काठमाण्डाै – इङ्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले वुल्भस्लाई हराएको छ । गएराति भएकाे खेलमा म्यानचेस्टर सिटीले वुल्भस्लाई ३–० गाेलले हराएकाे हाे ।
सिटीको जितमा इर्लिङ हालान्ड नायब बने । उनले ह्याट्रिक गरे । खेलको ४०, ५० र ५४ औँ मिनेटमा हालान्डले गोल गर्दै ह्याट्रिक पूरा गर्दा सिटीले ३–० को जित निकालेको हो ।
जितसँगै सिटीले २० खेलमा ४५ अङ्क जोडेको छ ।
यस्तै, राति नै भएको अर्को खेलमा लिड्स युनाइटेड र ब्रेन्टफ्रोडले गोलराहित बराबरी खेलेका छन् ।
Facebook Comments Box