धनगढी: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) काे सुदूरपश्चिम प्रदेश सहमहामन्त्रीमा करिश्मा कठरिया चयन भएकी छन्।
२७ र २८ पुसमा धनगढीमा बसेकाे रास्वपाकाे पूर्ण बैठकले पार्टीको संशोधित विधानअनुसार सहमहामन्त्रीमा कठरीयालाई सर्वसम्मत रूपले चयन गरेकाे हाे।
उनी यसअघि रेशमलाल चौधरीको पार्टी नागरिक उन्मुक्ति पार्टी(नाउपा) को केन्द्रीय सहसचिव थिइन्। तर कठरिया पछिल्लो १० महिनादेखि भने रास्वपामा आवद्ध रहेकाे उक्त पार्टीले जनाएको छ।
रास्वपाका प्रदेश सभापति इन्जिनियर प्रकाश विष्टले सहमहामन्त्री चयन भएकी कठरियाकाे राजनीतिक अनुभवले पार्टीलाई थप सशक्त र गतिशील बनाउने अपेक्षा गरिएको बताए।
Facebook Comments Box