजारको पुतली शाहीको घरदेखि तार्के लामाको घरसम्म रहेका ८ वटा घर  र ती घरमा रहेका ९ वटा पसल गोदाम जलेर नष्ट भएका छन्। तार्के लामा, सोनाम लामा, जङ्ग ऎडि, सान्तोना खत्री, पन्च सेजुवाल, पिआर मल्ल,  प्रदिप रावल र पुतली शाहीको घर जलेका हुन्।  गए राति साढे १ बजेबाट सुरु भएको आगलागी अहिले ४ बजेतिर मात्रै प्रहरी,…

Read More

कञ्चनपुर: हिजो(शुक्रबार) बिहान कञ्चनपुरको बेलौरीमा बेवारिसे अवस्थामा फेला परेकी नाबालिकालाई आफन्तको जिम्मा लगाइएको छ भने उनकी आमा हालसम्म फरार रहेकी छन्। जिल्लाको पुर्नवास नगरपालिका-२ अमरैया कि शर्मिला चौधरीले १४ महिने छोरीलाई उखुबारीमा बाँधेर फरार भएकी हुन्। बेलौरी नगरपालिका–७ स्याली खोला नजिकै उखुबारीमा हातखुट्टा बाँधी अलपत्र छोडिएको देखेपछि शुक्रबार बिहान स्थानीयले नाबालिकाको उद्दार गरेका थिए। सडक छेउकै उखुबारीमा रोइरहेको अवस्थामा भेटिएकी नाबालिकाको हात र खुट्टा दोपट्टाले बाँधिएको थियो। उनलाई उद्दार गरी स्थानीयले प्रहरीको जिम्मा लगाएपछि प्रहरीले श्रीपुर प्राथमिक स्वास्थ्य केन्द्रमा शिशुको स्वास्थ्य जाँच गराई अभिभावकको खोजी कार्य गरेको थियो। त्यसक्रममा शिशुकी आमाका माइती पक्ष सम्पर्क आएको प्रहरीले जनाएको छ। शिशुलाई शर्मिलाकी…

Read More

बझाङ : हिजो बझाङमा भएको हत्या प्रकरणमा हत्या भएका व्यक्ति र आरोपित दाजुभाई रहेको खुलेको छ। शुक्रबार साँझ छबिसपाथिभेरा गाउँपालिका वडा नम्बर ७ घट्टेका करिब ६० वर्षीय जैलु मण्डेलको उनकै भाई करिब ५५ वर्षीय बिजुली मण्डेलले छुरा प्रहार गरि हत्या गरेको खुलेको हो। दुवैजनाले सुरुमा सँगै मदिरा सेवन गरेको र विवाद हुँदा भाईले सुरुमा भाउजुलाई

Read More

धनगढी: कैलालीको भासु भीर क्षेत्रमा दुर्घटना भएको छ। शुक्रबार बेलुकी जिल्लाको चुरे गाउँपालिका-५ स्थित भासुक्षेत्रमा दुर्घटना भएको हो। सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार धनगढीबाट बुडरतर्फ जाँदै गरेको से प ८७२१ मोटरसाईकल आफैं अनियन्त्रित भएर भासु क्षेत्रमा खसेको थियो। दुर्घटनामा परि चालक डोटीको जोरायल गाउँपालिका-१ बस्ने १९ वर्षीय भीबहादुर बिक सुनार र पछाडी सवार सोही ठाउँका ४५ वर्षीय ओमबहादुर बिक घाइते भएका छन्। अहिले उनीहरूको पदमा अस्पतालमा उपचार भइरहेको र चालकको अवस्था गम्भीर रहेको बताइएको छ। मोटरसाइकल सडकबाट करिब ५० मिटर तल खसेको प्रहरीले जनाएको छ।

Read More

काठमाडौँ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ। साथै भारतको झारखण्ड आसपासमा रहेको न्यून चापीय क्षेत्रको समेत प्रभाव रहेको छ। आज शनिबार कोशी, मधेस, बागमती र गण्डकी प्रदेशहरूमा सामान्य बदली र बाँकी भू-भागहरूमा आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।  कोशी, मधेस र गण्डकी प्रदेशको एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।लुम्बिनी, मधेस र कोशी प्रदेशको तराई भूभागका एक दुई स्थानमा हावा हुरीको सम्भावना रहेको छ।

Read More

काठमाडौं : सरकार र आन्दोलनरत शिक्षकबीच भएको सहमतिमा राहत शिक्षकहरूले असहमति जनाएका छन् । राहत शिक्षक केन्द्रीय समितिका अध्यक्ष खेमराज अधिकारीले यो सहमति केही महासंघका प्रतिनिधि र सरकारबीच भएको तर आफूहरुको सहमति नरहेको बताउदै विज्ञप्ति जारी गरिएको छ । महासंघका प्रतिनिधि र सरकारबीच सहमति भैईरहँदा राहत शिक्षकको विषय सम्बोधन नभएपछि अध्यक्ष अधिकारी बाहिरिएका थिए । राहतका शिक्षकहरू विस्थापित नहुने गरी ऐन बन्नुपर्ने माग बैठकमा राखिएको तर सुनुवाइ नभएको सडक आन्दोलन पनि यथावत राख्दै देशभरका सामुदायिक विद्यालयमा कार्यतर सम्पूर्ण शिक्षक कर्मचारीहरुलाई शसक्त सडक आन्दोलनमा सरिक हुन विज्ञप्तिमा उल्लेख गरिएको छ ।

Read More

बझाङ : बझाङमा एक जनाको खुकुरी प्रहार गरि हत्या भएको छ । छबिसपाथिभेरा गाउँपालिका वडा नम्बर ७ घट्टेका करिब ६० वर्षीय जैलु मण्डेलको सोही ठाउँका करिब ५५ वर्षीय बिजुली मण्डेलले खुकुरी प्रहार गरि हत्या गरेको आरोप लागेको छ । शुक्रबार (आज) साँझ ७: ३० बजे हत्या गरि आरोपित फरार भएको स्थानीय मिन बहादुर मण्डेल बताए । उनका अनुसार सामान्य बोलचाल हुँदा आरोपित बिजुलीले जैलुको घर आँगनमै गएर खुकुरी प्रहार गरि हत्या गरेका हुन् । प्रहरीका अनुसार हत्यारा आरोपित बिजुलीको लोकेसन ट्र्याक गरेर खोजी भइरहेको र केहीबेर पक्राउ पर्ने सम्भावना रहेको छ ।

Read More