Author: Dipak Dhamala

काठमाडौँ – प्रतिनिधि सभाकी नवनिर्वाचित उपसभामुख इन्दिरा रानाले पार्टीको राजनीतिक तथा सा‌ंगठनिक जिम्मेवारीबाट अलग भएको घोषणा गरेकी छन् । पदको भूमिकालाई स्वतन्त्र, निष्पक्ष, मर्यादित तथा विश्वसनीय बनाउनका लागि रानाले सो घोषणा गरेकी हुन् । उनले भनेकी छन्, ‘यस पदको भूमिकालाई स्वतन्त्र, निष्पक्ष, मर्यादित तथा विश्वसनीय बनाउनका लागि यस पदमा रहुन्जेल म आबद्ध रहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सम्पूर्ण राजनीतिक तथा सांगठिनक जिम्मेवारीबाट अलग भएको घोषणा गर्दछु ।’ राना गत माघ ७ गते प्रतिनिधि सभाको उपसभामुख पदमा निर्वाचित भएकी थिइन् ।

Read More

काठमाडौं – “राप्रपा नेपाललाई फेरि उठाउछौ” भन्ने सड्ढल्पका साथ पार्टी केन्द्रिय समितिको बैठक काठमाडौंमा आज र भोलि बस्दैछ । निर्बाचन र मुलुकको पछिल्लो राजनितीको समिक्षा , भाबी बैचारिक र सांगठनिक योजना कार्यक्रम र रणनीति निर्माणमा बैठक केन्द्रित हुने महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए । केन्द्रिय समिति बैठकमा अध्यक्ष थापाद्वारा राजनीतिक कार्यपत्र, सचिवालय सम्बन्धमा महामन्त्री भाष्कर भद्रा, प्रशिक्षण सम्बन्धमा महामन्त्री सुशील श्रेष्ठ, संगठन सम्बन्धमा महामन्त्री राजाराम बर्तौला, कोषाध्यक्ष ज्ञानेन्द्र कार्कीद्वारा आर्थिक र चुनावी समिक्षा सम्बन्धमा उपाध्यक्ष डाक्टर बिष्णु भण्डारीले प्रतिबेदन प्रस्तुत गर्ने प्रबक्ता बसन्तमानसिंह अधिकारिले बताए  । प्रतिबेदन माथी केन्द्रीय सदस्यहरुले टिप्पणी सहित आफ्नो धारणा राख्नेछन । समग्रमा पार्टीलाई अघि बढाउने…

Read More

हुम्ला – हिमपातका कारण चीनसँगको सीमावर्ती क्षेत्र सिमकोट–हिल्सा सडक अन्तर्गतको यारी–हिल्सा सडक खण्ड बन्द भएको छ । सडकमा तीन फिटभन्दा बढी हिउँ जमेपछि यारी–हिल्सा सडक खण्ड बन्द भएको हो । जिल्ला प्रशासन कार्यालय हुम्लाले दुई दिनकाे लगातारको हिमपातपछि उत्तरी सीमा क्षेत्र यारीदेखि हिल्सासम्मको यातायात सेवा बन्द भएको जनाएकाे छ । गएकाे असोज कात्तिकमा परेको हिउँ जमेर बन्द भएकाे याे सडक पुस १७ र १८ गते नाम्खा गाउँपालिकाले हिउँ पन्छाएपछि साढे तीन महिनापछि सञ्चालनमा आएकाे थियाे । झण्डै दुई हप्ताभन्दा बढी समय सञ्चालनमा आएकाे यारी–हिल्सा क्षेत्रको यातायात सेवा हिमपातका कारण पुनः बन्द भएकाे छ । ४ हजार ६ सय मिटर उचाइमा रहेकाे नारा लेक क्षेत्रको याे सडक हिउँले सेताम्मे भएकाे छ । एकतर्फी…

Read More

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेबीच सोमबार बिहान भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा जारी भेटघाटमा विभिन्न समसामायिक विषयमा छलफल जारी रहेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । घिमिरे बिहीबार सभामुख पदमा निर्वाचित भएका थिए । घिमिरेलाई सभामुख बनाउनुपर्ने पक्षमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टीका र स्वतन्त्र सांसदहरु अमरेशकुमार सिंह, प्रभु साह र योगेन्द्र मण्डलले मतदान गरेका थिए ।

Read More

काठमाण्डाै – प्रमुख प्रतिपक्षी दलमा कांग्रेस र मजदुर किसान पार्टी (नेमकिपा) ले दाबी गरेपछि यसको निर्णय सभामुखले गर्नुपर्ने भएको छ । कांग्रेसले प्रमुख प्रतिपक्षी दलले पाउने सेवासुविधा माग गर्दै सङ्घीय संसद् सचिवालयमा निवेदन दिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएकाले कांग्रेस प्रमुख प्रतिपक्षी दल हो वा होइन भनेर प्रश्न उठिरहेका बेला कांग्रेसले आफू नै प्रमुख प्रतिपक्षी दल भएको दाबीसहित सेवासुविधा माग गरेको हो । यसअघि नेमकिपाले पनि आफूलाई विपक्षी दलको मान्यता दिन सभामुखलाई निवेदन दिइसकेको छ । संविधानविद् र राजनीतिक विश्लेषकहरुले प्रधानमन्त्रीलाई विश्वासको मत दिएको पार्टी विपक्षी दल हुन नसक्ने भएकाले कांग्रेसले प्रमुख प्रतिपक्षी दाबी गर्नु संवैधानिक, नैतिक…

Read More

काठमाण्डाै – इङ्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले वुल्भस्लाई हराएको छ । गएराति भएकाे खेलमा म्यानचेस्टर सिटीले वुल्भस्लाई ३–० गाेलले हराएकाे हाे । सिटीको जितमा इर्लिङ हालान्ड नायब बने । उनले ह्याट्रिक गरे । खेलको ४०, ५० र ५४ औँ मिनेटमा हालान्डले गोल गर्दै ह्याट्रिक पूरा गर्दा सिटीले ३–० को जित निकालेको हो । जितसँगै सिटीले २० खेलमा ४५ अङ्क जोडेको छ । यस्तै, राति नै भएको अर्को खेलमा लिड्स युनाइटेड र ब्रेन्टफ्रोडले गोलराहित बराबरी खेलेका छन् ।

Read More

काठमाण्डाै – आज रातिदेखि पश्चिमी क्षेत्रमा हिमपात र वर्षाको अनुमान गरिएको छ । पश्चिमी न्यून चापीय प्रणालीकाे प्रभावका कारण सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका एक/दुई ठाउँमा आज राति पानी पर्ने सम्भावना रहेको मौसमविद् सञ्जीव अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार आज राति हल्का वर्षा मात्रै हुने सम्भावना छ । भोलि दिउँसाेदेखि भने हिमपात र वर्षाको मात्रा बढ्ने अनुमान छ । पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव गण्डकी प्रदेशसम्म पर्ने अनुमान गरिएको छ । सुदूरपश्चिम, कर्णाली र लुम्बिनीसँगै भोलि गण्डकी प्रदेशका थोरै ठाउँमा पनि वर्षा र हिमपात हुने मौसमविद् अधिकारीले बताउनुभयो । यो प्रणालीकै कारण चिसो हावासमेत चल्ने उहाँले बताउनुभयो । हावा चल्ने हुँदा यी प्रदेशमा…

Read More

संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले प्रमुख प्रतिपक्षी दल बन्नका लागि संसद् सचिवालसँग हारगुहार गर्न थालेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिएसँगै संसद्को प्रमुख प्रतिपक्षी दल को हुने भन्ने अन्योलका बीच कांग्रेसले आफूलाई विपक्षी दलको दाबी गर्दै हारगुहार गरेको हो । प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिएकाले कांग्रेस प्रमुख विपक्षी दल हो वा होइन भनी प्रश्न उठिरहेका बेला कांग्रेसले आफू नै प्रमुख विपक्षी दल भएको दाबीसहित सेवा सुविधा माग गरेको कांग्रेसका केन्द्रीय सदस्य एवं सांसद रामहरि खतिवडाले बताए । उनले भने, ‘संसद्को सबैभन्दा ठूलो दलबाहेकका दलहरूले सरकार बनाइसकेपछि ठूलो दलका हैसियतले कांग्रेस प्रतिपक्षी दल हो, हामी प्रतिपक्षी बेन्चमै बसेका…

Read More

सर्वोच्च अदालत १ फागुन २०७८ देखि कामु प्रधानन्यायाधीशको भरमा चलिरहेको छ । तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाअभियोग प्रस्ताव दर्ता भएपछि सर्वोच्च विगत ११ महिनादेखि कामु प्रधानन्यायाधीशको भरमा छ । अरूलाई न्याय दिने सर्वोच्च आफै अन्यायमा परेको देखिएको छ । ४ मङ्सिरमा भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको जनादेशको आधारमा देशले नयाँ प्रधानमन्त्रीका रूपमा पुष्पकमल दाहाल नेतृत्वको सरकार बनेसँगै सरकारले समेत पूर्णता पाइसकेको छ । तर, न्यायालयमा भने झन्डै एक वर्षसम्म कामु प्रधानन्यायाधीशको भरमा सञ्चालन हुन बाध्य भइरहेको छ । संसदीय सुनुवाइ समिति तत्काल बन्ने सम्भावना नभएका कारण अझै आउँदो वैशाखसम्म सर्वोच्चले पूर्ण प्रधानन्यायाधीश नपाउने सङ्केत देखिएको छ ।तत्कालीन प्रधानन्यायाधीश जबराविरुद्धको…

Read More

काठमाडौं- जाडोले मधेसका केही जिल्लाहरूमा स्कूलहरू बन्द भए। फेरी पनि बन्द हुनसक्छ। केही गरिब तथा बिपन्नहरूको मृत्यू भयो। मृतकको संख्या बढ्न पनि सक्छ। मधेसमा अप्रत्यासित रूपमा पहिलो पटक यो मौसम आएको होईन, यो अपवादको जाडो हैन। मधेसमा पहाडी क्षेत्रहरूको भन्दा भिन्न शित लहर सहितको कडा जाडो बर्षेनी भै रहन्छ। हर बर्ष जाडोको याममा मानिसहरूको मृत्यू पनि भैरहन्छ। तत्काल यस बारे चर्चा हुन्छ, फेरी कुरा सेलाएर जान्छ। हरेक बर्षको जाडोमा गरिबहरू नै किन मर्छन्? नेपालमा मात्र होईन, सीमावर्ती भारतमा पनि गरिबहरूको मृत्यु भएको सुनिन्छ। बंगलादेश, पाकिस्तान तथा दक्षिण एशियाका अन्य मुलुकहरूमा पनि। यो मुलतः प्रतिकूल मौसमको मार मानव शरीरले थाम्न नसकेको…

Read More